विकासन्युज

सानिमा बैंकले १५ प्रतिशत बोनस र ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं, ५ असोज । सानिमा बैंकले लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कर लाभांशको लागि बैंकले शुन्य दशमलब ७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । त्यसका साथै, बैंकले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको स्विकृति तथा बैंकको आगामी साधारण सभाबाट पारित गरेपछि बैंकले सो मात्रामा बोनस सेयर दिनेछ । सानिमा बैंकले २०७३ साल असार मसान्तसम्ममा एक अर्ब ४ करोड नाफा कमाएको थियो । २०७२ असार मसान्तसम्ममा बैंकको नाफा ६२ करोड ४१ लाख मात्रै थियो । सानिमाको चुक्ता पुँजी चार अर्ब रुपैंयाँ रहको छ भने जगेडा कोषमा एक अर्ब ४१ करोड रुपैंयाँ रहेको छ । बुधबार बजारमा बैंकको प्रतिकित्ता सेयर ७४५ रपैयाँमा कारोबार भइरहेको छ ।

नेपा हिमाद्धारा सोनी फोरके एचडीआर एण्ड्रोइड टीभीको नयाँ रेञ्ज सार्वजनिक

काठमाडौं, ५ असोज । नेपा हिमा लिङ्क प्रालिले नेपाली बजारमा सोनी ईलेक्ट्रोनिक्सका फोरके हाइ डायनामिक रेञ्ज(एचडीआर) अन्तर्गत नयाँ रेञ्जमा टीभीहरु सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका नयाँ टीभीहरु आधुनिक एचडीआर चलचित्र तथा शोका लागि उपयुक्त रहेको र यसले उपभोक्तलाई उत्कृष्ट दृष्य तथा आवाज सम्प्रशणको मञ्जा दिने कम्पनीले जानकारी दिएको छ । नेपा हिमा ट्रेड लिङ्क नेपालका लागि सोनी ईलेक्ट्रोनिक्सको आधिकारिक विक्रेता हो । कम्पनीले एचडीआर लाइनअप अन्तर्गत अत्यधिक रुचाइएको एक्स९३ डी सिरिज, फोरके एचडीआर टीभी रेञ्ज र फूल एचडी टीभी अन्तर्गत ईन्टरनेट र एक्सट्रा प्रो सिरिज पनि सार्वजनिक गरेको छ ।  सार्वजनिक गरिएका नयाँ टीभी रेञ्जले उच्च ब्राइटनेस, कन्ट्रास्ट र चहकिलो रङ् सम्प्रेषण गर्ने क्षमता राख्छन् । टीभीहरुमा सोनीकै स्लिम ब्याकलाइट ड्राइभ प्रविधिको प्रयोग गरिएको छ । यसले गर्दा टीभीले चहकिलो तथा उत्कृष्ट कन्ट्रास्ट लेभल समायोजन गरी जीवन्त दृष्य सम्प्रेषणमा सहयोग गर्ने कम्पनीले जानकारी दिएको छ । त्यसैगरी टीभीमा प्रयोग गरिएको एक्सावन फोरके प्रोशेसरले कलर म्यापिङ प्रविधि मार्फत प्राकृतिक रङ सम्प्रेषणमा प्रत्यक्ष सहयोग पुर्याउँछ । सार्वजनिक गरिएका ब्राभियाको नयाँ लाइनअपले एण्ड्रोइड ६.० मार्शमेलो सपोर्ट गर्छ । यसले गर्दा प्रयोगकर्ताले यूएसबी ड्राइभ मार्फत अतिरिक्त सञ्चय क्षमताको उपयोग गर्न पाउँछन् । फलस्वरुप अन्य टीभीका तुलनामा यसका प्रयोगकर्ताले आवश्यकता अनुसार आफ्ना टीभीमा धेरै एप्लिकेशन्स डाउनलोड तथा उपयोग गर्ने सुविधा प्राप्त गर्ने कम्पनीको भनाइ छ । घरको आन्तरिक सजावतलाई थप आकर्षक देखाउन प्रत्यक्ष सहयोग पुर्याउने उद्देश्यका साथ ब्राभियाका नयाँ टीभीको डिजाइन समेत निकै आकर्षक तरिकाले गरिएको छ । साथै, टीभीमा तारको व्यवस्थापनलाई समेत विशेष ध्यान दिइएको छ । यसले गर्दा टीभी वरपर सफा वातावरण कायम गर्न सहयोग मिल्छ । कम्पनीका अनुसार निकट भविष्यमा नै सोनीको यी आरथ्रीडी सिरिजपनि सार्वजनिक गर्ने योजना रहेको छ । उत्कृष्ट दृष्य तथा आवाज सम्प्रेषण गर्ने क्षमता सहितका यी टीभीमा एक्स–प्रोटेक्शन प्रो फिचर पनि समाहित गरिएको छ । यसले गर्दा टीभी थप सुरक्षित हुनुका सार्थ कार्य क्षमतामा समेत बृद्धि हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार आरथ्रीडीले धुलो, आद्र्रता, चत्याङ्ग तथा विद्युतिय तरङ्गबाट समेत सुरक्षा प्रदान गर्छ । सार्वजनिक गरिने तयारीमा रहेको आर३२६डी मोडलका टीभीलाई पावर बैंक तथा कारका ब्याट्री मार्फत समेत सञ्चालन गर्न सकिने जानकारी दिइएको छ ।

