भोक सबैभन्दा ठूलो शत्रु
चीनको वुहान शहरबाट शुरू भएको कोरोना (कोभिड १९) यतिखेर पृथ्विका कुनाकाप्चामा फैलिइसकेको छ । कुनै जात, धर्म, भूगोल, वर्ग, सम्प्रदाय, सानो, ठूलो, धनी, गरिब केही नभनि अदृश्य रुपमा फैलिएको यो किटाणु विश्व समुदायका लागि ठूलो चुनौती बनेर आईलागेको छ । सन् २०१९ को मे मा उत्पत्ति भएको कोरोनाले यी हरफहरु लेखिरहँदा सम्म १ लाख ५६ हजार भन्दा बढी मानिसको ज्यान लिईसकेको छ भने २२ लाख ८४ हजार मानिस संक्रमित बनाइसकेको छ । निको हुनेको संख्या ५ लाख ८१ ह्जार ५ सय १५ मात्र छ । विश्वभर २८ नेपालीको मृत्यु भईसकेको छ भने एक हजार भन्दा संक्रमित छन् । नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । थाहा छैन, दिनदिनै बढिरहेका संक्रमितहरुमध्ये कतिलाई चुँडेर लैजाने हो । चीन हुँदै अन्य देशहरुमा डढेलो झैं फैलिइसकेको थियो, कोरोना । यता भ्रमण वर्ष सन् २०२० को नाममा नेपाल सरकारका पर्यटन मन्त्री योगेश भट्टराई भने नेपाल कोरोनामुक्त देश भनेर प्रचार–प्रसारमै व्यस्त देखिन्थे । यसले ल्याउने परिणामबारे नेपालीहरुले आँकलन समेत गरेका थिएनन् । कसैले नपत्याएको, कसैले नसोचेको, कल्पना नै नगरिएको कोरोना जसरी एकाएक आयो यसले ल्याउने भावि परिणामहरु अहिले नै आँकलन गर्न कठिन छ । कोभिड -१९ अर्थात् मानिससँग पशु जगतले लिएको बदलाको रुप । कोरोनाको जरो खोतल्दै जाँदा यहि भेटिन्छ । वैज्ञानिकहरुले पनि यसको कारण पुष्टि गरिसकेका छन् । सालक वा चमेरा खाँदा सार्स कोभ टु भाइरस मानिसमा सर्न सक्ने रोगबारे मानिस जानकार नै थिएनन् । ग्लोबल इन्सिट्च्युट् फर इन्टरडिस्प्लिनरी स्टडिजसँग सम्बन्धित अनुसन्धानकर्मी उत्तमबाबु श्रेष्ठ मान्छे र प्रकृतिको बीचको अनौठो सम्बन्धको उदाहरण दिदै यसो भन्छन्– न्युयोर्क विश्वविद्यालयको प्रयोगशाला होस् या चीनको वुहानको मासु बजार या अफ्रिकाको घनाजंगल विभिन्न बहानामा मानिसहरू जंगली जनावरको सामिप्यमा पुगेका छन् । अनुसन्धानका लागि, मासुका लागि, घरमा पालेर राख्ने साथी (पेट) का लागि मानिसले विचित्र प्रकारका जीवजन्तुसँग हिमचिम बढाइरहेका छन् । त्यसैले विश्वभर वन्यजन्तुको वैध–अवैध व्यापार फस्टाउँदो छ । विश्वमा वन्यजन्तुको व्यापारलाई लागूऔषध, सामानको मिसावट र मानव तस्करीपछिको चौथो ठूलो अवैध व्यापार मानिन्छ । लेखक मानिस मात्र यस्तो प्राणी हो, जसले आफ्नो स्वादका लागि वन्य जन्तु, पशुपंक्षीको सिकार खेल्न र उनीहरुलाई सिध्याउन बाँकी राख्दैन । आफूलाई संसारकै एक मात्र चेतनशिल प्राणी ठान्ने मानिसले कहिल्यै वन्य जन्तु, पशुपंक्षीको भावना बुझ्ने कुरा त परै जाओस् उनीहरुमा पनि बदलाको भाव हुन्छ भन्ने कुराको हेक्का राखेन । कोभिड १९ फैलिनुअघि पनि सार्स, बर्ड फ्लु, बुबोनिक प्लेग जस्ता रोगहरु फैलिएकै हुन्, जुन पशुपंक्षीबाटै मानिसहरुका सरेका थिए । जिब्रोको स्वादका लागि जति पैसा पनि खर्चिने, नयाँ नयाँ परिकारहरुको स्वाद लिन रुचाउने मानिसको यही स्वाभाबले आज संसार आतंकित बनेको छ । यी हरफहरु कोरिरहँदा पनि राष्टिय निकुञ्ज र वन जंगलहरुमा वन्यजन्तु चोरी निकासीका समाचारहरु आइरहेका छन् । जंगली जनावरहरु मारेर त्यसको स्वाद चाख्ने रहर पालेकाहरु धमाधम पक्राउ परिरहेका छन् । चीनको वुहान लामो समयको लकडाउनपछि खुलिसकेको छ । त्यहाँको जनजीवन सामान्य अबस्थामा फर्किइसकेको छ । कडा अनुशासन, सरकारको आदेश, जनताको सहयोगका कारण जति ठूलो मात्रामा रोग फैलिन सक्थ्यो, त्यति फैलिन पाएन । त्यतिबेला लकडाउन गर्दा युरोपियन र अमेरिकन देशले मानवअधिकारको हनन् भयो भनेर टिप्पणी गरे । पछि आफ्नै देशमा लकडाउन गर्नुपर्ने स्थिति आयो । यूरोपियन मुलुकहरुमा कोरोनाकै कारण यति भयावह स्थिति आउला भनेर कल्पना समेत गरिएको थिएन । कोरोना संक्रमणले गर्दा अन्य देशमा मानिसहरु धमाधम मृत्युका खबरहरु आइरहेका थिए । इटाली, स्पेनहरु भने निर्धक्क डिस्को, डान्स र बारमा रमाइरहेका थिए । निर्बाध रुपमा हिंडिरहेका थिए । त्यही हेल्चेक्रेयाइका कारण पछि शवहरु उठाउने मानिससम्म पाउन गार्हो भयो । संसारभरी पहिले पनि ठूलाठूला महामारीहरु फैलिएका थिए । बिफरले संसारभरी करोडौं मानिसको ज्यान लिएको थियो । धनजनको क्षति पुर्याएको थियो । इतिहासतिर फर्केर हेरौं–राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लले बिफरकै कारण ज्यान गुमाएका थिए । चक्रवर्तेन्द्रको शोकमा रानी डुबिन् । तिनै रानीलाई खुसी बनाउन राजा प्रताप मल्लले बि सं १७२७ मा रानीपोखरी निमार्ण गरे । हरेक सय वर्षमा ठूला महामारी फैलिने गरेका तथ्यहरु छन् । यदि मानिस दूरदर्शी भएको भए यस्ता समस्यासँग जुध्न कुनै न कुनै बाटो उपाय अपनाउने थियो । तर मानिसले