नविल बैंकले ल्यायो युवा लक्षित नयाँ योजना, आकर्षक ब्याजको व्यवस्था

<p>काठमाडौं । नविल बैंकले युवा पुस्ताका लागि &#8216;नविल जेनेरेशन एकाउन्ट&#8217; नामको खाता सञ्चालनमा ल्याउने भएको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै बैंकले घरबाट उक्त खाता खोल्ने याेजना ल्याएकाे हाे । बैंकले सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले, बिद्युतिय प्रणालीलाई प्रोत्साहन गर्दै &#8216;नविल जेनेरेशन एकाउन्ट&#8217; संचालनमा ल्याएको जानकारी दिएको छ । समुदायमा घातक रोगहरुको प्रभाव [&hellip;]</p>

काठमाडौं । नविल बैंकले युवा पुस्ताका लागि ‘नविल जेनेरेशन एकाउन्ट’ नामको खाता सञ्चालनमा ल्याउने भएको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै बैंकले घरबाट उक्त खाता खोल्ने याेजना ल्याएकाे हाे ।

बैंकले सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले, बिद्युतिय प्रणालीलाई प्रोत्साहन गर्दै ‘नविल जेनेरेशन एकाउन्ट’ संचालनमा ल्याएको जानकारी दिएको छ ।

समुदायमा घातक रोगहरुको प्रभाव दिन प्रतिदिन बढ्दो क्रममा रहेको तथा तिनको उपचारार्थ अत्याधिक व्यय भार हुने कुरालाई ध्यानमा राख्दै यस्तो घातक रोग लागेको अवस्थामा उपचारको क्रममा नै केहि आर्थिक सहयोग समयमै पुर्याउने उद्देश्यका साथ आफ्ना बचतकर्ताको सुरक्षण सहित नबिल बैंकले १३ प्राणघातक रोगहरु तथा दुर्घटना बिमा सुविधा समेत प्रदान गर्नेछ ।

‘नविल जेनेरेशन एकाउन्ट’ नयाँ सोच र नयाँ जोस बोकेका प्रबिधिमैत्री व्यक्तिहरुलाई लक्षित गरिएको छ । १८ बर्ष माथिका नेपाली नागरिकले उक्त खाता खोलि यसको लाभ लिई सक्नेछन । यो योजनाले डिजिटल बैंकिङ्गमा नयाँ युगको सुरुवात गर्नेमा नबिल बैंक बिश्वस्त छ ।

हालसम्म नविल बैंकका १ सय १८ शाखा, १ सय ७५ एटिएम र १ हजार ५ सयभन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको रहेका छन् ।

Share News