विकासन्युज

अनियमितता भएको भन्दै खगेन्द्र नवजीवन केन्द्रमा तालाबन्दी

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–६ स्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा अनियमितता एवं भ्रष्टाचार मौलाएको भन्दै तालाबन्दी गरिएको छ । शारीरिक अपाङ्गता, अशक्तता भएका व्यक्तिका लागि उपचारात्मक सेवा, समयानुकूल शिक्षा, तालीम एवं व्यावसायिक सीपको विकास गर्ने उद्देश्यले विसं २०२६ मा स्थापित केन्द्रमा अपारदर्शिता बढ्न थालेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको सङ्घर्ष समितिका संयोजक रामप्रसाद कोइरालाले बताए । संस्थालाई सरकारले शिक्षा र अपाङ्गता पुनस्र्थापनाका लागि अनुदान दिँदै आएको छ । गुठी संस्थानले समेत केन्द्रका लागि जग्गा उपलब्ध गराएको छ । यसरी जम्मा भएको अनुदान एवं भौतिक सम्पत्तिमा सङ्घका पूर्वअध्यक्ष मोहन महर्जनलगायत कार्यसमितिका पदाधिकारीले संस्था सञ्चालनसम्बन्धी सामान्य नियमको समेत पालना नगरी भवन अन्य संस्थालाई कार्यक्रम सञ्चालन गर्न दिने, सङ्घको नाममा रहेको कित्ता नं. १, १७ र १८ को जग्गा पर्खाल बाहिर पारी मौखिक रुपमा भवन बनाउन दिएको सङ्घर्ष समितिको आरोप छ । घर भाडाबाट आउने लाखौँ रुपैयाँ संस्थाका पदाधिकारीले घुमघाम गरेर सिध्याएका छन् । सरकारले विशेष शिक्षा परिषद्बाट शारीरिक अपाङ्गता भएका बालबालिकाका लागि वार्षिक रु ७० लाखसम्म उपलब्ध गराउँछ । केन्द्रले सञ्चालन गरेको विशेष विद्यालयमा २०० विद्यार्थी अध्ययन गरिरहेकामा ३५ जनामात्र शारीरिक अपाङ्गता भएका छन् । सङ्घले सञ्चालन गरेको नेपाल अर्थोपेडिक अस्पतालमा पनि अनियमितता भएको सङ्घर्ष समितिको आरोप छ । अस्पताल सञ्चालन समितिको अध्यक्षसमेत रहनुभएका बेला महर्जनले सङ्घको अपाङ्ग कल्याणकारी कोषबाट रु ४८ लाख लिई संस्थाको नाममा गाडी किनी व्यक्तिगत रुपमा प्रयोग गरेकाे आरोप लगाइएको छ । संस्थामा विवाद भएपछि नगर प्रमुख सन्तोष चालिसेको संयोजकत्वमा समन्वय समिति गठन भएको थियो । केन्द्रमा आएको विवाद समाधानका लागि प्रयास गरेको उनले बताए । प्रयास गरिरहेकै बेला अदालतबाट समन्वय समितिलाई कुनै काम नगर्नु भनी स्टे अर्डर आएकाले पछि केही नगरेको नगरपालिकाले जनाएको छ । विद्यालय भने नगरपालिकाअन्तर्गत नै सञ्चालनमा रहेको छ । वडा नं.६ का अध्यक्ष रमेश अर्यालको संयोजकत्वमा गठन भएको छानबिन समितिले पनि अनिमितता भएको ठहर गरेको थियो । केन्द्रको रु २५ लाख सहकारीमा राखी बढी ब्याज लिएर संस्थाको आयमा भने कम देखाएको तथ्य छानबिनका क्रममा भेटिएको अध्यक्ष अर्यालले राससलाई जानकारी दिए । यस सम्बन्धमा प्रतिक्रिया लिन संस्थाका वर्तमान अध्यक्ष धन जुजु श्रेष्ठसँग सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । रासस

