कैलालीको त्रिनगरबाट एकैदिन भित्रिए पाँच हजार नागरिक, थपिँदै चुनौती
काठमाडाैं । कामको सिलसिलामा भारतका विभिन्न शहर गएका सुदूरपश्चिमेली अहिले दैनिक आ-आफ्ना जिल्ला फर्किन थालेका छन् । कैलालीको त्रिनगर भन्सार कार्यालयको बाटो हुँदै मङ्गलबार साँझ मात्रै पाँच हजारभन्दा बढी नागरिक भित्रिएका छन् । जसमा डोटी जिल्लाका मात्रै दुई हजार ८७९ छन् । जिल्ला प्रवेश गरेका दुई हजार ८७९ जनालाई जिल्लाका नौवटै स्थानीय तहले तयार पारेका ६७ क्वारेन्टिनमा राखिएको जिल्ला प्रशसान कार्यालय डोटीले जनाएको छ । जिल्लाको शिखर नगरपालिकाका नागरिक सबैभन्दा बढी भारतबाट फर्किएका छन् । भारतबाट फर्किकाका स्थानीयका कारण यहाँको चहलपहल पनि बढ्दै गएको छ । उनीहरुलाई बिनाजाँच यहाँका स्थानीय तहले आफ्ना क्वारेन्टिनमा राख्न थालेको छ । कोरोना भाइरसको जाँच गर्ने आरडिटी किट नभएका कारण उनीहरुलाई बिनाजाँच क्वारेन्टिनमा राख्न थालिएको हो । जिल्लाको दिपायल सिलगढी नगरपालिकामा ५६६, शिखर नगरपालिकामा ६३३, सायल गाउँपालिकामा २५९, केआइसिंह गाउँपालिकामा ५१४, जोरायल गाउँपालिकामा ६३, बोगटान फुड्सिल गाउँपालिकामा २१४, बडिकेदार गाउँपालिकामा २४२, आदर्श गाउँपालिकामा २८५ र पूर्वीचौकी गाउँपालिकामा १०३ गरेर कूल दुई हजार ८७९ राखिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । उनका अनुसार क्वारेन्टिनमा राखिएकामा महिला ७९, पुरुष दुई हजार ७८४ र बालबालिका १६ रहेका छन् । त्यस्तै जिल्लामा रहेका क्वारेन्टिनको बेड (श्यया) सङ्ख्या एक हजार २८३, आइसोलेसन श्यया सङ्ख्या ५१ रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए । उनका अनुसार जिल्लामा हालसम्म ३६९ जनाको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । जसमध्ये ३५९ जनाको रिर्पोट नेगेटिभ आएको छ भने १० जनाको रिर्पोट आउन बाँकी छ । जिल्लामा दुई हजार ८२ जनाको आरडिटी गरिएको छ । जसमा दुई हजार ७८ जनाको नेगेटिभ र चार जनाको मात्र पोजेटिभ आएको छ । केही दिनयतादेखि डोटी जिल्लामा भारतबाट आउनेको सङ्ख्या दिनानुदिन बढिरहेको छ । भारतबाट आउने नागरिकलाई व्यवस्थापन गर्न स्थानीय तहलाई निकै चुनौती देखिएको जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले बताए । उनले भने, ‘भारतबाट नागरिक आएको छन्, हामीलाई व्यवस्थापन गर्न हम्मेहम्मे भएको छ ।’ भारतबाट आएका नागरिकलाई जिल्लाको दिपायल सिलगढी नगरपालिका-२ मा रहेको दिल्पेश्वर मावि, वडा नं १ को मगलेक मावि तिखा, केआइसिंह गाउँपालिकाको रानागाउँ, फलेडी, सलेना, जोरायल गाउँपालिकाको रामपुर मावि बुडर, बडिकेदारको बिपीनगर, आदर्श गाउँपालिकाको मौवा नगरदह, शिखर नगरपालिका-१० बानीडुग्रीसैन, बोगटान फुड्सिल गाउँपालिकाको चवरा चौतारालगायत स्थानमा निर्माण गरिएका क्वारेन्टिनमा राखिएको छ । कैलालीको त्रिनगर तथा कञ्चनपुरको गड्डाचौकी भन्सार नाकाबाट सुदूरपश्चिम भित्रिएका उनीहरुलाई जिल्लाका नौवटै स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले