विकासन्युज

नेपालमा काराेना जित्नेकाे संख्या १ सय ८३

काठमाडौं । नेपालमा कूल १८३ जनाले कोरोनाको सङ्क्रमण जितेका छन् । विभिन्न अस्पतालको ‘आइसोलेसन’मा उपचाररत उनीहरु कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म १ सय ४२ पुरुष र ४१ महिला अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । पछिल्लो समयमात्रै थप २८ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । डिस्चार्ज हुनेमा सबैन्दा बढी प्रदेश नं २ का ९७ जना छन् । यस्तै प्रदेश नं १ का ३०, वागमती प्रदेशका ११, गण्डकी प्रदेशका दुई, प्रदेश नं ५ का ३८ र सुदूरपश्चिम प्रदेशका पाँच जना रहेका छन् । पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा पिसिआर विधिमार्फत तीन हजार ५८० नमूना परीक्षण गरिएको छ । त्यस्तै २४ घन्टामै आरडिटी विधिमार्फट दुई हजार ३२० नमूना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । सरकारले हालसम्म पिसिआर विधिमार्फत ५८ हजार २७७ र आरडिटी विधिद्वारा एक लाख २८७ जनाको परीक्षण गरेको छ । देशभर बनाइएको क्वारेन्टिनमा हालसम्म ७० हजार ३०५ जना रहेका छन् । यस्तै विभिन्न अस्पतालको आइसोलेनसमा ६९९ जनाको उपचार भइरहेको छ । हालसम्म कोरोनाका कारण चार जनाले ज्यान गुमाएका छन् ।

तालमेल नहुँदा सुनचाँदी बजारमा अन्योल

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घबीच आपसी तालमेल नहुँदा सुनचाँदी बजारमा अन्योल देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ‘लकडाउन’का कारण नयाँ मूल्य तोक्न नसकेको स्पष्ट पारिरहँदा आज एक्कासि नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले सुनको कारोवार मूल्य तोकेपछि बजार तथा उपभोक्तामा अन्योल देखिएको हो । सुनचाँदी व्यवासायी महासङ्घले सरकारले कोभिड–१९ को महामारी फैलन सक्ने भन्दै देशव्यापी लकडाउन गरेका कारण नयाँ मूल्य तोक्न नसकिएको प्रष्टीकरण दिएको छ । सामान्यतयाः नेपाल सुनचाँदी व्यवसायी महासङ्घले नेपालमा सुन तथा चाँदीको दैनिक मूल्य निर्धारण गर्ने गरेको छ । महासङ्घका तर्फबाट नयाँ कारोबार मूल्य निर्धारण नहुँदै एकाएक आभूषण महासङ्घले मूल्य सार्वजनिक गरेपछि व्यवसायीका साथै उपभोक्ता पनि अन्योलमा परेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले रत्न तथा आभूषण महासङ्घका तर्फबाट सुनचाँदीको मूल्य सार्वजनिक भएसँगै बजारमा अन्योल सिर्जना भएको बताए । “सरकारले कोरोना भाइरस रोकथामका लागि लकडाउन गरेको छ, लकडाउनमा अत्यावश्यकबाहेकका सबै व्यापार व्यवसाय बन्द छन्”, उनले भने, “दरभाउ निकाल्ने विषयमा आभूषण महासङ्घकातर्फबाट जानकारी माग भएको थियो, हामीले सरोकारवालासँग छलफल गरेर तय गरौँला भन्यौँ, तर उनीहरुले मूल्य तोकिदिएछन् ।” उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्र बैंकलगायत सरोकारवाला निकायसँगको परामर्शमा सुनको भाउ तय गर्ने तयारी गरिएको उनले बताए । अध्यक्ष सुनारले जिल्ला जिल्लाबाट व्यवसायीले नयाँ मूल्य तोकेर दिन आग्रह गर्दै आएको पनि जानकारी दिए । सुनचाँदी व्यवसायी महासङ्घले विज्ञप्ति जारी गरेरै लकडाउन शुरु भएयता अन्य व्यवसायजस्तै सुनचाँदी व्यवसाय पनि बन्द रहेको र यस अवधिमा दर प्रकाशन नभएको जनाएको छ । महासङ्घले अर्को सूचना प्रकाशित नभएसम्म दैनिक दरभाउ प्रकाशन नगर्ने पनि स्पष्ट पारेको छ । यता नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले अन्तर्राष्ट्रिय बजार भाउअनुसार सुनचाँदीको बजार मूल्य धेरै फरक भइसकेको अवस्थामा दुई महिनादेखि पुरानै बजार भाउले उपभोक्तामा अन्योल सिर्जना गरेकाले नयाँ दरभाउ तोकिएको जिकिर गरेको छ । महासङ्घको यही जेठ १२ गतेको कार्यसमिति बैठकले अन्तर्राष्ट्रिय बजार मूल्यलाई आधार लिई सुनचाँदीको मूल्य कायम गरी प्रकाशन गर्ने निर्णय भएअनुसार नै आजदेखि नयाँ मूल्य सार्वजनिक गरिएको महासचिव कृष्णलाल महर्जनले जानकारी दिए । रत्न तथा आभूषण महासङ्घले आजका लागि तेजाबी सुनको मूल्य प्रतितोला रु ८६ हजार १०० र चाँदीको मूल्य प्रतितोला रु ८९० निर्धारण गरेको छ ।