कहिल्यै चेतेन । डार्बिनले भनेका छन्– सक्नेहरु नै बाँच्ने हुन् । यतिखेर डार्बिनको भनाई ठ्याक्कै लागू भएको छ । बाँच्नकै लागि मानिसहरु संघर्ष गरिरहेका छन् । काठमाडौंमा कामका लागि ओइरिएका मानिसहरु धमाधम गाउ फर्किदै छन् । मानिसका लागि भोक सबैभन्दा ठूलो शत्रु रहेछ । कम्पनी बन्द भएपछि, ज्याला मजदूरी गर्नेहरु हिंडेरै गाउ फर्किरहेका छन् । एक छाक खान र कोठा भाडा तिर्ने अबस्था नभएपछि मजदुरहरु सयौं किलोमिटरको यात्रा गरेर घर फर्किन विवस छन् । रोग भन्दा पहिला भोकका लागी मानिसहरु लडिरहेका छन् । पछिल्लो समय मिडियामा आइरहेका समाचार र सामाजिक सञ्जालमा मजदुरहरु गर्नु परेको कष्टपूर्ण यात्राले धेरै कुरा संकेत गरेको छ । हुँदा खाने र हुने खानेको बीचको ठूलो खाडल गहिरिदै गइरहेको छ । यसले थप संकट ल्याउने प्रष्ट छ । गरिबीको ग्राफ उकालो लाग्दैछ । विश्वभर बढ्दै गएको बेरोजगारी र धरासाहि बन्दै गएको अर्थतन्त्रले ल्याउने कहाली लाग्दो अबस्थाको अहिले नै लेखाजोखा गर्न सकिदैन । ताइवान, दक्षिण कोरिया, सिंगापुर, भुटान, न्युजिल्याण्ड, जर्मन, क्यानाडा जस्ता देशहरुले कसरी संक्रमणबाट बच्ने भन्ने राम्रो उपाय अबलम्बन गरेका छन् । यी लगायत केही देशहरुले आफ्ना नागरिकहरु बचाउन, सुरक्षित राख्न एकदमै जिम्मेवारीपूर्बक भूमिका निभाईरहेका छन् । तुलनात्मक रुपमा यी देशहरुमा कोरोनाका कारण मृत्यु दर कम छ । यस्तै चीनले चालेको कदम, अपनाएको रणनीतिले कोरोनाको ठूलो क्षतिबाट बचायो । अहिले त चीनले उत्पादन गरेका स्वास्थ्य सामग्री किन्न अमेरिकन र युरोपियन देशबीच लुछाचुँडी नै भयो । विश्वभरको शासन प्रणाली, शासकहरुका व्यवहार, राजनीति, अर्थनीति, सबैको हैसियत पनि कोरोनाले राम्रैसँग देखाईदिएको छ । लहडको भरमा आफूलाई शक्तिशाली ठानेर जे पनि बोल्ने, जस्तोसुकै निर्णय लिने ट्रम्पदेखि शान्त, शालिन, कम बोल्ने चीनका राष्ट्रपति सि जिनपिङका व्यवहार, नीति र कार्यशैली नजिकबाट बुझ्न सघाएको छ । विश्वभरको शासन प्रणाली, शासकहरुका व्यवहार, राजनीति, अर्थनीति, सबैको हैसियत पनि कोरोनाले राम्रैसँग देखाईदिएको छ । लहडको भरमा आफूलाई शक्तिशाली ठानेर जे पनि बोल्ने, जस्तोसुकै निर्णय लिने ट्रम्पदेखि शान्त, शालिन, कम बोल्ने चीनका राष्ट्रपति सि जिनपिङका व्यवहार, नीति र कार्यशैली नजिकबाट बुझ्न सघाएको छ । अबका चुनौतीहरु सन् २०१५ को महाभूकम्पले करिब ७ खर्ब रुपैंयाँ बराबर क्षति गरेको अनुमान छ । तर कोरोनाले कति क्षति पुर्याउँछ, अहिले नै अनुमान गर्न सक्ने अबस्था छैन । विप्रेषण आउने गिरावटले ठूलो असर पर्नेछ । कुल गार्हस्थ उत्पादनमा पहिले यति योगदान दिदै आएको थियो । अब भने त्यसको धक्का ब्योहोर्नु पर्नेछ । बेरोजगारी दर ११.४ प्रतिशत बढेर जाने अर्थविद्को अनुमान छ । उद्योग, कल कारखानाहरु ठप्प छन् । संसारभर मानिसको रोजगारी गुमेको छ । नेपाल बाहिर पनि झण्डै ५० लाख मानिसहरु रोजगारका लागी बाहिर छन् । खाडी र मलेसिया जस्ता देशमा कैयौंको रोजगारी गुम्ने खतरा बढ्दै गएको छ । कति देशहरुले आफ्ना नागरिकहरु फिर्ता लैजान खबरहरु मिडियामा आईरहेका छन् । फिर्ता नलगे श्रम सम्झौता रद्द गर्ने चेतावनी दिएका छन् । अहिले पनि कति नेपालीहरुलाई कम्पनिले तलब दिन बन्द गरिसकेका छन् । खाने र बस्ने समस्यामा परेका नेपालीहरु स्वदेश फर्किन चाहन्छन् । तर, यता नेपाल सरकार यसबारेमा कुनै गम्भिर कदम चालेका छैन । न त उनीहरुका लागि कुनै योजना बनाएको छ । प्रधानमन्त्री, राष्ट्रपति केवल औपचारिक जवाफ दिन्छन्, यो भाबुक हुने बेला होइन, सरकारको आदेश पालना गर्नुहोस् । विदेशमा बस्ने नेपालीहरुले पठाएको रेमिट्यान्सले चलेको छ देश । तिनै मजदुरहरु आज समस्यामा पर्दा सरकारले उनीहरुको समस्या, मर्का बुझेन । परराष्ट्र मन्त्री केवल युरोपियन मुलुकमा बस्ने राजदूतसँग कुराकानी गरेर ‘त्यहाँका नेपालीहरुको अबस्था ठिकठाक छ’ भन्दै ब्रिफिङ गर्छन् । वैदेशिक रोजगारीका लागि विदेश गएका नेपालीहरु स्वदेश फर्किए विकराल रुप लिनेछ । तत्कालै स्वदेशमा रोजगारी वातावरण सिर्जना हुने छैन । न त सरकारले कुनै विशेष प्याकेजकै तयारी गरिएको छ । बरु ठूलो संख्या स्वदेश फर्किए नेपालमा नयाँ राजनीतिक मोड आउँनेछ । बेराजगारी, गरिबी बढ्दै गए त्यसले बिकराल रुप लिनेछ । हत्या, हिंसा, चोरी, लुट्पाटका घटनाहरु बढ्नेछन् । कति विप्लब माओवादीमा प्रबेश गर्ने छन् । ‘सरकारले मितव्ययी शासन अपनाउनु पर्छ । सबैलाई भत्ता दिने काम बन्द गर्नुपर्छ । अर्थशास्त्री डा.विश्व पौडेल भन्छन्, ‘नेतृत्वले कसरी योजना ल्याउँछ, कर्मचारीलाई कसरी परिचालन गर्छ भन्ने मुख्य कुरा हो । धेरै आत्तिनु पर्ने बेला छैन ।’ ‘एक महिना यो लकडाउन कायम भयो भने नेपालमा चार प्रतिशतका दरले बढ्छ ।’ यस्तै आर्थिक पत्रकार गजेन्द्र बुढाथोकी भन्छन्, ‘खाद्य असुरक्षा पनि बढ्दै जान्छ ।’ गाउँ फर्क अभियान कमाउँने आधार शहर र विदेश भए पनि अब निर्बिकल्प मानिसहरु गाउँ फर्किनु पर्नेछ । ठूलो संख्यामा गाउँ फर्किए केही सकारात्मक कामहरु हुनेछन् । गाउँमा फेरी क्लबहरु खुल्नेछन् । स्थानीय क्लबले समाज सुधारकाम काम मात्र गर्ने छैनन् । स्थानीय परम्परा, कला, संस्कति, साहित्य, संगीतको पनि प्रबद्र्धन हुनेछ । शुन्य हुँदै गएका हाम्रा, गाउ बस्तिमा फेरी देउडा, मारुनी, सेलोहरु घन्किनेछन् । हाम्रा बाँझा खेतबारीहरुमा बगेको पसिनाले अर्गानिक खानेकुरा उत्पादन गर्नेछ । ठूलो मात्रामा उत्पादन गर्न सके त्यसलाई विदेश निर्यात गर्ने सकेर थप आर्जन सकिनेछ । सरकारले दीर्घकालिन योजनाहरु बनाएर युवा शक्तिलाई स्वदेशमै रोजगारी दिलाउँन ढिलाई गर्नु हुँदैन । कतार, मलेसिया, दुबइ, जापान बनाउने नेपालीहरुका पसिना यही देशमा बगे नेपाल अर्कै मुलुक बन्ने छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस मुलुकमा अथाहा सम्भाबना र अबसरहरु छन् । जिविकोपार्जनका लागि कोही नेपाली विदेसिनु पर्ने छैन । बरु काम गर्नका लागि अन्य देशका नागरिकहरु यहा आउनेछन् । तर, त्यसका लागि सरकार, योजनाविद् र स्वंय जनताहरु तात्नु पर्नेछ । मनैदेखि एउटा अठोट बोकेर अघि बढ्नु पर्नेछ । स्थानीय परम्परा, कला, संस्कति, साहित्य, संगीतको पनि प्रबद्र्धन हुनेछ । शुन्य हुँदै गएका हाम्रा, गाउ बस्तिमा फेरी देउडा, मारुनी, सेलोहरु घन्किनेछन् । हाम्रा बाँझा खेतबारीहरुमा बगेको पसिनाले अर्गानिक खानेकुरा उत्पादन गर्नेछ । कोरोनाले सिकाएको पाठ भनिन्छ, हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ । विश्वव्यापी रुपमा मानव जातीलाई आतंकित पारेको कोरोनाले गहिरो पाठ सिकाएको छ । ‘मै हुँ’ भन्ने शक्तिशाली देश, र व्यक्तिहरुलाई एउटा भाइरसका अगाडी कसैको केही लाग्दैन भन्ने राम्रै छाप छोडेको छ । पैसा र पावरकै बोलवाला हुने भए अमेरिका र चीनको आज यो हालत हुने थिएन । विश्वमा जतिसूकै ठूला आविष्कारहरु भए पनि, चमत्कार भए पनि त्यसले मानव समुदायलाई फाइदा पुर्याएन भने कुनै अर्थ छैन भन्ने कुरा पनि यस कोरोना कहरले सिकाएको छ । यस पृथ्वीमा आफ्नो खुसीका लागि मानिसले कुनै पनि हर्कत बाँकी राखेको छैन । मानिसले मानिसको हत्या गर्नेदेखि, वन्यजन्तु, पशु पंक्षीको सिकार गर्न छाडेको छैन । प्राकृतिक सम्पदाहरुको विनास र दोहन गर्न छाडेको छैन । हत्या, हिंसा, लडाई, अपराध, युद्ध जस्ता क्रियाकलाप गर्न पनि मानिसले छाडेको छैन । कोरोनाले खबरदारी गरिसकेको छ, तिमीहरुका अणु र परमाणु बमहरुको कुनै काम छैन । चाह्यो भने एउटा भाइरसले हतियार, अणु, परमाणु भन्दा कैयौं बढी असर गर्न सक्छ । युद्ध भन्दा बढी क्षति पुर्याउँन सक्छ । मानिसले यो सिंगो प्रकृति, जीव, वनस्पति, पशु पंक्षीको रक्षा गर्नुपर्छ । प्रकृतिमाथिको अत्याचार बढ्दै गए कालान्तरमा त्यसले कती भयावह स्थिति ल्याउँछ ? मानव जातीको कतिको बिचल्ली हुन्छ ? कस्तो संकट आईलाग्छ ? यी र यस्तै तमाम प्रश्नहरुको एकैसाथ जवाफ दिईसकेको छ । मानवता बचाई राख्न हामीले मानविय कर्मलाई मध्यनजर गर्नुपर्छ । हाम्रो जस्तै पृथ्वीका अन्य प्राणीहरुको यहा हक लाग्छ । मानिसले सबैभन्दा ख्याल गर्नुपर्ने कुरा यही हो । मेसिन जसरी दौडिरहेको मानिससँग यस्ता कुरामा घोत्लिन हिजो समय थिएन । आज कोरोनाले सोच्ने प्रशस्त समय दिएको छ । सोचोस् बेलैमा । मानिसहरुमा एक प्रकारको छट्पटि र बेचैनी बढेको छ । यसको अन्त्य कहिले हुन्छ ? यसको जवाफ छैन । ‘कोभिड आजभोली नै संसारबाट हराउँछ भनेर सोच्नु ठूलो भ्रम हो ।’ वैज्ञानिक डाक्टर समीरमणि दिक्षित भन्छन्, ‘अब यो भाइरस अन्य भाइरस परीवार (जस्तै इन्फ्लुएन्जा) सरह हामीमाझ लामो समयसम्म बस्नेछ । समय बित्दै जाँदा हाम्रोप्रति प्रतिरोधात्मक प्रणालीले यसको शक्ति कम गर्नेछ । जोखिम समुहलाई बचाउँदै सामान्य जीवनमा फर्किनु वाहेक बिकल्प छैन ।’ एउटा चिनियाँ उखान नै छ–संकटले मौका ल्याउँछ । हामीले पहिल्याउन सक्यौं भने प्रशस्त मौका र अबसरहरु हाम्रा अघि छन् । अन्य देशमाथि सियोदेखी सुन, धनिया“देखी लसुनसम्म हामी अरुमाथि भर परिरहेका छौं । अबका दिनमा यस प्रकारको परनिर्भरता हटाउनका लागि सरकारले तयारी गर्न ढिलाइ गर्नु हुन्न । परदेसिने लाखौंलाख नेपालीहरुले यही रोजगारी पाउनेछन् । सडक, हाइड्रो, पुनः निमार्णका कार्यहरुमा आबश्यक पर्ने जनशक्ति नेपालमै भए समयमै योजनाहरु सम्पन्न हुनेछन् । यतिखेर सिंगो विश्व कोरोना निर्मूल पार्ने औषधिको प्रतिक्षामा छ । जुन दिन कोरोनाको औषधि पत्ता लाग्ला मानिसहरु त्यसबेला खुसीयाली मनाउँनेछन् । त्यस निम्ति वैज्ञानिक, अनुसन्धाकर्मीहरु एकजुट भएर जुटुन् । हामी एउटा सुखद बिहानीको पर्खाईमा छौं । [email protected]
