विकासन्युज

आज भेटिएका १७ जना काेराेना संक्रमित एकै परिवारका सदस्य

काठमाडौं । आज भेटिएका १७ जना काेराेना संक्रमित एकै परिवारका सदस्य भएकाे खुलेकाे छ । वीरगञ्जमा आज भेटिएका १७ काेराेना संक्रमित परिवारका एक सदस्यलाई आइतबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको थियो ।  

वीरगञ्जमा साढे आठ हजार क्विन्टल चामल मौज्दात

काठमाडाैं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जमा हाल आठ हजार ५ सय क्विन्टल सोना मन्सुली चामल मौज्दात अवस्थामा रहेको छ । कम्पनीसँग ९० हजार ८० केजी सोना मन्सुली चामल तथा ११ हजार ३७१ क्विन्टल ८० केजी जापानी चामल रहेकामा सो बिक्री भई हाल कम्पनीसँग सोना मन्सुली चामल आठ हजार ५०० क्विन्टल मौज्दात अवस्थामा रहेको शाखा प्रमुख नरनाथ अधिकारीले बताए । सङ्घीय सरकारले जारी गरेको लकडाउनमा कम्पनीले सर्वसाधारणका लागि पनि खुद्रामा चामल बिक्री शुरु गरेपछि सोना मन्सुली चामल आठ हजार ५०० क्विन्टल तथा जापानी चामल १५ हजार ५०० क्विन्टल बिक्री भइसकेको सो कार्यालयका सूचना अधिकारी मुनिलाल कुशवाहाले जानकारी दिए । कम्पनीले माग भएअनुसार काठमाडौँ, विराटनगर, लहान, पोखरा, सुर्खेतलगायतका ठाउँमा चामल पठाउनाका साथै विभिन्न कारागारमा समेत चामल पठाएको बताइएको छ । लकडाउनमा खाद्यानको समस्या हुन नदिन विभागको निर्देशनानुसार कम्पनीले सर्वसाधारणलाई सोना मन्सुली प्रतिकेजी रु ४६ तथा जापानी चामल प्रतिकेजी रु ४७ को दरले बिक्री मूल्य कायम गरेपछि सर्वसाधारणलाई चामलको अभाव नभएको सो कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७६/०७७ मा जापान सरकारले नेपाल सरकारलाई दिएको ५० हजार क्विन्टल सहयोगमध्ये १५ हजार क्विन्टल जापानी चामल वीरगञ्ज आएको थियो । कम्पनीले आव २०७६/०७७ मा सोना मन्सुली धान २० हजार क्विन्टल र जिरामसिनो धान ३२ क्विन्टल २५ केजी खरिद गरेको थियो । हाल कम्पनीसँग रहेको जापानी चामल सकिएको छ भने आठ हजार ५०० क्विन्टल सोना मन्सुली चामल मौज्दात अवस्थामा रहेको सो कार्यालयले जनाएको छ । संस्थानले जस्तोसुकै आपत्विपत्को अवस्थामा चामल उपलब्ध गराउन सकिने देखिएको छ । सुख्खा बन्दरगाहमा कन्टेनर अड्किए तेस्रो मुलुकबाट नेपालका लागि मालसामान बोकेर आएका १२ हजार कन्टेनर नेपाल र भारतको बन्दरगाहमा रोकिएको छ । भारतीय रेलमार्गसँग जोडिएको वीरगन्ज सिर्सियास्थित सुख्खा बन्दरगाहमा तीन हजार ५०० कन्टेनर अड्किएका छन् । भारतको कलकत्ता तथा विशाखापटनक बन्दरगाहबाट हुने कन्टेनर ढुवानी लकडाउनका कारण प्रभावित भएको छ । ती बन्दरगाहबाट वीरगन्जका लागि हिँडेको १९ वटा रेल लकडाउनका कारण बाटोमै अड्किएको र वीरगञ्जमा क्षमताभन्दा बढी कन्टेनर थुप्रिएकाले अब अनुरोध गर्न नसकिने र राख्ने ठाउँ पनि नभएको बन्दरगाह सञ्चालक हिमालय टर्मिनल प्रालिले जनाएको छ । रासस

निकाे भएर घर फर्किएका तीन जनामा पुन: काेराेना संक्रमण

काठमाडौँ । कोरोनामुक्त भएर घर फर्किएका तीन जनामा पुन: संक्रमण देखिएकाे छ । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कोरोना निको भएर डिस्चार्ज भएका तीनै जनामा एक हप्तापछि फ्लोअप परीक्षण गर्दा तीन जनामा पुनः कोरोना पोजेटिभ देखिएको बताए । निको भएर पाटनबाट फर्केका पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट बस्ने ५८ वर्षीय पुरुष र वीरगन्जस्थित नारायणी अस्पतालबाट निको भएर डिस्चार्ज भएका रौतहटका एक १९ वर्षीय युवक र वीरगन्जमा जमाती आएका एक भारतीय नागरिकको शुक्रबार पुनः कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।  

सचिवालयको बैठक बीचमै छोडेर प्रधानमन्त्री बाहिरिएपछि…

काठमाडाैं । नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली  सचिवालयकाे बैठकबाट बाहिरिएका छन् । नेकपा केन्द्रीय सचिवालय बैठकमा दुई पक्षबीच चर्काचर्की भएपछि उनी बाहिरिएकाे बताइएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा चर्काचर्की भएपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली बाहिरिएका छन् । बैठकमा नेताहरुबीच चर्काचर्की हुन थालेपछि प्रधानमन्त्री ओली आफ्नो शयनकक्षतर्फ लाग्नुभएको बालुवाटार निकट श्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओली एक पद एक मुख्य जिम्मेवारीको विपक्षमा रहेका छन् तर बहुमत सचिवालय सदस्यहरु त्यसको कार्यान्वयन गर्ने पक्षमा छन् ।