कोकाकोला कप २०७३ को विजेता समुहहरु

काठमाडौं, ५ असोज । चृुली उच्च माध्यमिक विद्यालय र दुर्गा उच्च माध्यमिक विद्यालय क्रमशः प्रमुख अतिथी महेश प्रसाद दाहाल (सचिव, युवा तथा खेलकुद मन्त्रालय), आलोक कोहली, कोका कोला नेपालका देशिय निर्देशक, बोटलर्स नेपाल लिमिटेडबाट आनन्द रत्नापार्खी तथा रजनिश शर्मा तथा एन्फाका पदाधिकारीहरुका साथमा ।

निर्यात बढाउने सरकारी सबै प्रयास असफल, घट्दैछ जीडीपीमा निर्यात व्यापारको अनुपात

काठमाडौं, ५ असोज । निर्यात व्यापारलाई वृद्धि गर्न सरकारले उद्यमी व्यवसायीका लागि केही वर्षयता विभिन्न कार्यक्रम ल्याएपनि लक्ष्यअनुरुप उपलब्धी हासिल हुन भने सकेको छैन । चार वर्षअघिको बजेटमार्फत १ खर्ब रुपैयाँको वस्तु तथा सेवा निर्यात गर्ने भनिए पनि विस्तारै व्यापार अझै खुम्चिदै गएको छ । गत आव २०७२/७३ मा अघिल्लो आर्थिक वर्ष २०७१/७२ को तुलनामा निर्यात व्यापार १७ दशमलव ८ प्रतिशतले ह्रास आई ७० अर्ब १२ करोड रुपैयाँमा खुम्चिएको छ । गएको वर्ष यसरी निर्यात व्यापार खुम्चनुमा भूकम्प तथा सीमा नाकाको प्रभाव भएपछि अघिल्लो वर्ष पनि व्यापार ७ दशमलव ३ प्रतिशतले खुम्चिएको थियो । सरकारसँग आफूले लक्ष्य गरेअनुसारको व्यापार कहिलेसम्म हुन सक्छ भन्ने सवालको जवाफ छैन । आर्थिक वर्ष २०७२/७३ मा वर्ष डा.रामशरण महतले बजेट वक्तव्यमार्फत आर्थिक वर्ष २०७१/७२ को भन्दा आगामी आव( २०७२/७३) मा निर्यात भएको वस्तुको परिमाणभन्दा बढी निर्यात गरे सत प्रतिशत नगद अनुदान थप गर्ने कार्यक्रम ल्याएका थिए । तर, निर्यात व्यापार भने करिब १८ प्रतिशतले तल ओर्लियो । सरकारले बढ्दै गएको व्यापार घाटा कम गर्न तुलनात्मक लाभ भएका वस्तु तथा सेवाको उत्पादन वृद्धि गर्न तथा निजी क्षेत्रलाई प्रोत्साहनलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गरेको हो । निर्यात व्यापार घटेसँगै कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा यसको अनुपात पनि घट्दै गएको छ । आर्थिक वर्ष २०७०/७१ मा ४ दशमलव ७ प्रतिशत रहेको जीडीपीमा निर्यात व्यापारको अनुपात गएको वर्ष ३ दशमलव १ प्रतिशतमा खुम्चिएको छ भने गत आवमा ४ प्रतिशत अनुपात रहेको थियो । यसरी निर्यात व्यापार घट्नुमा नेपाली उत्पादनको सामूहिक व्यापार चिह्न (कलेक्टिभ ट्रेडमार्क) नहुनु पनि हो । विश्व बजारमा विक्रीका लागि जाने वस्तुमा ट्रेडमार्क नहुँदा नेपाली उत्पादनको निर्यात प्रवद्र्धनमा समस्या देखिएको छ । सामूहिक व्यापार चिह्न भएका वस्तुले मुलुकको पहिचान बोक्ने भएकाले निर्यात सम्भावना बढाउने व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक ईश्वरप्रसाद घिमिरे बताए । ‘सामूहिक