विकासन्युज

मन्त्रिपरिषद्को निर्णय सहरानीय, कर तिर्ने समय पनि बढाई दिने चेम्बरको विश्वास

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले बुधबार बसेको बसेको मन्त्रिपरिषद् बैठकको निर्णस सहरानीय रहेको जनाएको छ । कोरोना भाइरस संक्रमण जोखिमका कारण रोकिएको एसईई नगराइने र भोलिदेखि काठमाडौं उपत्यकाका निजी सवारी साधन जोर-विजोर प्रणालीमा चलाउन पाइने, पसल सञ्चालन गर्न दिइने, पीसीआर परीक्षणको दायरा बढाइने र क्वारेन्टाइनको स्तरोन्नती गरिने निर्णय सहरानीय रहेको चेम्बरले प्रतिकृया दिएको छ । यससँगै सरकारको निर्णयलाई सकारात्मक रुपले लिएर कोभिड-१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाएर जस्तै माक्सको उचित प्रयोग गरेर, सेनिटाइजर र सोसल डिस्ट्यान्सको पलना गरेर कामहरु गर्दै जाने चेम्बरले जनाएको छ । काठमाडौं उपत्यकाका निजी सवारी साधन जोर-विजोर प्रणालीमा चलाउन पाइने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको छ । यसमा जोर गते जोर नम्बर भएका र बिजोर गते विजोर नम्बर भएका निजी सवारी चलाउन पाइनेछ । यसमा मोटरसाइकलमा चालक मात्र र अन्य जुनसुकै निजी सवारी साधनमा चालक सहित बढीमा तीनजना सवार हुन पाइनेछ । यी सबैका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड भने पूरा गरेको हुनु पर्नेछ । अहिले जसरी सरकारले उपत्यकालाई सिल गरेर बचाइ राखेको छ, त्यसरी अगाडि पनि बचाइ राख्नु पर्छ । राति राति उपत्यका बाहिरबाट मान्छेहरु आउँने कुरा छ, त्यसलाई पनि रोक्नु पर्ने चेम्बरले बताएको छ । साथै, देशभर साइकलयात्री र पैदलयात्रीलाई हिँड्ने दिने, कृषि, उद्योग, दुग्ध ढुवानीलाई निरन्तरता दिने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । यसै गरेर पसल सञ्चालन गर्न दिने, पीसीआर परीक्षणको दायरा बढाउने, संक्रमित धेरै देखिएको ठाउँमा सम्बन्धित स्थानीय प्रशासन र स्थानीय तहका बीच प्रदेश सरकारले समन्वय गर्ने र देशभरका क्वारेन्टाइनको स्तरोन्नती गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । त्यस्तै, सरकारले भ्याटको, कर तिर्ने समयलाई पनि बढाई दिने चेम्बरको विश्वास रहेको छ । साथै राजस्व सम्बन्धि सबैलाई सुविधा गर्न हुने अनुरोध गर्दै अब आउँने यी असारमा स्थानिय तहले पनि सबै करदेखि स्थानिय करमा सुविधा सहुलियत छुटहरु दिने विश्वास रहेको चेम्बरले जनाएको छ ।

एसईई दिने विद्यार्थीको अन्तिम मूल्यांकन विद्यालयले कहाँ बुझाउने ?

काठमाडौं । एसईई परीक्षा दिने विद्यार्थीको विद्यालयले तयार पारेको अन्तिम मूल्यांकन विवरण जिल्ला विकास तथा समन्वय एकाईमा पठाउनु पर्नेछ । सम्बन्धित विद्यालयले सम्बन्धित जिल्लाको जिल्ला विकास तथा समन्वय एकाईमा विद्यार्थीको अन्तिम मुल्यांकन विवरण पठाउनु पर्ने सरकारका प्रवक्ता र सुचना तथा संचारमन्त्री युवराज खतिवडाले बताए । बिहिबार पत्रकार सम्मलेन मार्फत खतिवडाले यस्तो बताएका हुन् । उक्त समन्वय एकाइले मुल्यांकन प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनु पर्नेछ । त्यसरी प्राप्त भएको विविरणको आधारमा बोर्डले परीक्षाफल तयारी र प्रकाशन गरी प्रमाणपत्र जारी गर्नुपर्ने उनले बताएका छन् । बुधबार साँझ बसेको मन्त्रीपरिष्दको बैठकले २०७५ सालको एसईई परीक्षा नगराउने निर्णय गरेको थियो ।  बैठकले कोरोनाको कारण यस वर्षकाे एसईई परीक्षा नगराउने निर्णय गरेको थियो ।