कोरानाबाट जोगिने स्वास्थ्य सामाग्री किन्दा मेगा बैंकका ग्राहकलाई विशेष छुट
काठमाडाैं । कोरोना महामारीबाट सावधानी अपनाउन आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्रीहरु खरिदमा मेगा बैंक नेपालका ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरिएको छ । मेगा बैंकका ग्राहकहरुलाई रिचार्जर नामक अनलाइन सपिङबाट स्वास्थ्य सामाग्री खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको हो । पीपीई, सेनिटाइजर, इन्फ्रारेड थर्मोमिटर, सर्जिकल मास्क, ग्लोब्स, सेफ्टी सुज, सेफ्टी चश्मा, फेस प्रोटेक्टर, डिस्इन्फेक्टेन्ट स्प्रे लगायत विभिन्न सामाग्री खरिदमा मेगा बैंकका ग्राहकहरुलाई छुटको व्यवस्था गरिएको रिचार्जरले जनाएको छ । मेगा बैंकका डेबिट र क्रेडिट कार्डबाहक ग्राहकहरुले कार्डबाट इकमर्समार्फत रकम भुक्तानी गर्दा प्रत्येक पटक १० प्रतिशत र अधिकतम ५ सय रुपैयाँसम्म छुटको व्यवस्था गरिएको छ । रिचार्जरको वेभसाइट तथा मोबाइल एप्समार्फत ग्राहकहरुले सामान अर्डर गर्न सक्नेछन् । देशव्यापी लकडाउनको असहज अवस्था तथा कोरोनाको सम्भावित खतराबाट जोगिन सहज होस् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ ।
गण्डकी प्रदेशमा ३७ सङ्क्रमित थपिए
पाेखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमित ३७ जना थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिअनुसार गण्डकीका स्याङ्जामा २२, पर्वतमा १३ तथा तनहुँ र नवलपुरमा एक-एक जनामा सङ्क्रमण पुष्टि भएको छ । थपिएका तीन वर्षदेखि ६६ वर्षसम्मका पुरुष छन् । स्वास्थ्य निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथामका लागि गठित उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माका अनुसार स्याङ्जाको गल्याङ नगरपाालिकाका ६६, ४४, १६, २०, १८, २९, ३५, २३, १५, ४५, २५, २०, ३१, २५, २०, २०, २४ र ३५ वर्ष उमेरका गरी १८ र वालिङ नगरपालिकाका ३३ र ३५ वर्ष तथा अर्जुन चौपारी गाउँपालिकाका तीन वर्षका एक र अर्को चार वर्षका एक जना छन् । त्यसैगरी पर्वतको कुस्मा नगरपालिका-१० मध्ये १९, २३, २९, ३७, ४५, २८, २० र २८ वर्षीय पुरुष र अर्का एक जनाको उमेर खुलेको छैन । ३५ वर्षका एक पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार गरिहेको रहेको बताइन्छ । अन्य सङ्क्रमित पैँयु गाउँपालिकाका २० र विहादी गाउँपालिका ३५ वर्षका छन् । तनहुँको घिरिङ गाउँपालिकाको १९ वर्षका र नवलपरासीको मध्यविन्दु नगरपालिकाका १७ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको निर्देशक शर्माले जानकारी दिए । सङ्क्रमितलाई सम्बन्धित जिल्लाको जिल्ला अस्पतालमा उपचारका लागि ल्याउने तयारी भइरहेको बताइन्छ । हालसम्म गण्डकीका मनाङ र मुस्ताङबाहेक अन्य नौ जिल्लामा कोभिड-१९ सङ्क्रमित फेला परेका छन् । जम्मा सङ्क्रमित १८८ पुगेका छन् । स्याङ्जामा ६०, बागलुङमा ४०, नवलपरासी बर्दघाट सुस्तापूर्वमा ३८, गोरखामा १५, पर्वतमा २२, कास्कीमा पाँच, तनहुँमा चार, म्याग्दीमा तीन र लमजुङमा एक सङ्क्रमित छन् । गण्डकी प्रदेशका गत चैत १५ गते बाग्लुङका एक १९ वर्षीया किशोरीमा पहिलोपटक सङ्क्रमण फेला परेको थियो । हालसम्म सङ्क्रमितमध्ये ११ जना उपचार गराएर निको भएपछि घर फर्किएका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सङ्क्रमितमध्ये स्याङ्जाका एक जनाको मृत्यु भएको छ । रासस
कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था
काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ७५ लाख ८३ हजार ६ सय ९० पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख २३ हजार ८२ जनाको मृत्यु भइसकेको छ भने ३८ लाख ३३ हजार २ सय ६१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख १६ हजार २९ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २० लाख ८९ हजार ५ सय ७१ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २ लाख ९८ हजार २ सय ८३ पुगेको छ भने अहिलेसम्म ८ हजार ५ सय १ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ४ हजार ६ सय १४ जना संक्रमित भएका छन् भने १५ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ८ सय ६१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)
प्रविधिमा आधारित व्यवसायमा छलाङ
