पायोनियर अनलाइन क्याम्प २०२० को उद्घाट्न सम्पन्न
भक्तपुर । नेपाल स्काउट, जिल्ला स्काउट कार्यालय भक्तपुर अन्तर्गत सञ्चालित पायोनियर ओपन क्र्यूको आयोजनामा पायोनियर अनलाइन क्याम्प २०२० को उद्घाट्न सम्पन्न भएको छ । विश्व स्काउट संगठनको आधारभूत सिद्धान्तमा आधारित रही युवा वर्गको सर्वागिन विकासमा केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आइरहेको यस पायोनियर ओपन क्रियूले हाल कोभिड-१९ ले आक्रान्त पारिरहेको परिवेशमा पनि स्काउटिंग क्रियाकलापहरुको निरन्तरताका लागि यस क्याम्पको आयोजना गरेको जनाएको छ । स्काउट भाइबहिनीहरुको व्यक्तित्व विकास, चरित्र निर्माण र भावनात्मक विकासमा टेवा पुर्याउने उद्देश्यका साथ सञ्चाािलत यस क्याम्प इन्टरनेटको माध्यमबाट आफनो सजताकासाथ सहभागी भएका थिए । नेपाल स्काउट राष्टिय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा भएको यस कार्यक्रममा जिल्ला स्काउट कार्यालय भक्तपुरका जिल्ला आयुक्त रामगोपाल कर्माचार्य, पूर्व जिल्ला आयुक्त भक्त राजभण्डारीलगायतको आतिथ्यतमा सम्पन्न भएको थियो ।
के पुनरकर्जाले मात्र थलिएका व्यवसाय उठ्लान त ?
नेपाल राष्ट्र बैंकले उत्पादनशील क्षेत्र तथा प्राथमिकता प्राप्त क्षेत्रका व्यवसायीहरुलाई सर्वद्धन गर्न र न्युन लागतमा कर्जा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई विशेष गरी साधारण पुनरकर्जा, विशेष पुनरकर्जा, निर्यात पुनरकर्जा, साना तथा मझौला उद्योग उद्यममा पुनरकर्जा गरी चार प्रकारका पुनरकजा सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ भने आगलागी एवम् बाढी तथा डुवानबाट पिडित घरपरिवारलाई आवासीय घर पुननिर्माण र व्यवसाय पुनः सञ्चालनको लागि पुनरकर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले साधारण तथा लघु घरेलु तथा साना उद्यम पुनरकर्जा अन्तर्गत कर्जा प्रवाह भएका ऋणीहरुसँग पाँच प्रतिशत र विशेष पुनरकर्जा प्रवाह भएका ऋणीहरुलाई तीन प्रतिशत व्याजदर लिने व्यवस्था मिलाएको छ । नेपाल सरकारले भर्खरै मात्र संसदमा पेश गरेको आर्थिक वर्ष २०७७/७८ को बजेट बक्तव्यमा राहत, सहुलियत र र्आिर्थक पुनरउत्थान कार्यक्रम अन्तर्गत प्राथमिकताको साथ कोरोनाबाट प्रवाहित कृषि, घरेलु, साना तथा मझौला उद्योग, उत्पदानमुलक उद्योग, होटल, पर्यटन, लगायतका क्षेत्रको उद्योग व्यवसायलाई पाँच प्रतिशतसम्मको सहुलियत व्याजदरमा कर्जा उपलब्ध गराउन १ खर्बको पुनरकर्जा कोष बनाउने नीति प्राथमिकताको साथ पेश गरेको छ र यदि सो कार्यक्रम कार्यान्वयन भएको अवस्थामा व्यवसायीलाई ठुलै राहात हुने निश्चित प्राय छ । नेपाल राष्ट्र बैंकले अघिल्लो वर्षको मौद्रिक नीतिमा घोषणा गरी पुनरकर्जा कोषको आकारमा वृद्धि गरी ६० अर्बको पुनरकर्जा कोष पुर्याएको थियो । तर कोषको आकार ६० अर्ब भएता पनि २०७६ चैत मसान्तसम्म कुल १८ अर्ब ३१ करोड रूपैयाँ पुनरकर्जा मात्र लगानीमा रहेको छ । यसरी हेर्दा कोषको आकारको करिब ३० प्रतिशत मात्र कर्जा लगानी