विकासन्युज

अर्थमन्त्रीले सुनमा कर बढाएसँगै पहिलो दिनमै तोलाको साढे १० हजारले बढ्यो, मूल्यसूची यस्तो छ

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट मार्फत सुन तथा गहनामा बर बढ्ने बताएसँगै सुनको मूल्य पनि आकासिएको छ । कोरोना भाइरसले उत्पन्न लकडाउनको कारण बन्द रहेको सुनको कारोबार सुरु भएको पहिलो दिनमै सुनको प्रति प्रति तोलामा साढे १० हजारको वृद्धि भएको हो । कोरोनाको संक्रमण फैलिएसँगै गत चैत ११ गतेदेखि बन्द रहेको सुनचाँदीको कारोबार आजदेखि शुरु भएको छ । लामो समयपछि कारोबार भएको सुनको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ पुगेकाे छ । गत चैत १० गते प्रतितोला ७७ हजारमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला ८६ हजार ९ सय ६० रुपैयाँमा बिक्री भइरहेको छ । गत चैत १० गते तेजावी सुन प्रतितोला ७६ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै प्रतितोला ९ सय २५ रुपैयाँ बिक्री भइरहेको चाँदी गत चैत १० गते ७ सय २० रुपैयाँमा बिक्री भएको थियो । अर्थमन्त्री खतिवडाले बजेट मार्फत सुन तथा सुनका गहनामा लाग्‍ने भन्सार महसुलमा सामान्य वृद्धि गरेको बताएका थिए ।

नविल बैंकले ल्यायो युवा लक्षित नयाँ योजना, आकर्षक ब्याजको व्यवस्था

काठमाडौं । नविल बैंकले युवा पुस्ताका लागि ‘नविल जेनेरेशन एकाउन्ट’ नामको खाता सञ्चालनमा ल्याउने भएको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै बैंकले घरबाट उक्त खाता खोल्ने याेजना ल्याएकाे हाे । बैंकले सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले, बिद्युतिय प्रणालीलाई प्रोत्साहन गर्दै ‘नविल जेनेरेशन एकाउन्ट’ संचालनमा ल्याएको जानकारी दिएको छ । समुदायमा घातक रोगहरुको प्रभाव दिन प्रतिदिन बढ्दो क्रममा रहेको तथा तिनको उपचारार्थ अत्याधिक व्यय भार हुने कुरालाई ध्यानमा राख्दै यस्तो घातक रोग लागेको अवस्थामा उपचारको क्रममा नै केहि आर्थिक सहयोग समयमै पुर्याउने उद्देश्यका साथ आफ्ना बचतकर्ताको सुरक्षण सहित नबिल बैंकले १३ प्राणघातक रोगहरु तथा दुर्घटना बिमा सुविधा समेत प्रदान गर्नेछ । ‘नविल जेनेरेशन एकाउन्ट’ नयाँ सोच र नयाँ जोस बोकेका प्रबिधिमैत्री व्यक्तिहरुलाई लक्षित गरिएको छ । १८ बर्ष माथिका नेपाली नागरिकले उक्त खाता खोलि यसको लाभ लिई सक्नेछन । यो योजनाले डिजिटल बैंकिङ्गमा नयाँ युगको सुरुवात गर्नेमा नबिल बैंक बिश्वस्त छ । हालसम्म नविल बैंकका १ सय १८ शाखा, १ सय ७५ एटिएम र १ हजार ५ सयभन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको रहेका छन् ।

कर्णालीमा जलविद्युत् आयोजनाको अध्ययन गरिने

काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ मा कर्णालीमा ५२० मेगावाट जलविद्युत् आयोजनाको अध्ययन गरिने भएको छ । सङ्घीय सरकारले आगामी आर्थिक वर्षमा कर्णाली प्रदेशको जुम्ला, हुम्ला र डोल्पा जिल्लामा जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन गर्नका लागि बजेट विनियोजन गरेको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ घोडामौलामा १० मेगावाटको हिमा जलविद्युत् आयोजनाको सभ्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरिएको गाउँपालिकाका रोजगार संयोजक हंशराज न्यौपानेले बताए । उनले भने, आयोजना अध्ययनका लागि सङ्घीय सरकारले २९ लाख ५ हजार बजेट विनियोजन गरेको छ । त्यसैगरी हुम्लाको १० मेगावाटको दार्म नदी जनविद्युत् आयोजनाका लागि सङ्घीय सरकारले बजेट विनियोजन गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका इञ्जीनियर माधव प्याकुलले बताए । उक्त आयोजना अध्ययनका लागि २ करोड ५ लाख ८ हजार रकम विनियोजन भएको छ । डोल्पाको ५ सय मेगावाट जलविद्युत् आयोजनाका लागि सङ्घीय सरकारले ५ करोड ५८ लाख ८६ हजार रुपैयाँ रकम विनियोजन गरेको छ । सङ्घीय सरकारले देशभर २३ जलविद्युत् आयोजना अध्ययन गर्नका लागि बजेट विनियोजन गरेको मन्त्रालयले जनाएको छ । रासस

