डिशहोमकाे योजनाका विजेताले पाए एक/एक लाख रुपैयाँ
काठमाडौं । डिशहोमकाे ‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ नामक योजनाका विजेताले प्रतिव्यक्ति एक लाख रुपैयाँ नगद पाएका छन् । उक्त योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति एक लाख रुपैयाँ नगद पाएका हुन् । जेठ २३ गते शुक्रबार देखि जेठ २९ गते बिहिबार सम्म फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई जेठ ३० गतेको लाइभ लक्की ड्रमा समावेश गरिएकाे थियाे । लक्की ड्रबाट डिशहोमको सेटअप बक्सको क्यासआईडी नंम्बर ७१९१२२५३७०६, ०२५५८०९९६८७ लाई विजेता घोषणा गरिएको छ । विजेताहरुलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ नगद उपहार प्रदान गरिने भएको छ ।
सङ्घीय संसद् सेवाको सचिव पदमा खड्काको बढुवा
काठमाडाैं । सङ्घीय संसद् सचिवालयको रिक्त सचिव पदमा सहसचिव सुदर्शन खड्काको बढुवा भएको छ । संसद् सेवामा ५१ सालमा प्रवेश गरेका सहसचिव खड्का पछिल्लो समय राष्ट्रियसभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सचिवका रुपमा कार्यरत थिए । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा रहेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयअनुसार उनी सचिवमा बढुवा भएका हुन् । सङ्घीय संसद् सेवाको महासचिवमा डा. भरतराज गौतमको नियुक्ति भएसँगै सङ्घीय संसद् सेवाका दुईमध्ये एक सचिव पद रिक्त थियो । यसअघि सचिव खड्कासँग प्रतिनिधिसभा, उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता समिति र राज्यव्यवस्था तथा सुशासन समितिको सचिवका रुपमा समेत काम गरेको अनुभव छ । रासस
सशस्त्रकाे गोली लागेर मृत्यु भएका भारतीय नागरिकको पहिचान खुल्यो, को हुन् उनी ?
काठमाडौं । शुक्रबार नेपाल सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका भारतीय नागरिकको पहिचान खुलेको छ । उनी भारत सितामढी जिल्लाको सोनवर्सा थाना अन्तर्गतको पिपरा परसाइ बस्ने २५ वर्षिय पुरुष भएको बताइएको छ । सशस्त्रको गोली लागेर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो । उनकी छातीमा गोली लागेको बताइएको छ। घटनामा घाइते भएका अन्य दुईजनाको उपचार सितामढी अस्पतालमा भइरहेको बताइएको छ। उनीहरूको खुट्टामा गोलीको चोट लागेको बताइएको छ। नेपालतर्फ घाइते हुनेहरूमा एक हवल्दार र दुई जना प्रहरी जवान रहेको र उनीहरूको सामान्य अवस्थामा उपचार भइरहेको बताइएको छ। उक्त सीमा सुरक्षा चौकीमा नौ जना प्रहरी कार्यरत रहेका थिए। कोरोनाभाइरसको महामारीका कारण देशभर सरकारले लकडाउन लागु गरेको बेला त्यहाँ पनि मानिसहरुको आउजाउ रोक्न सशस्त्र प्रहरीले सुरक्षा तथा निगरानी चौकी स्थापना गरेको थियो। याे पनि पढ्नुस्: भारतीयको बारम्बारको आक्रमण सहन नसकेपछि शसस्त्रले गोली ठोक्यो, एक जनाकाे मृत्यु
यी मापदण्ड पूरा गरेर मात्रै खुलाउन पाइन्छ उद्योग, व्यापार र पसलहरु
