थप २५ जना संक्रमित निकाे भए, काेराेना जित्नेकाे संख्या १ सय १२

<p>काठमाडौं । गत २४ घण्टामा पच्चिस जना काेराेना संक्रमित निकाे भए घर गएका छन् । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गत २४ घण्टामा पच्चिस जना काेराेना संक्रमित निकाे भए घर गएकाे बताएका हुन् । निको हुनेमा पर्साका नारयणी अस्पतालबाट १८ जना, टेकु अस्पतालबाट सर्लाही घर भएका एकजना पुरुष, यस्तै पाटन [&hellip;]</p>

काठमाडौं । गत २४ घण्टामा पच्चिस जना काेराेना संक्रमित निकाे भए घर गएका छन् ।

कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गत २४ घण्टामा पच्चिस जना काेराेना संक्रमित निकाे भए घर गएकाे बताएका हुन् ।

निको हुनेमा पर्साका नारयणी अस्पतालबाट १८ जना, टेकु अस्पतालबाट सर्लाही घर भएका एकजना पुरुष, यस्तै पाटन अस्पतालबाट धनुषा, धादिङ, काठमाडौं, दाङ र बर्दियाका एक- एक जना ताैलिहवाका एक जना रहेका छन् ।

याेसँगै नेपालमा काेराेना जित्नेकाे संख्या १ सय १२ पुगेकाे  छ ।

Share News