सचिवालयको बैठक बीचमै छोडेर प्रधानमन्त्री बाहिरिएपछि…

<p>काठमाडाैं । नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली  सचिवालयकाे बैठकबाट बाहिरिएका छन् । नेकपा केन्द्रीय सचिवालय बैठकमा दुई पक्षबीच चर्काचर्की भएपछि उनी बाहिरिएकाे बताइएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा चर्काचर्की भएपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली बाहिरिएका छन् । बैठकमा नेताहरुबीच चर्काचर्की हुन थालेपछि प्रधानमन्त्री ओली आफ्नो शयनकक्षतर्फ लाग्नुभएको बालुवाटार निकट श्रोतले [&hellip;]</p>

काठमाडाैं । नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली  सचिवालयकाे बैठकबाट बाहिरिएका छन् । नेकपा केन्द्रीय सचिवालय बैठकमा दुई पक्षबीच चर्काचर्की भएपछि उनी बाहिरिएकाे बताइएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा चर्काचर्की भएपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली बाहिरिएका छन् । बैठकमा नेताहरुबीच चर्काचर्की हुन थालेपछि प्रधानमन्त्री ओली आफ्नो शयनकक्षतर्फ लाग्नुभएको बालुवाटार निकट श्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओली एक पद एक मुख्य जिम्मेवारीको विपक्षमा रहेका छन् तर बहुमत सचिवालय सदस्यहरु त्यसको कार्यान्वयन गर्ने पक्षमा छन् ।

Share News