डिशहोम अफरमा थप दुई विजेताले पाए एक-एक लाख पुरस्कार

काठमाडौं । डिशहोमले संचालन गर्दै आएको अफरमा थप २ जनाले एक-एक लाख जित्न सफल भएका छन् । टेलिभिजन सेवा प्रदायक डिशहोमले संचालन गर्दै आएको ‘डिशहोम डिलर दाईको डिस्काउन्ट’ अफरमा थप दुईजनाले एक-एक लाख जित्न सफल भएका हुन् । डिसहोमको सेटअप बक्स क्यास आईडी नं ०२५१८९१४०५१ र ०२५५८२१७९३४ गोलाप्रथा गर्दा बिजेता बन्न सफल भएका हुन् । डिशहोम ‘डिलर दाईको डिस्काउन्ट’ अफरमा हरेका हप्ता दुईजना विजेतालाई पुरस्कृत गर्दै आएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा ‘डिजिटल सिटिजन’ सेवा शुभारम्भ

काठमाडौं ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले  “डिजिटल सिटिजन” सेवाको उद्घाटन गरेको छ । कम्पनीले जुम एप मार्फत डिजिटल सिटिजन सेवालाई नेपाल मै पहिलो पटक यसरी डिजिटल माध्यमबाट शुभारम्भ गरेको हाे । सिटिजन लाईफको यस भरचुअल कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसेडर मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले संयुक्त रूपमा डिजिटल सिटिजन सेवा शुभारम्भ भएको घोषणा गरेका थिए । सिटिजन लाइफ इन्स्योरेन्सले “डिजिटल सिटिजन” अभियान सँगै अब अनलाईन मार्फत बिमालेख प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली सञ्चालनमा ल्याएको छ । यस सुविधा अन्तरगत अब सिटिजन लाइफको जीवन बीमा घरबाटै अनलाइन मार्फत लिन सक्नेछन् । कम्पनीले विभिन्न तालिमहरु डिजिटल माध्यमवाट संचालन गर्न शुरु गरिसकेको छ । ग्राहक तथा अभिकर्ताहरुलाई कार्यालय सम्म आउनु पर्ने अवस्थालाई सहज बनाउन र समयको बचत हुनुको साथै ग्राहक सेवालाई विश्व स्तरिय बनाउदै जाने कम्पनीको “डिजिटल सिटिजन” अभियान अन्तरगत कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले जानकारी गराए । साथै कम्पनीले ग्राहकहरुको सुविधालाई मध्य नजर गरी घरमै बसेर बीमा शुल्क तिर्न सकिने व्यवस्थाको लागी ई-सेवा, फाेन-पे र कनेक्ट अाईपिएस लगायतका डिजिटल बैङ्किङ्ग सुविधा उपलव्ध गराएको छ भने ग्राहक तथा अभिकर्ताले कम्पनीसंगको कारोवार तथा विवरण आफैले हेर्न मिल्ने पोर्टल समेत प्रचलनमा ल्याएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक सहित ४ जनामा कोरोना, सेवा दुई दिन बन्द

दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार चिकित्सकमा आज कोरोना संङ्क्रमण पुष्टि भएपछि दुई दिन सेवा बन्द हुने भएको छ । प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवका अनुसार प्रतिष्ठानका चार चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संङ्क्रमण पुष्टि भएसंँगै अन्य कर्मचारीको पनि स्वाब परीक्षणका लागि अस्पताल बन्द गरिने भएको हो । त्यसका लागि अस्पताल परिसर बन्द गर्नुपर्ने भएकाले शनिबार र आइतबार आकस्मिकबाहेकका सेवा बन्द हुनेछन् । अस्पतालका करीब दुई सय कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्न लागिएको उनले बताए । अस्पतालले सेवा नदिने भएपछि उपचारका लागि प्रतिष्ठानमा आएका बिरामीलाई अन्य अस्पतालमा सिफारिश गरिने जनाइएको छ । बिरामीलाई प्रभावकारी सेवा प्रदान गर्न अन्य अस्पताललाई अनुरोधसमेत गरिएको छ । सङ्क्रमित चिकित्सकको सामान्यावस्था छ । अहिले प्रतिष्ठानमा कोरोनाको स्वाब परीक्षण पनि भइरहेकाले यो सेवा भने नियमित चल्नेछ ।