काठमाडौं । सरकारले शुक्रबारदेखि सबै उद्योग, व्यापार र पसल खोल्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेसँगै उनीहरूले मापदण्ड पुरा गरेर आफ्नो व्यवसाय सञ्चालन गर्न पाउने भएका छन् । उद्योगीहरुले पनि उद्योगधन्दा बन्द भएको कारण अर्थतन्त्रमा असरका परेकोले पुर्णरुपमा उद्योग खुलाउन सरकारसगँ माग गरिरहेका थिए । साेहि अनुसार सरकारले मापदण्ड पुरा गरेर मात्रै खोल्न निर्देशन दिएको हाे । यस्तो छ मापदण्ड लकडाउन अवधिभर उत्पादन प्रक्रियामा संलग्न श्रमिक कामदारलाई उद्योग प्रतिष्ठानले छुट्टै स्थानमा राख्ने बन्दोबस्त मिलाई काममा लगाउनु पर्ने छ । आफ्नो प्रतिष्ठान भित्र पर्याप्त स्थान नभएमा उक्त प्रतिष्ठान रहेको स्थानीय निकायको समन्वयमा सम्बन्धित वडाभित्रका सार्वजनिक, सामुदायिक भवन वा सरकारी तथा निजी विद्यालय वा खाली स्थानमा स्थानीय व्यक्तिहरुसंग सम्पर्क नहुने गरी सुरक्षित आवास तथा खाना/खाजाको व्यवस्था गर्ने व्यवस्था छ । यस सम्बन्धी खर्च सम्बन्धित उद्योग प्रतिष्ठानले व्यहोर्ने पर्ने छ । आवास स्थलदेखि उद्योग प्रतिष्ठान रहेको स्थानसम्म श्रमिकहरुलाई स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षित परिवाहनको व्यवस्था मिलाउनु पर्ने छ । उद्योगहरुले कार्यस्थललाई अनिवार्य रुपमा स्यानिटाइजेशन गर्ने र नियमित स्वास्थ्य जाँच तथा स्वास्थ्य सुरक्षाको सुनिश्चितता गरी उद्योग व्यवसायहरु सञ्चालन गर्ने व्यवस्था सम्बन्धित उद्योग प्रतिष्ठानले मिलाउन पर्ने छ । उद्योग/प्रतिष्ठानको व्यवसायिक कार्यालयहरु (कर्पोरेट अफिस) मा काम गर्ने उद्योगी तथा कर्मचारीको हकमा कूल कर्मचारी संख्याको एक तिहाई र सवारी साधन एक चौथाई संख्यामा नबढ्ने गरी न्यूनतम संख्याबाट कार्यालय/प्रतिष्ठान संचालन गर्नु पर्ने छ । स्थानीय प्रशासनले तोकेको समयमा मात्र आवागमन गर्नु पर्ने छ । कार्यालय र उद्योगमा न्यूनतम स्वास्थ्य सामाग्री जस्तै मास्क, पञ्जा,स्यानिटाइजर तथा सावुन पानीको व्यवस्था गरी सामाजिक दूरी समेत कायम गर्ने । उद्योगमा काम गर्ने कामदार कर्मचारीको दैनिक सामान्य स्वास्थ्य जाँच जस्तै ज्वरो मापन गर्ने व्यवस्था गर्नपर्ने छ । कुनै कामदार कर्मचारीलाई कोभिड-१९ को लक्षणको आशंका भएमा परीक्षणको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा पठाउने छ । उद्योग सचिव चन्द्र कुमार घिमिरेले नयाँ निर्देशन आउने क्रममा रहेको बताए । अब सबै उद्योग स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार नै सञ्चालन हुने छन् । ‘उद्योगमा न्यूनतम स्वास्थ्य सामाग्री जस्तै मास्क, पञ्जा,स्यानिटाइजर तथा सावुन पानीको व्यवस्था गरी सामाजिक दूरी गरि सबै उद्योग सञ्चालन हुने छ,’ घिमिरेले भने । लकडाउन सुरु भए पछि अति आवश्यकभन्दा बाहेकको उद्योग चैत ११ गतेदेखि बैशाख २६ गतेसम्म पुर्ण रुपमा बन्द रहेको थिए । त्यसपछि बैशाख २६ गते बसेको मन्त्रपरिषद्को बैठकले ४४ प्रकारको उद्योग खोल्ने निर्णय गरेको थियो ।
स्वास्थ्यकर्मीको सुरक्षा खोइ ? उल्टै सरकारी धाकधम्की ?
