bikash news

०९ मंसिर, बुधबार २०८३

  • वित्त
    • बैंक
    • बीमा
    • सहकारी
    • विविध
  • सेयर
  • समाचार
    • समाचार
    • राजनीति
    • विश्व
    • प्रवास
  • बजार
    • उद्योग
    • बजार
    • पूर्वाधार
  • सेवा
    • प्रविधि
    • पर्यटन
    • शिक्षा
    • स्वास्थ्य
  • जनशक्ति
    • रोजगारी
    • नियुक्ति
  • समाज
    • जीवनशैली
    • खेलकुद
    • साहित्य
    • रगंमञ्च
  • विचार
    • विकास वहस
    • विचार
    • सम्पादकीय
  • पालिका
  • अटो
  • फोकस
    • फोकस
    • विशेष
  • भिडियो
युनिकोड
bikash news
युनिकोड
  • वित्त
    • बैंक
    • बीमा
    • सहकारी
    • विविध
  • सेयर
  • समाचार
    • समाचार
    • राजनीति
    • विश्व
    • प्रवास
  • बजार
    • उद्योग
    • बजार
    • पूर्वाधार
  • सेवा
    • प्रविधि
    • पर्यटन
    • शिक्षा
    • स्वास्थ्य
  • जनशक्ति
    • रोजगारी
    • नियुक्ति
  • समाज
    • जीवनशैली
    • खेलकुद
    • साहित्य
    • रगंमञ्च
  • विचार
    • विकास वहस
    • विचार
    • सम्पादकीय
  • पालिका
  • अटो
  • फोकस
    • फोकस
    • विशेष
  • भिडियो

वीरगञ्जमा साढे आठ हजार क्विन्टल चामल मौज्दात

<p>काठमाडाैं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जमा हाल आठ हजार ५ सय क्विन्टल सोना मन्सुली चामल मौज्दात अवस्थामा रहेको छ । कम्पनीसँग ९० हजार ८० केजी सोना मन्सुली चामल तथा ११ हजार ३७१ क्विन्टल ८० केजी जापानी चामल रहेकामा सो बिक्री भई हाल कम्पनीसँग सोना मन्सुली चामल आठ हजार ५०० क्विन्टल [&hellip;]</p>

विकासन्युज

बुधबार, २४ बैशाख, २०७७ १७:२०

काठमाडाैं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जमा हाल आठ हजार ५ सय क्विन्टल सोना मन्सुली चामल मौज्दात अवस्थामा रहेको छ । कम्पनीसँग ९० हजार ८० केजी सोना मन्सुली चामल तथा ११ हजार ३७१ क्विन्टल ८० केजी जापानी चामल रहेकामा सो बिक्री भई हाल कम्पनीसँग सोना मन्सुली चामल आठ हजार ५०० क्विन्टल मौज्दात अवस्थामा रहेको शाखा प्रमुख नरनाथ अधिकारीले बताए ।

सङ्घीय सरकारले जारी गरेको लकडाउनमा कम्पनीले सर्वसाधारणका लागि पनि खुद्रामा चामल बिक्री शुरु गरेपछि सोना मन्सुली चामल आठ हजार ५०० क्विन्टल तथा जापानी चामल १५ हजार ५०० क्विन्टल बिक्री भइसकेको सो कार्यालयका सूचना अधिकारी मुनिलाल कुशवाहाले जानकारी दिए । कम्पनीले माग भएअनुसार काठमाडौँ, विराटनगर, लहान, पोखरा, सुर्खेतलगायतका ठाउँमा चामल पठाउनाका साथै विभिन्न कारागारमा समेत चामल पठाएको बताइएको छ ।

लकडाउनमा खाद्यानको समस्या हुन नदिन विभागको निर्देशनानुसार कम्पनीले सर्वसाधारणलाई सोना मन्सुली प्रतिकेजी रु ४६ तथा जापानी चामल प्रतिकेजी रु ४७ को दरले बिक्री मूल्य कायम गरेपछि सर्वसाधारणलाई चामलको अभाव नभएको सो कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७६/०७७ मा जापान सरकारले नेपाल सरकारलाई दिएको ५० हजार क्विन्टल सहयोगमध्ये १५ हजार क्विन्टल जापानी चामल वीरगञ्ज आएको थियो ।

