क्वारेन्टाइन व्यवस्थापनकै क्रममा वडाध्यक्षको मृत्यु, कोरोनाको शंका
काठमाडौं । क्वारेन्टाइन व्यवस्थापनकै क्रममा कृष्णपुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्षको मृत्यु भएको छ । अध्यक्ष कल्लु रानाको गए राती आफ्नो वडाको एक विद्यालयमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेकै बेला एक्कासी बेहोस भई मृत्यु भएको नगरपालिकाकी उपप्रमुख रमिता रानाले बताईन । पछिल्लो समय कोरोनाको संक्रमण फैलिएसँगै निरन्तर क्वारेन्टाइन व्यवस्थापनका लागि जुटिरहेकाे हुँदा कोरोनाको आशंका रहेकाे उपप्रमुख रानाले भनिन् । हाल काेराेना परीक्षणकै लागि उनको शव सेती अस्पतालमा रहेकाे जानकारी दिइन ।
दुर्गम क्षेत्रका बालबालिका विद्यालय शिक्षाबाट बञ्चित
मनाङ। दुर्गम क्षेत्रका बालबालिका ६ महिनादेखि विद्यालय शिक्षाबाट बञ्चित छन् । मङ्सिर मसान्तदेखि मनाङका विद्यालय बन्द हुँदा उनीहरु शिक्षाबाट टाढिएका छन् । अन्तिम परीक्षा सकेर नयाँ शैक्षिकसत्र शुरु हुने भए पनि विश्वभर कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीले करिब ६ महिनादेखि उनीहरु विद्यालयको पहुँच बाहिर छन् । हुन त मुलुकभरका बालबालिका हाल विद्यालय शिक्षाबाट पूर्णरूपमा बञ्चित छन् तर हिमालपारिको जिल्ला मनाङमा गत मङ्सिर मसान्तदेखि विद्यालयको अन्तिम परीक्षा सकेपछि नै मारमा छन् । बन्दाबन्दीले अहिले अझ उनीहरु थप प्रभावित बनेका छन् । कोरोना भाइरसको महामारीले गर्दा मुलुकभर शिक्षा क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको अवस्थामा अझ बढी दुर्गम क्षेत्रमा परेको छ । केही साना बालबालिकाले विद्यालय नै बिर्सिसकेका छन् । यसले जिल्लाको माथिल्लो भेगका बालबालिका झण्डै ६ महिनादेखि विद्यालयको पहुँचभन्दा टाढा भएका हुन् । जिल्लाभर २८ विद्यालय छन् भने यस जिल्लामा करिब ६ सयभन्दा बढी बालबालिका विद्यालय जाने गरेका थिए । जम्मा ४ गाउँपालिकामा रहेको यस जिल्लामा माथिल्लो भेगमा ११ विद्यालय छन् । चामे गाउँपालिकामा ५, नार्पाभूमि गाउँपालिकामा २ र नासों गाउँपालिकामा ११ विद्यालय रहेको शिक्षा विकास तथा समन्वय एकाइ मनाङले जनाएको छ । हाल चामे गाउँपालिकाले भने ५ विद्यालयलाई आवासीय विद्यालयमा रुपान्तरण गरी पालिकामा २ विद्यालय गाभेर सञ्चालन गरिएको छ । त्यस्तै नासों गाउँपालिकाले पनि प्रकाशज्योति माविलाई आवासीय विद्यालय बनाइएको र पालिकामा २ माध्यमिक छन् । त्यसैगरी ९ आधारभूत विद्यालय रहेको गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताए । उनका अनुसार विद्यालयहरु २०७६ पुसको दोस्रो सातादेखि बन्द भएको र नयाँ शैक्षिकसत्र शुरु हुँदै गर्दा यो महामारीले बन्द हुँदा विद्यार्थीले सास्ती खेप्नुपरेको छ । सुगम क्षेत्रका र इमेल इन्टरनेटको पहुँचमा रहेका बालबालिका त इन्टरनेटको माध्यमबाट केही अध्यायन गरिहेका छन् तर यी क्षेत्रबाट बाहिर रहेका ती बालबालिकाको शिक्षाले कस्तो रूप लेला सबैमा चिन्ताको विषय बनेको छ । दुर्गम क्षेत्रका बालबालिकाको शिक्षालाई कस्तो व्यवस्था हुने हो हेर्न भने बाँकी नै छ । रासस
हावाहुरीले रुख ढाल्दा ६ वर्षीय बालकसहित दुईको मृत्यु
काठमाडाैं । हावाहुरीका कारण मकवानपुरमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । मंगलबार साँझा एक्कासी आएको हावाहुरीले रुख ढल्दा राक्सीराङ–५ चैनपुरका ३५ वर्षीया वीरमाया प्रजा र राक्सीराङ–३ का छ वर्षीय बालक आयुष मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । साथै घाइते तीन जनालाई उपचारका लागि चितवन लगिएको छ । त्यसैगरी हावाहुरीले हेटौं डालगायत मकवानपुर जिल्लाको विभिन्न स्थानमा कर्कटपाताले निर्माण गरिएका घरका छानासमेत उडाएको छ । हावाहुरीले लाखौँ मूल्य बराबरको फलफूल, तरकारी नष्ट गरेको छ । खेतमा लगाइएको भिण्डी, घिरौला, बोडी, लौका, सिमी, काउलीका साथै मकैबाली र आँपमा समेत क्षति पु¥याएको जिल्ला कृषि ज्ञान केन्द्र मकवानपुरले जनाएको छ । त्यसैगरी हावाहुरीले हेटौँडास्थित फरेष्टी कलेजमा एक दर्जन सालको रुख ढालेको र विद्युत् पोलसमेत ढलेका सो कलेजले जनाएको छ । रासस