हुनुले समेत आगामी दिनमा पनि सरकारले पुनरकर्जा कोषको आकारमा वृद्धि गरेता पनि त्यसको सदुपयोगिता र कर्जा प्रवाह छिटो छरितो होला भन्नेमा भने शंका नै रहेको छ । लेखक हालै मात्र नेपाल राष्ट्रले पुनरकर्जालाई व्यवस्थित बनाउन नेपाल राष्ट्र बैंकको पुनरकर्जा कार्यविधि २०७७ को मस्यौदा सार्वजनिक गरेको छ र त्यस माथि राय सझाव दिन पन्ध्र दिनको समय सिमा दिइएको छ । मस्यौदामा उल्लेख भए अनुसार पुनरकर्जा कोषको सीमा प्रति ग्राहक पचास करोड बाट घटाएर २० करोड बनाइनु, पुनरकर्जाको निवेदन दिएको एक महिना भित्र बैंकले निर्णय गर्नु, विगत तिन वर्षको मुनाफा हेर्दा औसत प्रतिफल बीस प्रतिशत भन्दा बढी रहेको उद्योगलाई पुनरकर्जा उपलब्ध नगराइने व्यवस्था गर्नु, बैंक वित्तीय संस्थाका सबै शाखाबाट कम्तीमा पाँच ग्राहकलाई पुनरकर्जा उपलब्ध गराउने व्यवस्था गर्नु, पुनरकर्जाको अवधि छ महिनाबाट एक वर्ष बनाइनु पुनरकर्जा कार्य विधिका सबल पक्षहरु रहेका छन् । तर पहिला ऋणीको विवरण सहित पुनरकर्जा स्वीकृतिको लागि बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकमा पेश गर्नु पर्ने र राष्ट्र बैंकले अध्ययन गरी बैंक वित्तीय संस्थालाई ऋणीहरुको स्वीकृत नामावली अनुसार कर्जा स्वीकृत गर्ने व्यवस्था रहेकोमा पुनरकर्जा कार्यविधिमा नेपाल राष्ट्र बैंक एकमुष्ट रुपमा ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने व्यवस्था गरेकोमा कतै उक्त कर्जा दुरुपयोग भई सञ्चालक तथा उच्च व्यवस्थापनले आफु अनुकुलतालाई कर्जा उपलब्ध गराई लक्षित वर्गमा कर्जा नपुग्ने त हैन, आशंका उत्पन्न भएको छ । नेपाल राष्ट्र बैंकले साधारण पुनरकर्जाको लागि जलविद्युत परियोजना, कृषि क्षेत्र, पशुपंक्षी तथा मत्स्यपालन व्यवसाय, विदेशमा रोजगारी वा अध्ययन गरी फर्केका युवाहरूले सञ्चालन गरेका उद्योग–व्यवसाय, उत्पादनमूलक उद्योग, पर्यटन उद्योग, निर्माण उद्योग, सार्वजानिक यातायात, औषधि उद्योग, डायग्नोष्टिक सेन्टर, स्वास्थ्य शिक्षण संस्था, अस्पताल, फोहरमैला प्रशोधनसँग सम्बन्धित उद्योगमा प्रवाह भएका कर्जाहरू, पर्यटकीय सम्भावना रहेका तर तुलनात्मक रुपमा विकास हुन नसकेका पर्यटकीय गन्तव्य पाथिभरा, माइपोखरी, भिमेश्वर, कालिञ्चोक, हलेसी, लाङटाङ, स्वर्गद्वारी, मनकामना, मुक्तिनाथ, माथिल्लो मुस्ताङ, गढीमाई, जनकपुरधाम, छिन्नमस्ता, पाँच पोखरी, रारा तथा खप्तड लगायतका क्षेत्रमा पर्यटकीय पुर्वाधार स्थापना गर्न प्रदान गरिएका कर्जाहरू, तथा कोभिड-१९ लगायत संक्रामक रोगजन्य महामारीको कारण पूर्णक्षमतामा सञ्चालन हनु नसकेका तर, भविष्यमा सञ्चालनको सम्भावना रहेका उद्यमी व्यवसायीले लिएका कर्जाहरूलाई व्यवस्था गरेको छ तर कति पय व्यापार व्यवसाय गर्ने साना तथा मझौला व्यवसाय जसको व्यवसाय व्यापारसँग सम्बन्धित छ, त्यसलाई यस क्षेत्रमा समावेश गरिएको छैन र कोभिड-१९ ले असर गरेको क्षेत्रमा उक्त प्रभावित व्यवसायलाई राख्न पाउने हो या प्रभावित क्षेत्र समेत प्राथमिकता प्राप्त क्षेत्रमा भएको लगानीलाई राख्ने हो अन्तिम कार्यविधि आउँदा सम्बोधन भएर आउला भन्नेमा आशावादी हौं । हालको अवस्थामा कर्जाको भारित व्याजदर ११.७७ (२०७७ चैत्र मसान्त) रहेको अवस्थामा पाँच प्रतिशत व्याजमा कर्जा पाइनु व्यवसायीको लागि ठुलै राहात हो भने पुनरकर्जा वापत लगानी भएको कर्जा बैंक वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात गणना प्रयोजनको लागि समावेश गनु नपर्ने हुनाले बैंक वित्तीय संस्थाले समेत उच्च प्राथमिकताको साथ पुनरकर्जा लगानी गर्ने निश्चितै छ । यसले उत्पादनशील क्षेत्र र प्राथमिकता प्राप्त क्षेत्रलाई भने ठुलै राहात हुने छ । आजको मितिसम्म बैंक वित्तीय संस्थाबाट करिब साढे ३२ खर्ब कर्जा लगानी भएको छ । सो कुल कर्जा मध्ये कृषि क्षेत्रमा ६.६५ प्रतिशत, उत्पादन क्षेत्रमा १८.११ प्रतिशत, सेवा उद्योगमा ८.६१ प्रतिशत र थोक तथा खुद्रा विक्रेतालाई २२.०६ प्रतिशत कर्जा लगानी भएको छ । क्षेत्रगत कर्जा विश्लेषण गर्ने हो भने सबै भन्दा अधिक लगानी थोक तथा खुद्रा विक्रेतालाई भएको छ र कोभिड १९ को असरले खाद्यान्न बाहेक अन्य थोक तथा खुद्रा व्यवसायको व्यापार समेत ठप्प छ । यस्तो अवस्थामा उक्त क्षेत्रमा परेको समस्या समाधान गर्न राज्यबाट निश्चित सहयोग तथा उद्दारको घोषणा हुनु पर्नेमा आज सम्म हुन सकेको छैन । कोभिड १९ ले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सम्पूर्ण क्षेत्रलाई नै असर गरेको छ । यस्तो अवस्थामा नियमाकिय निकाय तथा नेपाल सरकारको संयुक्त पहलमा पुनरउद्धारका कार्यक्रमहरु घोषणा गरी डुब्न लागेका व्यवसायीहरुलाई बचाउनु राज्यको प्रमुख दायित्व हो । सरकारले बजेटमा गरेको व्यवस्था हेर्दा एक खर्बको पुनरकर्जा कोषले नै सम्पुर्ण क्षेत्रको समस्या समाधान हुन्छ भने जसरी घोषणा भएको छ तर साढे ३२ खर्बको लगानी भएको क्षेत्रमा एक खर्ब वालुवामा पानी हाले जस्तो त हुने हैन, शंकै छ तर पनुरकर्जा कोषको रकम पुर्ण रुपमा सदुपयोग भएमा निश्चित क्षेत्रलाई ठुलै राहात हुने छ । यसर्थ सरकारले अन्य क्षेत्रलाई समेत समेटेर राहात त सहुलियत ल्याएर समस्यामा परेका व्यवसायको उद्धार गर्नु नै प्रमुख दायित्व हो । पोखरा
नेपाल इन्स्योरेन्सले गर्याे क्वारेन्टाइनलाई माक्स र स्यानिटाइजर वितरण
काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडले नुवाकोटको तारकेश्वर गाउँपालिकामा क्वारेन्टाइनमा रहेका नागरिकलाई माक्स, स्यानिटाइजर र ग्लोप्स वितरण गरेको छ । स्थानिय संचारकर्मी विष्णु तारुकेको आग्रहमा इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत सर्जिकल माक्स ४ सय थान, स्यानिटाइजर ५ लिटर र ग्लोप्स वितरण गरेको हो । आइतबार तारकेश्वर गाउँपालिका वाड नं. २, ३ र ४ मा विदेशबाट आएर क्वारेन्टाइनमा बसेकाहरुलाई स्वास्इा सामाग्री वितरण गरिएको हो । हाल तारकेश्वर गाउँपालिकामा २ सय ४१ जना क्वारेन्टाइनमा रहेको गाउँपालिका अध्यक्ष रमेशबहादुर वस्तीले बताए । आइबतबार तारकेश्वर गाउँपालिका २ स्थित पिमलटार मावि, ३ स्थीत पिपलडाँडा मावि र ४ स्थीत सरस्वती मा.विलाई स्वास्थ्य सामाग्री वितरण गरिएको हाे ।