निर्देशिकामा तोकिएका व्यक्तिको मात्र पीसीआर गर्न मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशिकामा तोकिएका व्यक्तिको मात्र कोरोना भाइरस (कोभिड–१९)को पीसीआर परीक्षण गराउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज विज्ञप्ति जारी गर्दै निर्देशिका विपरीत कतिपय निकायले पीसीआर परीक्षण गर्न दबाब दिएकाले त्यसो नगरी निर्देशिकामा तोकिए बमोजिमका व्यक्तिको नमूनामात्र सङ्कलन गरी परीक्षण गर्न गराउन आग्रह गरेका हुन् । “कतिपय निकाय तथा व्यक्तिले कोभिड–१९ को नमूना सङ्कलन गर्दा निर्देशिकाभन्दा फरक तरिकाले नमूना सङ्कलन गर्ने गरेको तथा परीक्षण गर्नका लागि दबाब दिने गरिएको बुझिन आएको छ”, उनले भने, “यसरी नमूना सङ्कलन गर्नाले स्रोत साधनको दुरुपयोग हुने र परीक्षणका लागि आवश्यक व्यक्तिको परीक्षण समयमा हुन नपाउने र अन्य समस्या सिर्जना हुन सक्दछ ।” निर्देशिका विपरीत आएका नमूना परीक्षण नगरिदिनसमेत सबैलाई उहाँले आग्रह गर्नुभएको छ । अहिलेसम्म एक लाख ६१ हजार ७४९ जनाको र विगत २४ घण्टामा छ हजार २३१ जनाको पीसीआर परीक्षण गरिएको छ । अहिले मुलुकभर २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

त्रिविद्धारा स्नातककोत्तर प्रथम र तेस्रो सेमेस्टरको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातककोत्तर प्रथम र तेस्रो सेमेस्टरको नतिजा सार्वजनिक गरेको छ । विश्वविद्यालयले शुक्रबार साँझ मानविकी र सामाजिक विज्ञान संकायकाे प्रथम र तेस्रो सेमेस्टरको नतिजा सार्वजनिक गरेको हो । विश्वविद्यालयले मनोविज्ञान प्रथम सेमेस्टर, जनसंख्या अध्ययन तेस्रो सेमेस्टर, नेपाल भाषा तेस्रो सेमेस्टर,नेपाली प्रथम सेमेस्टर,नेपाली तेस्रो सेमेस्टर,अंग्रेजी तेस्रो सेमेस्टर, पत्रकारिता प्रथम सेमेस्टरकाे नतिजा सार्वजनिक गरेको हो । नतिजा हेर्न तलका लिंकहरू खाेल्नुस्:  Psychology 1st Semester Population Studies 3rd Semester Nepal Bhasha 3rd Semester Nepali 1st Semester Nepali 3rd Semester English 3rd Semester Journalism 1st Semester Gender Studies 1st Semester  

हतारमा निक्षेपको व्याजदर घटाउने बेला होइन अहिले–बैंकर्स गोविन्द गुरुङसँगकाे विकास वहस