रेलवे कम्पनीको महाप्रबन्धमा भट्टराई, चलचित्र बोर्डको अध्यक्षमा दाहाल

काठमाडौं । रेलवे कम्पनीको महाप्रवन्धक पदमा गुरु प्रसाद भट्टराई नियुक्त भएका छन् । महोत्तरी निवासी भट्टराईलाई आगामी दुई वर्षको लागि महाप्रबन्धक पदमा नियुक्त गरिएको सूचना, सञ्चार तथा प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिए । त्यस्तै, सरकारी, सार्वजनिक, गुठ्ठी जग्गा संरक्षण आयोगको म्याद ६ महिना थपिएको छ । उक्त आयोगको रिक्त पदमा स्याङ्जाली पूण्यप्रसाद भूसाललाई नियुक्त गरिएको छ । त्यस्तै, चलचित्र विकास बोर्डमा अध्यक्ष पदमा दयाराम दाहाल नियुक्त भएका छन् । उनलाई पनि दुई वर्षको लागि उक्त पदमा नियुक्त गरिएको सञ्चारमन्त्री खतिवडाले बताए ।

प्याकिङ सेवा दिने गरी अब सबै रेस्टुरेन्टहरु खुला गर्न पाईने

काठमाडौं । सरकारले प्याकिङ गरेर सेवा दिने गरी रेस्टुरेन्टहरु खुला गर्न दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्याकिङ सेवा दिने गरी रेस्टुरेन्टहरु खुला गर्न दिने निर्णय गरेकाे हाे । सरकारका प्रवक्ता र सुचना तथा संचारमन्त्री युवराज खतिवडाले बिहिबार पत्रकार सम्मलेन मार्फत साे जानकारी दिएका हुन् ।

निजी क्षेत्रमा पनि अख्तियार पस्न पाउने गरी कानुन संशोधन गरिदै, लगानीकर्ता भन्छन्ः आतंकित पार्न खोजियो