आर्थिक राजधानी वीरगञ्जमा पसल खुलेपछि बढ्यो चहलपहल

पर्सा । स्थानीय प्रशासनको अनुमतिले बजारमा रहेका पसल खुला भएपछि देशकै आर्थिक राजधानी वीरगञ्ज बजारमा सर्वसाधारणको चहलपहल बढेको छ । बन्दाबन्दीलाई खुकुलो बनाउँदै जिल्ला प्रशासन कार्यालय पर्साले जोरबिजोर पद्धतिमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म पसल सञ्चालन गर्न अनुमति दिएपछि वीरगञ्ज बजारमा सर्वसाधारणको चहलपहल बढेको हो । समाजिक दूरीलाई कायम राख्दै कपडा, बिजुली, इलेक्ट्रोनिक्स, खाद्यान्नलगायतका पसल सञ्चालनमा आएपछि वीरगञ्जका व्यापारी र उपभोक्ता दुवै खुशी भएका छन् । कोरोना भाइरसबाट सङ्क्रमित फेला पर्ने क्रम जिल्लामा कम भएपछि लकडाउनलाई खुकुलो बनाउँदै जोरबिजोर पद्धतिमा पसल सञ्चालन गर्न अनुमति प्रदान गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । उहाँले कोरोनाका कारण अवरुद्ध भएको आर्थिक गतिविधि बजार खुलेसँग विस्तारै सहज हुँदै जाने विश्वास व्यक्त गरे । उनले सर्वाजनिक तथा निजी सवारीका साधन सञ्चालनमा रोक लगाउँदै मास्कको प्रयोगलाई पर्सामा अनिवार्य नै राखिएको बताए । सहज परिस्थितिमा सरसामान खरिदका लागि बारा, पर्सा, रौतहट, सर्लाही र मकवानपुरबाट समेत उपभोक्ता वीरगञ्ज बजारमा आउने गरेका छन् । जिल्लामा रहेको औषधि, किराना तथा दूध, तरकारीलगायतका उपाभोग्य वस्तुको पसल निर्वाधरूपमा सञ्चालन गर्न स्थानीय प्रशासनले अनुमति दिएको छ । रासस

डाेटीकाे क्वारेनटाइनमा १९ वर्षिय युवककाे मृत्यु

डाेटी । डाेटी जिल्लाकाे केआइसिंह गाउँपालिका–३ स्थित क्वारेनटाइनमा १९ वर्षीय एक युवकको मृत्यु भएको छ । वडा नं ३ का १९ वर्षीय युवकको बिहान ३ बजे मृत्यु भएको हो । उनी लामो समयदेखि मुटुका बिरामी थिए । बेलाबेला मुखबाट रगत निकाल्ने, काँप्ने लक्षण देखिँदै आएको थियाे । भारतबाट गत जेठ २० गते आइपुगेपछि सीताराम आधारभूत विद्यालयमा बनाइएको क्वारेनटाइनमा राखिएको थिए । ‘१२/१३ वर्षदेखि छोरा रोगी थियो, खेत बेचेरसमेत भारतका विभिन्न अस्पतालमा उपचार गरेको थिएँ, क्वारेन्टिनमा छोरालाई बिसञ्चो भएपछि भेट्न पुगेँ, म पुग्ने बित्तिकै छोरो बेहोस भई ढल्यो’ मृतककाे बाबुले बताए । छोरा ढलेपछि स्याहार गर्न बुबा आफैं क्वारेन्टिन बस्ने शर्तमा भित्र पसेका थिए । उनले भने, ‘रातिको समय भएकाले स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिलाई खबर गरेनौँ तर  बिहान ३ बजे प्राण त्याग्यो ।’ हाल मृतकका बुबा क्वारेनटाइन मै बसिरहेका छन् । रासस