उद्धार गरेर दैनिक जिल्लामा भित्र्याउन थालिएको बोगटान फुड्सिल गाउँपालिकाका उपाध्यक्ष भगवती बमले बताए । उनका अनुसार उद्धार गरिएकाहरुमा स-साना बालबालिकाका, महिला तथा वृद्धहरु पनि रहेको छन् । भारतबाट आएका नागरिकलाई बिनाजाँच क्वारेन्टिनमा राखिन थालेपछि जिल्लामा कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै स्थानीयवासीमा त्रास फैलिन थालेको दिपायल पिपल्लाका घनश्याम पाठकले बताए । उनले भने, ‘सरकारले आफ्ना अलपत्र परेका नागरिकको उद्धार गर्नुपर्छ, तर बिनाजाँच सबैसँगै राख्दा समस्या हुने भएकाले स्थानीयमा कोरोनाको त्रास फैलिएको छ ।’ जिल्लाका स्थानीय तहले निर्माण गरेका क्वारेन्टिन डब्लुएचओको मान्यताअनुसार नभएका तथा क्वारेन्टिनमा राखिएकालाई चाहिने न्यूनतम आवश्यक सामग्री (शौचालय, शुद्ध खानेपनी, ज्ञास, सुत्नेलगायत) समेत नभएकाले समस्या हुने स्थिति देखिएको दिपायल राजपुर-४ का टेक शाहले बताए । उनले भने, ‘कतिपय क्वारेन्टिन नाम मात्रका छन्, खानदेखि सुत्नसमेत समस्या छ, क्वारेन्टिनमा बसेकालाई समस्या भएको छ ।’ जिल्ला अस्पताल डोटीमा कोभिड-१९ को जाँच गर्ने आरडिटी किट नभएका कारण भारतका सीमाबाट उद्धार गरी ल्याएका नागरिकलाई बिनाजाँच क्वारेन्टिनमा राखिएको छ । भारतीय सीमा क्षेत्रबाट उद्धार गरेर क्वारेन्टिनमा राखिएका भने निकै खुशी भएका छन् । भारतमा नरकीय जीवन जिउनुभन्दा आफ्नै घरमा जस्तो अवस्था र दुःख भए पनि सहन गर्न सकिने भारतबाट काम गरी घर फर्किएका जोरायल गाउँपालिकाको कारेन्टिनमा बसेका राजकुमार भुलले बताए । उनले भने, ‘अर्काको देशमा निकै दुःख पाए, यहाँ जस्तो दुःख भए पनि सहन गरेर बस्ने छौँ, हामी सुरक्षित छौँ ।’ कोरोना तथा लिपुलेकको नक्साको विवादका कारण भारतमा नेपालीलाई दुःख दिइने र गाली गर्ने गरिएको उनले गुनासो गरे । यहाँका क्वारेन्टिन सरकारी मापदण्डअनुसार नबनेकाले समस्या हुँदै आएको स्थानीयवासीको आरोप छ । जिल्लामा निर्माण गरिएका क्वारेन्टिनको केही दिनभित्र अनुगमन तथा निरीक्षण गरिने प्रजिअ पौडेलले जानकारी दिए । रासस
मङ्गलबार भारतबाट आएका युवक आइसोलेसनमा भर्ना
काठमाडाैं । कोरोनाको शङ्कास्पद लक्षण देखिएपछि भारतबाट आएका एक युवकलाई धवलागिरि अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ । दिल्लीबाट सुनौली नाका हुँदै मङ्गलबार आएका बागलुङ नगरपालिका-१३ का २३ वर्षीय युवकमा उच्च ज्वरो र जिउ दुख्ने समस्या देखिएपछि हिजै साँझ आइसोलेसनमा भर्ना गरिएको हो । जिल्ला भित्रिएपछि उनी बागलुङ नगरपालिका-१ स्थित रामरेखा आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका थिए । ‘ज्वरो देखिएको छ, अवस्था स्थिर छ, धेरै आत्तिनुपर्ने छैन’, अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भने । मिल्दोजुल्दो लक्षण देखिएपछि कोरोना जाँचका लागि स्वाबको नमूना सङ्कलन गरिएको र आजै पोखरास्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइने उनको भनाइ छ । जाँचको रिपोर्ट बिहीबारसम्म आइपुग्ने जनाइएको छ । प्रयोगशालामा चाप बढेकाले रिपोर्ट आउन समय लाग्ने गरेको छ । रासस
