सुनकोशी करिडोर सडक स्थानीय तहले निर्माण गर्ने
सुनसरी । झण्डै दश वर्षअघि काम शुरु गरेर अलपत्र अवस्थामा रहेको सुनसरीको चतरादेखि सुनकोशी किनार हुँदै उदयपुरको पहाडी क्षेत्रलगायत सातवटा स्थानीय तह हुँदै कटारीको घुर्मी जोड्ने सुनकोशी करिडोर सडक उदयपुरको स्थानीय तहहरुले नै निर्माण गर्ने भएका छन् । उदयपुरको कटारी नगरपालिकाको कार्यालयमा बसेको स्थानीय तहहरुका जनप्रतिनिधि र पार्टी प्रतिनिधिको संयुक्त बैठकले अब अलपत्र परेको सुनकोशी करिडोर सडक उदयपुरका स्थानीय तहहरुको आफ्नै लगानीमा निर्माण कार्य शुरु गर्ने निर्णय भएको कटारीका नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए । उनका अनुसार कटारी-१४ घुर्मी सुनकोशी क्षेत्रदेखि एक सय ६७ किलोमिटर सुनसरीको चतरा जोड्ने सुनकोशी करिडोर सडकको पहिलो खण्डको घुर्मी हुँदै लिम्चुङबुङ गाउँपालिकाको कुनाहीघाटसम्मको ५७ किलोमिटर सडक पहिलो चरणमा निर्माण कार्य शुरु गरिने निर्णय भएको हो । यसका लागि तत्काल उदयपुरको कटारी नपा, ताप्ली गाउँपालिका र लिम्चुङबुङ गाउँपालिकाले संयुक्त रुपमा रु चार करोड आर्थिक विनियोजन गर्ने तयारी गरेको लिम्चुङबुङका अध्यक्ष मेजरकुमार राईले बताए । यस्तै बाँकी सडक करिडोर पूरा गर्नका लागि त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका, बेलका नगरपालिकासहित उदयपुर गढी गाउँपालिकाले संयुक्त बजेट विनियोजन गरेर आर्थिक लगानी गर्ने तयारी भएको पनि रौतामाईका अध्यक्ष गजेन्द्रकुमार खड्काले बताए । सुनकोशी करिडोर सडकबाट प्रदेश नं १ का धनकुटा, भोजपुर, सुनसरीसहित राजधानी विराटनगरसम्म आवतजावत गर्ने र व्यापारिक प्रयोजनाका लागि उपयोगी हुने जनप्रतिनिधिहरु बताउँछन् । रासस
शुक्रबार तीन देशबाट ल्याईयो २३ नेपालीका शव
काठमाडौं । शुक्रबार विभिन्न तीन देशबाट २३ नेपालीको शव काठमाडौं ल्याईएको छ । शुक्रबार विभिन्न तीन देश कतार, यूएई र कुवेतबाट गरी उक्त शव ल्याइएको वैदेशिक रोजगार बोर्डले जानकारी दिएको छ । बोर्डका निर्देशक दिनबन्दु सुवेदीका अनुसार कतारबाट २०, कुवेतबाट २ र युएईबाट १ गरी जम्मा २३ नेपालीकाे शब स्वदेश ल्याईएको हो । जसमध्ये ७ जनाको शव काठमाडौंको पशुपतिमा दाहसस्कार गरिने उनले जानकारी दिए । चार्टर्ड उडान शुरु भएसँगै विदेशमा ज्यान गुमाएका नेपालीकाे शव ल्याउने काम भइरेहेकाे बाेर्डले जनाएकाे छ ।
शनिबार कोरियाबाट २ सय ३६ नेपाली फर्कँदै (सूचीसहित)
काठमाडाैं । शनिबार दक्षिण कोरियाबाट २३६ नेपाली फर्कने भएका छन्। उनीहरु शनिबार कोरियन एयरमार्फत् नेपाल भएका हुन् । कोरियामा भिसा अवधि सकिएर अलपत्र अवस्था रहेका नेपालीमध्ये प्राथमिकताका आधारमा सूची तय गरी २३६ नेपाली फर्काउन लागिएको हो।
काठमाडाैंमा थपिए ३ काेराेना संक्रमित
काठमाडाैं । काठमाडाैंमा पछिल्लाे २४ घण्टामा ३ जना काेराेनाभाईरस (काेभिड-१९) संक्रमित थपिएका छन् । काेभिड-१९ सम्बन्धी नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम पछिल्लाे २४ घण्टामा ३ जना काेराेना संक्रमित थपिएका बताएका हुन् । गौतमले काठमाडौंमा २ महिला र १ जना पुरुषमा काेराेना संक्रमण भेटिएको बताएका हुन् ।
सोलुखुम्बु र दोलखामा दुई जलविद्युत् आयोजना निर्माण हुँदै