कम्पनीले आव २०७६/०७७ मा सोना मन्सुली धान २० हजार क्विन्टल र जिरामसिनो धान ३२ क्विन्टल २५ केजी खरिद गरेको थियो । हाल कम्पनीसँग रहेको जापानी चामल सकिएको छ भने आठ हजार ५०० क्विन्टल सोना मन्सुली चामल मौज्दात अवस्थामा रहेको सो कार्यालयले जनाएको छ । संस्थानले जस्तोसुकै आपत्विपत्को अवस्थामा चामल उपलब्ध गराउन सकिने देखिएको छ । सुख्खा बन्दरगाहमा कन्टेनर अड्किए तेस्रो मुलुकबाट नेपालका लागि मालसामान बोकेर आएका १२ हजार कन्टेनर नेपाल र भारतको बन्दरगाहमा रोकिएको छ ।

भारतीय रेलमार्गसँग जोडिएको वीरगन्ज सिर्सियास्थित सुख्खा बन्दरगाहमा तीन हजार ५०० कन्टेनर अड्किएका छन् । भारतको कलकत्ता तथा विशाखापटनक बन्दरगाहबाट हुने कन्टेनर ढुवानी लकडाउनका कारण प्रभावित भएको छ । ती बन्दरगाहबाट वीरगन्जका लागि हिँडेको १९ वटा रेल लकडाउनका कारण बाटोमै अड्किएको र वीरगञ्जमा क्षमताभन्दा बढी कन्टेनर थुप्रिएकाले अब अनुरोध गर्न नसकिने र राख्ने ठाउँ पनि नभएको बन्दरगाह सञ्चालक हिमालय टर्मिनल प्रालिले जनाएको छ । रासस

Share News

लोकप्रिय

सबै पढ्नुहोस्

सामाजिक सुरक्षा भत्तामा ३१ लाख हिनामिना, वडाध्यक्षसहित पाँच जनाविरुद्ध मुद्दा

अच्युत खरेलका दुवै नियुक्ति खुमबहादुरबाट

नेपाल बैंकको मोबाइल एपबाटै २ लाखसम्म कर्जा पाइने

४ अर्बको लगानीमा इन्टरनेट बजार विस्तार गर्दै टेकमाइन्ड्स, ३ अर्ब ऋण

मिटरब्याजी हरि चाम्लिङ पक्राउ

सम्बन्धित खबर

नेपालको वर्तमान अवस्था : आन्दोलन कि समाधान ?

कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन, दैनिक १८ घण्टासम्म विद्युत् उत्पादन

८ महिनामा भित्रियो ६२ अर्बको सवारीसाधन, ईभीमात्र साढे १६ अर्ब बढी

डेढ खर्ब नाघ्यो निर्यात, व्यापारमा आयातको हिस्सा ८८ प्रतिशत

सम्पर्क

  • विकास मिडिया प्रा. लि.
  • त्रिपुरेश्वर, काठमाडौं ।
  • दर्ता नं.: सूचना विभाग दर्ता नं. ४७२/०७४-७५
  • फोन नम्बर: ९७७-९८०११३०४५४

समाचारका लागि

  • Mail: [email protected]
  • Mobile/whatsapp:9802020368

विज्ञापनका लागि

  • Mail: [email protected]
  • Mobile/whatsapp:9813792874

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe us on youtube Follow us on Instagram Follow us on Tiktok Follow us on Threads

विशेष श्रृंखला

  • विकास नायक
  • प्रतिनिधिसभा निर्वाचन २०८२
  • ट्रेण्ड सेटर उद्यमी
  • अव्बल व्यवस्थापक
  • स्वतन्त्र लेखन प्रतियोगिता
  • चुनावी संग्राम
  • हाम्रो बारेमा
  • विकासन्युज नीति
  • हाम्रो टिम
  • अध्यक्ष/प्रधान सम्पादक : रामकृष्ण पौडेल
  • सम्पादक : सन्तोष रोकाया