खल्ती र कनेक्ट आईपीएसबाटै डिम्याट तथा मेरो सेयर नवीकरण गर्न सकिने
काठमाडौं । एनआईबीएल एस क्यापिटलमा खल्ती र कनेक्ट आईपीएसबाटै डिम्याट तथा मेरो सेयर नवीकरण गर्न सकिने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको यस क्यापिटलले ग्राहकहरुलाई सहज तरिकाले सेवा सुविधा दिने उद्देश्यले उक्त व्यवस्था गरेको हो । साथै, कोभिड-१९ को प्रभावको समीक्षा गर्दै एनआईबीएलले व्यावासायिक र उद्यमीलाई लक्षित दुई सल्लाहकार उत्पादनहरू पनि सुरू गरेको छ । जुन महामारी अर्थात व्यवसाय मूल्यांकन र प्रभाव विश्लेषण, स्टार्टअप सेटअप र पुँजीगत कोषबाट प्रभावित रहेको क्यापिटलले जनाएकाे छ ।
सुनचाँदी महासंघले ईलाममा वितरण गर्यो २५ थान पीपीई तथा माक्स
काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले ईलाम जिल्लामा २० थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) र ५ हजार थान माक्स वितरण गरेको छ । ईलामको सीडीओ तुलसी राम सेडाई र सशस्त्र पहरी उपरीक्षक रोशन श्रेष्ठलाई महासंघको १ नं प्रदेश कमिटीको संयोजक विशन शाक्य, कोषाध्यक्ष रूद्व बहादुर विश्वकर्मा र सदस्य सुदन शाक्यले संयुक्त रूपमा उक्त सहयोग हस्तान्तरण गरेका हुन् । उक्त पीपीई र माक्र्स ईलामका सरकारी अस्पताल र स्वास्थ चौकीहरूको फ्रन्टलाइनमा रहेर काम गर्ने चिकित्सकहरूलाई प्रदान गर्ने सीडीओ तुलसी राम सेडाईले जनाएका छन् । महासंघको १ नं प्रदेश कमिटीका संयोजक बिशन शाक्यले महासंघले सामाजिक दायित्व अन्तर्गत यस अगाडि पनि धरान वि.पि कोईराला स्वास्थ प्रतिष्ठानको लागि धरान महानगरपालिकामा र मोरङ जिल्ला विराटनगरको कोशी अस्पतालको लागि माक्र्स र पीपीई प्रदान गरिएको जानकारी दिए ।
त्रिनगरबाट एकै दिन भारतबाट ५ हजार नेपाली भित्रिए, थपिँदै छन् चुनौती
डोटी । कामको सिलसिलामा भारतका विभिन्न शहर गएका सुदूरपश्चिमेली अहिले दैनिक आ–आफ्ना जिल्ला फर्किन थालेका छन् । कैलालीको त्रिनगर भन्सार कार्यालयको बाटो हुँदै मङ्गलबार साँझ मात्रै ५ हजारभन्दा बढी नागरिक भित्रिएका छन् । जसमा डोटी जिल्लाका मात्रै २ हजार ८ सय ७९ छन् । जिल्ला प्रवेश गरेका २ हजार ८ सय ७९ जनालाई जिल्लाका ९ वटै स्थानीय तहले तयार पारेका ६७ क्वारेन्टिनमा राखिएको जिल्ला प्रशसान कार्यालय डोटीले जनाएको छ । जिल्लाको शिखर नगरपालिकाका नागरिक सबैभन्दा बढी भारतबाट फर्किएका छन् । भारतबाट फर्किकाका स्थानीयका कारण यहाँको चहलपहल पनि बढ्दै गएको छ । उनीहरुलाई बिनाजाँच यहाँका स्थानीय तहले आफ्ना क्वारेन्टिनमा राख्न थालेको छ । कोरोना भाइरसको जाँच गर्ने आरडिटी किट नभएका कारण उनीहरुलाई बिनाजाँच क्वारेन्टिनमा राख्न थालिएको हो । जिल्लाको दिपायल सिलगढी नगरपालिकामा ५ सय ६६, शिखर नगरपालिकामा ६ सय ३३, सायल गाउँपालिकामा २ सय ५९, केआइसिंह गाउँपालिकामा ५ सय १४, जोरायल गाउँपालिकामा ६३, बोगटान फुड्सिल