सर्वाेच्चको आदेशप्रति अर्थमन्त्रालय असन्तुष्ट, कर तिर्ने समय रोकेको भन्दै रिट
काठमाडौं । सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिनभित्र कर असुल गर्र्ने भनी जारी गरेको अन्तरिम आदेशप्रति अर्थमन्त्रालय असन्तुष्ट देखिएको छ । सर्वोच्चको सो अन्तरिम आदेश खारेज माग गर्दै शुक्रबार रिट पनि दायर गरेको छ । अर्थ मन्त्रालय र आन्तरिक राजस्व कार्यालयले महान्यायाधिवक्ता कार्यालयमार्फत अन्तरिम आदेश खारेजको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । अर्थमन्त्रालयले निवेदनमा कारोबार भएका वस्तुको राजस्व अनलाइनबाट बुझाउन सकिने र कर बुझाउने कुरा कानुनी दायित्व भएको जिकिर गर्दै रिट दायर गरेको हो । राजस्व असुली प्रक्रियाले लकडाउनलाई बाधा नपर्ने भन्दै निवेदन दर्ता गराएको बताइएको छ । सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिनभित्र कर बुझाउने व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश अनिलकुमार सिन्हा र मनोजकुमार शर्माको इजलासले बुधबार लकडाउन खुलेको ३० दिनभित्र कर तिरे हुने व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता सिर्जना अधिकारीसहितले अर्थ मन्त्रालयलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए । रिट निवदेकले कोभिड १९ को कहर समाप्त भएपश्चात कम्तिमा ३० दिनको म्याद राखी व्यवस्थित र स्वच्छ वातावरणमा कर विवरण र कर दाखिला गर्ने व्यवस्था गर्न माग गरेको थिए । सरकारले गत जेठ २० गते सूचना प्रकाशित गरी जेठ २५ गतेसम्म सरकारलाई बुझाउनुपर्ने कर बुझाउन र नबुझाए कानुनबमोजिम कारबाही गर्ने चेतावनीसहितको सूचना प्रकाशित गरेको थियो । यो सूचनाप्रति तीव्र आलोचना भएपछि सरकारले अर्को सूचना प्रकाशित गर्दै आगामी असार ७ र १५ गतेसम्मको समय दिएको छ ।
काठमाडौंको एक महिलामा पनि कोरोना देखियो, आज कुन जिल्लामा कति संक्रमित ?
काठमाडौं । शुक्रबार काठमाडौंको एक महिलामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षण अनुसार उनी सहित अन्य १४० जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उक्त प्रयोगशालामा गरिएको परिक्षणमा कूल १४१ जनामा कोरोना संक्रमण देखिएको हो । जसमध्ये बाराका एक पुरुष, धादिङ्गका एक पुरुष, धनुषाका एक पुरुष, नुवाकोटका एक पुरुष, रौतहटका ८६ पुरुष, काठमाडौंका एक महिला, सर्लाहीका ९ महिला र ४१ पुरुष रहेका छन् । शुक्रराज ट्रपिकल तथा शरुवा रोग अस्पताल टेकुमा नवलपरासी पूर्वको ४ जना पुरुष, मोरङको एक पुरुष, धादिङ्गको दुई महिला र २५ पुरुष गरी जम्मा ३२ जनामा कोरोना देखिएको छ । त्यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका २ पुरुष, झापाका ७ पुरुष गरी जम्मा ९ जनामा संक्रमण देखिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा महोत्तरीका १० पुरुष तथा भरतपुर अस्पताल प्रयोगशालामा चितवनका ८ पुरुष, पाटन अस्पताल प्रयोगशालामा धादिङका एक पुरुषमा कोरोना देखिएको छ । त्यसैगरी, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३१ जनामा कोरोना देखिएको छ । जसमध्ये सप्तरीका १७ पुरुष, उदयपुरका ३ पुरुष, सिराहका ११ पुरुष रहेका छन् । कोशी अस्पताल प्रयोगशालामा इलामका एक पुरुष, झापाका ६ पुरुष, सुनसरीका एक महिला र ९ पुरुष गरी जम्मा १७ जनामा संक्रमण देखिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा पर्वतका १३ पुरुष, स्याङ्जाका २२ पुरुष, नवलपरासी पूर्वका एक पुरुष, तनहुका एक पुरुष गरी जम्मा ३७ जनामा कारोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ । भेरी अञ्चल अस्पताल प्रयोगशालामा बर्दियाका २ महिला र १३ पुरुष, बाँकेको एक महिला गरी जम्मा १६ जना संक्रमित भएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १४ पुरुष, महोत्तरीका ६ पुरुष, सर्लाहीका ३ पुरुष गरी जम्मा २३ जना रहेका छन् । त्यस्तै, धुलिखेल अस्पतालमा कपिलवस्तुको एक महिला र तीन पुरुष, सर्लाहीको ४ पुरुष गरी जम्मा ८ जना तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ३ महिला, ५ पुरुष सहित ८ जनामा कोरोना देखिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा दैलेखका ५ महिला र ३३ पुरुष, सुर्खेतको २ महिला र ४३ पुरुष गरी जम्मा ८३ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाँचीका २ पुरुष, गुल्मीका एक पुरुष, पाल्पाका एक पुरुष, प्युठानका २ पुरुष, रुपन्देहीका तीन महिला र १३ पुरुष नवलपरासी पश्चिमको एक महिला र एक पुरुष गरी जम्मा २४ जना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा कूल ४ सय ४८ जनामा कोरोना भएको पुष्टि भएको छ । यससँगै, नेपालमा कोरोना संक्रमितको संख्या जम्मा ५ हजार ६२ पुगेको छ । हालसम्म ७२ जिल्लाका व्यक्तिमा काेराेना देखिएकाे छ ।
नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेकाे संख्या १६ पुग्याे
काठमाडौं । नेपालमा थप एक जनाकाे कोरोनाकाे मृत्यु भएको छ । मृत्यु हुने अर्घाखाँचीकाे रहेकाे बताइएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनकाे काेराेनाकाे कारण मृत्यु भएकाे पुष्टि गरेकाे हाे । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उनी भारतबाट आएका थिए । अर्घाखाँचीको मालारानी गाउँपालिका–४ को क्वारेन्टाइनमा बसेर उपचारको लागि बुटवल गएर फर्कँदै गर्दा बाटोमै मृत्यु भएका ५७ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएसँगै मृतक संख्या १६ पुगेको शुक्रबार दिउँसो नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । उनको जेठ २३ गते नै स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो । स्वासप्रस्वासको समस्या भएपछि उनलाई बुधबार उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । बुटवलमा उपचारपछि घर फर्किने क्रममा उनको मृत्यु भएको थियो । योसँगै अर्घाखाँचीमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि अर्घाखाँचीमा भारतबाट आउँदै गर्दा भूमिकास्थानका एक युवाको पनि मृत्यु भएको थियो ।
एकैदिन ४ सय ४८ जनामा देखियाे कोरोना
काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । जसमध्ये ४ सय २४ जना पुरुष र २४ जना महिला रहेका छन् । शुक्रबार कूल १६ जना डिस्चार्ज भएका छन् । जसमध्ये १२ जना पुरुष र ४ जना महिला रहेका छन् । हालसम्म नेपालमा कूल ८ सय ७७ जनालाई निको भएको छ । जसमध्ये ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् । सम्बन्धित समाचारः काठमाडौंको एक महिलामा पनि कोरोना देखियो, आज कुन जिल्लामा कति संक्रमित ?
नेपालमा थप ४ सय ४८ जनामा देखियो कोरोना
काठमाडौं । नेपालमा थप ४ सय ४८ जनामा देखियो कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा नेपालमा ४ सय ४८ जनामा कोरेना भाइरस देखिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशको विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । जसमध्ये ४ सय २४ जना पुरुष र २४ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या ५ हजार ६२ रहेको छ । त्यस्तै, शुक्रबार कूल १६ जना काेराेना बिरामी डिस्चार्ज भएका छन् । जसमध्ये १२ जना पुरुष र ४ जना महिला रहेका छन् । हालसम्म कूल ८ सय ७७ जना निकाे भएर घर फर्केका छन् । जसमध्ये ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् । सम्बन्धित समाचारः काठमाडौंको एक महिलामा पनि कोरोना देखियो, आज कुन जिल्लामा कति संक्रमित ?