नेपालीकाे उत्कृष्ट माैलिकता, उल्टो मानो चल्ला भाेकमरी चल्दैन
काेराेना महामारीपछि बन्दाबन्दीकाे दृष्य । फाेटाेः द्वारिका काफ्ले पृष्ठभूमि/परिचय विश्वले अङ्ग्रेजी नयाँ वर्षको ब्यग्र प्रतीक्षा गरिरहेको थियो । नयाँ वर्षलाई थप उत्सवमय बनाउने तयारी कै अवस्थामा ‘कोरोना भाइरस’ ले आफ्नो असली रुप चीनको बुहान सहरबाट शुरु गर्यो । बुहान सहर विश्व व्यापारमा आफ्नो दर्बिलो उपस्थिति जनाउँदै आएको छिमेकी मित्रराष्ट्र चीनको मध्यभागमा अवस्थित व्यापार तथा पारवहनको अन्तर्राष्ट्रिय केन्द्र हो । मानिसबाट मानिसमा नै स्थानान्तरण हुने उक्त भाइरसलाई चीनमा, छिनछिनमा आवतजावत हुने मानिसको भीड अत्यन्तै अनुकूल बन्यो । कोरोनालाई अल्पकालीन साम्राज्य विश्वव्यापी फैँल्याँउन धेरै समय कुर्नु परेन । नयाँ वर्षको शुरुवातसँगै विश्ववासीमा पसेको कोरोना कहर यो आलेख तयार पार्दासम्म बढ्दो क्रममा छ । सन् २०१९ को अन्तिम दिन अर्थात ३१ डिसेम्बरमा पहिलोपटक परीक्षणबाट पुष्टि भएको भनिएको कोरोना भाइरसलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड–१९ औपचारिक नाम दिएको छ । उक्त भाइरसले अत्याधुनिक र प्रविधिसम्पन्न भनिँदै आएको गतिशील विश्व समाजलाई गम्भिर आघात पुर्याएको छ । विज्ञान–प्रविधि, सुशासन र समृद्वि त्यहीँ गतिशील समाजका चार स्तम्भ हुन् । विज्ञान प्रविधि विकासको, प्रविधि आर्थिक विकासको र आर्थिक विकास सुशासन र समृद्विका आधारशिला हुन् । यी चारै स्तम्भहरुको समूचित विकास भएको समाजलाई गतिशील समाज भनिन्छ । गतिशील समाजको दावा गर्ने धेरै राष्ट्रहरुको हबिगत पटकपटक घटेका दैवी वा प्राकृतिक घटनाले उदाङ्गो पार्दै आएका छन् । यसपटक वैश्विक महामारीको रुपमा प्रकट एउटा सानो अदृश्य जीव कोरोना भाइरसले विश्वव्यापी चर्चासँगै समाजको विद्यमान गतिमा धावा बोलेको छ । विश्वव्यापी अवस्था जोन हप्किन्स विश्वविद्यालयका अनुसार बैशाख ७, बिहानसम्म विश्वका दुई सय दशभन्दा बढी राष्ट्रहरू कोभिड–१९ बाट प्रभावित बनेका छन् । विश्वभरी २३ लाख २९ हजार ५ सय ३९ जनालाई यो भाइरसले सङ्क्रमित तुल्याएको छ । सङ्क्रमित मध्ये १ लाख ६० हजार ७ सय १७ जनाको मृत्यू भइसकेको छ । ५ लाख ९५ हजार २ सय १७ जना निको भएका छन् । १५ लाख ७३ हजार ६ सय ५ विश्व नागरिक भाइरस विरुद्धको लडाइँमा अस्पतालकै शैयामा छन् । बाँकी विश्ववासी मनमा राप र सन्ताप दबाएर घर–घरमा कैदी जीवन व्यतीत गरिरहेका छन् । लेखक कोरोना संक्रमणको गति जुन अनुपातमा तीब्र छ त्यहि अनुपातमा मृत्यूदर तुलनात्मक रूपमा कम छ । अहिलेसम्मको आँकडा अनुसार, कोरोना सङ्क्रमितको मृत्यूदर ३ दशमलव ५ प्रतिशत मात्र छ । त्यस्तै प्रकृतिका अन्य सङ्क्रमण जस्तैः– सार्स र मर्सको मृत्यूदर क्रमशः १० र ३० प्रतिशतमा स्थिर भएको थियो । समकालीन विश्वलाई पिरोलिरहेको यो भाइरसको प्रकोप कहाँ पुगेर टुङ्गिन्छ एकिन छैन । यद्यपी, कोभिड– १९ प्रतिरोधी खोप प्रमाणित हुनासाथ यसबाट मुक्ति पाउने अपेक्षा गर्न सकिन्छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो लेख तयार पार्दासम्म नेपालमा कूल ८ हजार १७ जनामा कोरोना परीक्षण गरिएकोमा ३१ जनाको मात्र रिपोर्ट पोजेटिभ पाइएको छ । त्यसमा पनि २ जना निको भएर घर फर्किसकेका छन् भने मृत्यू हुनेको संख्या शून्य छ । नेपालको भूगोलभित्र मानवीय क्षति शून्य र सङ्क्रमितको सङ्ख्या नगण्य भएपनि नेपाल त्यो भाइरसको दुष्चक्रबाट अछुतो छैन । ‘अनिकालमा बीऊ र महामारीमा जीऊ’ जोगाउनु भन्ने ठेट नेपाली उखान यो पटक पनि चरितार्थ भएको छ । समग्र विश्वकै सुरक्षा के होला ? साझा चिन्ता एकातिर छँदैछ अर्कोतर्फ भाइरसको उद्गमस्थल चीनको निकट छिमेकी एवम् गतिशील समाजका चारै स्तम्भहरूको समेत संस्थागत विकास यथोचित ढंगले भइनसकेको मुलुक नेपालको सुरक्षा चिन्ताले हामीलाई झन बढी पिरलो थपिरहेको छ । सूरक्षा सतर्कता हाम्रा पीतापूर्खाहरुले बजारबाट ल्याएको नयाँ बस्त्र तथा आभूषण निर्मलीकृत गरेर मात्र प्रयोग गर्न दिन्थे । नयाँ कपडालाई ‘माडी’ पछारेर मात्र लगाउनुपर्छ भन्थे । धारा वा कुवाको पानीमा छप्छप्पी आठ/दशपटक पछारेर घाममा सुकाएपछि मात्र दिन बार हेरेर ती कपडा लगाउनयोग्य मानिन्थ्यो । हामीले सोध्थ्यौं यो नयाँ कपडालाई किन यस्तो गरेको ? भन्थे ‘देशपरेशबाट आएका चीजमा किटाणु हुन्छन्, रोगब्याधी ल्याउँछन् । यसो गर्दा किटाणु नाश हुन्छन्’ । हाम्रा पीतापूर्खाहरुले बजारबाट ल्याएको नयाँ बस्त्र तथा आभूषण निर्मलीकृत गरेर मात्र प्रयोग गर्न दिन्थे । नयाँ कपडालाई ‘माडी’ पछारेर मात्र लगाउनुपर्छ भन्थे । धारा वा कुवाको पानीमा छप्छप्पी आठ/दशपटक पछारेर घाममा सुकाएपछि मात्र दिन बार हेरेर ती कपडा लगाउनयोग्य मानिन्थ्यो । हामीले सोध्थ्यौं यो नयाँ कपडालाई किन यस्तो गरेको ? भन्थे ‘देशपरेशबाट आएका चीजमा किटाणु हुन्छन्, रोगब्याधी ल्याउँछन् । यसो गर्दा किटाणु नाश हुन्छन्’ । यस्तो चुस्त सुरक्षा सतर्कता अपनाउने हाम्रो मौलिक पद्वतिलाई हामीले नै पुरातन सोच भन्ने आरोप लगायौं । त्यसो गर्न छाड्यौं । अहिले बजारबाट ल्याइएका हरेक बस्तुका प्याकेटलाई पखाल्ने, घाममा सुकाउने वा स्यानिटाइजर छर्किने वाध्यतामा हामी आफैँ आइपुगेका छौँ । गतिशील भनिएको अहिलेको समाज र पुरातन भनिएको पहिलाको समाजको सुरक्षा चाँसो एकपटक नियाल्दा हुन्छ को गतिशील को पुरातन ? भेद आफैँ प्रष्ट हुन्छ । पूर्वीय दर्शनको प्रत्यक्ष प्रभावमा परेका समाजमा कोरोना भाइरसको मात्र होइन इतिहास हेर्नुहोस् अन्य भाइरसजन्य प्रकोपको क्षति तुलनात्मक रुपमा कम छ । पूर्वीय दर्शनले उषाकालको पहिलो प्रहरमै उठ्नु भन्छ । उषाकालमै शौच एवम् ऋषिस्नान सम्पन्न गरि सेवा, सन्ध्या र ध्यान गर्नु भन्छ । जतिपटक शौचालय गइन्छ, त्यति नै पटक शुद्ध हुनुपर्दछ भन्छ । यसको अर्थ पानीसँग बढ्ता खेल्नुपर्छ भनेको हो । कोरोना भाइरसबाट बच्न मिचीमिची पटकपटक हात धुनुहोस्…..’ यस्तै सन्देश अहिले प्रकाशित/प्रसारित हुँदा हामीलाई आधुनिक लाग्ने हाम्रै मौलिक दर्शनले भन्दा पुरातन लाग्ने ? हाम्रै दर्शनमा छ सुरक्षा सतर्कता, अनुसरण गरौँ । हरेक भाइरसको साझा विशेषता हुन्छ, मानिसको रोगसँग लड्न सक्ने क्षमता कमजोर तुल्याइदिनु । नाशवान रोगप्रतिरोधात्मक क्षमता बृद्वि गर्ने उत्तम उपाय एकाग्र चिन्तन हो । ध्यान, जप र योग साधना एकाग्र चिन्तनका साधन हुन् । उदाउँदो सूर्यसँगै तुलसीको मठ र कुसको आसनको ध्यान र जपलाई विज्ञानले पनि अनुकरण गर्नु भन्छ । सूर्य बुद्विका स्वामी, देव हुन् । उदाउँदो सूर्यको राप र ताप दुवै लिनु भन्छ । घाममा पाइने भिटामिन ‘सी’ सम्भावित कोरोना सङ्क्रमणको प्रतिरोधी मानिएको छ । यस्तो पूर्वीय दर्शन दुर्भाग्य हामीलाई पुरातन लाग्छ, ‘इम्युन सिस्टम स्ट्रोङ्ग राख्न साँझ विहान योगा गर्नुहोस्’ भन्यो भने त्यो हामीलाई प्रीय लाग्छ । अहिले हामी अप्ठ्यारोमा छौँ जे प्रीय लाग्छ त्यहि अनुसरण गरौँ आखिर बच्नु त छँदै छ । जसो गर्दा पनि, घुमीफिरी हामी हाम्रै मौलिक दर्शनमा फर्किन्छौँ । नेपाललाई त्यसै वैदिक सभ्यताको शास्त्रीय मान्यता दिइएको होइन् । हाम्रा हरेक प्रचलनमा आधुनिकता र विज्ञान मात्र होइन, विवेक पनि छ । मात्र हामी विवेकले शासित हुने इच्छा राख्दैनौं । हिमालयको काखमा अवस्थित हाम्रो भूगोल ज्ञान, विज्ञान, दर्शन, कला, धर्म, संस्कृति, इतिहास र पारस्परिक भाइचारको बेजोड संगम हो । तपाईंको शरीरको प्रतिरक्षात्मक प्रणाली सुदृढ पार्न तपाईंले तपाईंकै शरीरलाई चलायमान तुल्याउने हो । आफ्नै शरीरलाई आलस्यमा पुर्याउने तपाईंकै खानपान र आनीबानीले हो, अर्कोले होइन । हामीलाई जन्माएको हुर्काएको दर्शनले तामसी चीजको सेवन नगर्नु भन्छ । राम्रोसँग पाक पुगेको सात्विक भोजन ग्रहण गर्नु भन्छ । आफ्नै माटोका अप्रसोधित उत्पादन रितपूर्वक उपभोग गर्नु भन्छ । गृहस्थीमा बढ्ता समय बितोस् भन्छ । भीडभाड