काठमाडाैं । सोलुखुम्बु र दोलखा जिल्लामा दुई जलविद्युत् आयोजना निर्माण हुने भएका छन् । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकामा कूल ९.५ मेगावाट क्षमताको मध्य सोलु खोला जलविद्युत् आयोजना र दोलखाको बिगु गाउँपालिका-७ मा तीन मेगावाट क्षमताको पेगु खोला साना जलविद्युत् आयोजना निर्माण हुन लागेका हुन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले ती आयोजनासम्बन्धी सार्वजनिक सूचना प्रकाशित गरी सो जानकारी दिएको हो । मध्य सोलु खोला जलविद्युत् आयोजना मिड सोलु हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको हो । यस्तै पेगु खोला भने बिगु हाइड्रो भेन्चरले निर्माण गर्न लागेको हो । नदी प्रवाहमा आधारित दुवै आयोजना साना जलविद्युत्अन्तर्गतका आयोजना हुन् । मध्य सोलु खोला आयोजनाबाट उत्पादित विद्युत् १३२ केभी क्षमताको आठ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको तिङ्गला सबस्टेशनमा जोडिन्छ । पेगु खोलाको विद्युत् भने ३३ केभी क्षमताको १३ किलोमिटर लामो प्रसारण लाइनमार्फत प्राधिकरणको सिङ्गटी सबस्टशेनमा जोडिन्छ । आयोजनाका बारेमा कुनै जानकारी दिनुपरे विभागमा सम्पर्क राख्न अनुरोध गरिएको छ । रासस
नेपालमा थप ४ सय २६ मा देखियाे कोरोना संक्रमण, संक्रमितकाे संख्या ८२ सय नाघ्याे
काठमाडाैं । नेपालमा गएकाे २४ घण्टामा ४ सय २६ मा काेराेना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा नेपालमा ४ सय २६ जनामा कोराेना भाइरस देखिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशको विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या ८ हजार २ सय ७४ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या १४ सय ०२ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण २२ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म १ लाख ६१ हजार ७ सय ४९ काे पिसिआर विधि र २ लाख ४७ हजारकाे ८ सय ७४ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन क्वारेन्टिनमा र आईसाेलेसनमा कति छन् ? हाल देशभर १ लाख ९ हजार ४ सय ६१ जना क्वारेन्टिनमा रहेका छन् भने ६ हजार ८ सय ५० जना आईसाेलेसनमा रहेका छन् ।
एशियन लाईफ इन्स्योरेन्सको जीवन बीमालेख अनलाईन बाटै बिक्री हुने
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले अनलाईन बाटै जीवन बीमालेख बिक्री गर्ने सुविधा ल्याएको छ । कम्पनीले कोभिड-१९ का कारण अनलाइन माध्यमको बढ्दो प्रयोग र आवश्यक्तालाई मध्यनजर गर्दै अनलाइन मार्फत नै बीमालेखको लागि आवेदन गर्न सकिने सुविधा ल्याएको हो । यससँगै अभिकर्ताले कम्पनीको आधिकारिक वेभसाइट मा एजेण्ट पोर्टल मार्फत आवेदन दर्ता गर्न सक्ने छन् । इजाजत प्राप्त अभिकर्ताले यस कम्पनीको आधिकारिक वेभसाइटमा एजेण्ट पार्टेलमा लगइन गरी सकेपछि बीमा चाहने व्यक्तिको बारेमा सम्पूर्ण विवरण र कागजपत्र प्रविष्टी गरेर अनलाइन आवेदन गर्न सक्ने कम्पनीले जानकारी गराएको छ । बीमा समितिको निर्देशानुसार हाललाई अधिकतम ३ लाख रुपैयाँ बीमांकसम्मको बीमालेखको लागि आवेदन दिन सकिने छ । साथै, कम्पनीका बीमितले ईसेवा र फोन पे मार्फत घरमै बसेर नविकरण बीमाशुल्क भुक्तानी गर्न सकिने छ । साथै, अनलाइन लगइनबाट अभिकर्ताले कारोबार विवरण तथा बीमितले आफ्नो बीमालेख सम्बन्धी सम्पूर्ण विवरण आफैंले हेर्न मिल्ने छ ।
