विकासन्युज

लकडाउनमै आर्थिक गतिविधि संचालन गरिनेछः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण फैलिन नदिने सुरक्षाको प्रत्याभूत हुने गरी आर्थिक गतिविधि संचालन गरिने बताएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तै जानकारी दिएका हुन् । कोरोना महामारीकै बीचमा राष्ट्रिय गौरबका आयोजना अघि बढाउने सरकारको काम सरकारले सुचारु गरेको पनि उनले जानकारी दिए । सुरक्षाको व्यवस्था गरी संचालन हुन सक्ने उद्योग प्रतिष्ठान पुनः संचालन गर्ने प्रक्रिया मिलाइने पनि उनले बताए । संचालन हुने उद्योग प्रतिष्ठानले संक्रमण फैलन नदिन आफैले अनुगमन गरी सरकारलाई नियमित रिपोर्टिंग गर्ने व्यवस्था मिलाउने उनले बताए । प्रधानमन्त्री ओलीले आर्थिक गतिविधिमा परेको असर न्यूनिकरण गर्नको लागि सरकारले राहत प्याकेज ल्याउने र सो प्याकेजमा कर सहुलियत, छुट तथा कर्जाको व्याज छुट सहितका कार्यक्रम ल्याइने पनि उनले बताए । यस्तै, सामाजिक सुरक्षा कोषको लागि श्रमिकले गर्नुपर्ने योगदान रकम सरकारी कोषबाटै गर्ने व्यवस्था मिलाइएको पनि जानकारी दिए ।

एसईई दिने विद्यार्थीकाे सिङ्गो शैक्षिकसत्र खेर जान दिन्नौं: प्रधानमन्त्री

काठमाडौं । सरकारले एसईई दिने विद्यार्थीकाे सिङ्गो शैक्षिकसत्र खेर जान नदिने निर्णय गर्ने भएकाे छ । साेमबार राष्ट्रकाे नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई दिने विद्यार्थीकाे सिङ्गो शैक्षिकसत्र खेर जान नदिनकाे लागि छिटै विशेष निर्णय गर्ने बताएका हुन् । ‘शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले एसईईको लागि छिटै निर्णय गर्ने भएको छ । जसबाट विद्यार्थीहरुले एक वर्ष खेर फाल्नु पर्ने छैन ।’ उनले भने । यस्तै लकडाउनका कारण लाखौँ विद्यार्थी अन्योलतामा रहेको सवालमा शिक्षा मन्त्रालयले भर्चुअल माध्यमबाट शैक्षिकसत्र सुरु गर्ने तयारी भइरहेको पनि ओलीले बताए ।

कोरोना भाइरस विरुद्धको लडाई लामो र कठिन छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको लडाई लामो र कठिन रहेको बताएका छन् । सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना संक्रमितको संख्या बढिरहेको प्रति चिन्ता व्यक्त गर्दै कोरोना चेक व्यापक बनाउने बताएका हुन् । प्रधानमन्त्री ओलीले यसअघि दुईपटक राष्ट्रका नाममा सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री नै कोरोनाबाट मृत्यु हुनेकाे संख्या बारे अनविज्ञ भएपछि…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपालमा कोरोनाको कारण मृत्यु भएको संख्याबारे अनविज्ञ रहेकाे देखिन्छ। साेमबार राष्ट्रकाे नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाको कारण ३ जनाको मृत्यु भएको बताएका हुन् । जबकी आजसम्म कोरोनाको कारण ४ जनाको मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेकाे छ ।

मदिरा र सुर्तीमा कर बढाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन

काठमाडाैं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि केन्द्रित गरेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले मदिरा तथा सुर्तीजन्य पदार्थमा कर बढाउन र बढाएको करबाट उठ्ने राजश्व स्वास्थ्य क्षेत्रमा केन्द्रित गरी लगानी गर्न सरकारलाई सुझाव दिएको सभापति जयपुरी घर्तीले जानकारी दिए । बैठकले समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ । समितिले मदन भण्डारी विश्वविद्यालय विधेयक, केही शिक्षासम्बन्धी संशोधन गर्न बनेको विधेयकलगायत चार विधेयक पारित गरेको छ । समितिको वार्षिक प्रतिवेदन केही समयपछि सदनमा प्रस्तुत हुने छ । रासस