ट्रेडमाकले वस्तुको विश्वसनीयतासमेत बढाउँछ,’ उनले भने । तुलनात्मक लाभ बढी भएका नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस)मा समावेश अधिकांश वस्तुले अहिलेसम्म सामूहिक व्यापार चिह्न छैनन् । केन्द्रका अनुसार सामूहिक व्यापार चिह्न भएका वस्तुमा पश्मिना र चिया मात्र रहेका छन् । सरकारले निर्यात र प्रतिस्पर्धात्मक क्षमता उच्च भएका कृषि तथा औद्योगिक गरी ९ ओटा वस्तुलाई एनटीआईएसमा समावेश गरे पनि हाल यी दुईको मात्रै सामूहिक ट्रेडमार्क छ । केन्द्रका अनुसार अलैंचीको सामूहिक ट्रेडमार्क अहिले प्रक्रियामा रहेको छ । उद्योग विभागले सामूहिक ट्रेडमार्कको पहिलो चरणको प्रमाणपत्र नेपाल अलैंची व्यवसायी महासंघलाई उपलब्ध गराइसकेको केन्द्रले बताएको छ । स्वदेशमा सामूहिक ट्रेडमार्क दर्ता भएसँगै भारत, संयुक्त अरब इमिरेट्स र पाकिस्तानमा पनि उक्त ट्रेडमार्क दर्ताका लागि केन्द्रले महासंघलाई बजेटसमेत उपलब्ध गराइसकेको छ । एनटीआईएसमा समावेश चियाको सामूहिक ट्रेडमार्क त नेपालमा मात्र दर्ता छ । पश्मिना (च्या पश्मिना)को भने भारत, अमेरिका, अष्ट्रेलिया, चीन, यूरोपेली संघसहित करीब ४३ मुलुकमा सामूहिक ट्रेडमार्क दर्ता भईसकेकोले गएको वर्ष २ अर्ब ८९ करोडको उःलन तथा पश्मिना सल निर्यात भयो । नेपाल गलैंचा निकासीकर्ता संघ र केन्द्रीय गलैंचा उद्योग संघबीचको विवादका कारण गलैंचामा सामूहिक ट्रेडमार्क प्राप्त गर्न सकेको छैन । तैपनि विश्व बजारमा खास गुमेको नेपाली गलैंचाले पुनः आफ्नो पहिचान पाउँदैछ । गत आवमा ८ अर्वभन्दा बढीको गलैंचा निर्यात भएको छ । यद्यपि, वाणिज्य मन्त्रालयले केही समयअघि सार्वजनिक गरेको तीन महिने कार्ययोजनामा ऊनी गलैंचाको अमेरिका र यूरोपमा व्यापार चिह्न दर्ता यही आर्थिकसम्म सम्पन्न गर्ने उल्लेख छ । एनटीआईएसमा आवद्ध अन्य वस्तुको सामूहिक ट्रेडमार्कका लागि भने पहलसमेत भएको छैन । एनटीआईएसमा अलैंची, चिया, पश्मिना, गलैंचासहित अदुवा, जडीबुटी, रेसादार टेक्स्टाइल तथा यार्न, छाला र जुत्ता तथा चप्पल पर्छन् । यी वस्तुलाई सरकारले प्रतिस्पर्धात्मक लाभ भएका वस्तु भनी घोषणा गरे पनि सामूहिक ट्रेडमार्क दर्ता भने गर्न सकेको छैन । नेपाल उद्योग वाणिज्य महासंघले सामूहिक व्यापार चिह्न भयो भने समस्या पर्दा कानूनी समाधानका लागि पनि सहज हुने बताएको छ । निर्यातजन्य वस्तुको पहिचान गरी उत्पादन र गुणस्तरमा ध्यान दिन सके अवश्य पनि नेपाली वस्तुले विश्व बजारमा स्थान पाउन सकछ । त्यसैले जीडीपीमा निर्यात व्यापारको अनुपात बढाउन, व्यापार घाटा घटाउन, देशभित्रनै रोजगारी सिर्जना हुने खालका यस्ता उद्योगलाई प्रोत्साहन गरिनु पर्छ ।