रिचार्जर एप डाउनलोड गर्दा हजार क्यास प्वाइन्ट पाइने, ५ रुपैयाँमा सर्जिकल र सयमा केएन९५ मास्क
काठमाडाैं । सरकारले लकडाउन खुकलो बनाएपछि मोबाइल एप रिचार्जरले प्रयोगकर्तालाई ५ रुपैयाँमा सर्जिकल मास्क उपलब्ध गराउने भएको छ । समय र पैसाको बचत गराउँदै आफ्ना प्रयोगकर्तालाई रिचार्जरले सस्तो मूल्यमा कोभिड १९ का सुरक्षा उपकरणहरु उपलब्ध गराउन लागेको हो । जस अन्तर्गत पकेट स्यानिटाईजर १५० मा, इम्युनिटी बुस्टर डबल सी जुस सय रुपैयाँमा, पीपीई सेट ८५० रुपैयाँ र थर्मल गन २ हजार ४ सय रुपैयाँमा उपलब्ध हुने ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए । त्यसैगरी के एन ९५ मास्क एक सय रुपैयाँमा नै उपलब्ध गराउने रिचार्जरले जनाएको छ । बजारमा उल्लेखित मूल्यमा सामानहरु नपाइने भएकाले रिचार्जरले यस्तो अफर ल्याएको उनको भनाई छ । यसैगरी सेवाग्राहीले आफ्नो मोबाइलमा रिचारर्जर एप डाउनलोड गरी खाता खोल्दा एक हजार क्यास प्वाइन्ट पाउने छन् । यसरी प्राप्त हुने क्यास प्वाइन्ट रिडिम गरी सामान खरिद गर्दा २ देखि १० प्रतिशतसम्म छुट पाइने भने अफरको बेला शतप्रतिशत क्यास प्वाइन्ट रिडिम गरी सित्तैमा सामान किन्न सकिन्छ । रिचार्जरले घर, पसल, अफिस, बैंक तथा वित्तीय संस्था, होटल लगायत सबै क्षेत्रको लागि कोभिड प्रोटेक्टिभ प्रोडक्टको कम्बो प्याक समेत सस्तो मूल्यमा उपलब्ध गराउने जनाएको छ । ७ हजार ९९९ देखि सुरु हुने कम्बो प्याकमा सर्जिकल मास्क सय थान, पन्जा सय, फेश सिल ५, थर्मलगन एक र ५ सय मिलिलिटरको स्यानिटाइजर ३ वटा उपलब्ध हुनेछन् । जतिको रिचार्ज गर्यो त्यति नै क्यास प्वाइन्ट पाइने रिचार्जरले बीमा, बिजुली, इन्टरनेट, टिभी लगायतका सेवाको महसुल भुक्तानी गर्दा पनि २० पनि प्रतिशत क्यास प्वाइन्ट दिन्छ । यसरी उपलब्ध हुने क्यास प्यान्टलाई सामान किन्दा छुटको रुपमा प्रयोग गर्न सकिन्छ ।
आरएमडीसी लघुवित्तले अनाथ आश्रमलाई वितरण गर्यो राहत
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको इटहरी शाखाले ईटहरी उप महानगर पालिका वार्ड नं.४ स्थीत निःसहाय बालबालिका सेवा आश्रमलाई राहत वितरण गरिएको छ । बन्दाबन्दीका कारणले अनाथ आश्रममा रहेको ४१ जना बालबालिकाहरुको आहार विहारमा परेको असहजतालाई न्यूनीकरण गर्न संस्थाले ६० हजार रुपैयाँ बराबरको खाद्य लगायतका सामाग्रीहरु हस्तान्तरण गरेको हो । उक्त सामाग्री ईटहरी उ.म.न.पा. वार्ड नं.-४ का वडा अध्यक्ष चन्द्र प्रसाद भट्टराई, वडा सदस्यहरु शान्तीराम गौतम र पार्वता बराईलीको रोहबरमा संस्थाको ईटहरी शाखाका शाखा प्रबन्धक गोबिन्द प्रसाद पौडेलले आश्रमकी अध्यक्ष गीता गौतमलाई हस्तान्तरण गरेका थिए । आरएमडीसीको सहयोगले पक्कै पनि आश्रम संचालन तथा आश्रित बालबालिकाहरुको जीवन यापनमा केहि सहजता हुने विश्वास रहेको छ ।
निर्माणाधीन आयोजना सञ्चालनका लागि बनेको मापदण्ड नै खर्चिलो, काम ठप्प बन्दा व्यवसायी तनावमा