कियाको विद्युतीय गाडी बुकिङ गरेकाले लकडाउन खुले लगत्तै चलाउन पाउने

काठमाडौं । नेपालमा कियाको विद्युतीय गाडी निरो बुकिङ गरेका ग्राहकले लकडाउन खुलेलगत्तै उक्त एसयुभी चलाउन पाउने भएका छन् । नेपालका लागि कियाको एकल अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले लकडाउन खुलेलगत्तै बुकिङ गरेका ग्राहकलाई उक्त गाडी हस्तान्तरण गर्ने तयारी गरेको हाे । उक्त गाडीको कन्साइनमेन्ट (खेप) कोरियाबाट नेपालका लागि एक हप्ता अगाडि नै चलान भइसकेको छ । लकडाउन खुल्दासम्म गाडी नेपाल आइसक्ने भएकोले कम्पनीले बुकिङ गरेका ग्राहकलाई गाडी नेपाल आइपुग्नेबित्तिकै हस्तान्तरण गर्ने योजना बनाएको हो । एकपटकको फुल चार्जमा ४८० किलोमिटरसम्म गुड्ने उक्त एसयुभी नेपाली कार पारखीले निकै रुचाएर बुकिङ गरेका छन् । यसमा ६४ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । यसको १५० किलोवाटको इलेक्ट्रिक मोटरले २०१ बिएचपी पावर र ३९५ एनएम टर्क उत्पादन गर्छ । यो एसयुभी स्टार्ट गरेको ८ सेकेन्डभित्रै १०० किलोमिटरको गतिमा कुद्न सक्छ । डिसी फास्ट चार्जरबाट पूरा चार्ज गर्न ८० मिनेट लाग्ने यो गाडी भित्रिएपछि नेपाली बजारमा सर्वाधिक माइलेज दिने विद्युतीय एसयुभीमा यही पर्नेछ । निरो सन् २०१९ को पहिलो त्रैमासबाट एसियाली बजारमा बिक्री सुरु गर्ने निर्माता कम्तीको योजना अनुरुप नेपाल आउन लागेको हो ।

खुकुरी दाग्ने एउटा रहर 

लेखक एउटा रहर जागेको छ खुकुरी नचाउने । मागे नि नमागे नि रगतको खोलो बगाउने एउटा रहर जागेको छ । एउटा रहर जागेको छ, विस्तारवादी गर्दन छिनाल्ने । धार भए नि नभए नि खुकुरी दाग्ने एउटा रहर जागेको छ ।। एउटा रहर जागेको छ कालापानीको प्यास बुजाउने । रगत बगे नि नबगे नि सिमाना रगतले कोर्ने एउटा रहर जागेको छ ।। एउटा रहर जागेको छ संघर्षको गीत गाउने । परिवर्तनको लागि स्वतन्त्रताको गीत रच्ने एउटा रहर जागेको छ ।। एउटा रहर जागेको छ मातृभूमि जोगाउने । जन्मभूमिको लागी स्वतन्त्रता संग्राम शुरु गर्ने एउटा रहर जागेको छ ।।

आगामी आर्थिक वर्षकाे बजेट बिहीबार ४ बजे प्रस्तुत हुने  

काठमाडाैं । आगामी आर्थिक वर्ष २०७७/७८ को राजश्व र आयको विवरण (बजेट भाषण) सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बिहीबार अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ । नेपालको संविधानबमोजिम हरेक जेठ १५ गते सरकारले संसद्मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउँसो ३ः४५ बजेअगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह गरेका छन् । बुधबारको बैठकमा सभामुख सापकोटाले सार्थक वार्ता र संवादका लागि सुझाव र अध्ययनका लागि गत साउन २० मा गठित कार्यदलको अवधि संसद्को चालू अधिवेशनसम्म कायम हुने गरी गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो । संयुक्त बैठकपछि बिहीबार साँझ ६ बजे प्रतिनिधिसभाको अर्को बैठक बस्नेछ । रासस

