कोभिड–१९ लाई पराजित गर्न सबैमा उत्प्रेरणा मिलोस् : मुख्यमन्त्री राई
काठमाभिड–डौं । को१९ लाई पराजित गर्न सबैमा उत्प्रेरणा मिलोस् भन्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्धजयन्ती तथा किराँत समुदायको महान सांस्कृतिक चाड उभौलीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका हुन् । “विश्व शान्तिका अग्रदूत गौतमबुद्धका उपदेश विश्वमै लोकप्रिय रहेका छन् । शान्ति, अहिंसाका प्रतिमूर्ति गौतमबुद्धबाट व्यक्त सत्य वचनहरुको महत्व आजको विश्व परिवेशमा झनै बढेको छ । बुद्धको उपदेशलाई आत्मसात गर्न सकिए राष्ट्र र विश्वमा नै बन्धुत्व, सद्भाव र दिगो शान्तिको स्थापना हुने मेरो विश्वास छ ।” सन्देशमा भनिएको छ । मुख्यमन्त्रीको सन्देशमा हामीले मनाउने उभौलीजस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख छ । हिमाल, पहाड र तराईमा बस्ने सबै नेपालीबीच बन्धुत्व, भाइचारा एवं एकताको भावना बढाउन यस प्रकारका चाडपर्वले ऊर्जा प्रदान गर्दै आएको र मौलिक सांस्कृतिक चाडपर्वहरुले सामाजिक एवं पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोगसमेत गरेको जनाउए । यस्ता चाडपर्वले नेपालका सबै जातजाति, एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी समृद्ध प्रदेश निर्माणमा अगाडि बढ्न एवं कोभिड–१९ लाई पराजित गर्न सबैमा उत्प्रेरणा मिलोस् भन्ने शुभकामना पनि व्यक्त गरे । रासस
विदेशबाट फर्किने नेपालीलाई सीप अनुसारको काम दिने तयारीमा सरकार
काठमाडौं । वैदेशिक रोजगारबाट फर्किएका नेपाली नागरिकलाई सीप अनुसारको काम दिने निश्कर्ष सरकारले निकालेको छ । कोरोनाले संक्रमण फैलिएर विदेशमा रोजगार गुमाउने नेपालीको अनुभव, सीप, क्षमता अनुसार काम दिन सरकारले तयारी गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । आगामी दिनमा सिप विकासलाई प्रथामिकता दिई गुणस्तरीय तालिम संयन्त्रको उपयोग तथा परिचालन गरी आयोजना तथा कार्यक्रम कार्यान्वयन क्षमतामा ल्याउनु पर्ने ठोस सुधार एवं अनुगमन पद्धतिको संरचनात्मक विकासमा केन्द्रित भइ अगाडी बढ्न विज्ञहरूले सुझाव दिएका छन् । नेपालको श्रम बजारमा परेका असर र त्यसबाट देखिने अल्पकालिन, मध्यकालिन एवं दिर्घकालिन प्रभावलाई ध्यानमा राखि आन्तरिक, वैदेशिक रोजगार र सामाजिक सुरक्षाका क्षेत्रहरुमा पार्ने असर सम्बन्धि विज्ञहरुसँग नीति एवं कार्यक्रमबीच छलफल भएको थियो । श्रममन्त्री रामेश्वर राय यादवको संयोजकत्वमा भएको उक्त छलफलमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल तथा पूर्व उपाध्यक्ष डा. शंकर शर्मा र डा. स्वर्णिम वाग्ले सहितको सहभागिता रहेको श्रममन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिएका छन् ।
कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा तथ्यांक
काठमाडौं । अहिले विहानसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ३८ लाख १८ हजार ८ सय २२ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ६४ हजार ८ सय १४ जनाको मृत्यु भइसकेको छ भने १२ लाख ९९ हजार २ सय ४४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ७४ हजार ७ सय ९८ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १२ लाख ६२ हजार ९ सय १८ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ५२ हजार ९ सय ८७ पुगेको छ भने अहिलेसम्म १ हजार ७ सय ८५ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ९९ जना संक्रमित भएका छन् भने २२ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)
