भक्तपुर । नेपाल स्काउट, जिल्ला स्काउट कार्यालय भक्तपुर अन्तर्गत सञ्चालित पायोनियर ओपन क्र्यूको आयोजनामा पायोनियर अनलाइन क्याम्प २०२० को उद्घाट्न सम्पन्न भएको छ ।
विश्व स्काउट संगठनको आधारभूत सिद्धान्तमा आधारित रही युवा वर्गको सर्वागिन विकासमा केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आइरहेको यस पायोनियर ओपन क्रियूले हाल कोभिड-१९ ले आक्रान्त पारिरहेको परिवेशमा पनि स्काउटिंग क्रियाकलापहरुको निरन्तरताका लागि यस क्याम्पको आयोजना गरेको जनाएको छ ।
स्काउट भाइबहिनीहरुको व्यक्तित्व विकास, चरित्र निर्माण र भावनात्मक विकासमा टेवा पुर्याउने उद्देश्यका साथ सञ्चाािलत यस क्याम्प इन्टरनेटको माध्यमबाट आफनो सजताकासाथ सहभागी भएका थिए ।
नेपाल स्काउट राष्टिय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा भएको यस कार्यक्रममा जिल्ला स्काउट कार्यालय भक्तपुरका जिल्ला आयुक्त रामगोपाल कर्माचार्य, पूर्व जिल्ला आयुक्त भक्त राजभण्डारीलगायतको आतिथ्यतमा सम्पन्न भएको थियो ।