सन् २०१९ को अन्तिमतिर चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड– १९) को संक्रमणबाट अहिले नेपालसहित विश्वभरका प्रायः सबैजसो मुलुक आक्रान्त छन् । स्वास्थ्य प्रणाली तुलनात्मकरूपमा राम्रा भएका अमेरिका र युरोपका इटाली र स्पेनमा यो रोगका कारण ज्यान गुमाउनेको संख्या कोरोनाको उद्गमस्थल चीनको भन्दा बढी भइसकेको छ । इटली र स्पेनको स्वास्थ्य प्रणालीले धान्न नसक्ने स्थिति उत्पन्न भएको छ भने अमेरिका त्यस्तै अफ्ठेरो स्थितिबाट गुज्रिरहेको छ । कोरोना संक्रमण नियन्त्रण गर्न चीनले गरेको अथक र योजनाबद्ध प्रयासको विश्वभरि नै प्रशंसा भएको छ । कतिपय मुलुकका विज्ञ, राजनीतिज्ञ र सञ्चारमाध्यमले चीनले संक्रमणको जानकारी धेरै समय लुकाएकाले विश्वभरि फैलिएर असीमित धनजनको क्षति भएको भनी आलोचना पनि गर्दै आइरहेका छन् । आफैँ पनि कोरोनाको ठूलो महामारी झेलेर भर्खरै केही त्राण पाउँदै गरेको चीनले नेपाललगायत विश्वभरका करिब एक सयभन्दा बढी मुलुकलाई रोग नियन्त्रणमा गरेको भौतिकलगायत स्वास्थ्य क्षेत्रको सहयोग सराहनीय छ । विश्वभर सहयोग गर्न उसले देखाएको तत्परताले उसले जानाजान सूचना नलुकाएको स्पष्ट भइरहेको छ । नयाँ महामारीको विरुद्धमा चीन सरकार र चिनियाँ स्वास्थ्यकर्मीको कडा मेहनतले न्यूनतम क्षतिमा ठूलो ज्ञान र अनुभव प्राप्त गरेको हो । नेपालको सन्दर्भमा भने ‘दिन दुइगुना र रात चौगुना’का दरले प्रतिदिन बढिरहेको संक्रमण नियन्त्रणमा ‘कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ अहिले पनि कानमा तेल हालेर प्रभावकारी सुरक्षाका उपाय अवलम्बन गराउनतर्फ खासै अग्रसर नभएको पाइएको छ । आम नागरिकले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सजकता र धैर्यता अपनाउनु आवश्यकता हुँदाहुँदै कोरोना महामारी फैलन नदिन लागु गरिएको लकडाउनलाई सफल बनाउन खटिएका सुरक्षाकर्मीलाई पनि गुणस्तरीय माक्स र सुरक्षा उपकरणको व्यवस्था गरिनुपर्ने अर्को पाटो छँदैछ । यसमा केन्द्रीय सरकारले प्रदेश सरकार र स्थानीय निकायहरुलाई समन्वयात्मकरुपमा अझै गतिशील बनाएर परिचालन गर्न आवश्यक रहेको छ भने सातै प्रदेशमा कोरोना भाइरस परीक्षण प्रयोगशाला यथाशीघ्र सञ्चालन गनुपर्ने आम चासो पाइएको छ । यसैगरी सामाजिक र निजी संघ/संस्थाले चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा सामग्रीको व्यवस्थाका लागि गरिरहेको पहललाई सकारात्मक रुपमा लिई सरकारले प्रोत्साहन गर्न र सहयोग पुर्याउन नितान्त आवश्यक छ । लकडाउनका कारणले दैनिक ज्यालादारी गर्दै जीवनयापन गरिरहेका श्रमिक, कृषि मजदूरलाई खाद्यान्नको व्यवस्था गर्न स्थानीय निकाय, व्यावसायिक र सामाजिक संघसंस्था तथा राजनीतिकर्मीले समन्वय गरी गतिशील भूमिका निर्वाह गर्न अत्यावश्यक छ । लेखक विश्वभर रहेका नेपालीको स्वास्थ्य र सुरक्षाको लागि कूटनीतिक निकायले सक्रियता बढाउनुपर्ने, लकडाउनका समयमा नेपालभर दीर्घरोगी तथा नियमितरुपमा चिकित्सकको परामर्शमा औषधि सेवन गरिरहेका विरामी तथा अन्य रोगका किरामीलाई उपचारको आवश्यक प्रबन्ध गर्न