गाउँपालिकामा २ सय १४, बडिकेदार गाउँपालिकामा २ सय ४२, आदर्श गाउँपालिकामा २ सय ८५ र पूर्वीचौकी गाउँपालिकामा १ सय ३ गरेर कूल दुई हजार ८ सय ७९ राखिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । उनका अनुसार क्वारेन्टिनमा राखिएकामा महिला ७९, पुरुष २ हजार ७ सय ८४ र बालबालिका १६ रहेका छन् । त्यस्तै जिल्लामा रहेका क्वारेन्टिनको बेड (श्यया) सङ्ख्या १ हजार २ सय ८३, आइसोलेसन श्यया सङ्ख्या ५१ रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए । उनका अनुसार जिल्लामा हालसम्म ३ सय ६९ जनाको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । जसमध्ये ३ सय ५९ जनाको रिर्पोट नेगेटिभ आएको छ भने १० जनाको रिर्पोट आउन बाँकी छ । जिल्लामा २ हजार ८२ जनाको आरडिटी गरिएको छ । जसमा २ हजार ७८ जनाको नेगेटिभ र ४ जनाको मात्र पोजेटिभ आएको छ । केही दिनयतादेखि डोटी जिल्लामा भारतबाट आउनेको सङ्ख्या दिनानुदिन बढिरहेको छ । भारतबाट आउने नागरिकलाई व्यवस्थापन गर्न स्थानीय तहलाई निकै चुनौती देखिएको जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले बताए । उनले भने, “भारतबाट नागरिक आएको छन्, हामीलाई व्यवस्थापन गर्न हम्मेहम्मे भएको छ ।” भारतबाट आएका नागरिकलाई जिल्लाको दिपायल सिलगढी नगरपालिका–२ मा रहेको दिल्पेश्वर मावि, वडा नं १ को मगलेक मावि तिखा, केआइसिंह गाउँपालिकाको रानागाउँ, फलेडी, सलेना, जोरायल गाउँपालिकाको रामपुर मावि बुडर, बडिकेदारको बिपीनगर, आदर्श गाउँपालिकाको मौवा नगरदह, शिखर नगरपालिका–१० बानीडुग्रीसैन, बोगटान फुड्सिल गाउँपालिकाको चवरा चौतारालगायत स्थानमा निर्माण गरिएका क्वारेन्टिनमा राखिएको छ । कैलालीको त्रिनगर तथा कञ्चनपुरको गड्डाचौकी भन्सार नाकाबाट सुदूरपश्चिम भित्रिएका उनीहरुलाई जिल्लाका ९वटै स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले उद्धार गरेर दैनिक जिल्लामा भित्र्याउन थालिएको बोगटान फुड्सिल गाउँपालिकाका उपाध्यक्ष भगवती बमले बताए । उनका अनुसार उद्धार गरिएकाहरुमा स–साना बालबालिकाका, महिला तथा वृद्धहरु पनि रहेको छन् । भारतबाट आएका नागरिकलाई बिनाजाँच क्वारेन्टिनमा राखिन थालेपछि जिल्लामा कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै स्थानीयवासीमा त्रास फैलिन थालेको दिपायल पिपल्लाका घनश्याम पाठकले बताए । उनले भने, “सरकारले आफ्ना अलपत्र परेका नागरिकको उद्धार गर्नुपर्छ, तर बिनाजाँच सबैसँगै राख्दा समस्या हुने भएकाले स्थानीयमा कोरोनाको त्रास फैलिएको छ ।” जिल्लाका स्थानीय तहले निर्माण गरेका क्वारेन्टिन डब्लुएचओको मान्यताअनुसार नभएका तथा क्वारेन्टिनमा राखिएकालाई चाहिने न्यूनतम आवश्यक सामग्री (शौचालय, शुद्ध खानेपनी, ज्ञास, सुत्नेलगायत) समेत नभएकाले समस्या हुने स्थिति देखिएको दिपायल राजपुर–४ का टेक शाहले बताउनुभयो । उनले भने, “कतिपय क्वारेन्टिन नाम मात्रका छन्, खानदेखि सुत्नसमेत समस्या छ, क्वारेन्टिनमा बसेकालाई समस्या भएको छ ।” जिल्ला अस्पताल डोटीमा कोभिड–१९ को जाँच गर्ने आरडिटी किट नभएका कारण भारतका सीमाबाट उद्धार गरी ल्याएका नागरिकलाई बिनाजाँच क्वारेन्टिनमा राखिएको छ । भारतीय सीमा क्षेत्रबाट उद्धार गरेर क्वारेन्टिनमा राखिएका भने निकै खुशी भएका छन् । भारतमा नरकीय जीवन जिउनुभन्दा आफ्नै घरमा जस्तो अवस्था र दुःख भए पनि सहन गर्न सकिने भारतबाट काम गरी घर फर्किएका जोरायल गाउँपालिकाको कारेन्टिनमा बसेका राजकुमार भुलले बताए । उनले भने, “अर्काको देशमा निकै दुःख पाए, यहाँ जस्तो दुःख भए पनि सहन गरेर बस्ने छौं, हामी सुरक्षित छौं ।” कोरोना तथा लिपुलेकको नक्साको विवादका कारण भारतमा नेपालीलाई दुःख दिइने र गाली गर्ने गरिएको उनले गुनासो गरे । यहाँका क्वारेन्टिन सरकारी मापदण्डअनुसार नबनेकाले समस्या हुँदै आएको स्थानीयवासीको आरोप छ । जिल्लामा निर्माण गरिएका क्वारेन्टिनको केही दिनभित्र अनुगमन तथा निरीक्षण गरिने प्रजिअ पौडेलले जानकारी दिए । रासस
पर्सामा थप २१ जना कोरोनामुक्त, राती नै अस्पतालबाट डिस्चार्ज
काठमाडौं । बुधबार विहान पर्सामा थप २१ जना कोरोना संक्रमितहरु उपचारपछि निको भइ घर फर्किएका छन् । नारायणी अस्पतालको शाखाको रुपमा स्थापित कोरोना उपचार गण्डक अस्पतालले राती नै २१ जनालाई डिस्चार्ज गरेको हो । डिस्चार्ज हुनेमा सबै वीरगन्ज महानगरपालिकाका रहेका छन् । लगातार २ पटककाे काेराेना परिक्षणमा नेगेटिभ देखिएपछि २१ जनालाई अस्पतालले डिस्चार्ज गरेकाे हाे । हाल अस्पतालमा ९ जना कोरोना संक्रमित आइसोलेसनमा रहेका छन् भने उक्त अस्पतालको आइसोलेसन वार्डबाट ७२ जना कोरोना संक्रमित कोरोनामुक्त भइ घर फर्किएको अस्पताल स्रोतले जनाएको छ ।
सेती अस्पतालको आइसोलेसनमा एक जनाको मृत्यु
काठमाडौं । सेती अस्पतालको आइसोलेसनमा भर्ना भएका एक जना मानिसको मृत्यु भएको छ । ५० वर्षिय उनी गौरीगंगा नगरपालिका वडा ७ का हुन् । मंगलबार भारतबाट आएका उनी वेलुका सेती अस्पतालमा भर्ना भएको थिए । स्वास्थ्यमा समस्या देखिएसँगै उनी अस्पतालमा भर्ना भएको उनको बुधबार विहान मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । कोरोना पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेको अस्पतालले जनाएको छ ।
बलात्कारको आरोपमा पक्राउ
स्याङ्जा । एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनचौपारी गाउँपालिकाका एक पुरुषलाई मङ्गलबार पक्राउ गरेको छ । १९ वर्षीया युवतीले ४० वर्षीय पुरुषले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यायलमा उजुरी दिएपछि आरोपित पुरुषलाई पक्राउ गरेर अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक विमलराज कँडेलले युवतीले लामो समयसम्म महिनावारी नभएको र पेट बढ्दै गएपछि गर्भ रहेको थाहा पाएको भन्दै प्रहरीमा उजुरी दिएको बताए । बलात्कारको आरोप लागेका पुरुष र युवती नाता सम्बन्धले दाजु बहिनी पर्ने र आरोपित पुरुषलाई जिल्ला अदलातबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । रासस