काठमाडौं । शुक्रबार नेपाल सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका भारतीय नागरिकको पहिचान खुलेको छ । उनी भारत सितामढी जिल्लाको सोनवर्सा थाना अन्तर्गतको पिपरा परसाइ बस्ने २५ वर्षिय पुरुष भएको बताइएको छ ।
सशस्त्रको गोली लागेर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो । उनकी छातीमा गोली लागेको बताइएको छ। घटनामा घाइते भएका अन्य दुईजनाको उपचार सितामढी अस्पतालमा भइरहेको बताइएको छ। उनीहरूको खुट्टामा गोलीको चोट लागेको बताइएको छ।
नेपालतर्फ घाइते हुनेहरूमा एक हवल्दार र दुई जना प्रहरी जवान रहेको र उनीहरूको सामान्य अवस्थामा उपचार भइरहेको बताइएको छ। उक्त सीमा सुरक्षा चौकीमा नौ जना प्रहरी कार्यरत रहेका थिए।
कोरोनाभाइरसको महामारीका कारण देशभर सरकारले लकडाउन लागु गरेको बेला त्यहाँ पनि मानिसहरुको आउजाउ रोक्न सशस्त्र प्रहरीले सुरक्षा तथा निगरानी चौकी स्थापना गरेको थियो।
याे पनि पढ्नुस्: भारतीयको बारम्बारको आक्रमण सहन नसकेपछि शसस्त्रले गोली ठोक्यो, एक जनाकाे मृत्यु