कोलाहलमा गइ रमाउनुभन्दा शुद्ध मनसहित भगवानको आराधनामा प्रहर व्यतीत गर्नु उत्तम भन्छ । एकपटक फर्केर हेर्नुहोस् त कोरोना भाइरसबाट बच्न विश्व स्वास्थ्य सङ्गठन, विज्ञ, चिकित्सक एवम् सरोकारवाला सबैले सुझाएका सुरक्षा सतर्कता योभन्दा पृथक कतै भेटिन्छन् कि ? विश्व स्वास्थ्य सङ्गठनले कोरोनाको संक्रमण अब अफ्रीकामा विस्तार हुने जानकारी दिएको छ । एउटा अध्ययनले समुन्द्री तटीय क्षेत्रमा अवस्थित शहरहरू कोभिड– १९ को प्रभावबाट बढ्ता प्रभावित बनेका उल्लेख गरेको छ । हामी यो त्रासबाट भने मुक्त छौँ । तर, दक्षिणी छिमेकी मित्रराष्ट्र भारतमा बढ्दो कोरोना भाइरस र उक्त राष्ट्रसँग नेपालको बाक्लो आवतजावत एवम् खुल्लमखुल्ला सिमानाका कारणले हामीले झनै बढी सुरक्षा सतर्कता अपनाउनुपर्ने नै देखिन्छ । प्राकृतिक असन्तुलन सृष्टीको श्रेष्ठ जीव मानवले जे गर्नु हुँदैन त्यहि गर्न उद्वत् हुँदा प्राकृतिक असन्तुलन चुलिँदै जाने हो । कोरोना भाइरसको विश्वव्यापी चर्चा चूँलिनुभन्दा एकाध हप्ता पहिला अष्ट्रेलियाका जङ्गलमा लागेको भीषण आगालागीको लप्कामा लपेटिएर करोडौँ पशुपंक्षीको बाच्न पाउने अधिकार हठात् तोडियो । त्यो विभत्स घटनाबाट बाच्न सफल थप पशुपंक्षी समेत भयावह माननीय सङ्क्रमणको त्रासबाट उन्मुक्ति पाउने निहुँमा मारिए । त्यसै समयको आसपासमा पश्चिम नेपालमा समेत पशुबध भएका र गर्न ठिक्क पारिएका घटना सार्वजनिक भए । पृथ्वीको एउटा टुप्पो अष्ट्रेलिया र अर्को टुप्पो नेपाल–चीन । कोरोना भाइरससँग ती घटनाहरुको कुनै साइनो सम्बन्ध हुन वा नहुन पनि सक्दछ । तर, जीवजगत्को समान स्वार्थ राख्नुपर्ने गतिशील विश्व समाजले त्यस घटनामा त्यति ठूलो मानवीय समवेदना प्रकट गर्ने आवश्यकता ठानेन् । लोभलाग्दो जीवन चुडेर बाच्न पाउने अधिकारबाट बञ्चित भइन्छ कि भन्ने भय अहिले मानिसलाई छ । त्यसैले अदृश्य कोरोना भाइरसको चर्चा–परिचर्चाले विश्वमै साझा आकार ग्रहण गरेको छ । दुःखको कारण मानिसको आफनै स्वभाव हो । स्वभावलाई सुधार्नु बडा कठिन काम हो । मेरा निम्ति मेरो जीवन सर्वाधिक मायावी एवम् महत्त्वपूर्ण लाग्छ । त्यस्तै हुन्छ जीवन बोकेका हरेक प्राणीहरुको पनि । पूर्वीय दर्शनका अनुसार नभोगी नाश नहुने एउटा अप्रीय अनुभव हो ‘पाप’ । हामी सानै छँदा आफू अन्यायमा परियो भने ‘पाप’ धुरीबाट कराउँछ भन्थ्यौँ । यो कली हो, कलीमा पापको दुष्चक्र पनि रफ्तारमा फनफनी घुमिरहन्छ । मानव मात्रले गर्व गर्ने गतिशील समाजको निर्माणमा यहीँ सृष्टिका हरेक प्राणीहरुको उत्तिकै योगदान छ । मात्र उपभोगको अधिकार मानवले नियन्त्रणमा लिएको हो । एकापसको अस्तित्वलाई मेटाउँदै जाँदा प्राकृतिक असन्तुलन गहिरिन्छ । प्राकृतिक असन्तुलन नै दैवी, प्राकृतिक वा वैश्विक विपत्तीको मुख्य जड हो । यस्ता विपत्तीले लाखौँ करोडौँ अरु निर्दोषको जीवन चुड्छ, चुँडिरहेकै छ । सिङ्गो मानव समाजले ढिला गरि बुझ्ने विषय सृष्टिको सम्बन्ध हो । सृष्टिका हरेक प्राणीको एकापसमा साइनो सम्बन्ध पक्कै छ, नत्र यो साझा पृथ्वीमा तिनको अस्तित्व र इतिहास दुवै किन भेटिन्छ ? मानव सम्भ्यता र संस्कृति जति विवेकले शासित हुन्छ त्यति नै समग्र वातावरण र जीवजगत्मा प्रभाव न्यून देखिने हो । मानव मात्रले गर्व गर्ने गतिशील समाजको निर्माणमा यहीँ सृष्टिका हरेक प्राणीहरुको उत्तिकै योगदान छ । मात्र उपभोगको अधिकार मानवले नियन्त्रणमा लिएको हो । एकापसको अस्तित्वलाई मेटाउँदै जाँदा प्राकृतिक असन्तुलन गहिरिन्छ । प्राकृतिक असन्तुलन नै दैवी, प्राकृतिक वा वैश्विक विपत्तीको मुख्य जड हो । यस्ता विपत्तीले लाखौँ करोडौँ अरु निर्दोषको जीवन चुड्छ, चुँडिरहेकै छ । लकडाउनले खुलेको स्वच्छ र निर्मल आकाश देखेर मात्र भएन् । मानिसले मानवीय उद्विकासका विभिन्न चरणहरुमा बिचित्र त्रुटीहरू गर्दै आइरहेको छ । हामीले सधैँ हेक्का राख्नुपर्दछ ‘होचो बलेसीमुनी बास भएको मानिस मुन्टो निहु¥यार मात्र भित्र पस्नु पर्छ ’ । प्रकृतिमाथिको अतिसय दोहन चुनौतीका