तीन लाख ७५ हजार भूकम्प पीडितले पाए १८ अर्ब ७८ करोड, ४५ दिनभित्रै गुनासो फस्र्याैट हुने

काठमाडौं, ५ असोज । तीन लाख ७५ हजार ७ सय १५ भूकम्प पीडितले निजी आवास निर्माणका लागि १८ अर्ब ७८ करोड ५७ लाख ५० हजार रुपैंयाँ प्राप्त गरेका छन् । उनीहरुलाई सरकारले निजी आवास निर्माणका लागि उपलब्ध गराउने भनिएको २ लाख अनुदानमध्ये पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ उपलब्ध गराइएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरणले असोज २ गतको अवधीसम्ममा सो मात्रामा रकम वितरण गरिसकिएको जानकारी दिएको हो । प्राधिकरणले भदौ १ गतेदेखि एक महिना अनुदान वितरण बिशेष योजना सुरु गरेको थियो । साउन ३१ गते ३१ गते ४२ हजार ८ सय ८२ घरधनीको बैंक खातामा पहिलो किस्ताको रकम पुगेकोमा असोज २ गतेसम्म ३ लाख ७५ हजार ७ सय १५ पुगेको हो । एक महिने विशेष अभियान वर्षायामको बाबजुद पनि उत्साहजनक रुपमा अघि बढेको प्राधिकरण अनुगमन समितिको बैठकले समेत निष्कर्ष निकालेको छ । यस्तै साउन २१ गतेसम्म अनुदान सम्झौता गर्ने घरधनीको संख्या २ लाख ९५ हजार ७ सय ७२ रहेकोमा असोज २ गतेसम्म ४ लाख ४७ हजार ३ सय ५९ पुगेको छ । असोज २ गतेसम्म ८४ प्रतिशत घरधनीसँग अनुदान सम्झौता सम्पन्न भएको छ । बैठकले निजी आवास अभियानको दोस्रो चरण अन्तर्गत बाँकी रहेका सबै लाभग्राहीसँग अनुदान सम्झौता हुन नसक्नुका कारणहरु पहिचान गरी कार्यविधि पहिचान गर्ने र सबै घर भत्केका घरधनीहरुको गुनासाहरुको निरुपण गर्दै निर्णय पनि गरेको छ । अनुदान सम्झौता कम भएका जिल्लाहरु मकवानपुर, सिन्धुली, नुवाकोट र रसुवा जिल्लामा अनुदान सम्झौता प्रक्रिया र अनुदान रकम बैंक खातामा पु¥याउनका लागि थप पहल गर्ने निर्णय गरेको छ । यस्तै बुढी गण्डकी जलविद्युत आयोजना प्रभावित भूकम्प पीडित जनतालाई अनुदान दिनका लागि छुट्टाइएको, बस्ती स्थानान्तरण गर्नुपर्ने ठाउँमा हाल अनुदान रकम वितरण नगरिएको, वन, गुठी जग्गामा देखा परेको समस्या समाधान प्रक्रिया अघि बढाउनु परेका लगायतका कारणले गर्दा अनुदान सम्झौता र बैंक खातामा अनुदान पुग्न समस्या देखा परेको निष्कर्ष पनि बैठकले निकालेको छ । बैठकले गुनासो सुनुवाई सम्बन्धी ४५ दिने कार्य योजना तयार पारी गुनासो फर्छाैट गर्ने गरी कार्य अघि बढाउन पनि निर्देशन दिएको छ ।

