घरेलु लघुवित्तले स्थानीय निकायलाई दियाे आर्थिक सहयोग

<p>काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्थाले कोरोना भाइरसको संक्रमण विरुद्घ लड्न स्थानीय निकायलाई २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । यो रकमले कोरोना रोकथाम नियन्त्रण तथा कोरोना रोग देखापरेका मानिसको उपचारमा र कोरोना भाइरसको कारणले लकडाउनमा परेर दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत वितरणमा सहयोग हुने संस्थाले जनाएकाे छ । घरेलु लघुवित्तको शाखा कार्यालयहरु फेटा, [&hellip;]</p>

काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्थाले कोरोना भाइरसको संक्रमण विरुद्घ लड्न स्थानीय निकायलाई २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । यो रकमले कोरोना रोकथाम नियन्त्रण तथा कोरोना रोग देखापरेका मानिसको उपचारमा र कोरोना भाइरसको कारणले लकडाउनमा परेर दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत वितरणमा सहयोग हुने संस्थाले जनाएकाे छ ।

घरेलु लघुवित्तको शाखा कार्यालयहरु फेटा, बारा र बट्टार, नुवाकोटका शाखा प्रबन्धकहरु क्रमशः श्यामबाबु यादवले फेटा गाउँपालिकाको प्रशासकिय अधिकृत प्राण मेहत्ता र अध्यक्ष अमिरिलाल प्रसादलाई र मिनकुमार दाहालले विदुर नगरपालिकाको मेयर सञ्जु पण्डितलाई सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कोरोना भाइरस(कोभिड-१९) रोकथाम नियन्त्रण तथा उपचार कोषमा प्रतिशाखा १० हजार रुपैयाँका दरले जम्मा २० हजार रुपैयाँको आर्थिक सहयोगको चेक हस्तान्तरण गरेका छन् ।

यस संस्था संचालनमा आएको हालसम्ममा देशको ११ जिल्लामा १३ वटा शाखा कार्यालयहरु स्थापना गरि ग्रामिण क्षेत्रका ६ हजार १ सय ५० भन्दा बढी विपन्न परिवारहरुमा २१ करोड १७ लाख भन्दा बढी कर्जा रकम लगानीमा र बचतमा ४ करोड ३६ लाख जम्मा भई वित्तीय पहुँच पुर्याउन सफल भई ती परिवारहरुसंग वचत तथा कर्जाको कारोवार संचालन गर्दै आईरहेको छ ।

Share News