काठमाडौं । कोरोना भाइरसले उत्पन्न लकडाउनको समयमा पनि निर्माण सम्बन्धि काम गर्न सकिने गरी सरकारले स्वास्थ्य सुरक्षा सहितको मापदण्ड तयार गर्यो । निर्माण हुने र निर्माणाधीन आयोजनाहरुमा कुनै प्रभाव तथा असर पर्न नदिनको लागि सरकारले स्वास्थ्य सुरक्षाका मापदण्डहरु अवलम्बन गरेर काम गर्न सकिने गरी मापदण्ड तयार पार्यो । तर, निर्माण व्यवसायीहरुले भने यो अवस्थामा काम गर्न नसकिने तर्क गरेका छन् । सरकारले तयार पारेको खर्चिलो मापदण्ड, कोरोनाको डरले निर्माण स्थलमा जान नदिने स्थानीयको अवरोध र महँगो निर्माण सामग्री लगायतका विषयहरुले निर्माण व्यवसायीहरुलाई कामलाई निरन्तरता दिन समस्या उब्जिरहेको छ । विश्वभरी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको डरले धेरै स्थानीयहरुले काम गर्ने कामदारहरुलाई निर्माण स्थल अर्थाएत साइटमा प्रवेश गर्न अवरोध गरिरहेका छन् भने अर्को तर्फ वर्षाले पनि कामलाई निरन्तरता निद समस्या भइरहेको निर्माण व्यवसायीले गुनासो गरेहका छन् । लकडाउनको समयमा निर्माण स्थलमा जाने कामदारहरुलाई स्थानीयको अवरोध, सरकारले जारी गरेका मापदण्ड कार्यान्वयनमा कठिनाई र महँगो निर्माण सामग्रीहरुलगायतको कारण निर्माणाधीन आयोजाहरुलाई निरन्तरता दिन समस्या भइरहेको व्यवसायीहरुको भनाई छ । यसले पनि अहिले निर्माणाधीन आयोजनाहरु ठप्प रहेको बताइएको छ । विभिन्न समयमा सम्पन्न हुने भनिएका राष्ट्रिय गौरवका आयोजनाहरु र अन्य परियोजनाहरु पनि अहिले ठप्प नै बनेको नेपाल निर्माण व्यवसायी महासंघले बताएको छ । अब आएर ती आयोजनाहरुको निर्माण कार्य समयमै सम्पन्न हुनेमा शंका उब्जिएको छ । देशका विभिन्न ठाउँमा निर्माणाधीन अवस्थामा रहेका ती आयोजनाका कोरोनाम भाइरसको प्रत्यक्ष असर परेको आयोनजा कार्यालयहरुले पनि बताएका छन् । निर्माणाधीन परियोजनाका लागि प्रायः जसोे सामग्रीहरु विदेशबाट आयात हुन्छन् । अहिले वर्षाको समयम भएर सामग्री ढुवानीमा पनि समस्या भइहरेको छ भने ती निर्माण सामग्रीहरुको उच्च मूल्यले पनि व्यवसायीलाई तनाव गराई रहेको छ । नेपाल निर्माण व्यवासयी महासंघका अध्यक्ष रवि सिँहले अहिले सबै आयोजनाको काम ठप्प नै भएको स्पष्ट पारे । ‘अहिले नयाँ कामदारहरुलाई आयोजना निर्माण स्थलसम्म पुग्नको लागि त्यहाँका स्थानीयहरुले अवरोध गर्दा समस्या भइरहेको छ, निर्माण सामग्रीको ढुवानीमा समस्या भइहरेको छ, यसले पनि काम ठप्प बनेको छ,’ उनले भने । वर्षायाम सुरु भएसँगै सबै निर्माण आयोजनाहरुको काम प्रभावित हुने बताउँदै उनले लकडाउनको समयमा निर्माण सामग्रीहरुको मूल्य महँगो भएको र आयोजनाको लागत खर्च पनि बढेकोले आयोजनाहरुलाई निरन्तरता दिन नसकेको उनको भनाई छ । अहिले सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्बन गरेर आयोजनाको काम निरन्तर गर्न निर्देशन दिएपनि आफुहरुलाई त्यसको कार्यान्वयन गर्न समस्या भएको उनले बताए । ‘सरकारले मापदण्ड जारी गरेपनि त्यो कार्यान्वयन गर्न सम्भव छैन, ती मापदण्डहरु कार्यान्वय गर्दा धेरै कष्ट व्यहोर्नु पर्ने हुन्छ, की सरकारले त्यसको खर्च व्यहोर्नु