प्रमुख कारक हुन् । एकले अर्काको अस्तित्व स्वीकार गर्न नखोज्ने स्वार्थलिप्त समकालीन गतिशील विश्व समुदायलाई कोभिड–१९ ले आफ्ना आगाडी थुप्रिएका चुनौतीका चाङ्गलाई एकपटक धैर्यतापूर्वक अवलोकन गर्न मानिसलाई दवाव सिर्जना गरेको छ । चुनौती एवम् सन्देशहरू कोरोना भाइरसको सङ्क्रमण एशिया, अमेरिका र युरोप लगायतका राष्ट्रहरूमा फैलिँन थालेयता विश्वका बहुसङ्ख्यक नागरिकहरुको दैनिकी फेरिएको छ । रोजगारी, पेशा–व्यवसाय र काम गुमाउनेको सङ्ख्या करोडौँ छ । विश्वको पहिलो चुनौती ती नागरिकहरुलाई विश्व विकासको मुलधारमा कसरी फर्काउने भन्ने नै हुनेछ । अन्यथा, त्यो मानवशक्ति विभिन्न समाजविरोधी क्रियाकलापहरू जस्तैः– हत्याहिँसा, चोरी–चाकरी, आपराधिक क्रियाकलाप आदिमा आकर्षित हुने प्रवल सम्भावना रहन्छ । अतः मानवीय श्रोतको व्यवस्थापन अत्यन्तै चुनौतीपूर्ण कार्य हो । जो नेपालको हकमा पनि लागु हुन्छ । संक्रमण राेकथापकाे लागि सडकमा नराेधात्मक ग्यास छर्कदै स्वास्थ्य क्षेत्रका जानकारहरुले प्रत्येक डेढ–दुई दशकको अन्तरालमा विद्यमान उपचार पद्वतिले थेग्न नसक्ने नविन र व्यापक रुपमा फैलिँने सङ्क्रामक रोगले विश्वलाई गाज्ने चेतावनी दिएको धेरै भयो । चालु कोरोना भाइरसको महामारीले स्वास्थ्य सेवा संरचनामा आमूल परिवर्तनको सन्देश दियो । हामी गतिशील राष्ट्र हौँ, सुविधा सम्पन्न अस्पतालले नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिरहेका छौँ भनेर घमण्ड गर्ने अस्पतालहरूको दुरावस्था समेत तेस्रो विश्वले देख्न पायो । २०७२ कै भूकम्पीय विनासको बेला घाइतेको उपचारमा कठिनाई भोगेर पहिलो चेत खुलेको नेपाललाई स्वास्थ्य क्षेत्रको उदार निजीकरण ठीक रहेनछ भन्ने नमिठो सन्देश यो घटनाले दोस्रो पटक प्रवाह गरेको छ । हरेक सरकारले स्वास्थ्य क्षेत्रमा बढी रकम बिनियोजन गर्नुपर्ने वाध्यता खेप्नेछन् । बजेटको सन्तुलन नमिल्दा अर्को क्षेत्र नराम्रोसँग प्रभावित हुने सम्भावनालाई नकार्न सकिँदैन । जवसम्म कोरोना विरुद्धको प्रामाणित खोप पत्ता लागेर सर्वशुलभ हुँदैन तवसम्म विश्वमा एउटा मात्र कोरोना सङ्क्रमित विरामी छ भने पनि विश्वका नागरिकहरुले हिँडडुल, भेटघाट र भोज भतेरमा स्वतस्फुर्त बन्देज लगाउनेछन् । अन्तरदेशीय सम्बन्धका आधारमा चलेका उद्याेग प्रतिष्ठानहरू जस्तैः पर्यटन, होटल, एयरलाइन्स र रेमिट्यान्स व्यवसाय यो कारणले अलि लामै समयसम्म प्रभावित हुनेछन् । नेपालको अर्थ प्रणालीमा यसले थप चुनौती निम्त्याउने छ । ठप्प आर्थिक गतिविधि कोरोना भाइरसको उद्गम चीनको बुहान शहर ७६ दिनपछि खुल्यो । विश्वका मुख्यमुख्य व्यापारिक नाका र शहरहरू महिनौँदेखि ठप्प प्रायः छन् । सेवा प्रदायक संघसंस्था, उत्पादनशील उद्याेग धन्दा कलकारखाना, ब्यापार–व्यावसाय सबै उल्टो मानो खाएर बसिरहेका छन् । नेपाल पनि किस्ताबन्दीमा लकडाउन थपिएसँगै सबै व्यवसाय ठप्प छ । बजारको यति लामो र यस्तो सत्राट्टा समकालीन विश्वले अनुभव गरेको थिएन, कामना भावी पुस्ताले पनि गर्नु नपरोस् । बजारको चहलपहल कुनै पनि देशको अर्थतन्त्रको आधारभूत मानाङ्क हो । अनि अर्थतन्त्र सुशासन र समृद्विको । सुशासन र समृद्वि गतिशील समाजको । अर्थतन्त्रको यो ठप्प चक्रीय प्रणालीले पूँजीवादी अर्थतन्त्र उन्मुख विश्वको गतिशील समाजलाई कुझ्ययाँउन धेरै समय लाग्दैन । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले विश्वको अर्थतन्त्र सन् १९३० को महामन्दीपछिकै जटिल अवस्थामा पुग्ने जनाउ दिएको छ । विश्व बैंकले एसियाली अर्थतन्त्र ४० वर्षयताकै सबैभन्दा कमजोर हुने जनाएको छ । विश्वभरका सरकार र सम्बन्धित सबैलाई उक्त प्रकोपको नियन्त्रण र व्यवस्थापन अहिले सबैभन्दा जटिल मुद्दा बनेको छ । विश्व अर्थतन्त्रको भावी स्वरुपमा प्रारम्भिक अड्कबाजी मात्र प्रस्तुत भएका छन् । क्षतिको एकिन तथ्याङ्क आउनै बाँकी छ । परिपूर्तिका उपायहरू पक्कै पनि आउने नै छन् । नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार साढे ३४ खर्ब रुपैयाँ बराबरको हो । चालु आर्थिक वर्षमा यो आकारलाई सात प्रतिशले बढाएर पुगनपुग ३७ खर्बमा उकाल्ने सरकारी लक्ष्य थियो । अन्य विश्वको तुलानामा कूल अर्थतन्त्रको आकार सानै भएपनि विप्रेषण आप्रवाह एवम् वैदेशिक रोगजारी, पर्यटन, साना तथा मझौला उद्योग र व्यापार तथा वित्तीय क्षेत्रले सरकारी राजश्व संकलनमा मुख्य योगदान पुर्याउँदै आएका थिए । आर्थिक वर्षको अन्तिम त्रैमासिक देख्न नपाउँदै यस क्षेत्रका ठप्प आर्थिक गतिविधिले अव सरकारी लक्ष्य अनुरुपको योगदान दिने सम्भावना शून्य छ । यसर्थ, घरयासी अर्थतन्त्रको संकुचित आकारमा समायोजन हुन हामी तत्काल तयार हुनुपर्दछ । यद्यपी, ढिलो नगरी नेपाली अर्थतन्त्रलाई खास लयमा फर्काउने प्रशस्तै मौका फेरि पनि हामीमा छ । विकल्पको बाटो यो महामारीले नेपाल र नेपालीलाई भोकमारी जस्तो दयनीय अवस्थामा पुर्याउँदैन । लकडाउन अवधिमा देश विदेशबाट घर फर्केकाले केहि न केहि पसिना त आफ्ना खेतबारीमा चुहाएकै छन् । भएकाले नभएकालाई दिने, एैँचो–पैँचो विनिमयका धेरै माध्यम हाम्रो मौलिक अर्थप्रणालीले सिकाएकै छ । त्यसैमा नेपाली समुदायको पारस्परिक सद्भाव अहिलेसम्म कतै चुकेको छैन । उन्नती प्रगतिको बाँकी मुद्दा पहिला बाचौं र बचाउँ संसारमा अरू विकल्पका बाटा भेटिन्छन् । नेपालीमा एउटा उखान प्रचलित छ, ‘जोगीको कुटीमा सन्यासी पाहुँना’ । हरेक संकटमा हामी हात थाप्छौँ, संयोग अहिले कस्तो छ भने हामी जस्तै संकटमा अरु राष्ट्रहरु पनि धकेलिएका छन् । अव हामीलाई हातमाथि पार्न अप्ठ्यारो छ । अहिलेसम्म प्रयोग गरि नहेरिएको स्वदेशी श्रम, सीप, श्रोत र साधनको समुचित उपयोगको सजिलो विकल्प बाँकी छ । जसले दिगो आर्थिक विकासको अनुपम नमुना विश्वलाई प्रस्तुत गर्ने क्षमता राख्दछ । राष्ट्रिय जनगणना २०६८ का अनुसार नेपालमा १५–५९ वर्षसम्मको जनसङ्ख्या ५७ प्रतिशत छ । यसको अर्थ नेपालले जनसांख्यिक संक्रमण पार गरि लाभको अवस्थामा प्रवेश गरेको भन्ने बुझिन आउँछ । यसलाई अंग्रेजीमा ‘बोनस पपुलेशन’ भनिन्छ । नेपालीमा भन्दा पाखुरी बजारेर ज्यान पाल्न सक्ने जनसङ्ख्या भनेर बुझ्दा उत्तम हुन्छ । त्यो के भनेको भने, १५ वर्षको नागरिक ५९ वर्ष नपुग्दासम्म अर्थात चार दशकभन्दा बढी त्यो जनसङ्ख्याले मनग्य उत्पादन पनि गर्न सक्छ र उत्पादित वस्तु खपत गर्न सक्ने क्षमता पनि राख्दछ । घरयासी दिगो आर्थिक विकासका लागि यो अत्यन्तै अनुकूल अवस्था हो । नेपालमा त्यो अवस्था अझै ३ दशक बाँकी छ । तर, दुर्भाग्य के भयो भने त्यो जनसङ्ख्याको अधिक हिस्सा घरपरिवार चलाउने सानो उद्देश्य लिएर सस्तोमा श्रम बेच्न अन्तर्राष्ट्रिय श्रम बजारमा क्रियाशील छ । त्यो जनसङ्ख्यालाई आफ्नै देशको सिमाभित्र फर्काउनुपर्छ भन्ने बहस राष्ट्रिय मुद्दा हो, हामी धेरै बोल्नु पनि अनर्थ होला । अहिलेको महामारीले त्यस्तै कम्तीमा पनि १५ लाख श्रमिकको वैदेशिक रोजगारी संकटमा पुगेको छ । पर्यटन उद्योगबाट ११ लाख श्रमिक विस्थापित हुँदै छन् । हवाई क्षेत्रको अरु थपिन्छ । विदेश जान ठिक्क परेका पनि यतै रोकिन्छन् । अब त्यो श्रम शक्तिलाई राज्यले कृषि औजार, बीऊ–बिजन, मल आदि अनुदानमा उपलब्ध गराएर तपाईंहरुले छाडेपछि बाँझिएका जमिन फोर्नुहोस् । परम्परागत कृषिलाई आधुनिक कृषिमा रुपान्तरण गर्नुहोस् भन्न निसंकोच सक्नुपर्छ । पटकपटकको नेपाली अनुभवले यो भन्छ, यसो फेरि पनि हुँदैन । एक त राज्यले त्यो संयन्त्र तयार गर्नै भरपुर समय लगाउँछ । अर्को हामी पनि झट्ट तयार हुँदै हुँदैनौँ । ‘भोकाएकाले भन्छ डाँडा वारी खाउँ, अघाएकोले भन्छ डाँडा पारी खाऊला’ भने जस्तै हुन्छ । राज्यले भन्नेछ पख्नुहोस् काम हुँदै छ, श्रमिकलाई परिवार कसरी पाल्ने पिरलोले च्याप्दै लग्छ । फेरि उही चक्र रोहोरिन्छ, अलिक मुनासिव आम्दानी हुने वैदेशिक रोजगार । ख्याल गर्नुपर्ने अर्को कुरा के छ भने वैदेशिक रोजगारीको विकल्प यो महामारीले सदाका लागि निमिट्यान्न पार्दैन । महामारीको क्षतिपूर्तिका लागि द्रुत