मानव भविष्य

कोरोना भाईरस नोभेम्बर १७ मा नेपालको छिमेकी राष्ट्र चीको खुपेइ प्रन्तको वुखान शहरबाट फैलिएको एक भाइरस हो । उक्त भाइरस खुपेइ प्रन्तका एक ५५ वर्षीय नागरिकमा देखा परेको थियो । जसलाई कोभिड १९ नामले चिनिन्छ । वुखान सेन्ट्रल हस्पिटलमा कार्यरत एक ओप्थालमोजिष्ट ३४ वर्षिय डाक्टर ली वनल्याङले झेलेको २००३ मा पैmलिएको सार्स (सर्भ एक्युट रेस्पिरेटरी सिन्ड्रम) सँग जेनेटिकल रुपमा मेल खाने भाइरसे हो । हाल यो भाइरसले विश्व महामारीको रुप लिइसकेको छ । जसको कारण आजको मिति २०७७ बैशाख १ सम्म आइपुग्दा विश्वभरी २१० देश गरी १८५३६०४ संक्रमित जस मध्ये ११४२७० को मृत्यु भेैसकेको छ भने ४२७८०६ पूर्ण निको भैसकेका छन । १३११५३३ जना उपचारको क्रम चलिरहेको छ । यस भाइरसको कारण हुने मृत्युदर ३.४ प्रतिसत रहेको डब्लु यच ओ ले जनाएको छ । डब्लु एच ओ ले सन २०२० फेब्ब्रुअरी ११ मा कोभिड १९ (कोरोना भाइरस डिजिज २०१९) भनी यस भाइरसको नामकरण ग¥यो । यसको मुख्य लक्ष्यण भनेको एक्कासी १०४º भन्दा माथि ज्वरो आउनु, सुख्खा खोकी लाग्नु, सास फेर्न गाह्रो हुनु हो । यो भाइरस बाट नेपाल पनि अछुतो रहन सकेको छैन । चीनमा अध्ययनरत विद्यार्थी स्वदेशमा फर्के पछि बिरामी भएर अस्पतालमा भर्ना भए पछि जनवरी २४ बाट कोभिड १९ नेपालमा देखिएको हो । त्यस पछि नेपाल सरकारले पनि बि. सं. २०७६ साल चैत्र ११ बाट लक्डाउनको घोषण गर्यो । लक्डाउन (बन्दाबन्दि) को समयमा नै मार्च १७ मा फ्रन्सबाट नेपाल आएकी एक १९ वर्षीय किसोरीकी भिएतनामी साथीलाई कोभिड १९को संक्रमिण भएको खवरले आफ्नो स्वास्थ्य जाँच गर्दा कोरोना पोजेटिभ देखिए पछि मार्च २३ मा दोश्रो संक्रमित पनि भेटिए । हुदा हुदै अप्रिल १३ सम्ममा १२ संक्रमित पुष्टि भैसकेका थिए र अप्रिल १७ सम्ममा ३१ संक्रमित पुष्टि भैसकेका छन । हाम्रो जस्तो गरीब मुलुकमा यो भाइरको संक्रमण युरोपेली मुलुकमा जस्तै फैलिए निकैनै भयवाह स्थिति आउने सम्भावन देखिन्छ । बिज्ञहरुले अझै परीक्षणको सङख्या बृद्धि गर्नु पर्ने बताईरहेका छन । किन कि नेपालमा यो भाइरसको लक्षण फरक भैसकेको छ । यो भाइरस नेपालमा म्युटेसनको अवस्थामा पुगिसकेको जस्तो देखिन्नछ । यस्को लक्षण देखा नै नपर्ने तर स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि हुने र त्यस ब्यक्तिले अरुलाइ भने सारीराख्ने अवस्था रहकोे छ । यस्तो सुसुप्त अवस्थामा रहने यो भाइरसले नेपाललाई कता डोर्याउने हो एकिन गर्न सकिएको छैन । यदि नेपालीहरुम यो भाइरस यसतै अवस्थामा रह्यो भने भविष्यमा नेपालीले छुवाछुतको सिकार बन्नु पर्ने स्थिति नआउला भन्न सकिदैन । चीनबाट एक जना नेपाली नागरिक सकुसल स्वदेश अस्पतालको कोरोना नेगेटिभ कागज बोकेर आउदा पनि गाउलेहरु कोरोनाको डरले बाघ, भालु आए जतिकै भागे भन्ने समाचार पनि सामाजिक सञ्जालमा नआएको होइन । यसले नेपाली नागरिकहरुको मनोविज्ञानमा नकरात्मक असर पार्ने पक्क देखिन्छ । हामी यो पृथ्वीका चेतनशील प्राणी भन्न कता कता लाज लागेर पनि आउछ । सानो तिनो बिपत पर्दा कमाउ धन्दा गर्नेहरुको झुण्डाहरु यस्तो बिपतको घडीमा पनि अलिकति पनि नहिच्कीच्याई कालो बजारी गर्न भ्याए । फार्मेसीमा गएर मास्क सोध्यो भने रु.४५० भन्छन । सस्तो ख्योज्यो भने छैन सस्तो त । भए पनि रु. १० को मास्क रु. ४० पर्छ रे । यो एउटा अति सामान्य उदाहरण मात्र हो । अरु त कुरै नगरौ । सब्जीको भाउ उस्तै आकासियो । मानब जीवन भने कोठा भित्रै बाकासियो । टाढा टाढाबाट आएर मज्दुरी गर्नेहरुको रोजगारी खोसियो । अब समस्य माथि समस्य थुप्रियो । बाहिर गयो रोगको डर, भित्र आयो भोकको डर अब सुरु हुन्छ सोको डर । घर भाडा कसरी तिर्ने ? भोक कसरी टार्ने ? सबै नाकाहरु शील गरिएका छन । धेरै दिन लगाएर घर हिडेका मज्दुरहरुको कथा उस्तै पिडादायी छ । धर्मको नाममा अन्धविश्वासले उत्तिकै भाइरस पैmलाउन सघाईरहेको छ । दिनानु दिन त्रासदिपूर्ण वतावरण हुदै छ । समाजिक सञ्जाल र युट्युवरहरुबाट भ्यू कमाउने निहुमा अपवाह पैmलाउने र त्रास पैmलाउने काम उत्तिकै भैरह्यो । यसो गर्नले यस्तो भयवाह अवस्थामा मानसिक स्थिति बिग्रेर भाइरसले भन्दा त्रासले मानिसहरुलाई सताउने निस्चित देखिन्छ । हाम्रो समाजको एउर्टा वनको बाघले भन्दा मनको बाघले खाया’े भन्ने उखान चरितार्थ हुनेछ । लेखक यो सङकटको घडीमा सबै मिलेर भाइरस सग लड्नुको कुनै विकल्पनै छैन । सरकारको लक्डाउनलाई सबैले आफ्नो कर्तब्य सम्झेर पालन गर्नु पर्दछ । यो बेला कुनै भाबनामा बग्नेबेला भने पटाक्कै होइन । तर पनि वर्गीय हिसाबबाट हेर्दा रोग भन्दा भोक ठुलो देखिए पछि भने भावनामा बग्न पनि बाध्य बनायो । सामाजिक सञ्जालका माहोल हे¥यो भने विभिन्न परिकार बनाएर पोष्ट गरिएको त कतै भोकै गन्तव्य चुम्न हिडेकाहरुको कथा । कतै समानता छैन । एउटै मानिस हामी किन फरक जीवन हुन्छ यो सन्सारमा ? समान क्षमाता भएका मानिसहरु आफ्नो बाटोमा हिडीरहँदा एउटाले गाडी चढ्ने अवसर पाए ऊ अवश्यै गन्तब्यमा साथि भन्दा पहिला पुग्दछ र उसले विर्सन्छ की अवसरले आफु पहिलो भएको अनि छोडिएको साथिको अपमानमा रमाउन थाल्दछ । यसरी अनगिन्ती कारणले कोही अगाडी कोही पछाडी परेका हामी उस्तै मानिसहरुको समस्य कोरोना भाइरस बनेको बेला भने सरक्षित थात थलो पुख्र्यौली थलो गाउँ घर बन्न थालेको छ । बिदेशलाई अंगालेर गएकाहरु पनि स्वदेश फर्कन थाले । कोरोनाकै कारण खाडी मुलुकमा रोजगारीको निम्ती गएका लाखौ कामदारहरु रोजगार विहिन बनेकै कारण युवाका श्रम बेचेर रेमिटेसबाट चलेको देशमा आर्थिक मन्दि आएको छ । यवा शक्ति बिदेसिएकाले स्वदेशको जमीन बाँझिएको । पैसा रेमिटेन्सबाट