दर्ता भएको एक वर्षपछि एमसिसी सम्झौता सदनको कार्यसूची बन्दै

काठमाडौं । दर्ता भएको झण्डै एक वर्षपछि अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सम्झौता सङ्घीय संसद्को कार्यसूचीमा पर्ने भएको छ । सो सम्झौताबारे राजनीतिकरुपमा बहस भएसँगै र केही महिना सभामुखको रिक्तताका कारण संसद्को अघिल्ला अधिवेशनमा प्रस्ताव पेश हुन नपाए पनि चालू छैटौँ अधिवेशनमा कार्यसूचीका रुपमा प्रवेश पाउने भएको हो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सो सम्झौता यथावत्रुपमा पारित नगर्न आवाज उठेकाले सो प्रस्ताव थन्किएको थियो । नेकपाको गत माघ १५ देखि १९ गतेसम्म भएको केन्द्रीय कमिटी बैठकले सोबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्य भीमबहादुर रावल र परराष्ट्रन्त्री प्रदीपकुमार ज्ञवाली रहेको अध्ययन कार्यदल गठन गरेकामा त्यसले गत फागुन ९ गते नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिवेदन दिइसकेको छ । कार्यदलले संशोधनसहित सम्झौता पारित गर्न सुझाव दिएको थियो । सोही विषयमा नेकपाका सचिवालयको गत शनिबारको अनौपचारिक बैठकमा केही स्थायी कमिटीका सदस्यसहितलाई आमन्त्रण गरिएको र एमसिसी सचिवालयका कर्मचारीले ब्रिफिङ गरेका थिए । उक्त सम्झौता एशिया प्रशान्त रणनीतिको अङ्ग हो भने नेपालले पारित गर्न नहुने तर्क नेकपाको गत मङ्सिर २९ देखि पुस ६ गतेसम्मको स्थायी कमिटीमा उठाइएको थियो । कूल करीब ६४ अर्ब रूपैयाँको सो परियोजनामा करीब ५१ अर्ब अमेरिकी र १३ अर्ब (१३० मिलियन अमेरिकी डलर) नेपाल सरकारको लगानी हुनेछ । दुई पक्षबीच सन् २०१७ सेप्टेम्बर १४ मा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसिसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन नासबीच ‘कम्प्याक्ट सम्झौता’ भएको थियो । नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासका लागि सञ्चालित उक्त सम्झौतामा सङ्घीय संसद्को दुवै सदनबाट अलगअलग रुपमा पारित हुनुपर्ने भएकाले सरकारले संसद् सचिवालयमा गत वर्ष असार ३१ गते दर्ता गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले यसबारे हालसम्म सार्वजनिक प्रतिक्रिया दिएका छैन । सरकारले सदनमा सो प्रस्ताव छलफलमा ढिलाइ गर्न नहुने जनाउँदै आएको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पनि सो सम्झौता चाँडो पारित गर्न आग्रह गर्दै आएको छ । कुनै पनि मुुलुकसँग भएको सन्धिसम्झौता संसद्ले पारित गर्नुपर्ने हुन्छ । हाल प्रतिनिधिसभामा दर्ता भएको सो सम्झौता प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएपछि सन्देशसहित राष्ट्रियसभामा पठाइनेछ । यो सम्झौता लागू भएको मितिले पाँच वर्षभित्र सम्पन्न गर्नुपर्नेछ । संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले राजनीतिक सहमति प्राप्त भई सभामुखले कार्यसूचीका रुपमा अगाडि बढाउन कुनै बाधा नभएको बताए । उनले भने, ‘सो प्रस्ताव हाल विचाराधीन छ । सभामुखको निर्देशनपछि कार्यसूचीका रुपमा प्रवेश पाउनेछ’, डा पाण्डेले भने । संसद् सचिवालयमा दर्ता भएको कुनै पनि प्रस्ताव छलफलका लागि परिपक्व हुन कम्तीमा पाँच दिन समय लाग्छ । सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले संसद्को मूल बैठकमा सैद्धान्तिक छलफलपछि संशोधन आएमा सम्बन्धित समितिमा लगेर विधेयकसरह छलफल हुन सक्ने जनाए । सम्झौतामा काठमाडाैंको लप्सीफेदीदेखि नुवाकोटको रातमाटेसम्म, रातमाटेदेखि हेटौंडासम्म, रातमाटेदेखि दमौलीसम्म, दमौलीदेखि बुटवलसम्म र बुटवलदेखि भारतको सिमानासम्मको खण्डमा चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण तथा रातमाटे, दमौली र बुटवलमा तीन सबस्टेशन निर्माण गरिने उल्लेख छ । संसद्बाट पारित सरकारको नीति तथा कार्यक्रममा प्रसारण विस्तारको विषय उल्लेख छ । यसैगरी पूर्वपश्चिम राजमार्गको कपिलवस्तु जिल्लाको चन्द्रौटादेखि लमही हुँदै बाँके र दाङ जिल्लामा पर्ने शिवखोलासम्म कुल १०० किलोमिटर सडकको स्तरोन्नति गरिनेछ । बुटवल-गोरखपुर अन्तर्देशीय प्रसारण लाइनको नेपाल भारत सीमासम्मको निर्माणका लागि सहायता उपयोग गरिने पनि जनाइएको छ । रासस

