जनता बैंकद्धारा काभ्रेको विद्यालयलाई दुई थान कम्प्युटर हस्तान्तरण

<p>काठमाडौं । जनता बैंक नेपाल लिमिटेडद्वारा काभ्रेको सामुदायिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रेको पनौतीस्थित फुलचोकी आधारभुत विद्यालयलाई दूई थान कम्प्युटर हस्तान्तरण गरेको हो । बैंकका संस्थागत मामिला प्रमुख छविलाल हुमागाईले पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने मार्फत विद्यालयका प्रधानाध्यापक केशव हुमागाईंलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । कम्प्युटर हस्तान्तरण कार्यक्रममा [&hellip;]</p>

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडद्वारा काभ्रेको सामुदायिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रेको पनौतीस्थित फुलचोकी आधारभुत विद्यालयलाई दूई थान कम्प्युटर हस्तान्तरण गरेको हो ।

बैंकका संस्थागत मामिला प्रमुख छविलाल हुमागाईले पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने मार्फत विद्यालयका प्रधानाध्यापक केशव हुमागाईंलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

कम्प्युटर हस्तान्तरण कार्यक्रममा मेयर न्यौपानेले सोही नगरपालिकाको विकट वडाहरुमा महिला स्वास्थ्यको अवस्था नाजुक रहेकोले ती वडाहरुमा जनता बैंक र नगरपालिकाको सहकार्यमा स्वास्थ्य सम्बन्धी कार्यक्रमको परियोजना संचालनको लागि अनुरोध गरेका छन् ।

साथै, यस वर्ष देशै भरीबाट सामुदायिक विद्यालयका २०० विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने बैंकको लक्ष्य रहेको छ । त्यस्तै, रोल्पा, हुम्लाजस्ता विकट जिल्लामा स्त्री रोग सम्बन्धी तथा आँखाको मोतिविन्दुको निःशुल्क अपरेशनको लागि स्वास्थ्य शिविर आयोजना गर्ने कार्यक्रम रहेको बैंकले जनाएको छ ।

Share News