परिचय कोरोना भाइरस रोग भर्खरै पत्ता लागेको कोरोनाभाइरसको कारण हुने एक संक्रामक रोग हो । कोभिड–१९ भाइरसले संक्रमित व्यक्तिहरूमा हल्कादेखि मध्यम श्वास रोगको अनुभव गर्दछन् । यस रोग विशेष उपचारको आवश्यकता बिना नै स्वास्थ्यलाभ हुन्छन् । पाको उमेरका व्यक्तिहरू, हृदय रोग, मधुमेह, दीर्घकालीन श्वास रोग, क्यान्सर जस्ता मेडिकल समस्याहरू रहेका व्यक्तिहरुमा यस रोगको संक्रमण तथा असर बढी हुने सम्भावना हुन्छ । कोभिड भाइरस मुख्यतया सिंगान, र्याल तथा हाछ्युँ, आँखाको माध्यमबाट मानिसको शरिरमा प्रवेश गर्दछ । त्यसैले खोक्दा वा हाछ्युँ गर्दा नाक मुख टिस्यू पेपर वा कुहिनाले छोप्नु पर्दछ । विश्वव्यापी अवस्था चीनको वुहानबाट शुरु भएको कोरोनाको विश्वव्यापी संक्रमण दिन प्रति दिन फैलदै गईरहेको छ । अपवाद बाहेक विश्वका सवै देश र क्षेत्रमा यसको संक्रमण फैलिसकेको छ । मिति २०७७।०१।०७ गतेसम्म २३ लाख ५० हजार भन्दा व्यक्तिहरु संक्रमित भईसकेका छन् भने १ लाख ६१ हजार भन्दा बढीको मृत्यु भईसकेको छ । अमेरिकामा मात्र ३९ हजार भन्दा बढीले ज्यान गुमाई सकेका छन् । यस महामारी अमेरिका र युरोपमा तिव्र गतिमा फैलिरहेको देखिन्छ । सावधान नअपनाउने हो भने विश्वमा नै व्यापक रुपमा फैलन चेतनावनि विश्व स्वास्थ्य संगठनले दिईरहेको छ । छिमेकी देश भारतमा समेत संक्रमणको दर बढ्दो रुपमा रहेको छ । नेपालको अवस्था चीनको वुहानबाट शुरु भएको कोरोना महामारीले विश्वका सवै देशहरुलाई प्रभावित पारेको यो समयमा नेपाल पनि यसबाट अछुतो रहन सकेन । पौषको २२ गते पहिचान भएको नोभल कोरोना भाईसको प्रभाव विश्वव्यापी रुपमा बढ्न थालेपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकट घोषणा गरेको थियो । लेखकनेपालमा २०७६ माघ ९ गते एक नेपालीमा पहिलाे पटक यो रोग लागेको देखिएको भएतापनि निज निको भई सकेको अवस्थामा मिति २०७६ चैत्र ४ गते फ्रान्सबाट नेपाल र्फकेकी १९ वर्षिय युवतिमा कोरोना भएको पुष्टीे चैत्र १० गते भएको थियो । नेपाल सरकारले सम्भावित कोरोना संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गरी चैत्र ७ गतेबाट सबै अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगायो । कोरोना संक्रमण फैलनबाट रोक्न त्यस लगत्तै नेपाल सरकारबाट संक्रमण रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी कोरोना नियन्त्रण उच्चस्तरीय समितिको शिफारिसमा कोरोना रोकथाम र निर्मुल गर्न मिति २०७६ चैत्र ११ गतेदेखि बन्दाबन्दी को आदेश जारी गरेको छ जुन अझै जारी नै छ । नेपाल सरकारले कोरोना संक्रमण परीक्षणको दायरालाई बढाउंदै सबै जिल्लामा र्यापिड टेष्टको व्यवस्था गरेको छ भने प्रत्येक प्रदेशमा कोरोना डेडिकेटेड अस्पतालको व्यवस्था मिलाएको छ । मिति २०७७।०१।०७ गतेसम्म नेपालमा ३१ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पृष्टि भईसकेको छ । जसमध्ये हालसम्म ४ जनामा उपचारबाट निको भई घर फर्किएका छन् । सरकारले कोरोना सक्रमणको यकिन गर्न कोरोना परीक्षणको दायरा फराकिलो बनाउने, स्वास्थ्य सामग्रीको उचित व्यवस्था गरी संकास्पद व्यक्तिहरु, उनीहरुका परिवार र उनीहरुको सम्पर्कमा आएका व्यक्ति र समुदाय समेतलाई परीक्षणको दायरामा ल्याई समुदायस्तरमा हुनसक्ने सम्भावित संक्रमणलाई रोक्नुपर्ने देखिन्छ । कोरोनाबाट बच्ने उपायहरु हाल देखिएको कोभिड १९ को महामारीबाट मानव जीवन र मानव स्वास्थ्यलाई बच्नु र बचाउनु नै मानवजातीको पहिलो कर्तव्य हो । नोभल कोरोना भाइरसबाट आफू बच्न र अरुलाई बचाउन निम्न अनुुसार गर्नुपर्ने देखिन्छ । ज्वरो र खोकी लागेको व्यक्त्तिबाट टाढा रहने वा आफूलाई ज्वरो र खोकी लागेको छ भने पनि अरू व्यक्त्तिबाट टाढा रहने र मास्कको प्रयोग गर्ने । खोक्दा वा हाछ्युँ गर्दा नाक मुख टिस्यू पेपर वा कुहिनाले छोप्ने र प्रयोग गरेको टिस्यू पेपरलाई बिर्को भएको फोहर फाल्ने भाँडोमा फाल्ने र साबुन पानीले मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाईजर प्रयोग गर्ने । सरकारद्धारा घोषणा गरिएको बन्दाबन्दीको पूर्ण रुपमा पालना गरी भिडभाडमा नजाने र अरुलाई पनि नजान सुझाव दिने, हात मिलाउनुको सट्टा नमस्कार गर्ने । बेलाबेलामा साबुनपानीले कम्तिमा २० सेकेन्ड मिचिमिचि हात धुने वा सावुन पानी नभएमा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने । कोरोना प्रभावित देशबाट आएको व्यक्त्तिहरूमा कोरानाका लक्षणहरू देखिए स्वास्थ्य केन्द्रमा तुरून्त गई चेकजांच गर्ने । शंकास्पद व्यक्तिहरु १४ दिनसम्म छुट्टै आईसोलेसनमा बस्ने तथा कोरोना परीक्षण गराउने । महामारीले विश्व समुदायमा ल्याएका चुनौतीहरु कोरोना महामारीले हाल विश्व जगत आक्रान्त छ । विश्वका शक्तिशाली, विकसित र मेडिकल विज्ञानको क्षेत्रमा अब्वल भनिएका देशहरु समेत यस महामारी विरुद्धको लडाईमा आफ्नो भएभरको