कृषि विकास बैंकले जाजरकोटको खलंगा बजारमा शुरु गर्यो अनलाईन बैकिङ सेवा

<p>काठमाडौं । कृषि विकास बैंक लिमिटेडले जाजरकोट जिल्लाको खलंगा बजारमा अनलाईन बैकिङ शुरु गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले उक्त सेवाको उद्घाटन गरेका हुन् । साथै, बैंकले जाजरकोट जिल्लाको विभिन्न स्थानमा नयाँ शाखाहरु विस्तार गर्दै छ । उक्त नयाँ शाखाहरु जुनेचांदी गांउपालिका, बारेकोट गाँउपालिका र कुशे गाँउपालिकामा स्थापना हुने बैंकले जनाएको [&hellip;]</p>

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले जाजरकोट जिल्लाको खलंगा बजारमा अनलाईन बैकिङ शुरु गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले उक्त सेवाको उद्घाटन गरेका हुन् ।

साथै, बैंकले जाजरकोट जिल्लाको विभिन्न स्थानमा नयाँ शाखाहरु विस्तार गर्दै छ । उक्त नयाँ शाखाहरु जुनेचांदी गांउपालिका, बारेकोट गाँउपालिका र कुशे गाँउपालिकामा स्थापना हुने बैंकले जनाएको छ ।

कृषि तथा लघुउद्यम विभागका विभागीय प्रमुख धु्रबचन्द्र गौतमले कृषि विकास बैंकले वित्तीय कारोवारका साथै सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पुर्याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान दिने बताएका छन् ।

Share News