घिसिङको नियुक्ती खारेजीको माग गर्दै प्राधिकरणका कर्मचारीहरुको सर्वोच्चमा रिट

काठमाडौं, ५ असोज । सरकारले विधि र प्रक्रिया लत्याउँदै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्ती गरेको भन्दै सो नियुक्ती खारेज गर्न माग गर्दै सर्वोेच्च अदालतमा रिट दायर भएको छ । प्राधिकरणका ४ जना उप–कार्यकारी निर्देशकहरुले घिसिङको नियुक्ती खारेजीका लागि अन्तरिम आदेशको माग गर्दै मंगलबार दिउसो सर्वोच्चमा रिट दायर गरेका हुन् । सरकारले उप–कार्यकारी निर्देशक बन्नेसमेत योग्यता नभएको व्ययिक्तलाई विधि र प्रक्रिया लत्याउँदै कार्यकारी निर्देशकमा नियुक्ती गरेपछि आफुहरु अदालत जानु परेको उत्पादन निर्देशनालयका प्रमुख शेरसिंह भाटलेलाई जानकारी दिए । प्राधिकरणका उत्पादन निर्देशनालयका प्रमुख शेरसिंह भाट, तनहुँ हाइड्रोपावरका प्रमुख सुनिल ढुंगेल, प्रसारण निर्देशनालयका प्रमुख कनैया मानन्धर र आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख सुरेन्द्रराज भण्डारीले संयुक्तरुपमा रिट दायर गरेका हुन् । गत भदौ २९ गते दिउसो ३ बसेको मन्त्रिपरिषदको बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्ती गरेपछि उप–कार्यकारी निर्देशकहरु असन्तुष्टि जनाउँदै विदा बसेका थिए । उनीहरुले घिसिङले गत आइतबार बोलाइको कर्मचारी बैठक पनि बहिस्कार गरेका थिए । ‘कर्मचारी सेवा विनियमावलीमा उप कार्यकारी निर्देशक हुन नै योग्यता नपुगेको व्यक्ति कार्यकारी भएर आउँदा हामीलाई अपमानित फिल भयो,’ भाटले भने– ‘त्यतिमात्र होइन, खुल्ला प्रतिस्पर्धाबाट छनोट गर्नुपर्ने कार्यकारी निर्देशक विधि र प्रक्रिया मिचेर मन्त्रीको पकेटबाट नियुक्ती गरिएको छ ।’ प्राधिकरणमा ८ जना उप–कार्यकारी निर्देशक रहने व्यवस्था छ । जसमध्ये ५ जना फुल उप–कार्यकारी निर्देशक कार्यरत छन् भने ३ जना कायम मुकायम उप–कार्यकारी निर्देशक छन् । फुल उप–कार्यकारी निर्देशकमध्ये वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख गोपालबाबु भट्टराई मात्रै रिट दायर गर्नमा संलग्न भएनन् । कायम मुकायम उप कार्यकारी निर्देशक, शान्तिलक्ष्मी शाक्य, लेखनाथ कोइराला, जगदिश्वरमान सिंह र राजिब शर्माले भने घिसिङ नियुक्तीमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