आर्थिक विकास हाम्रा दाजुभाइलाई सस्तैमा भएपनि रोजगारी दिने हरेक रोजगारदाता मुलुकहरुको उच्च प्राथमिकता हुनेछ । नेपालीको लगन र उच्च इमान्दारिता नेपाल वाहेकका अरु देशमा बेच्न अप्ठ्यारो छैन् । सबै विकल्प बन्दै भएपनि हामी ढुक्क भए हुन्छ, यो महामारीले नेपाल र नेपालीलाई भोकमारी जस्तो दयनीय अवस्थामा पुर्याउँदैन । लकडाउन अवधिमा देश विदेशबाट घर फर्केकाले केहि न केहि पसिना त आफ्ना खेतबारीमा चुहाएकै छन् । त्यो योगदानको प्रतिफल स्वरुप मौसमले साथ दियो भने यसपटकको कृषि उत्पादन बढ्नेछ । भएकाले नभएकालाई दिने, एैँचो–पैँचो विनिमयका धेरै माध्यम हाम्रो मौलिक अर्थप्रणालीले सिकाएकै छ । त्यसैमा नेपाली समुदायको पारस्परिक सद्भाव अहिलेसम्म कतै चुकेको छैन । उन्नती प्रगतिको बाँकी मुद्दा पहिला बाचौं र बचाउँ संसारमा अरू विकल्पका बाटा भेटिन्छन् । सन्दर्भ सामग्रीहरूः १) पूर्वीय दर्शनको पुनर्व्याख्या– डा. प्रमोद ढकाल २) कोरोनाबिरुद्व वैश्यिक लडाइँ– डा. रवीन्द्र पाण्डे, गोरखापत्र वैशाख ६ ३) Joshn Hopkins University & Medicine https://coronavirus.jhu.edu/ ४) नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय https://covid19.mohp.gov.np/#/ ५) श्रीमद्भागवत रहस्य– अनुवादक ढुण्डीराज कोइराला ६) कोरोना संकट र सहर– डा. पीताम्बर शर्मा, नयाँ पत्रिका वैशाख ६ ७) International Monetary Fund https://www.imf.org/external/index.htm ८) The world Bank https://www.worldbank.org/ ९) प्रकृतिमाथि मानव जातिले मच्चाएको महामारी, यादव देवकोटा कान्तिपुर वैशाख ६ १०) World Health Organization https://www.who.int/ ११) National Population & Housing Census 2011- National Report टिव्टरः@rajupaudel44 जैमिनी नगरपालिका– ९, बागलुङ् हाल– टोखा–काठमाडौं
ट्रम्पको ट्वीट भ्रामक रहेकाे भन्दै ट्विटरले दियाे तथ्यजाँच गर्ने चेतावनी
काठमाडाैं । ट्विटरले पहिलोपटक आफ्ना प्रयोगकर्ताहरूलाई सचेत गराउँदै राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा ट्वीटबारे तथ्यजाँच गर्न भनेको छ । ट्रम्पले नोभेम्बर महिनामा हुने अमेरिकी राष्ट्रपतिय निर्वाचनमा हुलाकबाट भोट हाल्ने योजनाको आलोचना गर्दै ट्वीटहरू गरेका थिए । त्यसरी मतदान हुँदा त्यसको दुरूपयोग हुनसक्ने भन्ने उनका ट्वीटको तलपट्टि ट्विटरले प्रयोगकर्ताहरूलाई सचेत गराएको हो । विस्मयाबोधक चिन्हकासाथ ती ट्वीट मुनि ‘हुलाकबाट हुने मतदानबारे तथ्यहरू जान्नुहोस्’ भन्दै निलो रङ्गमा लेखिएको छ । त्यसले के हुन्छ ? त्यहाँ क्लिक गर्दा ट्विटर प्रयोगकर्ताहरू उक्त दाबीको खण्डन गर्दै लेखिएका समाचारहरूसम्म पुग्छन् । ट्विटरले मानिसहरूलाई झुक्याउने सूचनाका विषयमा नयाँ नीति लिने यसै महिनाको सुरुमा बताएको थियो । उसले त्यसबेला आफ्ना केही नीतिहरू अद्यावधिक समेत गरेको थियो जसमा गलत र झुक्याउने जानकारी दिने ट्वीटमा प्रयोगकर्तालाई सचेत गराउने लेबल थप्ने कुरा गरिएको थियो । राष्ट्रपतिको पछिल्ला त्यस्ता ट्वीटलाई मतदान प्रक्रियाहरूबारे झुक्याउन सक्ने खालका जानकारी भएकोले त्यसो गरिएको उक्त कम्पनीले जनाएको छ । ट्रम्पले ट्विटरको यस कदमबारे ट्वीट गर्दै उसले अब सन् २०२० को राष्ट्रपतिय निर्वाचनमा हस्तक्षेप गर्न लागेको प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्स् ‘ट्विटरले पूर्ण रूपमा खुला अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठेको छ र राष्ट्रपतिको रूपमा मैले त्यसो हुन दिनेछैन ।’ पृष्ठभूमि राष्ट्रपति ट्रम्पविरूद्ध कदम चाल्न यस सामाजिक सञ्जाल सुस्त देखिएको थियो । ट्रम्पले आफ्ना कतिपय ट्वीटमा सन् २००१ मा भएको लोरी क्लाउस्टसको मृत्युबारे व्यक्त गरेका अनुमानलाई ट्विटरले नहटाउने निर्णय गरेको पृष्ठभूमिमा यस कदम आएको छ । ट्रम्पले आफ्ना षड्यन्त्रका सिद्धान्त प्रस्तुत गर्दै श्रीमती क्लाउस्टसको हत्या त्यसबेलाका उनका हाकिम एमएसएनबीसी टेलिभिजनका प्रस्तोता जो स्कारबोर्गले गरेको उल्लेख गरेका थिए । जो स्कारबोर्गकी श्रीमतीले समेत राष्ट्रपतिलाई बिरामीु भन्दै ती ट्वीट हटाउन ट्विटरलाई आग्रह गरेकी थिइन् ।