आवश्यक छ । दैनिक उपभोग्य खाद्य पदार्थ आपूर्तिको व्यवस्था गर्न एवं फोहर व्यवस्थापन गर्न ध्यान पुर्याउनुपर्ने अर्को टड्कारो आवश्यकता बनिसकेको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारलाई आम जनताको पूर्ण साथ एवं सहयोग भइरहेको अवस्थामा समेत सरकारले तत्काल उपरोक्त विषयमा गम्भीरतापूर्वक ध्यान नदिनु उसको अकर्मण्यता हुन्छ । अत्यन्त धेरै होसियारी गर्दा पनि चीन, इटलीलगायत मुलुकमा धेरै स्वास्थ्यकर्मीहरूले ज्यान गुमाएका छन् । नेपालमा पनि निदानुदिन संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहने स्वास्थ्यकर्मीका लागि पर्याप्त सुरक्षाका खातिर आवश्यक स्वास्थ्य उपकरण, परीक्षण किट तथा सामग्रीको उचित व्यवस्था गरिनुपर्छ । कोरोना नियन्त्रण तथा उपचारका लागि आवश्यक चिकित्सा र स्वास्थ्य उपकरण विदेशबाट अबिलम्ब आयात गर्न अत्यावश्यक छ । स्वास्थ्यकर्मी र कोभिड– १९ संक्रमण भएकासँग प्रत्यक्ष संलग्न हुनुपर्ने (एम्बुलेन्सचालक)लाई स्तरीय पिपिईलगायतको सुरक्षा सामग्रीको व्यवस्था, ती सामग्री प्रयोगमा ल्याउन चाहिने राम्रो तालिम अपरिहार्य छ । स्तरीय पिपिईलगायत उपकरण व्यवस्था गरेपछि पनि स्वास्थ्यकर्मीले खुट्टा कमाएको खण्डमा बल्ल उनीहरूको आलोचना जायज हुन्छ । यतिबेला कोभिड– १९ को संक्रमण नियन्त्रणमा खटिएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री उपलब्ध गराई सबैको साथ र सहयोग जरुरी छ । भर्खरै संसदमा प्रस्तुत बजेटमा कोरोना तथा संक्रामक रोग नियन्त्रणमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि पाँच लाखको निःशुल्क स्वास्थ्य बिमा गर्ने भनिएको छ । सरकारले कोरोना तथा अन्य संक्रामक रोगको उपचारमा खटिने सबै स्वास्थ्यकर्मीलाई निःशुल्क स्वास्थ्य बीमा गरिने जानकारी दिएपनि त्यो कुन तह र तप्काकालाई भन्ने स्पष्ट छैन । स्वास्थ्य क्षेत्रका लागि विनियोजित ९० अर्ब ६९ करोड रुपैयाँ साँच्चिकै कोरोनाले महामारीको रुप लियो भने पर्याप्त छ ? यसअघि सरकारले जोखिम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीका लागि घोषणा गरेको शतप्रतिशत विशेषभत्ताको कार्यान्वयन अहिलेसम्म भएको छैन् । प्रत्यक्षरुपमा संक्रमितको उपचार र नियन्त्रणमा संलग्न स्वास्थ्यकर्मीलाई सरकारले आवश्यक भौतिक सुरक्षाको न्यूनतम मापदण्डसमेत पूरा गर्न सकेको छैन् । जसले जे भनेपनि ‘आगोको झिल्का’ जसरी विश्वभरी फैलिरहेको कोरोनाविरुद्धको युद्धमा फ्रन्टलाइनका योद्धा भनेका स्वास्थ्यकर्मी नै हुन् । उनीहरूको सुरक्षालाई ध्यान नदिने, उनीहरूको शारीरिक र पारिवारिक सुरक्षा नहुने हो भने उनीहरूलाई यो ‘अदृश्य दुस्मन’सँगको युद्धमा अगाडि बढ्ने आत्मवल नहुन सक्छ । कारबाहीको डर र धाकधम्कीले यस्तो वेलामा उनीहरूसँग राज्यले काम लिन सक्दैन् । यतिबेला कोरोना महामारीका कारण विश्व नै त्रसित बनिरहेको छ । पछिल्लो जानकारीअनुसार गत ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख १३ हजार नाघेको छ । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरी संक्रमित हुने मानिसको संख्या ७४ लाख नाघेको छ । नेपालमा पनि १६ जनाको ज्यान लिइसकेको कोरोनाबाट संक्रमितको संख्या ५ हजार नाघिसकेको छ । जसले जे भनेपनि ‘आगोको झिल्का’ जसरी विश्वभरी फैलिरहेको कोरोनाविरुद्धको युद्धमा फ्रन्टलाइनका योद्धा भनेका स्वास्थ्यकर्मी नै हुन् । उनीहरूको सुरक्षालाई ध्यान नदिने, उनीहरूको शारीरिक र पारिवारिक सुरक्षा नहुने हो भने उनीहरूलाई यो ‘अदृश्य दुस्मन’सँगको युद्धमा अगाडि बढ्ने आत्मवल नहुन सक्छ । कारबाहीको डर र धाकधम्कीले यस्तो वेलामा उनीहरूसँग राज्यले काम लिन सक्दैन् । उनीहरूलाई विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारका व्यक्तिगत सुरक्षा सामग्री (पिपिई)समेत नदिएर कार्य क्षेत्रमा खटाउन नैतिक रूपले पनि कुनै मुलुकका लागि उचित हुँदैन् । अहिले पनि सरकार र मिडियाले मात्र नभई सामाजिक सञ्जालमासमेत कोरोना रोगको संक्रमणको आशंका गरिएका बिरामी जाँदा अस्पतालले भर्ना लिन नमानेका, चिकित्सक डराएका, निजी अस्पतालले लापरबाही गरेका भनी आलोचना सुन्दै आइरहेका छौँ । कोरोना महामारीका बेला फ्रन्टलाइनमा काम गर्ने चिकित्सक एवं स्वास्थ्यकर्मीको भूमिका त महत्वपूर्ण हुने नै भयो योसँगै अस्पताल व्यवस्थापनको पनि त्यत्तिकै महत्पूर्ण भूमिका हुने गर्छ । महामारीका बेला खटिने स्वास्थ्यकर्मीको व्यवस्थापन अस्पतालले गर्ने हो । कसलाई कसरी ड्युटीमा राख्ने उनीहरुलाई कसरी सुरक्षित बनाउने, के–कस्ता सेवासुविधा दिने भन्ने अस्पताल व्यवस्थापनभित्र नै पर्छ । चिकित्सक, स्वास्थ्यकर्मीका साथै कर्मचारीको पनि सुरक्षामा ध्यान दिँदै उनीहरुलाई ड्युटीमा लगाउने र यस्तो संकटका बेला कर्मचारीलाई व्यवस्थापन गर्ने काम अस्पताल प्रशासनले चुस्त दुरुस्त गर्नुपर्ने हुन्छ । तर, कतिपय अस्पतालमा चिकित्सकलाई मात्रै पिपिई दिएर बाँकी नर्स र अन्य स्वास्थ्यकर्मीलाई सुरक्षाका कुनै सामग्री उपलब्ध नगराइएको पाइएको छ । के कोरोनाले ति नर्स र स्वास्थ्यकर्मीलाई निरीह भनेर छोड्ने हो र ? होइन् भने कोरोना रोकथाममा चिकित्सकसँगै खटिने ती नर्स र स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) प्रदान गर्न किन हिच्किचाहट ? के यस्तो अवस्थामा ती नर्स र स्वास्थ्यकर्मीले दिलचस्पी लगाएर काम गर्ने वातावरण सिर्जना हुनसक्छ ? त्यसैले कोरोना संक्रमितका लागि खटिने सबै चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीलाई समान रुपमा व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराइनुपर्छ अनि मात्र उनीहरुले ढुक्ककासाथ काम गर्न सक्छन् । हरेक पेशाका आ-आफ्ना संगठन छन् । ती संगठनमा आवद्ध कर्मचारीहरुले यो महामारीका समयमा कसरी काम गरिरहेका छन् भन्ने हेक्कासमेत संगठन नेतृत्वलाई छैन् । निर्वाचनताका मिठा भाषण गर्ने र यो महामारीका समयमा झिङ्गो पनि नमार्ने भएपछि उनीहरुको राजनीतिमात्रै अभिष्ट हो भन्ने ज्वलन्त उदाहरण नर्सिङ पेशामा देखिएको छ । मुलुकभरका नर्सहरुको छाता संगठन नर्सिङ एसोसियशन नेपाल (नान)समेत यतिबेला नर्सहरुको रेखदेखका लागि आफ्नो सक्रिय सहभागिताबाट