आए पनि भारत सँगको ब्यापार घाटाले बाहिरिएको छ । यसरी दिनानु दिन हाम्रो देश पर निर्भर बन्दै गएको छ । गाउ घरमा मर्दा पर्दा धर्म गर्दा सघाउ पघाउमा जनशक्ति छैन । सबै उर्बर युवा शक्ति बिदेसिएकोले देशमा बिकासका लहरहरु मौलिन सकेको छैन । वर्तमान अवस्थामा यस विश्वब्यापी समस्याको बेला हामी नेपालीले यस बिपतको घडीलाई एक सुनौलो अवसरको रुपमा बदलन जरुरी छ । कुनै फलामलाई सुहाउदो आकार दिन आगोमा पोलेर घनले हिर्काउनै पर्छ । त्यसैले यस दुःख र पिडाबाट कत्ति पनि नहडबडाई अवसरमा परिणत गर्नु पर्छ । यो नै हाम्रो देश बनाउने, काठमाण्डौमा थुप्रिएका मानिसहरुलाई गाँउ गाँउमा फर्काउने, बिदेसिएका युव शक्तिलाई स्वदेश फिर्ता ल्याउने, बाँझिएका जमीन उर्बर बनाउने, कृषीमा कायापलट ल्याउने , अर्थलाई चलयमान बनाउने । औद्योगिक व्रmन्ति ल्याई स्वदेसी उत्पादन गर्ने र स्वदेशमै प्रसस्तै रोजगरीको सृजना गर्ने, भारत सँगको सिमा सील गरी ब्यापार घाटामा सन्तुलन ल्याउने सुनौलो अवसको रुपमा बदल्ने उपयुक्त समय हो । त्यस्तै गरी देशको सबै स्थानिय तह सम्म यातायातको राम्रो व्याबस्था गरी उद्योगलाई आवस्यक पर्ने कच्चा पदार्थहरुको लागी पहाडी भेगहरुमा कृषीको अवसरहरु र जंगलका पात देखी जरा सम्म बिव्रmी वितरणको वातावरण बनाउने । मठ मन्दिरमा भन्दा पनि आविश्कारमा लगानी गर्ने, सबै भन्दा मर्यादित पेशाको रुपमा शिक्षकलाई बनाई देशमा विशिष्ट जनशक्तिको उत्पादन गर्ने । उत्खननमा जोड दिने, बिद्युतमा लगानी बढाउने गर्नु पर्दछ । यसरी कोभिड १९ ले विश्व आक्रान्त वनेको वेला यो लाडाईलाई जितन र भविष्यामा फेरी आई पर्ने यसतै भवितब्यबाट सुरक्षित बन्न पनि हामिले यास समयालाइ अवसरको रुपमा लिई अघि बड्नु पर्दछ ।  बिशेष गरी हाम्रो देशमा अर्थले चलयमान रुप लिन सकेको छैन । प्रमुख कुरा त के भने गरीबी र त्यसले बानाई दिएको गरीब मानसिक्ता र कमाउँ र जमाउँले गर्दा अर्थ अचल भएको छ । नेपालमा सर्बप्रथमत जसरी हुन्छ रोजगारीको सृजना गर्नु पर्दछ र बिस्तारै कमाउँ र जमाउँ भन्ने गरीब मानसिक्त परिवर्तन हुदै जानेछ । त्यस्तै गरी शिक्षा र स्वास्थ्यामा पनि ग्यारेन्टी हुन जरुरी छ । जस्ले गर्दा भविष्याको सुनिश्चितता देखिन गई मानिसहरुको तनाब कम भएर मानासिक स्वास्थ्यामा पनि सकरात्मक प्रभाब बढ्दै जनेछ । छिमेकी मुलुक चीनमा कोरोना भाइरसले मानिसहरुलाई सताईरहेको बेला बिभिन्न देशहरुले चीनलाई मजाकको रुपमा उडाए । यसले हामी पृथ्विकेै चेतनशील प्राणी भन्ने परिभाषाले दिल्लगी गरीरहेको देखिन्छ । यो कोरोना भाइरस रोग विस्तारै विश्वमा पैmलिएर माहामारीको रुप लिएर युरोपेली मुलुकहरुलाई थिल्थिलाृे बनाईदियाृे । इटाली, स्पेन, जस्ता युरोपेली मुलुकमा मानब सम्हार गरेको भाइरसले हाल सम्म आईपुग्दा अमेरिकामा