सिड्नी उड्यो नेपाल एयरलाइन्स, हिमालयले चीनबाट ल्यायाे स्वास्थ्य सामाग्री

काठमाडाैं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले २८१ विदेशी नागरिक बोकेर अष्ट्रेलिया उडेको छ । लकडाउनका कारण नेपालमा रोकिएका १७ बालबालिकासहित २८१ अष्ट्रेलियन नागरिक बोकेर निगमको वाइड बडी जहाज सिड्नीका लागि उडान भरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । अष्ट्रेलियाले निगमको वाइड बडी जहाज चार्टर्ड गरी आफ्ना नागरिक स्वदेश फिर्ता लगेको हो । नेपालस्थित अष्ट्रेलियन दूतावासले चार्टर्ड गरेको यो जहाजमा अष्ट्रेलियन र केही न्यूजिल्याण्डका नागरिक रहेको जनाइएको छ । काठमाडौँ विमानस्थलबाट दिउँसो सिड्नी उडेको वाइड बडी जहाजले मलेसियाको क्वालालम्पुर ट्रान्जिट हुँदै साढे १२ घण्टाको उडान तय गरी गन्तव्यमा पुग्नेछ । निगमको वाइड बडी जहाज बिहीबार साँझ काठमाडौँ विमानस्थलमा अवतरण गर्नेछ । निगमको अष्ट्रेलियामा चार्टर्ड उडान दोस्रो हो । यसअघि चैत १९ गते अष्ट्रेलियाको ब्रिश्वेनमा चार्टर्ड उडन गरेको थियो । मलेसिया ट्रान्जिट हुँदै अष्ट्रेलियासम्मको उक्त उडान करिब १३ घण्टाको थियो । निगमको अर्को वाइड बडी जहाजले आजै चीनको राजधानी बेइजिङमा कार्गो उडान गर्दैछ । साँझ ५ः३० बजे बेइजिङ उड्ने जहाज बिहीबार काठमाडौँ फर्कने तालिका छ । निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन निगमको वाइड बडी जहाज चार्टर्ड गरेको बताइएको छ । हिमालय एयरलाइन्सले ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्यायो नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । हिमालयको न्यारोबडी जहाजले आज ग्वाङ्जाओबाट ६ हजार ६०० केजी स्वास्थ्य सामग्री ल्याएको विमानस्थलले जनाएको छ । यसअघि वैशाख १८ गते चीनको चाङ्साबाट र वैशाख १४ गते ग्वाङ्जाओबाटै हिमालय एयरलाइन्सले जहाजले स्वास्थ्य सामग्री ल्याएको थियो । रासस

एनआईसी एशिया बैंकको एटिएमबाटै मास्टरकार्डको काम हुने

काठमाडौं । एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी मास्टरकार्डसँगको सहकार्यपछि यस बैंकको पीओएस टर्मिनल तथा एटिएमहरूमा उक्त कम्पनीका डेबिट तथा क्रेडिट कार्यहरू प्रयोग गर्न सकिने सुविधा ल्याएको छ । यस व्यवस्थासँगै अब कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाहरूले जारी गरेको मास्टरकार्डका डेबिट तथा क्रेडिट कार्यहरूको प्रयोग ग्राहकहरूले यस बैंकको पीओएस टर्मिनलमार्फत कारोबार रकम भुक्तानी तथा एटिएम मेसिनहरूबाट नगद निकाल्न र मौज्दात सोधपुछ सुविधाका लागि प्रयोग गर्न सक्नेछन् । नेपालमा मास्टरकार्ड प्रयोगकर्ताहरूको संख्या बढ्दो क्रममा रहेको र विशेष गरी सेवा क्षेत्रहरू जस्तै होटल, रेष्टुरेन्ट, पर्यटन क्षेत्रमा मास्टरकार्ड प्रयोगकर्ताहरूको संख्या यथेष्ट रहेकोले मास्टरकार्डको यस सुविधासँगै एन आई सी एशिया बैंकले मर्चेन्ट भुक्तानी सेवामा थप टेवा पुर्याएको छ । ग्राहकहरुमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै बैंकले यसअघि नै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ । यस विषम परिस्थितिमा ग्राहकहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंककोे ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०-०१-७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न अनुरोध गर्दछौं ।

नेपालमा एकैदिन १७ जना नयाँ काेराेना संक्रमित थपिए

काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा  १० जना पुरुष र ७ जना महिला रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । नेपालमा  दैनिक काेराेनाका बिरामी बढ्दै गएका छन् ।  

सनसिटी अपार्टमेन्टका पुन: कोरोना संक्रमित पाटन अस्पतालकाे आईसोलेसनमा

काठमाडौँ । सनसिटी अपार्टमेन्टका पुन: कोरोना संक्रमित पाटन अस्पतालकाे आईसोलेसनमा राखिएका छन् । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले उनलाई पाटन अस्पतालकाे आईसोलेसनमा राखिएका बताएका हुन् । डिस्चार्ज भएको ११ दिनपछि पीसीआर विधिबाट परीक्षण गराउँदा अपार्टमेन्टमा ५८ बर्षिय पुरुषमा पुन: कोभिड – १९ पोजेटिभ देखिएको हो । उनी र उनकी ८१ बर्षीया आमा गत ११ बैशाखमा कोरोना मुक्त भएर डिस्चार्ज भएका थिए । फलोअप आउँदा उनकाे पीसीआर विधिबाट पुन: परीक्षण गरिएको थियो ।