थप एक सय १४ जनामा देखियाे काेराेना

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय १४ जनामा जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । देवकोटाकाे अनुसार बुधबार रौतहट, बाग्लुङ, मकवानपुर, झापा, बारा, सप्तरी, दाङ, सुर्खेत, बाँके, सिरहा र रूकुमपूर्वका थप ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमितको संख्या ८ सय ८६ पुगेको छ जसमा पुरुष ७ सय ९६ जना र महिला ९० जना रहेकाे छन् ।

सरकारले छुट दिने भनेको घरभाडाको विषय विवादित बन्दै, स्थानीय तह भन्छन्ः द्वन्द नै हुने भयो

काठमाडौं । लकडाउन अवधिभर घरभाडामा बस्नेसँग भाडा नमाग्न सरकारले सबै घरधनीलाई आग्रह गरेको थियो । तर, त्यही घरभाडाको विषयमा संघीय सरकार र स्थानीय सरकारबीच मत बाझिएको छ । बैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले लकडाउनको बेला आयस्रोत गुमाएका भाडावालाहरुसँग घरभाडा नमाग्न घरधनीहरुलाई आग्रह गरेका थिए । तर, स्थानीय सरकारका प्रतिनिधिहरु भने घरभाडा कै विषयमा विवाद सुरु भएको बताउछन् । घरभाडा छुट दिने निर्णय लागू नभएमा सरकारले कडाइका साथ अनुगमन गर्ने र आवश्यक परे कारबाही समेत गर्ने बताएको थियो । सरकारले यसको जिम्मा स्थानीय तहलाई दिने निर्णय गरेको थियो । तर स्थानीय सरकार भने लागू गर्न नसकिने बताउछन् । संघीय सरकारको निर्णय स्थानीय तहले सुन्नै मन्दैन्न । संघीय सरकार भाडा नलिनु भनिरहेको छ । तर घरधनीहरुले भाडामा बस्नेहरुसँग भाडा लिरहेका छन् । स्थानीय प्रतिनिधिहरु सरकारले बोलेकै आधारमा घरभाडा छुट दिन नसकिने बताउछन् । ठूला उद्योगी व्यवासायीहरुको प्रतिनिधित्व गर्ने नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसघं र नेपाल चेम्बर अफ कर्मशले सरकारसगँ सञ्चालित उद्योगको घरभाडा छुटको कुरा नै नउठाएको बताउछन् । तर नेपाल घरेलु तथा साना उद्योग महासंघले भने उद्योग, कृषि, श्रम, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको कार्यलयसम्म गएर सके ६ महिनाको र नसके लकडाउ अवधिभरको भाडा छुट गर्ने व्यवास्था मिलाउन सरकारसँग माग गरेको छ । घर भाडाको विषयका के भन्छन स्थानीय सरकार सरकारले भाडा छुट दिने भनेर बोल्दा स्थानीय तहमा समस्या आएको स्थानीय जनप्रतिनिधिहरु बताउछन् । काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले संघीय सरकारले बोलेर मात्रै घरभाडा छुट गर्न नसकिने बताए । उनका अनुसार घरधनीहरु भाडा छुट गर्न तयार छन्, तर छुट गरेको भाडा वडाले दिनु पर्छ भनिरहेका छन् । वडाले त्यसरी घरधनीलाई पैसा दिनसक्ने अवस्था नरहेको डंगोलले बताए । ‘संघीय सरकारले कानुन बनाए वा परिपत्र गरेको भए पनि हामीलाई सजिलो हुन्थ्याे, केही नगरी त्यतिकै घरभाडा छुट भनिएको छ, संघीय सरकारले गरेको निर्णय स्थानीय सरकारले सहजिकरण मात्रै गर्ने हो, घरभाडाबाट आएको पैसाले नै घरधनीहरुले खाइरहेका छन, त्यस्ता घरधनीहरुले घरभाडा छुट दिन सक्दैनन्, हामीसगँ घरभाडा छुट दिने कानुन पनि छैन्, घरभाडाको विषयले नै द्धन्द हुने भइसक्यो, त्यसैले घरभाडा छुट दिन सकिदैन,’ डंगोलले भने । ललितपुर महानगपालिकाका प्रवक्ता राजु महर्जनले सरकारले श्रकिकहरुका लागि घरभाडा छुटको प्रस्ताव मात्रै गरेको बताए । ‘ललितपुर महानगरले घरधनी र भाडामा बस्ने व्यक्तिहरुको आयस्रोको अध्ययन गरेर कसलाई छुट दिनुपर्ने हो र हैन भनेर छुट्टयाउने छ, भाडामा बस्नेहरु घरभाडा छुट हो भनिरहेका छन्, घरधनीहरु हाम्रो बैंकमा भएको लोन सरकारले तिर्छ भनेर सोध्छन्’,  महर्जनले भने । भाडाको विषयमा के भन्छन् उद्योगी ? नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले लकडाउनको कारणले उद्योगमा धेरै समस्या आएको बताए । भाडाको विषयमा महासंघमा छलफल नभएको उनकाे भनाइ छ । तर सरकारले भाडा छुट गर्दा औद्योगीका क्षेत्रमा संञ्चालन भएको उद्योगहरुको भवन र जग्गाको बिल उद्योगीको हातमा गहिरहेको भन्दै उनले सरकार आफै छुट भनेर भन्ने अनि बिल पनि पठाउने गरिरहेको बताए । नेपाल उद्योग परिसंघका अध्यक्ष सतीश मोरले पनि सरकारसगँ घरपभाडा भन्दा पनि अन्य समस्याको सामाधानका लागि सरकारसगँ माग गरेको बताए । निर्माणको कर, विद्युत, श्रमिकको विषयमा मात्रै परिसघंमा छलफल भएको छ । भाडाको घरमा सञ्चालित उद्योगको भाडा छुटको विषयमा छलफल समेत नभएको मोरले बताए । नेपाल चेम्बर अफ कर्मशका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले पनि व्यापारीका प्रयोजनमा प्रयोग भएको घरभाडाको विषयमा चेम्बरमा छलफला नभएको बताए । भाडामा लिदा नै लिने र दिनेबीच सहमति भएको हुन्छ भन्दै उनले यो विषय घरधनी र घरभाडामा लिने व्यक्तिबीचको छलफल गरेर जाने विषय हो भने । ‘संकटको समय छ, घरधनीले नै पनि मनवीयता सझेर छुट पनि दिन सक्छन्, कुनै घरधनी समस्यामा पनि हुन सक्छन, त्यही घरबाट आएको पैसाले जिविकोपार्जन गरिरहेका पनि छन्, त्यसैले यो विषयका चेम्बरले बोल्नु भन्दा पनि दुई पक्ष बसेर छलफल गरेको नै राम्रो हुन्छ,’ मल्लले भने । नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले सरकारसगँ घरेलु तथा साना उद्योग समस्यामा रहेको र सके ६ महिनाको र नसके लकडाउन भरिको घरभाडी छुटको व्यवस्था मिलाउन माग गरेको बताए । कोभिड–१९ ले विश्वव्यापी रुपमा आर्थिक, सामाजिक र मनोबैज्ञानिक प्रतिकुल प्रभाव परिहेको छ उद्योग, व्यापार, पर्यटन, कृषि, उर्जा, सेवा क्षेत्र लगायत समग्र अर्थतन्त्र प्रतिकुल असर परेको छ । सबै बन्द छन् । ती नै उद्योगमा काम गर्ने श्रमिकको पनि तलब आएको छैन। सम्बन्धित सामग्री भाडा तिर्न नसक्दा काठमाडौंको व्यापारिक केन्द्रका व्यवसायी त्रासमा, भन्छन्ः घरधनीकाे फाेन आयाे कि साताे जान्छ

गरिब र विदेशबाट फर्केकाको आरडीटी टेस्टमा पैसा नलिन सर्वोच्चकाे आदेश

काठमाडौं । गरिब र विदेशबाट फर्केका नेपालीको आरडीटी विधिबाट गरिने कोरोना संक्रमणका लागि पैसा नलिन सर्वोच्च अदालतले आदेश दिएको छ । अदालतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ २ गते जारी गरेको अन्तरिम निर्देशिका सामाजिक न्यायको दृष्टिले उपयोगी नदेखिएको भन्दै तत्कालका लागि यथास्थितिमा राख्न आदेश दिएका हो । न्यायाधीश तेजबहादुर केसीको इजलासले यस्ताे आदेश दिएका हो ।