सङव्रmमितको सङख्या लगायत मृतकको सङख्या पनि सबै भन्दा उच्च बनायो । सामाजिक सञ्जालमा भने सबैमा पहिलो हुने राष्ट्र भाइरसमा पनि पहिला भएरै छाडे आखिर अमेरिका हो नी भन्दै खिल्ली उडाए । तर बिगतमा जजस्ले मजाक गरे पनि यो बेला मजाक गर्ने बेला भने बिल्कुल होईन । अर्थत्रन्त्रमा एक नम्बरमा पुगेको चीनले कोभिड १९ को लडाई जितेर आपैmलाई मजाक उडाउने राष्ट्रहरुलाई पनि भरपुर सहयोग गरेर मानबता देखाए । अव यहि तथ्यले बुझिन्छ की चीन विश्वमा हरेक कुराले अगाडी आई आफुलाई विश्वकै नम्बर एक राष्ट्रको रुपमा उभ्याइनै सके । चीनले कुनै मजाक नउडाई अरुकौ मजाकलाई पनि सामना गरी सबै पक्षमा विश्वकै एक नम्बर राष्ट्रको रुपमा उभ्याउने अवसर बनाए । त्यसैले हामी नेपालीले पनि यसलाई अवसरकै रुपमा बदल्न जरुरी छ । द्यर इज नो सर्टकट वे टु एचिभ सम्थिङ (कुनै कुराको प्रप्ती गर्ने कुनै छोटो तरीका हुदैन) त्यसमा समय अनि समय माथिको मेहनतले अवश्यै महत्व राख्दछ । कुनै कुरालाई तपाईको दिमागको डेस्क्टपमा ल्याउन वा त्यसलाई धाराप्रबाह बनाउन कम्तिमा एक हजार पटक आबृति हुन जरुरी हुन्छ । त्यसेले पनि समयको महत्व सिकाईमा रहेको हुन्छ । यहि सिद्घान्तमा रही समयको महत्व बुझी मेहनतले आजैबाट काममा आवश्यक आबृति पुर्याउन मेहनतले अघि बढौँ अवश्यै हाम्रो देश सबै कुरामा आत्म निभर हुनेछ र भबिष्यामा बिदेशमा रोएर बस्नु पर्ने स्थितिबाट जोगिन सक्छौँ । सुखी, सम्पन्न र सम्मृद्घिले हाम्रो देश फुल्नेछ । एक ठाँउमा घाम लाग्दा अर्को ठाँउमा छाँया भनेझै राहत बितरणमा पनि अनियमितता छाएको बेला कहिले पत्रकारहरुको दादागिरी कहिले नेपल प्रहरीको दादागिरी त कहिले जनप्रतिनिधिकै दादागिरी र कहिले जनताकै दादागिरी पनि देखियो । जहा जस्को बढी पहुँच उसैको दादागिरी बढी देखिन स्वाभाबिक पनि हो । तर पनि यसतो बिपतको बेला आआफ्नै ठाँउबाट आफ्नै लागि हो भनी बुझेर अनुसासित र सम्यम रहनु नै बुद्घिमत्त ठहरिएला । ठग्नेहरुको भिड भित्र सहयोग गर्नेहरु पनि त प्रसस्तै भेटिएका छन । यस्ता उदाहरणीय काम गर्नेहरुलाई सबैले साधुबाद टक्य्राउन बिर्सन हुन्न । हामी एउटै देशमा भएर पनि कसै कसैमा सहयोगी भावना त कसैमा लुटको भावना चै कसरी भयो होला त ? आजको मिति २०७७ साल बैशाख ६ गतेका दिन फ्रान्सबाट आएकी १९ बर्षीय नेपाली नारीले कोभिड १९ लाई जितेर टेकु अस्पतालबाट डिस्चार्ज हुनुभएको छ भने सुगर र दमको बिरामी एक महिलाले पनि उक्त भाइरसलाई परजय गरी घर फर्कीसक्नुभएको छ । यस्ले दिर्गरोगीहरुले पनि कोभिड १९ भाइरसलाई जीतन सकिन्छ भन्ने एउटा गतिलो उदाहरण दिएको छ । यसबाट के सिक्न जरुरी छ भने हामी सबै स्वदेशमै सुरक्षित छौँ त्यसैले नेपालमै बसेर देशकै विकास गर्यौ भने अवश्यै यो विपतको घडीलाई एक सुनौलो अवसरको रुपमा बदल्न सक्छौँ ।