घरेलु लघुवित्तले स्थानीय निकायलाई दियाे आर्थिक सहयोग

काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्थाले कोरोना भाइरसको संक्रमण विरुद्घ लड्न स्थानीय निकायलाई २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । यो रकमले कोरोना रोकथाम नियन्त्रण तथा कोरोना रोग देखापरेका मानिसको उपचारमा र कोरोना भाइरसको कारणले लकडाउनमा परेर दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत वितरणमा सहयोग हुने संस्थाले जनाएकाे छ । घरेलु लघुवित्तको शाखा कार्यालयहरु फेटा, बारा र बट्टार, नुवाकोटका शाखा प्रबन्धकहरु क्रमशः श्यामबाबु यादवले फेटा गाउँपालिकाको प्रशासकिय अधिकृत प्राण मेहत्ता र अध्यक्ष अमिरिलाल प्रसादलाई र मिनकुमार दाहालले विदुर नगरपालिकाको मेयर सञ्जु पण्डितलाई सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कोरोना भाइरस(कोभिड-१९) रोकथाम नियन्त्रण तथा उपचार कोषमा प्रतिशाखा १० हजार रुपैयाँका दरले जम्मा २० हजार रुपैयाँको आर्थिक सहयोगको चेक हस्तान्तरण गरेका छन् । यस संस्था संचालनमा आएको हालसम्ममा देशको ११ जिल्लामा १३ वटा शाखा कार्यालयहरु स्थापना गरि ग्रामिण क्षेत्रका ६ हजार १ सय ५० भन्दा बढी विपन्न परिवारहरुमा २१ करोड १७ लाख भन्दा बढी कर्जा रकम लगानीमा र बचतमा ४ करोड ३६ लाख जम्मा भई वित्तीय पहुँच पुर्याउन सफल भई ती परिवारहरुसंग वचत तथा कर्जाको कारोवार संचालन गर्दै आईरहेको छ ।

थप २५ जना संक्रमित निकाे भए, काेराेना जित्नेकाे संख्या १ सय १२

काठमाडौं । गत २४ घण्टामा पच्चिस जना काेराेना संक्रमित निकाे भए घर गएका छन् । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गत २४ घण्टामा पच्चिस जना काेराेना संक्रमित निकाे भए घर गएकाे बताएका हुन् । निको हुनेमा पर्साका नारयणी अस्पतालबाट १८ जना, टेकु अस्पतालबाट सर्लाही घर भएका एकजना पुरुष, यस्तै पाटन अस्पतालबाट धनुषा, धादिङ, काठमाडौं, दाङ र बर्दियाका एक- एक जना ताैलिहवाका एक जना रहेका छन् । याेसँगै नेपालमा काेराेना जित्नेकाे संख्या १ सय १२ पुगेकाे  छ ।