पन्छिन खोजेको स्पष्ट पाइएको छ । विपद्का बेला आफ्ना नर्सिङ सदस्यहरुको उचित सुरक्षा र उनीहरुको हकअधिकारका लागि प्रभावकारी भूमिकाबाट टाढा हुन खोजेको स्पष्ट छ । यस्तो महामारीमा पनि आफ्नो परिवार र आफ्नो सुरक्षाभन्दा पनि संक्रमितको सुरक्षामा कटिवद्ध नर्सहरुको उचित व्यवस्थापनमा कुनैपनि निकाय मौन रहनु हुँदैन् । कुनै अस्पतालमा ५०० भन्दा बढि नर्सिङ पेशामा रहेका नर्सहरुका लागि २०० सयको हाराहारीमा माक्स मात्रै बाडेर सुरक्षाको प्रत्याभूत खोज्नु नानको लागि महङ्गो सावित हुने देखिन्छ । मुलुकभरका सबै नर्सहरुको सुरक्षाका लागि आवश्यक रुपमा व्यक्तिगत सुरक्षा सामग्रीको पर्याप्तता छ/छैन भन्नेतिर ध्यान पुर्याउन आवश्यक छ । चिकित्सकभन्दा अग्रभागमा रहेर संक्रमितको सम्पर्कमा रहने नर्सहरुका लागि व्यक्तिगत सुरक्षा सामग्रीको भरपूर व्यवस्थापनमा नानजस्ता निकाय अग्रसर हुनैपर्छ । कोरोना महामारीको नियन्त्रण गर्न स्वास्थ्यकर्मीहरूले निःसन्देह महत्वपूर्ण भूमिका खेल्दै आइरहेका छन् । देशभित्र यसको प्रकोप फैलिन नदिन स्वास्थ्यकर्मीहरूले मेरुदण्डकारुपमा सेवा प्रदान गरिरहेका छन् । स्वास्थ्यकर्मीहरूले कोरोनाको जोखिमको सामना गरी सम्भाव्य संक्रमणबाट समुदायलाई बचाउन महत्वपूर्ण प्रयास गरिरहेको अवस्थामा व्यक्तिगत सुरक्षा सामग्री (पिपिई)को प्रयोगमा यस्ता असमानताका कारणहरुले स्वास्थ्यकर्मीहरूमा मानसिक तनाव, थकान, पेशागत कार्यदक्षतामा हतोत्साह र लाञ्छनाजस्ता जोखिममा पर्न सक्छन् । तसर्थ, हरेक अस्पताल व्यवस्थापनले कोरोना उपचार तथा संक्रमण नियन्त्रणमा खटिने चिकित्सकसहित सबै सुरक्षाकर्मीलाई भरपर्दो र गुणस्तरीय सुरक्षा सामग्री (पिपिई) प्रदान गरेर उनीहरुको आत्मवल बढाउन जरुरी छ ।
कान्ति बाल अस्पतालमा अनलाइन मार्फत टिकट लिने व्यवस्था सुरु
काठमाडौं । कान्ति बाल अस्पतालले अनलाइन मार्फत टिकट लिने व्यवस्था सुरु गरेको छ । अस्पतालले एक विज्ञप्ती जारी गर्दै अनलाइन मार्फत टिकट लिने व्यवस्था सुरु गरेको जनाएका हाे । याे सेवा सुरु भएसँगै अब ओपिडी सेवा लिन आउने सेवाग्राहीले अनलाइनबाटै टिकट लिन सक्ने छन्। सेवाग्राहीले कान्ति चिल्ड्रेन हस्पिटल नामकको एप्स मोबाइलमा डाउनलोड गरेर टिकट लिन सक्ने अस्पतालले जनाएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले शुक्रबार उक्त एप्सको शुभारम्भ गरेका थिए । हालकाे लागि एप्स प्स एन्ड्रोइड मोबाइलहरुमा उपलब्ध भएको र एप्पलमा उपलब्ध हुन केही समय लाग्ने अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेलले जानकारी दिए।
निकासी प्रवर्धन गर्न नयाँ कानून ल्याइँदै