अब नियमित रुपमा सुनचाँदीको दरभाउ प्रकाशित

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारदेखि सुनचाँदीको दरभाउ प्रकाशित गर्ने भएको छ । कोरोना भाइरसको कारण गत चैत ११ गतेबाट सुरु भएको लकडाउनका कारण सुनचाँदीको ब्यवसाय पनि बन्द गरेसँगै र दरभाउ वितरण समेत स्थगित गरिएको थियो । पछिल्ला दिनमा लकडाउनको मोडालिटी परिवर्तन गर्ने प्रकृया शुरु भएको भन्दै सोही बमोजिम नेपाल सरकारले बिभिन्न जिल्ला प्रशासन, सम्वन्धित उद्योग वाणिज्य संघको संयुक्त सहमतिमा केही घण्टा व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गरेकाे हाे । साेही अनुसार सुनचाँदी ब्यवसाय पनि आंशिकरुपमा सञ्चालन हुने नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रवक्ता मनाेज कुमार शाहले जानकारी दिएका छन् ।  

छर्ने बेलासम्म धानको बीउ अभाव

कपिलवस्तु । शिवराज नगरपालिका– ३ खरेन्द्रपुरका निसार अहमदको खेत जोतेर धानको बीउ छर्न ठीक्क छ । घर नजीकैको एक कठ्ठा जग्गामा धानको बीउ छर्ने तयारीका लागि सबै जोरजाम गरिसकेकाे तर धानको बीउ कहाँबाट ल्याउने भन्ने चिन्तामा छन् । बुद्धभूमि नगरपालिका –७ मानपुरका राधेश्याम यादवले पनि धानको बीउ छर्नका लागि खेत तयार बनाएका छन् । उनी दुई कठ्ठा खेतमा धानको बीउ छर्न लाग्दै छन् तर धानको बीउ नपाएपछि समस्यामा रहेका छन् ।  कोभिड –१९ का कारण नेपाल र भारत सिमाना बन्द भएपछि किसान समस्यामा छन् । यसअघिका वर्षमा कृषकहरु भारतबाट हाइब्रीड जातको धानको बीउ ल्याएर छर्ने गर्थे । यसपटक सीमा बन्दका कारण बीउ किन्न जान नपाउँदा छर्ने समय हुँदासम्म पनि बीउको जोहो हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलसँग हाइब्रिड धानको बीउ भारतबाट आयात गर्ने व्यवस्था मिलाउन आग्रह गरिए पनि कुनै पहल नभएको किसानले गुनासो गरेका छन् । कपिलवस्तु किसान संघले धानको बीउका लागि पटक पटक ध्यानाकर्षण गराउँदा समेत कुनै पहल नभएको किसान संघका अध्यक्ष अनुप चौधरीले बताए । उनले भने, “यस समयमा धानको बीउ नपाइए किसान भोकै बस्ने अवस्था आउन सक्छ, त्यसैले बीउ समयमा उपलब्ध हुने व्यवस्था गर्नुपर्छ ।” प्रजिअ पौडेलले नेपाल भारत सिमानामा आवतजावत गर्न पूर्ण रुपमा बन्देज रहेकाले कुनै पनि समाग्री ल्याउन नसकिने बताए । किसानको समस्याका विषयमा गृह मन्त्रालयमा जानकारी गराइएको तर सिमानाका विषयमा कुनै निर्देशन नआएकाले केही भन्न नसकिने प्रजिअ पौडेलले जानकारी दिए । उनले भने, “यो राष्ट्रिय समस्या भएकाले संघ र प्रदेश सरकारबाट समाधान गर्नुपर्ने हुन्छ ।” यहाँका किसानले लामो समयदेखि भारतबाट सभा, सम्पूर्ण, काबेरी, गोरखनाथ जस्ता भारतीय हाइब्रिड जातको धान ल्याउने गरेका छन् । जिल्लामा कुल खेतीयोग्य जमीन ८३ हजार हेक्टरमध्ये ७२ हजार हेक्टरमा धान खेती गर्ने गरिन्छ । यसबाट २ लाखभन्दा बढी मेट्रिक टन धान उत्पादन हुने गरेको जनाइएको छ ।   रासस