शक्ति लगाएर कार्य गरिरहेको वर्तमान अवस्थामा यस महामारीले विश्व समुदायमा विविध चुनौतिहरु ल्याएको देखिन्छ । विश्व वैक तथा इन्टरनेशनल मनिटरी फण्ड लगायतका अन्तराष्ट्रिय वित्तिय संस्थाहरुले विभिन्न क्षेत्र तथा देशहरुको आर्थिक वृद्धि समेत नकारात्मक हुने प्रक्षेपण गरिरहेका छन् । यो महामारी घट्नुको सट्टा अझै बढने क्रममा रहेको हुंदा यसले पार्ने प्रभाव तथा चुनौतीहरुको दायरा अझ व्यापक हुनसक्ने भएतापनि विश्व समुदायमा देहाय बमोजिमका चुनौती तथा असरहरु देखिएका छन् । कोभिड–१९ विश्वमा हालसम्म मेडिकल साईन्समा भएको विकास तथा प्रगतिलाई ठूलो चुनौतिको रुपमा प्रस्तुत भएको छ । यस महामारीबाट बच्न सामाजिक दुरी कायम गर्नुपर्ने भएकाले यसले मानिसको सामाजिक जिवनलाई नै ध्वस्त पारेको देखिन्छ । विश्वका कतिपय स्थानमा विकास निर्माण अवरोध गरेकोछ भने अधिकांश क्षेत्रमा विकास निर्माणको कार्यलाई विश्राम समेत दिएको छ । उत्पादन, उद्योग, व्यापार, निर्माणमा व्यापक कटौति भई सन् १९३० को भन्दा पनि ठूलो आर्थिकमन्दि आउन सक्ने विश्व अर्थविदहरुको आंकलन छ । आर्थिक मन्दी, रोजगारीमा व्यापक कटौति भई विश्वव्यापी रुपमा गरिविको संख्यामा वृद्धि हुने । पर्यटन तथा रेमिट्यान्समा व्यापक असर पार्ने भएकोले यसमा आश्रित अर्थव्यवस्था भएका देशहरुलाई व्यापक रुपमा आर्थिक संकट पर्न सक्ने देखिन्छ । नेपालमा देखिएका चुनौतिहरु विकसित, शक्तिशाली, पर्याप्त श्रोत र साधन भएका देशहरु तथा विश्वका अधिकांश मानिसहरुको सपनाको देश अमेरिकामा समेत ऋइख्क्ष्म्(ज्ञढ ले गम्भिर रुपमा चुनौति दिईरहेको छ । अल्प विकसित, श्रोत तथा साधनको कमी, कमजोर स्वास्थ्य व्यवस्था, गरिवि तथा चेतनाकोस्तरमा समेत कमि भएको नेपाल जस्तो देशको लागि कोरोना भाईसको चुनौति अझ व्यापक रुपमा रहने देखिन्छ । नेपालमा देखिएका चुनौतिहरु देहाय बमोजिम रहेका छन् । स्वास्थ्य सामाग्रीको कमी, दक्ष स्वास्थ्य चिकित्सक तथा विशेषज्ञको कमी तथा प्रयोशालाको कमिले कोरोना परीक्षणको दायरालाई व्यापक रुपमा बढाउनु मूख्य चुनौतिको रुपमा रहेको छ । संसारभर हाल देखिएको स्वास्थ्य सामाग्री तथा औषधीहरुको अभाव देखिएको अवस्थामा आफ्नै उत्पादन नभएको हाम्रो जस्तो देशलाई प्रयाप्त मात्रा स्वास्थ्य सामाग्री तथा औषधी प्राप्ती समेत चुनौतीको रुपमा रहेको छ । रेमिट्यान्समा आधारित अर्थव्यवस्थालाई यस संकटको अवस्थामा टिकाउन तथा संकट समाधानको लागि आवश्यक श्रोत साधनको जोहो गर्नु अर्को चुनौतीको रुपमा रहेको छ । एस.ई.ई. लगायत सम्पूर्ण अध्ययन, अध्यापन र पठनपाठन प्रभावित भएको र रोकिएको छ । जसले शैक्षिक सत्रमा मात्र नभई समग्र शैक्षिक प्रणालीमा नै चुनौति खडा गरेको छ । दैनिक ज्यालादारमा श्रम गर्ने तथा अन्य श्रमिकहरुको व्यवस्थापन मात्र नभई समग्र अर्थतन्त्र जोगाउनु । विश्व समुदायलाई दिएको सन्देश विज्ञान, प्रविधि र भौतिकवादमा दौडिरहेको वर्तमान विश्वलाई अहिले फैलिरहेको महामारी र यस महामारीले श्रृजना गरिरहेको अवस्थालाई मध्यनगर गर्दा यसले विश्व समुदायले देहायका सन्देशहरुलाई मनन गर्नु उपयुक्त हुने देखिन्छ । रोग र महामारीले जात, धर्म, क्षेत्र, धनी, गरिव भनेर नछुट्याउने भएकाले मानवियता र मानव धर्मलाई सधै ख्याल गर्नुपर्दछ । पूर्व चेतावनी प्रणालीको प्रभावकारी व्यवस्था र समयमै सुचना आदान प्रदान नै सम्भावित महामारी र संकट रोक्ने तथा त्यसको प्रभाव कम गर्ने एउटा महत्वपूर्ण उपाय हो । संक्रमण रोकथाममा सवैको सामुहिक प्रयास र सहयोग अपरिहार्य । प्रकृतिको अनुचित प्रयोग र दोहनले विधम्सं निम्तन सक्ने भएकाले हामीहरुले प्रकृतिलाई माया र संरक्षण गर्नुपर्दछ । हामीहरुको काम जस्तै परिवार र परिवारका सदस्यहरु समेत महत्वर्पुण भएको बास्तविकता अहिलेको बन्दाबन्दीले उजागर गरेको छ । मानव र मानव स्वास्थ्यको सुरक्षा गर्नु नै मानव धर्म हो । सुविधा सम्पन्न अस्पताल तथा स्वास्थ्य व्यवस्थामा जोड दिनुपर्ने देखिन्छ । प्रविधिमा आधारि अर्थव्यवस्था नै अव युगको लागि सुरक्षित र भरपर्दो हुनेछ । नेपाली अर्थतन्त्रमा प्रभाव लकडाउनको कारण सरकार, निजी क्षेत्र र जनताले गर्ने नियमित उत्पादन र विकास निर्माणका कार्य प्राय ठप्प छन् । जसले विकासको गति ठप्प भएको छ । बैदेशिक रोजगारीमा गएका लाखौं मानिसहरुकव् रोजगारी गुमेको छ, कति रोजगारी गुमाउने अवस्थामा पुगेका छन् भने कतिको के हुने भन्ने अझै अन्योल रहेको देखिन्छ । किसानका तरकारीहरु बारीमै खेरजाने अवस्थामा पगुेका छन् भने बन्दाबन्दीले शहरबासीले तरकारी नपाउने अवस्थाले जनजिवन अस्तव्यस्त बनाई दिएको छ । राज्यको ठूलो श्रोत साधन कोरोना रोकथाम तथा उपचारमा खर्च गर्नु पर्ने अवस्था