काठमाडाैं । सरकारले स्वदेशी श्रम तथा सीप र कच्चा पदार्थ प्रयोग गरी उत्पादित वस्तुको निकासी प्रोत्साहन गर्ने लक्ष्यका साथ नयाँ कानून प्रस्ताव गरेको छ । सङ्घीय संसद् सचिवालयमा दर्ता भई हाल सांसदहरुलाई वितरण गरिएको ‘निकासी पैठारीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा व्यापार घाटा घटाउने लक्ष्यका साथ निकासीलाई विशेष प्राथमिकतामा राखिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले संसद्मा पेश गरेको सो विधेयकलाई ‘निकासी पैठारी (नियमन) ऐन, २०७६’ नाम दिइएको छ । स्वदेशी सीप र कच्चा पदार्थ प्रयोग गरी उत्पादित वस्तु वा त्यस्तो वस्तुुसँग सम्बद्ध सेवाको निकासीलाई प्रोत्साहन गर्न सरकारले त्यस्ता वस्तु वा सेवाको निकासीमा विशेष सुविधा तथा सहुलियत प्रदान गर्ने विषयलाई प्रस्तावित विधेयकले प्रमुख प्राथमिकतामा राखेको छ । सरकारले प्रदान गर्ने सुविधा वा सहुलियतसम्बन्धी व्यवस्था भने नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेबमोजिम हुने प्रबन्ध गरिएको छ । नेपालमा उत्पादन भएका वस्तु स्थानीय बजारबाट खरिद, सङ्कलन, प्रशोधन वा प्याकेजिङ गरी निकासी गर्ने प्रयोजनका लागि सरकारले निर्यात गृह स्थापना गर्न वा गराउन सक्ने व्यवस्थासमेत विधेयकमा गरिएको छ । निकासी हुने वस्तुको सरकारले उत्पत्तिको प्रमाणपत्र जारी गर्नेछ । मन्त्रालय मातहतको कुनै निकाय वा प्रचलित कानूनबमोजिम स्थापित संस्थाले उत्पत्तिको प्रमाणपत्र जारी गर्न सक्ने गरी आवश्यक व्यवस्था गर्न सक्ने व्यवस्था विधेयकमा छ । विधेयकले निकासी प्रवद्र्धन कोष स्थापना गर्ने व्यवस्था गरेको छ । निकासी प्रोत्साहन एवं प्रवद्र्धन गर्न स्थापना हुने कोषले आवश्यकताअनुसार रकमसमेत उपलब्ध गराउने र कोषको सञ्चालन तोकिएबमोजिम हुनेछ । विधेयकले निकासी वा पैठारीमा केही वस्तुमा भने रोक लगाउन सक्ने प्रबन्ध गरिएको छ । त्यसमा लोपोन्मुख जीवजन्तु, पशुपक्षी, वनस्पति तथा प्राकृतिक स्रोत, कालात्मक ऐतिहासिक, पुरातात्विक वा सांस्कृतिक महत्वका वस्तु एवं सम्पदा रहेका छन् । विदेशी व्यक्तिबाट कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ प्राप्त गरी कुनै वस्तुको आंशिक वा पूर्णरुपमा निर्माण, उत्पादन, प्रशोधन वा डिजाइनमा परिवर्तन गरी तयार भएको वस्तु पुनः सोही विदेशी व्यक्तिलाई वा त्यस्तो व्यक्तिले तोकेको अन्य व्यक्तिलाई तोकिएबमोजिम प्रक्रिया पूरा गरी निकासी गर्न सक्ने व्यवस्था गरिएको छ । निकासी गर्दा नेपाल तथा सम्बन्धित मुलुकबीच व्यापारसम्बन्धी सम्झौता भएको त्यस्तो सम्झौताको प्रतिकूल नहुने गरी निकासी गर्नुपर्ने छ । विधेयकमा कुनै मुलुकबाट पैठारी गरिएको वस्तु नेपालको कुनै भन्सार क्षेत्र वा सुक्खा बन्दरगाहमा राखी अर्को मुलुकमा तोकिएको अवधिभित्र निकासी गर्न सकिने छ । सङ्केत नम्बर नदिई कुनै पनि वस्तुको निकासी गरेमा, इजाजत नलिई वगा बन्देज लगाइएको वा नियन्त्रणमा गरिएको वस्तु वा सेवाका निकासी गरेमा कारवाही हुने व्यवस्था विधेयकमा गरिएको छ । विधेयकले १० लाखदेखि एक करोड रूपैयाँसम्मको कारवाही एवं एक वर्षदेखि पाँचसम्म कैद हुन सक्ने प्रबन्ध गरेको छ । गलत विवरण पेश गरी इजाजतपत्र नलिई निकासी गरेको पाइएमा सम्बन्धित अधिकारीले कैद तथा जरिवाना गर्न सक्ने व्यवस्था विधेयकले गरेको छ । रासस
आफुलाई कोरोना लागेको शंका लागे के गर्ने ? यी हुन् सबैभन्दा पहिला जानुपर्ने अस्पताल
