काठमाडौं । कोरोना भाइरसको नियन्त्रण तथा यसबाट प्रभावितलाई राहत उपलब्ध गराउन मेरो माइक्रोफाइनान्स लघुबित्तले लम्कीचुहा नगरपालिकालाई आर्थिक सहयोग गरेको छ।
नगरपालिकाले स्थापना गरेको राहत कोषमा फाइनान्सले ७५ हजार सहयोग गरेको हो।
बिश्वभर फैलिएको कोरोनाभाइरसले समग्र बिश्वलाई नै प्रभावित पारिरहेको मानवीय बिपत्तिको घडिमा कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागि नगरपालिकाकाे पहलकदमीलाई साथ दिन लघुवित्तबाट संस्थागत उतरदायित्व अन्तर्गत ७५ हजार रकमकाे चेक सहयाेग स्वरुप प्रदान गरिएको संस्थाले जनाएको छ ।
फाइनान्सका बौनिया शाखा कार्यालय, कैलालीका प्रमुख दिपेन्द्र बटालाले लम्कीचुहा नगरका प्रमुख महादेव बजगाईंलाई उक्त चेक हस्तान्तरण गरेकाहुन ।