पर्छ, नत्र हामी त्यसको कार्यान्वयन गर्न सक्दैनौं,’ उनले भने । सरकारले आयोजना स्थलमा काम गर्ने कामदारको स्वास्थ्य सुरक्षाका लागि निर्माण स्थलमै स्वास्थ्यसँग सम्बन्धित सामग्री, कामदारहरुलाई अलग/अलग क्वारेन्टिनको व्यवस्था, निर्माण स्थलमै एम्बुलेन्सको सुविधालगायतका मापदण्डहरु पुरा गरी काम गर्न निर्देशन दिएको छ । तर, निर्माण व्यवसायीहरुले ती मापदण्डहरु पुरा गर्दा धेरै कष्ट व्यहोर्नुपर्ने भएकोले सरकारले त्यसको कष्ट व्यहोरे मात्र काम गर्न सकिने बताइरहेका छन् । ‘वर्षायाम पनि सुरु भइसकेको छ, नदिबाट गिट्टी वालुवा निकाल्न पनि स्थानीयले दिइरहेका छैनन्, सरकारले यी विविध विषयमा सहज र यस्तो अवस्थामा पनि काम गर्ने व्यवसायीलाई उचित सहुलियतको व्यवस्था नगर्दासम्म काम अगाडि बढाउन सकिादैन,’ अध्यक्ष सिँहले भने । उनले अब भदौबाट सामान्य र दशैंपछि निरन्तर काम गर्न सकिने बताए । यस्तै, महासंघका महासचिव रोशन दाहालले पनि सरकारले जारी गरेको मापदण्डहरु धेरै खर्चिला भएकोले त्यसको कार्यान्वयन गर्न सजिलो नभएको प्रतिक्रिया दिए । ‘स्थानीयको अवरोधका कारण साइटमा कामदार नै जान पाउँदैनन, निर्माण सामग्री ढुवानी पनि पहिलेको भन्दा ३७ प्रतिशत महँगो छ, यो अवस्थामा निर्माणाधीन आयोजनाहरुलाई निरन्तरता दिन सकिँदैन,’ उनले भने । सरकारले कामदारको स्वास्थ्य सुरक्षाका लागि साइटमा नै एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने भन्ने मापदण्ड तयार गरेको छ तर त्यसको कार्यान्वय गर्न सजिलो नभएको उनकाे भनाई छ । गाडी लागि गाडी ओहोरदोहर गर्न नै धेरै खर्च गर्नु पर्ने बताउँदै उनले साइटमा कामदार राख्न बनाउने क्वारेन्टाइन निर्माण गर्दा पनि धेरै खर्च पर्ने भएकोले अहिले काम गर्न नसकिएको उनको भनाई छ । सबै निर्माण सामग्री बाहिरबाट ल्याउँनु पर्ने बाध्यता रहेको बताउँदै उनले यति बेलाका आयोजनाको समयावधि थप गर्नुपर्ने माग आफुहरुको रहेको उनको भनाई छ । निर्माण समग्रीको मूल्य बढ्दा समस्या महासंघले सिमेन्ट, डण्डी, गिटी, बालुवालगायत अत्यावश्यक निर्माण सामग्रीमा भएको मूल्यवृद्धि भएको बताएको छ । लकडाउनको समयमा निर्माण सामग्रीहरुको मूल्य वृद्धि भएको भन्दै व्यवसायीले अनन्तुष्टि व्यक्त गरेका छन् । ‘लकडाउनको समयमा निर्माण सामग्रीमा अप्राकृतिक र अप्रत्याशित ढंगले भएको चर्को मूल्यवृद्धिका कारण देशभरका निर्माण कार्य प्रभावित भई लागतसमेत बढ्ने भएकाले व्यवसायी ठूलो मारमा परेको उनीहरुको भनाई छ । बन्दाबन्दी अगाडिको मूल्य र हालको मूल्यमा सिमेन्ट प्रतिबोरामा ८० देखि १२० रुपैयाँ र रड प्रतिकिलो १० देखि १५ सम्म मूल्यवृद्धि भएको दाहालले बताए । त्यस्तै निर्माण सामग्री ढुवानीमा पनि बन्दाबन्दी अगाडिको मूल्यमा डेढ गुणा बढी मूल्यवृद्धि भएको उनले बताए । विश्व बजारसहित नेपालमा समेत पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आइरहेको अवस्थामा ढुवानीमा चर्को मूल्यवृद्धि हुनु कुनै पनि दृष्टिकोणबाट मान्य नहुने महासंघले जनाएको छ।