काठमाडौं । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेकाे छ । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको पहिलो केस माघ १० गते चीनको वुहानबाट आएका नेपाली विद्यार्थीमा देखिएको थियो । उनी केही दिनमै निको भएर घर फर्किएका थिए । त्यसको ५८ दिनपछि फ्रान्सबाट नेपाल आएकी १९ वर्षिय युवतीमा दोस्रो संक्रमण देखियाे । हाल संक्रमण यसरी बढेको छ कि अब जोकोहीमा पनि यो संक्रमण देख्न सकिने विज्ञहरु बताउँछन् । अब हामी आउनसक्ने निकै खराब परिस्थितको लागि तयार हुनु पर्ने उनीहरूकाे धारणा छ । आहिलेसम्म तपाईलाई कोरोनाको संक्रमण देखिएका छैन त्यसैले यो भएको शंका लागे के गर्ने भन्ने विषयमा तपाई पक्कै पनि केही हदसम्म प्रस्ट हुनुहुन्न । कोरोना लागेको शंका लागे सबैभन्दा आफ्नो घरको सदस्यलाई बताउनुहोस् । रुघाखोकी लाग्दैमा धेरै मानिस आत्तिने गरेका छन् । कोरोना पो भयो कि भनेर धेरैजना अस्पताल धाउने गरेको पाइन्छ । सामान्य कुरामा पनि यसरी अस्पताल धाउँदा रुघाखोकी लागेको मानिसलाई पनि सङ्क्रमण हुने जोखिम बढ्छ । त्यसैले सबैभन्दा पहिला आफ्नो लक्षण कोरोनासँग मिल्दोजुल्दो छ कि छैन भन्ने कुरामा ध्यान दिनुहोस् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार रुघाखोकी लाग्नु, १०४ डिग्रीभन्दा बढी ज्वरो आउनु, स्वासप्रश्वासमा अत्यधिक समस्या हुनु, घाँटी, टाउको तथा जिउ दुख्नु, निमोनिया हुनुजस्ता लक्षण कोरोना संक्रमितमा देखिन्छ । यस मध्ये केही मौसमी रुघाखोकीको पनि लक्षण हो त्यसैले तपाईको लक्षण कोरोनाको संभावित लक्षणसँग मिलेको छ कि छैन भनेर जाँच गराउन सरकारले फिभर क्लिनिक संचालन गरेको छ । अस्पतालद्धारा संचालित फिभर किल्निकको लागि तपाईले स्वास्थ्य तथा जनसंख्या मन्त्रलायमा सम्पर्क गर्नसक्नुहुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धित कुनै पनि प्रकारको जानकारीको लागि दुईवटा टोल फ्रि नंम्बर १११५ र ११३३ राखेको छ जसमा तपाईले बिना कुनै शुल्क सम्पर्क गर्न सक्नुहुन्छ । १११५ मा तपाईले बिहान ६ बजेदेखि राती १० बजेसम्म सम्पर्क गर्नसक्नुहुन्छ भने ११३३ मा तपाईले २४ सैं घण्टा सम्पर्क गर्न सक्नुहुन्छ । यी दुई नंम्बरमा संम्पर्क गरेर तपाईले आफुलाई देखिएको लक्षण बताएर उनीहरुसँग थप के गर्ने भनेर जान्न सक्नुहुन्छ । उनीहरुले तपाईलाई तपाईको सबैभन्दा नजिकैको अस्पतालहरुद्धारा कोभिड क्लिनिको बारेमा जानकारी दिनुहुनेछ । कोरोनाका लक्षण भएका व्यक्तिहरुको स्वास्थ्य अवस्था जाँच गर्नलाई सरकारले कोभिड किल्निक संचालन गरेको हो । त्यहाँ जाँच भएपछि तपाईको लक्षण मिल्न गएको अवस्थामा तपाईको पीसीआर परीक्षण गरिन्छ । आफुलाई कोरोना लागेको शंका लाग्ने बित्तिकै सबैभन्दा पहिला व्यक्तिगत सुरक्षामा ध्यान दिन एकदमै जरुरी छ । अस्पतालसम्म पुग्दा मास्क लगाएर मानिसहरुसँग एउटा दुरी बनाएर मात्र तपाई अस्पताल जानु होला । नतिजा नआउनजेल होम क्वारेन्टिनमा अनिवाय बस्नुहोला । मुख्य त बालबालिका र वृद्दहरुबाट टाढा रहनुहोला । यी हुन् सरकारले प्रत्येक प्रदेशमा तोकेको कोभिड किल्निक जहाँ गएर तपाईले आफ्नो अवस्थाको बारेमा जानकारी गराउनु सक्नुहुनेछ: