
काठमाडौं । नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले विद्युतीय गाडीमा कर बढाउनुको उद्धेश्य वावातरण प्रदुषण गर्नु भएकाे बताएका छन् ।
आजको प्रतिनिधि सभा बैठकमा बोल्दै कँडेलले सरकारको निर्णयले वातावरण विनाश हुने तर्क गरे। उनले अर्थमन्त्रीले कर बढाएको दावी झुटो भएको समेत बताए।सांसद कँडेलले विद्युतीय कर बढाएर निषेध गर्दै जाने हो भने पेट्रोलियम र सवारीका लागि अर्बौ रकम बाहिने पक्का भएको उनको भनाइ थियो।
सांसद कँडेलले विद्युतीय सवारीमा भएको कर वृद्धि फिर्ता गर्न पनि माग गरे। उनले नेकपाको चुनावी घोषणापत्रमा ३ वर्षभित्र उपत्यकामा विद्युतिय सवारी साधन मात्रै उपयोग गर्ने कार्ययोजना लागू गरिने भनेर मत मागिएको र दुई वर्षअघि प्रधानमन्त्रीले २०२० भित्र २० प्रतिशत विद्युतिय सवारी साधन सञ्चालन गर्ने घोषणा गरेको बताउँदै कर बढाउनुले नेकपाले जनताप्रति राजनीतिक बेइमानी गरेको आरोप पनि लगाए।