सहयोगी विकास बैंकको १८.७२ प्रतिशत नगद लाभांश पारित, सिटिजन बैंकसँग विलय हुने
काठमाडौं । सहयोगी विकास बैंकको प्रस्तावित १८.७२१५ प्रतिशत नगद लाभांश पारित भएको छ । जेठ २४ गते सम्पन्न विकास बैंकको १६ औं बार्षिक साधारण सभाले संस्थाकाे संञ्चालक समितिकाे उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै बैंकका सेयरधनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १८.७२१५ प्रतिशत नगद लाभांश पाउने भएका छन् । साथै, सभाले सिटिजन बैंक इन्टरनेशनलमा सहयोगी विकास बैंकलाई विलय गर्न सहयोगी विकास बैंकको १०० कित्ता सेयर बराबर सिटिजन्स बैंक इन्टरनेशनलको ९१.७५ कित्ता (१ः०.९१७५) सेयर हुने गरी सेयर स्वाप अनुपातको प्रस्ताव पनि सर्वसम्मतीबाट पारित गरिएको छ । उक्त सभाले सहयोगी बिकास बैंकलाई सिटिजन बैंक इन्टरनेशनल लि. ले प्राप्ति गर्ने सम्बन्धमा भएका सहमतीपत्र, संयुक्त मर्जर समितिको निर्णयहरु, अन्तिम सहमति/सम्झौता पत्र तथा सम्झौताहरु, डीडीएको नियुक्ती तथा पारिश्रमिक सम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको छ । साथै सहयोगी बिकास बैंकको तर्फबाट सिटिजन्स बैंक इन्टरनेशनलमा विलय गर्ने सम्बन्धमा नियमनकारी निकायहरुमा गर्नु पर्ने विविध कार्यहरु गर्न गराउन, बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यकता अनुसार फेरबदल गर्न बैंकको हालको संचालक समितिलाई अख्तियारी दिने प्रस्तुत प्रस्ताव समेत सर्वसम्मतीले पारित गरेको छ । उक्त सभा विकास बैंकका अध्यक्ष उदय कान्त झा ‘जीवन’ को अध्यक्षतामा संस्थाको केन्द्रिय कार्यालय जनकपुरमा सम्पन्न भएको हो । त्यस्तै, सहयोगी विकास बैंकलाई प्राप्ति गर्न सिटिजन्स बैंक इन्टरनेशलले यहि जेठ २७ गते विशेष साधारण सभा आह्वान गरेको छ ।
सेयर बजार खुलाउन सबै पक्ष सहमत
काठमाडौं । नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेञ्ज, सेयर ब्रोकर तथा लगानीकर्ताहरु सेयर बजार खुलाउने पक्षमा उभिएका छन् । चैत ११ गतेदेखि बन्द सेयर बजार असार १ गतेदेखि खुल्ने सम्भावना देखिएको छ । पुँजी बजारमा सबै स्टेकहोल्डर बजार खुलाउने पक्षमा देखिएको, व्यवसायीहरु नै बजार खुलाउनु पर्छ भनेर अगाडि आएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बताए । ‘अहिले बजारमा व्यवसायीहरु बजार खुला गर्नुपर्छ भनेर अगाडि आएका छन् । बजारमा जनस्वास्थ्य सम्बन्धि चेतना अभिवृद्धि भएको छ । समस्या सधैं हुन्छ । समस्यासँग जुद्धै जानुपर्छ’ अध्यक्ष ढुंगानाले भने । जनताको स्वास्थ्य सुरक्षाको लागि सेयर बजार बन्द गर्नु परेको बताउँदै उनले लामो समय सेयर कारोबार बन्द गर्दा यसलाई लाभ वा नोक्सानीसँग जोडर हेर्न नहुने बताए । बीचमा बजार खुला गर्दा दैनिक ३०/३५ जनामा संक्रमणपछि बजारमा त्रास भएको र बन्द गर्नु परेको बताउँदै अहिले मानिसमा त्रासको लेभल घट्दै गएको उनले बताए । नेपाल स्टक एक्स्चेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदमा आफू पहिला पनि बजार नियमित रूपमा खुला राख्ने पक्षमा रहेको बताए । बजार बन्द हुँदा अनलाईन कारोबारलाई सहज बनाउने गरि थप कामहरु भएकोले अब बजार खुला गर्दा कारोबारमा समस्या नहुने उनको भनाई छ । स्टक ब्रोकर एसोशिएसनका निवर्तमान अध्यक्ष प्रियराज रेग्मीले बजार बन्द हुँदा सबैभन्दा बढी मर्का स्टक ब्रोकरलाई परेको बताए । ‘कर्मचारी खर्च, घर भाडा लगायत ९० प्रतिशत खर्च भईरहेको छ । बजार बन्द हुँदा आम्दानी शुन्य भएको छ’ रेग्मीले समस्या बताए । सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले सेयर कारोबार र भुक्तानी प्रणाली सबै अनलाईनबाट हुने अवस्थामा सेयर बजार सुचारु हुन सक्ने बताए । सेयर बजारमा उच्च गिरावट आउने त्रासमा लगानीकर्ता रहेका छन् । तर लगानीकर्ताको मनोबल बढाउने कार्यक्रम तत्काल आउने सम्भावना भने नभएको बोर्डका अध्यक्ष ढुंगानाले बताए । ‘सेयर बजार तलमाथि भईरहन्छ । मूल्य प्रभावलाई पार्ने काम हामीले गर्दैनौं’ उनले भने । धितोपत्र बोर्ड २७ वर्ष पूरा गरी २८ वर्षमा प्रवेश गरेको अवसरमा विकासन्युजले गरेको विकास वहसमा भाग लिँदै अध्यक्ष ढुंगानाले पुँजी बजारलाई सरल र सहज बनाउन सेयर बजारका लगानीकर्ता, सेवा प्रदायक संस्थाहरुलाई प्रविधि मैत्री बनाउन जरुरी भएको बताए । उनका अनुसार नेपाल स्टक एक्स्चेन्ज, सीडीएस एण्ड क्लियरिङ हाउस्, २५ वटा मर्जर बैंकर, ५० वटा ब्रोकर कम्पनीहरु पुँजी बजारका पूर्णकालीन संस्था छन् । सवा दुई सय संस्था नेप्सेमा सूचिकृत छन् । साढे चार सय कम्पनीहरु सेयर बजारमा प्रत्यक्ष रुपमा सक्रिय छन् । डिपी एकाउन्ट भएका सेयर लगानीकर्ताको संख्या साढे १६ लाख छ । ‘बजार घना भएको छ । अब बजारलाई सरल र सहज बनाउन सेयर बजारका लगानीकर्ता, सेवा प्रदायक संस्थाहरुलाई प्रविधि मैत्री बनाउन जरुरी छ’- उनले भने । अनलाइन कारोबार प्रणालीमा कारोबार रकम इन्ट्री गरेपछि कसलाई कति कमिशन जाने, कर कति लाग्ने प्रष्ट खुल्ने गरी प्रणालीको विकास आवश्यक भएको बोर्डका अध्यक्ष ढुंगानाले बताए । नेपाल स्टक एक्चेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले लगानीकर्ताहरु विकसित प्रविधिको प्रयोगमा पछाडि परेको बताए । ब्रोकर कम्पनीहरुको क्षमता विकास पनि जरुरी भएको उनकाे भनाई छ । कनेक्ट आईपीएसमा जोडिएका लगानीकर्ताले सेयर कारोबारको भुक्तानी सहज रुपमा गर्न सक्ने उनले जनाएका छन् । स्टक ब्रोकर एशोसिएशनका निवर्तमान अध्यक्ष प्रियराज रेग्मीले सेयर कारोबारको लागि पूर्ण अनलाईन प्लेटफर्म बनेको तर भुक्तानी प्रणालीमा केही समस्या रहेको बताए । ब्रोकरको लागि आईटी पोलिसी, एपीआई पोलिसी आवश्यक भएको उनले बताए । सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले जुनसुकै डिभाईसबाट सेयर किनबेच गर्न सक्ने र सेयर किनबेचपछि जुनसुकै बैंकमा खाता हुने, लगानीकर्ताले पनि कारोबार रकम भुक्तानी लिन दिनसक्ने प्रणालीको विकास हुन आवश्यक रहेको बताए । भिडियाे हेर्नुहाेस्ः
