लकडाउन खुकुलो: अब यी व्यापार व्यवसाय खाेल्न सकिने (भिडियाेसहित)

<p>काठमाडौं । सरकारले जारी लकडाउनलाई जेठ ५ गतेसम्म कायम राख्ने निर्णय गरेको छ । चैत ११ गतेदेखि निरन्तर बढ्दै आएको जारी लकडाउनलाई अहिलेसम्म कडाईका साथ लागु गर्दै आएको भएपनि अब भने केही खुकुलो बन्ने संकेत देखाएको हो । सरकारले लकडाउनको समय जेठ ५ गतेसम्म थपेपनि अब लकडाउन खुकुलो हुने भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले [&hellip;]</p>

काठमाडौं । सरकारले जारी लकडाउनलाई जेठ ५ गतेसम्म कायम राख्ने निर्णय गरेको छ । चैत ११ गतेदेखि निरन्तर बढ्दै आएको जारी लकडाउनलाई अहिलेसम्म कडाईका साथ लागु गर्दै आएको भएपनि अब भने केही खुकुलो बन्ने संकेत देखाएको हो ।

सरकारले लकडाउनको समय जेठ ५ गतेसम्म थपेपनि अब लकडाउन खुकुलो हुने भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले लगभग सबै प्रकारका उद्योग खोल्ने, विकास निर्माणका आयोजनाको काम थाल्ने, निर्माण सामग्रीको ढुवानी गर्न दिने लगायत निर्णय भएको छ । यस्तै पुस्तक ओसारपसारको लागि पनि छुट दिने भएको छ ।

यी निर्णयले पनि सरकारले लकडाउन खुकुलो बनाएको होकी भन्ने बुझिन्छ । अब अवश्य पनि बजारमा मानिसको चहलपहल बढ्नेछ । सरकारी कार्यालयहरु पनि एक तिहाई कर्मचारीको उपस्थितिमा खुल्ने भएका छन् । यस्तै बढिमा पाँच जना कामदार रहने गरी गाडी मर्मत गर्ने वर्कशप खोल्न पाइने भएको छ ।

यस्तै, राजमार्ग र सहायक राजमार्ग क्षेत्रमा स्थानीय प्रशासनको अनुमतिमा होटल रेष्टुरेन्ट खोल्न सकिने निर्णय भएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए ।
सकभर ५० किलोमिटरको दूरीमा पेट्रोल पम्प, रेष्टुरेन्ट र वर्कशप खुलाउन भनिएको छ ।

विश्व महामारीका रुपमा देखा परेको कोरोना भाइरसको कारण धेरै देश अहिले लकडाउनमा छन् । त्यो विकल्प नेपालले पनि रोजेको हो । हालसम्म नेपालमा ९९ जनामा कोरोना देखिएको छ भने २२ जना निको भएर पनि घर फर्कि सकेका छन् ।

अब लकडाउन खुकुलो बन्ने, यी खोल्न सकिने व्यापार व्यवसाय

Gepostet von Bikashnews.com am Mittwoch, 6. Mai 2020

Share News