नेपाल बैंकमा ४७ जनालाई जागिरको अवसर, प्लस टु उतिर्णले आवेदन दिन सक्ने

काठमाडौं, ५ असोज । नेपाल बैंकको ४७ जनाका लागि जागिर खुलेको छ । बैंकले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै ४७ जनाका लागि जागिर खुलाएको जानकारी दिएको हो । सरकारी मान्यता प्राप्त संस्थाबाट व्यवस्थापन संकायमा प्लस टु उतिर्ण गरेकाहरुले १५ दिन भित्र आवेदन दिन सक्नेछन् । बैंकले कनिष्ठ सहायक पदमा खुल्ला तर्फ २६, महिला ७, आदिवासी जनजाति ६, मधेशी ४, दलित २ र अपांग तथा पिछडिएको क्षेत्रमा एक एक जनाका लागि आवेदन मागेको छ । लिखित, प्रयोगात्मक तथा अन्तरवार्ता प्रणालीबाट परिक्षा सञ्चालन हुनेछ ।

ग्यालेक्सी एस ७ पड्किने समस्याका कारण सामसुङको सेयरमा धक्का, विश्वभर स्टक मार्केटमा गिरावट

काठमाडौं, ५ असोज। संसारभरी सामसुङ मोवाइलमा समस्या अाएपछि त्यसको धक्का विभिन्न देशका स्टक एक्सचेन्जमा परेको छ। सामसुङ मोवाइलको नयाँ भर्सनको ग्यालेक्सी एस ७ र एजमा चार्च गर्दा वा चलाउँदा पड्किने समस्या अाएपछि त्यसको प्रत्यक्ष असर उसको सेयरमा परेको हो। गत हप्ता अमेरिकी स्टक एक्सचेन्ज एनवाइएसईमा सामसुङको सेयर मूल्यमा व्यापक गिरावट आएको हो। एनवाइएसईमा सामसुङको सेयर मूल्य ६ अंकले घटेको छ भने स्मार्टफोन बजारमा सामसुङसंग प्रतिस्पर्धा गरिरहेको एप्पलको भने ३ अंकले सेयर मूल्य बढेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। त्यस्तै हङकङ, जापान, बेलायत, स्विस तथा विभिन्न देशमा पनि सामसुङको सेयर मूल्यमा गिरावट अाएको हो। उडानमा समेत प्रतिवन्ध इन्डोनेसियाको पीटी गरुडा इन्डोनेसिया नामक प्रसिद्ध विमान सेवा प्रदायक कम्पनीले आफ्ना उडानमा सामसुङ ग्यालेक्सी सेभेन स्मार्टफोन चार्ज गर्न वा अन्य कुनै सेवा लिन प्रतिबन्ध गरेको विमान सेवाका अधिकारीले बताएका छन् । कम्पनीले यो निर्णय अमेरिकी सङ्घीय प्राधीकरण प्रशासन (एफएए) ले मोबाइल फोनको ब्याट्रीमा प्राविधिक समस्या देखाउँदै सोही मोडेलको स्मार्टफोन प्रयोग नगर्न हवाई यात्रुलाई आग्रह गरेपछि आएको विमान कम्पनीका कर्पोरेट कम्युनिकेसन उपप्रमुख बेनी एस. बुटारबुटारले बताए । गरुडा इन्डोनेसियाले सम्पूर्ण यात्रुलाई उडानका समय मोबाइल फोन चलाउन नदिएको एफएएका सल्लाह अनुसार सामसुङ ग्यालेक्सी नोट सेभेनमा प्रतिबन्ध लगाएको एक विज्ञप्ति जारी गरी जनाएको छ । गरुडा इन्डोनेसियाले यसै सल्लाहअनुसार विमानमा यात्रामा रहँदा सामसुङ ग्यालेक्सी नोट सेभेन चलाउन वा रिचार्जसमेत नगर्न आग्रह गरेको हो । मोबाइललाई आफ्नो झोलामा राखेर उडानका समय हिँडाउन भने विमानले रोक नलगाएको बताइएको छ ।