दाङका १० कोरोना सङ्क्रणमुक्त
तुलसीपुर । दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० सङ्क्रमित कोरोना जितेर घर फर्केका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सर्वेश शर्माका अनुसार बाँकेका ५, कपिलवस्तु र दाङका २/२ तथा बर्दियाका १ जना घर फर्किएका हुन् । तीमध्ये केहीलाई कोरोना रिपोर्ट नेगेटिभ आएको र केहीलाई भने लक्षण नै नभएपछि घर फर्काइएको अस्पतालले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ आइसोलेशन व्यवस्थापनसम्बन्धी निर्देशिकामा कुनै पनि लक्षण नदेखिएपछि सङक्रमितलाई १४ दिनपछि घर पठाइने उल्लेख छ । उनीहरु फर्किएसँगै बेलझुण्डीमा अब ४५ सङ्क्रमितको उपचार भइरहेको छ । रासस
सांसद कँडेल भन्छन्: विद्युतीय गाडीमा कर बढाउनुको सरकारकाे उद्धेश्य वातावरण प्रदुषण गर्नु हो
काठमाडौं । नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले विद्युतीय गाडीमा कर बढाउनुको उद्धेश्य वावातरण प्रदुषण गर्नु भएकाे बताएका छन् । आजको प्रतिनिधि सभा बैठकमा बोल्दै कँडेलले सरकारको निर्णयले वातावरण विनाश हुने तर्क गरे। उनले अर्थमन्त्रीले कर बढाएको दावी झुटो भएको समेत बताए।सांसद कँडेलले विद्युतीय कर बढाएर निषेध गर्दै जाने हो भने पेट्रोलियम र सवारीका लागि अर्बौ रकम बाहिने पक्का भएको उनको भनाइ थियो। सांसद कँडेलले विद्युतीय सवारीमा भएको कर वृद्धि फिर्ता गर्न पनि माग गरे। उनले नेकपाको चुनावी घोषणापत्रमा ३ वर्षभित्र उपत्यकामा विद्युतिय सवारी साधन मात्रै उपयोग गर्ने कार्ययोजना लागू गरिने भनेर मत मागिएको र दुई वर्षअघि प्रधानमन्त्रीले २०२० भित्र २० प्रतिशत विद्युतिय सवारी साधन सञ्चालन गर्ने घोषणा गरेको बताउँदै कर बढाउनुले नेकपाले जनताप्रति राजनीतिक बेइमानी गरेको आरोप पनि लगाए।
‘भारतीय चेलीको दादागिरी’को विषय संसदमा नउठाउन सभामुखको रुलिङ
काठमाडाैं । सभामुख अग्नि सापकोटाले ‘भारतीय चेलीको दादागिरी’को विषयलाई लिएर सदनमा आवाज नउठाउन रुलिङ गरेका छन् । दैनिक संसदमा यसरी आराेप प्रत्याराेपमा नउत्रिन उनले रुलिङ गरेका हुन् । गत १९ गते नेकपा सांसद गंगा चौधरी सत्गौवाले समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई लक्षित गर्दै ‘भारतीय चेलीको दादागिरी’ बढेको भनेर अभिव्यक्ति दिएपछि विवाद बल्झिएको हो । आइतवार राजपा सांसद चन्दा चौधरीले यो विषय उठाएर ‘भारतीय चेलीको दादागिरी’ भन्ने अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेपछि सभामुख सापकोटाले पुनः रुलिङ गरेका हुन । ‘त्यो विषयमा मैले रुलिङ गरिसकेको छु । सबै विवरण लिएर कार्यव्यवस्था परामर्श समितिका छलफल गर्छु । यो विषयमा नबोलौं, नत्र मैले माइक काट्नुपर्ने हुनसक्छ,’ सापकोटाले भने । नेपालको नक्सा प्रकाशित गरेको विषयमा सरिता गिरीले दिएको अभिव्यक्तिलाई लिएर नेकपा सांसद गंगा चौधरीले गिरीको नाम उच्चारण नगरी ‘भारतीय चेलीको दादागिरी’ बढेको बताएकी थिइन् ।