काठमाडौं । निजी क्षेत्रका संघ, संस्था निकाय र व्यक्तिसमेको क्रियाकलापको अनुसन्धान गर्न पाउने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐन संशोधन गर्न लागिएको छ । अहिलेसम्म सरकारी स्वामित्वका तथा सरकारको लगानी रहेका संस्था, निकाय, कम्पनी र त्यस्ता निकायमा कार्यरत पदाधिकारीको काम कारवाहीमा मात्रै सिमित भएको अख्तियारको कार्यक्षेत्र व्यापक बनाउने गरी ऐन संशोधन गर्न लागिएको हो । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता गरेको छ । सो विधेयक अहिले संसदीय समितिमा दफाबार छलफलमा छ । विधेयकमा सार्वजनिक पद धारण गरेको व्यक्तिको परिभाषा संशोधन गरेर निजी क्षेत्रका संघ, संस्था, प्रतिनिधि र पदाधिकारीलाई पनि अनुसन्धानको दायरमा ल्याउन खोजिएको छ । अहिले कार्यान्वयनमा रहेको ऐनमा सार्वजनिक पद धारण गरेको व्यक्ति भन्नाले ‘संविधान, अन्य प्रचलित कानुन वा सम्बन्धित निकाय वा अधिकारीको निर्णय वा आदेश बमोजिम कुनै सार्वजनिक अख्तियारी प्रयोग गर्न पाउने वा कुनै कर्तव्य पालन गर्नु पर्ने वा दायित्व निर्वाह गर्नु पर्ने पदमा बहाल रहेको व्यक्ति सम्झनु पर्छ र सो शब्दले सार्वजनिक संस्थाको कुनै पदमा बहाल रहेको पदाधिकारी वा कर्मचारी समेतलाई जनाउँछ’ भन्ने परिभाषा थियो । सरकारले संशोधनको लागि राष्ट्रियसभामा पेश गरेको विधेयकमा सार्वजनिक पद धारण गरेको व्यक्तिमा कम्पनी, प्रतिष्ठान, बैंक, केन्द्र, समिति, मेडिकल कलेज र सोसँग सम्बद्ध अस्पताल वा यस्तै प्रकृतिका अन्य कुनै पनि संगठित संस्था भनिएको छ । यस्तै, ऐनमा संशोधन गरी ‘अन्य व्यक्ति’ पनि थपिएको छ । परिभाषमा अन्य व्यक्ति भन्नाले ‘सार्वजनिक पद धारण गरेको व्यक्तिसँग भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न व्यक्ति वा कानुनी व्यक्ति सम्झनु पर्छ’ भनिएको छ । संशोधित व्यवस्थाले सरकारी निकायमा निजी क्षेत्रका तर्फबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरुलाई पनि अख्तियारले कारबाही गर्ने सम्भावना देखिएको निजी क्षेत्रका प्रतिनिधिको भनाइ छ । सरकारी समितिमा पदेन सदस्यको रुपमा सहभागी भएका व्यक्तिलाई पनि सो समितिमा पदाधिकारीले गरेको अख्तियार दुरुपयोगको आरोपमा कारबाहीको भागिदार ठहर्याउन खोजिएको निजी क्षेत्रको आरोप छ । नयाँ व्यवस्थाले निजी क्षेत्रलाई आतंकित पार्ने एक व्यवसायीले बताए । सरकारी निकायमा निजी क्षेत्रको तर्फबाट पदेन सदस्यको रुपमा रहने व्यवस्था रहेको र त्यस्तो निकायका अधिकारीले अख्तियार दुरुपयोग गरेको अवस्थामा विनाकसुर निजी क्षेत्रका पदाधिकारीलाई कारबाही हुने सम्भावना रहेको ती व्यवसायीको भनाइ छ । ‘पहिलो कुरा त पदेन सदस्यको रुपमा रहेको व्यक्तिलाई पनि अख्तियार लाग्ने भयो, नगरेको कसुरको भागिदार हुनुपर्ने अवस्था आउन लाग्यो, दोस्रो कुरा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सिएनआई), नेपाल चेम्बर अफ कमर्श, जिल्ला, नगर उद्योग वाणिज्य संघ, बैंक वित्तीय संस्था, कम्पनी, समिति जस्ता निकायमा अख्तियार सोझै छिर्ने अवस्था देखियो, यो भनेको निजी क्षेत्रलाई आतंकित पार्ने अर्काे कदम हो,’ ती व्यवसायीले भने । अहिले पनि कार्यपालिका अन्तरगतका विभिन्न निकायले अस्वभाविक चासो देखाउँदै कालोबजारी, बजार अनुगमन, गुणस्तर जस्ता नाममा निजी क्षेत्रमाथि विभिन्न प्रहार हुदै आएकोमा अख्तियारको कानुनमा संशोधन गरेर हुन लागेको नयाँ व्यवस्थाले संबैधानिक निकाय पनि निजी क्षेत्रप्रति नै जाइलाग्ने सम्भावना रहेको व्यवसायीको आरोप छ । निजी क्षेत्रको उद्देश्य लगानीकर्ताहरुको हकहित संरक्षण गर्न उचित नाफा आर्जन गर्नु हो । लगानीकर्ताहरुलाई उचित प्रतिफल प्रदान गर्नु समेत निजी क्षेत्रको उद्देश्य रहने हुँदा अहिलेको प्रतिस्पर्धात्मक विश्वमा बढीभन्दा बढी नाफा आर्जन गर्नका लागि जोखिम बहन गर्नु अपरिहार्य हुने व्यवसायीको भनाइ छ । यथाशिघ्र प्रभावकारी निर्णयहरु गर्नु पर्ने अवस्थामा प्रस्तावित बिधेयकको व्यवस्थाले निजी क्षेत्रले लिने निर्णयहरुमा ढिलासुस्ती आई यस क्षेत्रलाई परिणाममुखी हुनबाट रोक्न सक्ने देखिएको व्यवसायीको भनाइ छ । पछिल्लो समय संसारमा धेरैजसो सरकारहरुले लिएको आर्थिक उदारीकरणको नीति अनुरुप निजी क्षेत्रले आफूलाई उद्योग तथा व्यापारको धेरैजसो क्षेत्रहरुमा लगानी गरिसकेको अवस्थामा निजीक्षेत्रको क्रियाकलापहरुमा बढी नै सुक्ष्म अवलोकन गर्ने अभिप्रायले चालिएको सरकारको उक्त कदमले स्वदेशी तथा बैदेशिक लगानी निरुत्साही हुन सक्ने प्रष्ट देखिएको व्यवसायीको भनाइ छ । सरकारी लगानी नरहेको निजी क्षेत्रका व्यापारिक प्रतिष्ठानहरु बैंक र कम्पनीहरुमा समेत अख्तियारले आफ्नो क्षेत्राधिकार ग्रहण गर्ने गरी विधेयक पेश गरेको प्रष्ट भएको भन्दै व्यवसायीले यस्तो कार्य नेपालको संविधानको धारा २३९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्य र अधिकारको व्यवस्था गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारलाई सरकारी क्षेत्रमा मात्र सिमित गरिएकोमा यो बिधेयक लागु भएमा निजीक्षेत्रमा समेत प्रवेश गर्ने देखिएको बताएका छन् । प्रस्तावित ऐनको भावना विपरित अधिकारको दुरुपयोग भएमा प्रस्तावित व्यवस्थाले निजी क्षेत्रका उद्यमीहरुको मनोवल कमजोर बनाउने निश्चित भएको व्यवसायीको भनाइ छ । [pdf id=221291]

