क्वारेन्टाइन व्यवस्थापनकै क्रममा वडाध्यक्षको मृत्यु, कोरोनाको शंका

<p>काठमाडौं । क्वारेन्टाइन व्यवस्थापनकै क्रममा कृष्णपुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्षको मृत्यु भएको छ । अध्यक्ष कल्लु रानाको गए राती आफ्नो वडाको एक विद्यालयमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेकै बेला एक्कासी बेहोस भई मृत्यु भएको नगरपालिकाकी उपप्रमुख रमिता रानाले बताईन । पछिल्लो समय कोरोनाको संक्रमण फैलिएसँगै निरन्तर क्वारेन्टाइन व्यवस्थापनका लागि जुटिरहेकाे हुँदा कोरोनाको आशंका रहेकाे [&hellip;]</p>

काठमाडौं । क्वारेन्टाइन व्यवस्थापनकै क्रममा कृष्णपुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्षको मृत्यु भएको छ ।

अध्यक्ष कल्लु रानाको गए राती आफ्नो वडाको एक विद्यालयमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेकै बेला एक्कासी बेहोस भई मृत्यु भएको नगरपालिकाकी उपप्रमुख रमिता रानाले बताईन ।

पछिल्लो समय कोरोनाको संक्रमण फैलिएसँगै निरन्तर क्वारेन्टाइन व्यवस्थापनका लागि जुटिरहेकाे हुँदा कोरोनाको आशंका रहेकाे उपप्रमुख रानाले भनिन्  । हाल काेराेना परीक्षणकै लागि उनको शव सेती अस्पतालमा रहेकाे जानकारी दिइन ।

Share News