लकडाउन खुकुलो: अब यी व्यापार व्यवसाय खाेल्न सकिने (भिडियाेसहित)
काठमाडौं । सरकारले जारी लकडाउनलाई जेठ ५ गतेसम्म कायम राख्ने निर्णय गरेको छ । चैत ११ गतेदेखि निरन्तर बढ्दै आएको जारी लकडाउनलाई अहिलेसम्म कडाईका साथ लागु गर्दै आएको भएपनि अब भने केही खुकुलो बन्ने संकेत देखाएको हो । सरकारले लकडाउनको समय जेठ ५ गतेसम्म थपेपनि अब लकडाउन खुकुलो हुने भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले लगभग सबै प्रकारका उद्योग खोल्ने, विकास निर्माणका आयोजनाको काम थाल्ने, निर्माण सामग्रीको ढुवानी गर्न दिने लगायत निर्णय भएको छ । यस्तै पुस्तक ओसारपसारको लागि पनि छुट दिने भएको छ । यी निर्णयले पनि सरकारले लकडाउन खुकुलो बनाएको होकी भन्ने बुझिन्छ । अब अवश्य पनि बजारमा मानिसको चहलपहल बढ्नेछ । सरकारी कार्यालयहरु पनि एक तिहाई कर्मचारीको उपस्थितिमा खुल्ने भएका छन् । यस्तै बढिमा पाँच जना कामदार रहने गरी गाडी मर्मत गर्ने वर्कशप खोल्न पाइने भएको छ । यस्तै, राजमार्ग र सहायक राजमार्ग क्षेत्रमा स्थानीय प्रशासनको अनुमतिमा होटल रेष्टुरेन्ट खोल्न सकिने निर्णय भएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए । सकभर ५० किलोमिटरको दूरीमा पेट्रोल पम्प, रेष्टुरेन्ट र वर्कशप खुलाउन भनिएको छ । विश्व महामारीका रुपमा देखा परेको कोरोना भाइरसको कारण धेरै देश अहिले लकडाउनमा छन् । त्यो विकल्प नेपालले पनि रोजेको हो । हालसम्म नेपालमा ९९ जनामा कोरोना देखिएको छ भने २२ जना निको भएर पनि घर फर्कि सकेका छन् । अब लकडाउन खुकुलो बन्ने, यी खोल्न सकिने व्यापार व्यवसाय Gepostet von Bikashnews.com am Mittwoch, 6. Mai 2020
यी हुन् २६ गतेदेखि सञ्चालन हुने उद्याेग (सूचीसहित)
काठमाडाैं । सरकारले खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख २६ गतेदेखि त्यस्ता उद्योग सञ्चालन गर्ने निर्णय गरेको हो खाद्यन्न र निर्माण सामाग्री उत्पादन गर्नेसहितका ४२ प्रकारका उद्योग सञ्चालन गर्न दिने निर्णय भएको उद्योग मन्त्रालयले बताएकाे छ। श्रमिक र कार्यरत अन्य जनशक्तिहरु अनिवार्य रुपमा कार्यस्थलभित्रै बस्नुपर्ने सरकारका निर्णयमा उल्लेख छ । उनीहरुलाई खानाको व्यवस्था कार्यस्थलभित्रै गरिनुपर्ने तर कार्यस्थलबाट बाहिर जान र कार्यस्थलबाहिर रहेका परिवारका सदस्यलगायत अन्य कुनैपनि व्यक्तिहरुसाग सम्पर्कमा आउनदिन नहुने नियम बनाइएको छ। उद्योगभित्र संभव नभए परिसरभन्दा बाहिर नजिकको दूरीमा रकेका विद्यालय लगायतका सार्वजनिक भवनमा व्यवस्था आवासको व्यवस्था गरेर राख्नुपर्ने निर्णय भएको छ । उनीहरुलाई स्थानीय प्रशासन अनुमति लिएर सञ्चालन गरेको सवारीमा उद्याेगमा ल्याउने व्यवस्था गर्न सकिने भएको छ । सरकारले उद्योगलाई अत्यावश्यक वस्तु उत्पादन, निर्माण र निर्यातसम्बन्धी गरी तीन चरणमा वर्गीकरण गरेर उद्योग सञ्चालन