काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । पीसीआर विधिबाट मंगलबार गरिएको उनकाे कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।
ल्याब रिपोर्ट नेगेटिभ आएपछि ढकाल बुधवार दिउँसो मन्त्रालय आएका थिए । मन्त्री ढकाल अघिल्लो बुधवार मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका एक बिरामीलाई भेट्न गएका थिए । उनले भेटेर फर्किएका ती बिरामीमा दुई दिनपछि कोरोना पोजेटिभ देखिएसँगै मन्त्री ढकाल उच्च सतर्कता अपनाउँदैं होम क्वारेन्टाइनमा बसेका थिए ।