काठमाडौं प्लाजा छोड्न निर्देशन दिएसँगै व्यवसायी त्रसित, व्यवसाय जोगाउन संघर्ष समिति नै गठन
काठमाडौं । नेपाल ट्रष्टले कमलादीस्थित काठमाडौं प्लाजा खाली गर्न निर्देशन दिएसँगै प्लाजामा व्यवसाय गर्दै आएका व्यवसायीहरु त्रसित बनेका छन् । लामो समयदेखि प्लाजामै करिब ८० वटा सेवा तथा व्यवसाय सञ्चालन गर्दै आएका उनीहरु ट्रष्टको अप्रत्यासित निर्देशनले अहिले त्रसित बनेका हुन् । नेपाल ट्रष्टको कार्यालयले असार २ गते नै सम्झौता सकिएकाले काठमाडौं प्लाजा खाली निर्देशन दिएको थियो । ट्रष्टले कन्सेप्ट डेभलपर्सलाई २०५० असार ३ गते २७ वर्षका लागि उक्त ठाउँ भाडामा दिइएको थियो । अहिले सो अवधि सकिएकोले प्लाजा खाली गर्न निर्देशन दिएको हो । तर, सो प्लाजामा विगत १०/२० वर्षदेखि व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुलाई एक्कासी आएको निर्देशनले धेरै चिन्तित बनाएको छ । अहिले प्लाजामा विभिन्न व्यवसाय सञ्चालन गर्दै आएमा करिब ८० व्यवसायी सदस्य रहने गरी ९ जना मुल कमिटी गठन गरेका छन् । काठमाडौ प्लाजा व्यवसायी समितिका संयोजक शम्भु थापाले आफूहरुले मासिक रुपमा भाडा तिर्दै आएपनि नियतवस् अप्रत्याशित ढंगले हटाउन खोजिएको बताए । उनले ट्रष्टको यो निर्णयले आफूहरुलाई धेरै समस्यामा परेको गुनासो गरे । ‘यो नेपाल ट्रष्ट र कन्सेप्ट डेभ्लपरर्सबीचको कुरा हो, हामी लामो समयदेखि व्यवसाय गर्दै आएका व्यवसायीलाई समस्यामा पार्नु हुँदैन, जुनसुकै कन्ट्याक्टर आएपनि हामीले नेपाल सरकारलाई ट्याक्स तिरेर व्यवसाय गर्दै आएका छौं, एक्कासी जाउ भनेर जान्न सकिनँ,’ उनले भने । सरकारको गरिमामय संस्था र सरकारले नै ह्याण्डिल गरेको संस्थाले हामीलाई संरक्षण गर्नुको सट्टा त्रसित बनाएको उनको भनाई छ । धेरै किसिमका व्यापार व्यवसाय अहिले प्लाजामा रहेकोले यो निर्देशनले सबैलाई तनावको विषय खडा गरेको उनले बताए । ‘हामीमाथि कसैले जवरजस्ती नगरनेस् भन्ने हो, व्यापार व्यवसाय गर्दै आएका व्यवसायीलाई एक्कासी आएर त उठ् भन्यो भने त्यसले सबैलाई समस्या नै पार्छ, हामीलाई छोड्नका लागि समय पनि दिइएन्,’ यसको विरुद्द उत्रिनका लागि हामीले समिति पनि गठन गरेका छौं,’ उनले भने । काठमाडाैं प्लाजामा राष्ट्रिय स्तरकाे विकास बैंकहरू मुक्तिनाथ विकास बैंक, ज्याेति विकास बैंककाे मुख्य कार्यालय छन् । त्यस्तै, सगरमाथा इन्स्याेरेन्स, सिद्धार्थ इन्स्याेरेन्सकाे शाखा कार्यालय रहेका छन् । काठमाडाैंकाे केन्द्रविन्दुमा रहेकाे रहेकाे याे प्लाजामा मर्चेन्ट बैंकर्स, सेयर ब्राेकर, सीजी फिन्काे, नेपाल रेमिट, विभिन्न व्यवसायिक शाे रूमहरू, रेष्टुरेन्टहरू सञ्चालनमा रहेका छन् । उनीहरुले यसको बारेमा नेपाल ट्रष्टसँग बुझ्दा आफूहरुले त्यहाँको व्यवसायी हटाउनका लागि सूचना प्रकाशित नगरेको प्रतिक्रिया दिएको बताएका छन् । हाम्रो लेटर कन्सेप्ट डेभलपर्सले नलिएको हुनाले आफ्नो जागिर जोगाउनै भएपनि औपचारिक रुपमा सूचना प्रकाशित गरेको ट्रष्टका कर्मचारीहरुको भनाई छ । लिज सकिएपछि कार्यालयले काठमाडौं महानगरपालिकालाई भाडामा दिएको छ। मासिक करिब ६० लाख ५० हजार रुपैयाँ भाडा दिने गरि ट्रष्टको बैठकले महानगरलाई लिजमा दिएको हो। यसअघि कन्सेप्टले वार्षिक ७५ लाख रुपैयाँ भाडा कार्यालयलाई बुझाउँथ्यो।