गर्ने भएकाे हाे । उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका चन्द्रकुमार घिमिरेले लकडाउनका कारण बन्द भएका उद्योगलाई अब तीन चरणमा खुलाउने बताए । पहिलो चरणमा खाद्य उद्योग,दोस्रो चरणमा विकास निर्माणसँग सम्बन्धित उद्योग र तेस्रो चरणमा निर्यातमुलक उद्योग खोल्ने घिमिरेले बताए । श्रमिक र कार्यरत अन्य जनशक्तिहरु अनिवार्य रुपमा कार्यस्थलभित्रै बस्नुपर्ने उनले बताए । उनीहरुलाई खानाको व्यवस्था कार्यस्थलभित्रै गरिनुपर्ने तर कार्यस्थलबाट बाहिर जान र कार्यस्थलबाहिर रहेका परिवारका सदस्यलगायत अन्य कुनैपनि व्यक्तिहरुसाग सम्पर्कमा आउनदिन नहुने नियम पनि सरकारले बनाएको छ।
मेरो माइक्रोफाइनान्सद्वारा लम्कीचुहा नगरपालिकाकाे राहत काेषमा ७५ हजार सहयाेग
काठमाडौं । कोरोना भाइरसको नियन्त्रण तथा यसबाट प्रभावितलाई राहत उपलब्ध गराउन मेरो माइक्रोफाइनान्स लघुबित्तले लम्कीचुहा नगरपालिकालाई आर्थिक सहयोग गरेको छ। नगरपालिकाले स्थापना गरेको राहत कोषमा फाइनान्सले ७५ हजार सहयोग गरेको हो। बिश्वभर फैलिएको कोरोनाभाइरसले समग्र बिश्वलाई नै प्रभावित पारिरहेको मानवीय बिपत्तिको घडिमा कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागि नगरपालिकाकाे पहलकदमीलाई साथ दिन लघुवित्तबाट संस्थागत उतरदायित्व अन्तर्गत ७५ हजार रकमकाे चेक सहयाेग स्वरुप प्रदान गरिएको संस्थाले जनाएको छ । फाइनान्सका बौनिया शाखा कार्यालय, कैलालीका प्रमुख दिपेन्द्र बटालाले लम्कीचुहा नगरका प्रमुख महादेव बजगाईंलाई उक्त चेक हस्तान्तरण गरेकाहुन ।
अब पाठ्यपुस्तक खरिद बिक्री गर्न पनि पाइने, सरकारले लकडाउन खुकुलो बनाउन खाेजेकाे हो ?
काठमाडौं । सरकारले लकडाउनको समयमा सीमित पाठ्यपुस्तक बिक्री गर्ने पसललाई सञ्चालन गर्न दिने भएको छ।बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले जनक शिक्षा सामग्र्री केन्द्रद्वारा मुद्रित पुस्तक बिक्री गर्ने पुस्तक पसललाई सञ्चालन गर्न दिने निर्णय गरेको हो। थप गरिएको लकडाउनको समयमा केही सेवालाई छुट दिने क्रममा सीमित पुस्तक पसल सञ्चालनमा समेत छुट दिएको हो । सरकारले कोरोना भाइरस कोभिड-१९ को रोकथामका लागि आह्वान गरेको लकडाउन जेठ ५ गतेसम्मको लागि थप गरेको छ । तर, लकडाउनमा पनि उद्योगलाई अत्यावश्यक वस्तु उत्पादन, निर्माण र निर्यातसम्बन्धी गरी तीन चरणमा वर्गीकरण गरेर उद्योग सञ्चालनको तयारी गरेको छ । साथै, मन्त्रिपरिषद्ले जनक शिक्षा सामग्री केन्द्रद्वारा अनुमति प्राप्त पुस्तक ढुवानी गर्ने सवारी साधनलाई समेत लकडाउनमा सञ्चालनको अनुमति दिएको छ । यी विभिन्न उद्योग र पुस्तक खरिद बिक्री गर्न दिने निर्णय गरेसँगै अब लकडाउन खुकुलो बन्न सक्ने अनुमान पनि गरिएको छ।
भाेलि हुने भनिएकाे नेकपाको स्थायी कमिटी बैठक स्थगित
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । बिहीबारका लागि बोलाइएको स्थायी समिति बैठक स्थगित भएको हो । नेकपाका महासचिव बिष्णु पौडेलले भोलिका लागि बोलाइएको बैठक केही समयपछि सार्न दुई अध्यक्ष सहमत भएको बताए । आज बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बैठकको प्रस्ताव तयार पार्न समय अपुग भएको बताएपछि बैठक स्थगित भएको हो ।