अब कार्यालय समय विहान ८ बजेदेखि साँझ ६ बजेसम्म

काठमाडौं । अब सरकारी तथा निजी क्षेत्रका सबै कार्यालय विहान ८ बजेदेखि साँझ ६ बजेसम्म चल्नेछन् । कार्यालयहरु दुई सिफ्टमा सञ्चालन हुनेछन् । विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म एक सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म अर्को सिफ्ट खोलिने भएको छ । यातायात र भौतिक दूरी व्यवस्थापनको लागि यस्तो निर्णय गरेको सूचना, सञ्चार तथा प्रविधि मन्त्री युवराज खतिवडाले बताए । बैंक तथा वित्तीय संस्था, बीमा र सहकारी सेवा पूर्ण रुपमा खुला गरिएको छ । यी संस्थाहरु पनि दुई सिफ्टमा सञ्चालन हुनेछन् । कृषि र बनसँग सम्बन्धि सबै काम निर्वाध रुपमा सञ्चालन हुनेछ । निजी क्षेत्रबाट निर्माण भईरहेको सबै काम सुचारु गर्ने र निर्माण सामाग्री ढुवानी नियमित गरिने सूचना, प्रविधि तथा सञ्चार मन्त्री डा युवराज खतिवडाले जानकारी दिए । सवारी साधनहरु जोर विजोर प्र्रणालीका आधारमा चल्ने छ । कार्यालय जाने कर्मचारीको यातायातलाई सहज बनाउने जोर विजोर प्रणाली लागू भएको छ । सार्वजनिक सवारीमा एकतर्फी सिटमा एक/एक जना मात्र यात्रा गर्न पाउने छ । मोटर साईकलमा एकजना मात्र, चार पाङ्ग्रे निजी सवारीमा २ जना मात्र यात्रा गर्न पाउने छन् । सबै यात्रुले माक्स अनिवार्य प्रयोग गर्नुपर्ने छ । यी सबै व्यवस्था असार १ गतेदेखि लागू हुने र २१ दिनसम्म लागू हुने सूचना, सञ्चार तथा प्रविधि मन्त्री खतिवडाले जानकारी दिए । निजी क्षेत्रबाट सञ्चालित निर्माण कार्यलाई सुचारु गरिने छ । रेष्टुरेन्ट सेवा खुकुलो बनाइएको छ । रेष्टुरेन्टमा तयार भएकाे खाना प्याक गरेर घर वा कार्यस्थल लगेर खान पाइने छ । तर रेष्टुरेन्टमा बसेर खान नपाइने मन्त्री खतिवडाले जानकारी दिए । क्वारेन्टाइनका लागि तोकिएको होटल खुला गरिएको छ । ती होटलका सवारीहरु पनि चल्ने पाउने छन् । सरकारले एसईई परिक्षा स्थगित गरेको छ । शैक्षिक संस्थाहरु बन्द नै रहने छन् । अन्तराष्ट्रिय उडानहरु अनिश्चितका लागि बन्द गरिएको छ ।

विषादी युक्त मदिरा सेवन गरेर ज्यान गुमाउनेका परिवारले २-२ लाख पाउने

काठमाडौं । विषादी युक्त मदिरा सेवन गरेर ज्यान गुमाउनेकाे परिवारले प्रति मृतक २ लाख पाउने भएका छन् । महत्वरी जिल्लाका महेन्द« चौधरी सहित १२ जनाका परिवारले २४ लाख रुपैंया राहत पाउने भएका हुन् । सरकारका प्रवक्ता र सुचना तथा संचारमन्त्री युवराज खतिवडाले बिहिबार पत्रकार सम्मलेन मार्फत साे जानकारी दिएका हुन् ।

सबै उद्योग, व्यापार र व्यवसाय खुल्ने

काठमाडौं । सबै उद्योग, व्यापार, व्यवसाय, पसल  र   डिपार्टमेन्ट स्टोर सञ्चालन हुने भएको छ । सपिङ महल भने अहिले नखेल्ने भएको छ । मन्त्रीपरिषद्को निर्णय सर्वाजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले  सो कुरा बताएका हुन । उद्योग, व्यापार र व्यवासाय र पसल र डिपार्टमेन्ट स्टोर सञ्चालन गर्न सामाजिक दुरी कायम गर्नु पर्ने छ । सरकारले ४४ प्रकारका उद्योग सञ्चालन गर्ने भनेको थियो । तर सरकारले भने पनि विभिन्न समस्याको कारणले ४४ प्रकारका उद्योग सञ्चालन हुन सकेको थिएन ।