उक्त हत्या दुर्घटना सावित भएको थियो । त्यहाँ क्लिक गर्दा ट्विटर प्रयोगकर्ताहरू उक्त दाबीको खण्डन गर्दै लेखिएका समाचारहरूसम्म पुग्छन् । ट्विटरले मानिसहरूलाई झुक्याउने सूचनाका विषयमा नयाँ नीति लिने यसै महिनाको सुरुमा बताएको थियो । लोरी क्लाउस्टसका पति टिमोथी क्लाउस्टसले ट्विटरका प्रमुख कार्यकारी ज्याक डोर्सीलाई एउटा पत्र लेख्दै भयावह झुटु उल्लेखित उक्त ट्वीट हटाउन आग्रह गरेका थिए । ट्विटरले त्यसो गर्न अस्वीकार गरेको थियो । तर ट्विटरले टिमोथी क्लाउस्टसलाई राष्ट्रपतिका अभिव्यक्तिबाट परेको चोटबारे आफूहरू निकै दु:खी भएकाे बताएका थिए । ट्विटरको विज्ञप्तिमा भनिएको थियो : ‘हामी हाम्रा मौजुदा सुविधा र नीतिहरू विस्तार गर्नेगरी काम गरिरहेका छौँ जसले यस्ता कुरालाई अझ प्रभावकारी रूपमा सम्बोधन गर्न सक्नेछौं। र त्यस्तो परिवर्तन छिट्टै हुनेछ।’ (बीबीसी)
अमेरिकामा कोरोना संक्रमणबाट १ लाखभन्दा बढीको मृत्यु
काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट १ लाख ५ सय ८० जना व्यक्तिको मृत्यु भएको छ । विश्वभर ३ लाख ५१ हजार ६ सय ६८ जनाको मृत्यु हुँदा अमेरिकामा मात्र अहिलेसम्म १ लाख बढीको व्यक्तिको मृत्यु भएको हो । त्यहाँ कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १७ लाख २५ हजार नाघेको छ । अमरिकामा कोरोनाको उपचारपछि ४ लाख ७८ हजारभन्दा बढी निको भएर घर फर्किएका छन् । विश्वभर संक्रमितको संख्या ५६लाख ७८ हजारभन्दा बढी छन् । कोरोना संक्रमणबाट संसारभर २४ लाख २६ हजार व्यक्ति निको भएका छन् । सबैभन्दा बढी संक्रमितमा दोस्रो स्थानमा रहेको ब्राजिलमा ३ लाख ९२ हजार नाघेको छ । त्यहाँ साढे २४ हजारभन्दा बढीको मृत्यु भएको छ । रुसमा ३ लाख ६२ हजारभन्दा बढी संक्रमित हुँदा त्यहाँ मृतक ३८ सय रहेको छ । स्पेनमा संक्रमित २ लाख ८३ हजार नाघ्दा मृतक भने २७ हजार नाघेको छ । बेलायतमा २ लाख ६५ हजार नाघ्दा मृतक ३७ हजार नाघेको छ । इटालीमा २ लाख ३० हजार संक्रमित र ३२ हजार ९ सय व्यक्तिको मृत्यु भएको छ । फ्रान्समा १ लाख ८२ हजार संक्रमित र २८ हजार ५ सय व्यक्तिको मृत्यु भएको छ । जर्मनीमा १ लाख ८१ हजार संक्रमित हुँदा ८ हजार ४ सयको मृत्यु भएको छ । टर्कीमा १ लाख ५८ हजार संक्रमित हुँदा मृतक ४३ सय नाघेको छ । भारतमा १ लाख ५० हजार संक्रमित पुग्दा मृतकको संख्या ४३ सय नाघेको छ ।
कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था
काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ५६ लाख ७८ हजार ३ सय ९५ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ५१ हजार ६ सय ६६ जनाको मृत्यु भइसकेको छ भने २४ लाख २६ हजार ५ सय १४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख ५ सय ७३ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १७ लाख २५ हजार ५ सय २४ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १ लाख ५० हजार ७ सय ९३ पुगेको छ भने अहिलेसम्म ४ हजार ३ सय ४९ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ७ सय ७२ जना संक्रमित भएका छन् भने ४ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी १५५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)
स्वास्थ्यमन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । पीसीआर विधिबाट मंगलबार गरिएको उनकाे कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । ल्याब रिपोर्ट नेगेटिभ आएपछि ढकाल बुधवार दिउँसो मन्त्रालय आएका थिए । मन्त्री ढकाल अघिल्लो बुधवार मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका एक बिरामीलाई भेट्न गएका थिए । उनले भेटेर फर्किएका ती बिरामीमा दुई दिनपछि कोरोना पोजेटिभ देखिएसँगै मन्त्री ढकाल उच्च सतर्कता अपनाउँदैं होम क्वारेन्टाइनमा बसेका थिए ।