आईलागेको छ । सबै आर्थिक गतिविधि थप्प हुंदा देशको अर्थतन्त्रमा गहिरो असर पर्दै गईरहेको छ । रिमेट्यासमा आधारित देशको अर्थतन्त्रमा आउंदा दिनहरुमा गम्भिर संकट आउने लक्षणहरु देखा पर्न थालेका छन् । कोरोनाको संक्रमणको गति यहि रुपमा हुंदै जाने हो भने नेपालमा गरिवको संख्यामा अझ वृद्धि हुनसक्ने देखिन्छ । महामारीले नेपाली समाजमा ल्याउन सक्ने सम्भावनाहरु आवश्यकता नै आविस्कार कि जननी हुन । कुनै पनि नयाँ संकटले नयाँ अध्ययनको ढोका खोल्छ भनेझै यस महामारीले नेपाली समाजमा चुनौतिसंग सम्भावनाका ढोकाहरु समेत खोल्न सक्ने देखिन्छ । यस कारोना महामारीले नेपाली समाजमा पार्न सक्ने सकारात्मक प्रभावहरु निम्न अनुसार रहन सक्ने देखिन्छ । भर्चुअल सम्बन्धको विकास अहिलेको नेपाली समाजमा मानिसहरु करिव ५० प्रतिशत दैनिकी सामाजिक संजालहरुमा बिना उपलब्धी बितिरहेका छन् । यसले मानिसहरु बीचको सम्बन्धलाई प्रश्न खडा गरीदिएको छ । प्रत्यक्ष बोल्नभन्दा अनलाइनमा कुरा गर्न रमाईरहेका देखिन्छ । कोभिड–१९ ले खडा गरेको सामाजिक दूरीसगै भर्चुअल बैठक, छलफल तथा अन्तक्रिया जस्ता कार्यक्रमहरुको सुरुआत भएको छ । अतः मनोरन्जनको साधनको रुपममा प्रयोग भएको सामाजिक संजाललाई सामाजिक विकास, व्यक्तिगत विकास र सामाजिक शिक्षाको विकासमा अगाडि बढाउन महामारीको कारण श्रृजित लकडाउनले सबैलाई प्रेरित गरिरहेको छ । अनलाइन व्यापारको प्रभाव नेपालमा अनलाई व्यापार केही मात्रामा सुरु भएको भएतापनि यो सेवा तथा सुविधा सिमित मानिसहरुले मात्र प्रयोग गर्दै आईरहेकोमा यस महामारीले सवै वर्ग र समुदायलाई अपरिहार्य आवश्यकताको रुपमा जर्बजस्त उभ्याएको छ । यसले आगामी दिनहरुमा अनलाइन व्यापारमा बढोत्तरी हुन सक्ने देखिन्छ । प्रविधिको प्रयोगमा वृद्धि अहिले बन्दाबन्दी तथा कोरोना महामारीको त्रासले सबै प्रकारका किनमेल र भुक्तानी अनलाईनबाट गर्ने संख्यामा व्यापक रुपमा वृद्धि भएको देखिन्छ । प्रविधिको प्रयोग गर्न सिक्ने, प्रयोग गर्ने कार्य बढी रहेको देखिन्छ । बन्दाबन्दी लम्बिएसँगै स्कूल कलेजहरुले अनलाईनबाट पढाउने शुरुवात गरेका छन् । बैकिङ क्षेत्रले डिजिटल कारोबारलाई निःशुल्क गरिसकेका छन् । बीमा क्षेत्रमा अनलाइन डकुमेन्टेशनलाई आधिकारिकता दिईएको छ । यसले नेपालमा प्रविधिको प्रयोगमा व्यापक वृद्धि गराई प्रविधिमा आधारित सेवा प्रदायक कम्पनीहरुले विजनेशमा छलाङ मार्न सक्नेछन् । कोरोना महामारीको त्रासले सबै प्रकारका किनमेल र भुक्तानी अनलाईनबाट गर्ने संख्यामा व्यापक रुपमा वृद्धि भएको देखिन्छ । स्कूल कलेजहरुले अनलाईनबाट पढाउने शुरुवात गरेका छन् । बैकिङ क्षेत्रले डिजिटल कारोबारलाई निःशुल्क गरिसकेका छन् । बीमा क्षेत्रमा अनलाइन डकुमेन्टेशनलाई आधिकारिकता दिईएको छ । अब प्रविधिमा आधारित सेवा प्रदायक कम्पनीहरुले विजनेशमा छलाङ मार्न सक्नेछन् । कृषीको विकास अहिले गाउंका धेरैजसोे युवाहरु वैदेशिक रोजगारीमा रहेका छन् । तिनीहरुका परिवार विभिन्न बहानामा शहर केन्द्रित छन् भने भएका खेतबारी बांझा छन् । कारोना संकटले वैदेशिक रोजगारीमा हुनसक्ने व्यापक कटौतीबाट श्रृजना हुने वेरोजगारी समेतलाई सम्वोधन गर्न सरकारले कृषीमा प्रोत्साहनमुखी नीति अवलम्वन गर्ने हो भने अवको समय रेमिट्यान्स वेस अर्थतन्त्रलाई आधुनिक कृषी तथा कृषिजन्य व्यवसायमा आधारित अर्थतन्त्रमा रुपान्तरण गराउन सकिनेछ । वैदेशिक रोजगारीबाट फर्केकाहरुको सीप र अनुभव प्रयोग गरेर आन्तरिक उत्पादन वृद्धिमा प्रयोग गर्न सकिन्छ । मानव जातिको भविष्यमा थपिएका चुनौतिहरु काेभिड-१९ नियन्त्रणमा नआउन्जेल वा यसको भ्याक्सिन वा औषधी पत्ता नलागेसम्म सामाजिक दूरी कायम नै राख्नेपर्ने बाध्यता श्रृजना भएबाट यसले मानिसहरुलाई सामाजिक हुनबाट रोक्ने देखिन्छ । महामारी निन्त्रणमा आउन नसकेमा विश्वव्यापी रुपमा फैलन सक्ने गरिवी, खाद्य संकट, वेरोजगारीले आन्तरिक तथा बाह्य द्वन्द्व बढन गई मानविय संकट समेत उत्पन्न हुन सक्नेछ । वातावरण र जीवजगत्मा पार्ने प्रभावहरु मानिसहरु सामाजिक नहुने र आफ्नो सुरक्षाको लागि गहिरो सम्वन्धमा रहेका जीवहरुसंग समेत अलग्न हुन सक्ने देखिन्छ । हालको छोटो समयको बन्दाबन्दीले नै शहरबस्ती, सडक, मन्दिर लगायतमा बसोवास गर्ने कुकुर, बांदल, चराचुरुगींहरु खाना तथा पानीको अभावमा भौतारिएका तथा मरेका समेत देखिन्छ । यदि बन्दाबन्दी लामो समयसम्म चल्ने हो भने ईको सिष्टममा नै असर नपु¥याउला भन्न सकिदैन । संक्षेप कोभिड–१९ हाल विश्वमा एउटा खतरनाक महामारीको रूपमा फैलिएको छ । यसबाट सम्पूर्ण मानव समुदायलाई बचाउनु हामी सवैको एक मात्र उद्देश्य हो । यसको लागि हामी सबैले एक अर्काका कमिकमजोरीहरुलाई खोतल्नु भन्दा आ–आफ्नो ठाउँबाट प्रयास गर्नु आवश्यक छ । सवैको सामुहिक प्रयासले यो संकटबाट पार गर्नसक्ने भएकाले विश्व समुदायले हातेमालो गर्नुपर्ने देखिन्छ ।
निसर्ग हस्पिटलद्धारा एक सय ३० स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना बीमा
काठमाडौं । सुदुरपश्चिम प्रदेशको निसर्ग हस्पिटलले आफ्ना स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना बीमा गरेको छ । अस्पतालले एक सय ३० स्वास्थ्यकर्मी र कर्मचारी गरी जनाको कोरोना बीमा गरेकाे हाे । अस्पतालमा कार्यरत एक सय ३० जना कर्मचारीको एनएलजी इन्स्योरेन्स कम्पनीमा बीमा गरिएको अस्पतालका अध्यक्ष तिर्थ पन्तले बताए । कोरोना भाईरसको विश्वव्यापी महामारीको जोखिम सबैतिर रहेका बेला कर्मचारीको बीमा गरिएको उनले बताए ।
चीन जोड्ने कोदारी राजमार्ग क्षतविक्षत
मेलम्ची । छिमेकी मुलुक चीन जोड्ने कोदारी राजमार्ग अन्तर्राष्ट्रियस्तरको सडक हो । तर, सडकको दुरावस्थाले आवतजावत गर्नै समस्या परेको छ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि नेपाली सेना र अन्य निजी निकायले ल्याउने स्वास्थ्य सामग्री यही सडक भएर राजधानी भित्रिन्छन् । भूकम्प र बाढीले क्षतिग्रस्त सडक गतवर्ष चिनियाँ कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सीआरसीसी) ले मर्मत गरेको थियो । वर्ष दिनअघि चिनियाँ कम्पनीले भरेको पातलो कालोपत्रे निरन्तर परेको बर्सात्सँगै बगेर भोटेकोशीमा मिलिसकेको छ । भर्खरै खोलेको कच्ची ट्र्याकमा चलेझै सवारी साधन जसोतसो गुडिरहँदा सरकारी निकायको नजर यो सडकमा परेको छैन । भन्सारबाट छुटेका ट्रक र कन्टेनर तातोपानीबाट बाह्रबिसे आइपुग्न पाँच घण्टा लाग्छ । स्वास्थ्य उपकरण, स्याउ, लसुन र हाइड्रोपावरका सामग्री बोकेर भन्सारबाट राजधानी हिँडेका कन्टेनर भ्यान कहाँ पुगेर दुर्घटनामा पर्ने हो निश्चित छैन । सडकको दुरावस्थाले सवारी साधनलाई जोखिममा पारेको छ । बाह्रबिसेदेखि तातोपानी मितेरीपुलसम्मको २६ किलोमिटर कोदारी सडक जीर्ण देख्दादेख्दै सरकारी नम्बरप्लेटका महङ्गा गाडी मुश्किलले गुडाइन्छ । बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका, तातोपानी भन्सार र सडक डिभिजन चरिकोटका जनप्रतिनिधि र उच्च अधिकारी दिनदिनै यही सडकबाट आउजाउ गर्छन् । स्थानीयले पटकपटक औँला ठड्याएर सरकारका निकायलाई खबरदारी गर्दा पनि कसैले चासो दिँदैनन् । छब्बीस किलोमिटर सडक कम्तीमा ३० ठाउँमा बिग्रिएको छ । कतै पहिरो त कतै ठूल्ठूला खाल्डाखुल्डी छन् । सडकको दुरावस्थाले बिरामी बोक्ने एम्बुलेन्स बाह्रबिसेबाट भोटेकोशी गाउँपालिकातर्फ जानै मान्दैनन् । दर्जनौँ पहिरा र खाल्डाखुल्डी छिचोलेर बाह्रबिसे आउनेजाने एम्बुलेन्सले रु तीन हजारसम्म भाडा असुल्छन् । बोलेरो गाडीमा आउँदा रु एक हजार भाडा तिर्नुपर्ने बाध्यता छ । “जीर्ण सडक र महङ्गो भाडाले सीमा क्षेत्रका स्थानीय मारमा परेका छन्,” सिन्धुपाल्चोक चेम्बर अफ कमर्शका कोषाध्यक्षसमेत रहेका स्थानीय ग्याल्साङ शेर्पाले भने । बर्खा नलाग्दै कोदारी राजमार्गको अवस्था खराब बनेको उनले सुनाए । ठाउँठाउँमा सडक किनार भत्केर र पहिरो लागेर भोटेकोशी नदी थुनिँदै गएकोले सीमा क्षेत्रका स्थानीय उच्च जोखिममा परेका छन् । सडककै दुरावस्थाले कतिपय विकास निर्माणका काम प्राय ठप्प छन् । मध्यभोटेकोशी जलविद्युत् आयोजना, माथिल्लो भोटेकोशी र भोटेकोशी गाउँपालिका तथा बाह्रबिसे नगरपालिकाको विकास निर्माणका योजना अलपत्र परेका हुन् । रासस
थप एकको कोरोनाबाट मृत्यु भएको पुष्टि
काठमाडौं । मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटवल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । परीक्षणका लागि पठाइएको स्वाब परीक्षण गर्दा आज रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका जन स्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए । गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटवल गएर फर्कदै गर्दा ५७ वर्षका एक पुरुषको बाटोमै मृत्यु भएको थियो । वडा नम्वर ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा बसेका उनको उपचार गरी फर्कर्दै गर्दा बाटोमै मृत्यु भएको हो । घाँटीको शल्यक्रिया समेत गरेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्कमा सामान्य उपचारपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल सिफारिस गरिएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालमा बुधबार उपचारपछि घर फर्कदै गरेका उनको गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको थियो । योसँगै अर्घाखाँचीमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।