काठमाडौं । सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकहरुले अहिले हतार गरेर निक्षेपको व्याजदर घटाउन नहुने बताएका छन् । विकासन्युजको यूट्युव चयानलमा प्रसारण हुने विकास वहसमा कुराकानी गर्दै प्रमुख कार्यकारी अधिकृत गुरुङले सरकारी नीतिगत व्यवस्था कार्यान्वयन हुने हो भने थप २०० अर्ब रुपैयाँ कर्जा प्रवाह हुनसक्ने बताए । ‘सरकारले भने झै कम्पनीहरूलाई चालु पुँजीकाे लागि अतिरिक्त १० प्रतिशत कर्जा दिँदा २०० अर्ब कर्जा प्रवाह हुन्छ । त्यतिबेला सीसीडी रेसियो ८० प्रतिशत नाघ्छ । त्यतिबेला फेरी वित्त बजारमा तरलताको संकट आउन सक्छ । त्यसैले अहिले हतार गरेर व्याजदर घटाउनु राम्रो हुन्न ’ उनले भने । लकडाउनको अवधिमा डिजिटल कारोबार ह्वात्तै बढेको र यो शुभसंकेत भएको उनले बताए । डिजिटल कारोबार वृद्धि भएपनि आगामी ८/१० वर्षसम्म बैंकको शाखा र एटीएमको आवश्यकता रहिरहने उनले बताए । ‘८ देखि १० वर्षमा बैंकले शाखाहरु बन्द गर्दै जानेछन् । अवको सात वर्षमा डिजिटल साक्षरता बढ्ने छ । त्यसपछि शाखा र एटिएम बन्द गर्नु पर्ने हुनसक्छ’ उनले भने । बैंकहरुले डिजिटल कारोबार गर्न प्रयाप्त प्लेट फर्म भएपनि अहिले पनि पनि उद्योगी, व्यापारी, उपभोक्ता डिजिटल कारोबार गर्न अभ्यस्त नभएको उनले बताए । त्यस्तै, परिवारमा ४० वर्ष उमेर कटेका मानिसमा आर्थिक कारोबारमा संलग्न भएको तर उनीहरु प्रविधि प्रयोगमा जानकार नभएकोले पनि डिजिटल कारोबारमा समस्या भएको उनले बताए । यो वर्ष बैंकहरुको नाफा विगतमा जस्तो वृद्धि नहुने तर नाफा नघट्ने उनको विश्लेषण छ । सिभिल बैंकले पनि गत वर्षको हाराहारीमा लाभांश दिन सक्ने अनुमान उनले गरे । कोराना महामारीले शाखा विस्तार, व्यापार विस्तार योजनाहरु प्रभावित भएको उनले बताए । ‘यस आर्थिक वर्षभित्र शाखा ११९ वटा पुर्याउने  हाम्रो योजना थियो । अब ११४ वटामा सीमित गर्ने भएका छौं’ गुरुङले भने–‘ विगतमा वार्षिक २०/२५ प्रतिशतले व्यवसाय विस्तारको योजना बनाउँथ्यौ भने अब त्यस्तो हुँदैन ।’ लकडाउनको समयमा निक्षेप वृद्धि भएको छ तर कर्जा घटेको उनले बताए । निक्षेपको व्याज थपिदा पनि निक्षेप वृद्धि भएको, मानिसहरुले खर्च कटौति गरेर बचतलाई जोड दिएकाले पनि निक्षेप वृद्धि भएको उनले बताए । कर्जातर्फ नयाँ माग नभएको, क्षमता भएक पुराना ग्राहकले कर्जा भुक्तानी गरिरहेको उनले बताए । विकास वहसकाे भिडियाे हेर्न यस लिङ्क क्लिक गराैं

‘चिया पसल खुल्दा पनि देशको क्यापिटल मार्केट बन्द हुनु दुर्भाग्य नै हो’

काठमाडौं । स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष भरत रानाभाटले एउटा चिया पसल खुल्दा पनि देशको क्यापिटल मार्केट बन्द हुनु भनेको दुर्भाग्य नै रहेको बताएका छन् । लकडाउन खुकुलो हुँदा पनि नेपालको पुँजीबजार बन्द अवस्थामा रहेकोमा चिन्ता व्यक्त गर्दै सो कुरा बताएका हुन् । अब पनि यो अवधिलाई थप लम्ब्याइयो भने कसैलाई पनि फाइदा नहुने उनको तर्क रहेको छ । आइतबारसम्म ठिकै छ । तर, सोमबारबाट भने कुनै पनि हालतमा खोल्नु पर्ने उनी बताउँछन् । ‘सबै कार्यालयहरु खुलिसके । हाम्रो मार्केट मात्रै बन्द गर्ने कुरै भएन । सधै बन्द गरेर मात्रै कसरी राख्न सकिन्छ । अब त कुनै पनि हालतमा खोल्नु पर्छ भन्ने पक्षमा छौं । हामीले रेगुलेटरलाई पनि त्यहि भनेका छौं ।’ रानाभाटले भने- ‘त्यसैले आईतबारसम्म हेरौं । त्यसपछि पनि भएन भने हामी कार्यालय चलाउन नसक्ने अवस्थामा पुग्छौं ।’ ब्रोकरको तर्फबाट तयारी हुनु पर्ने काम केही पनि नरहेको बताउँदै उनले भने- ‘लकडाउनको अवधिमा स्टाफहरु अलि अलि बाहिर हुनुहुन्थ्यो । यहि भएका स्टाफहरु पनि आउने कुरा थिएन । पास चाहिन्छ भनेर हामीले पास भन्यौं । पासबाट दुइ दिनभए नि काराेबार गर्याै । तर आजको दिनमा सबै कार्यालय खुलिसक्यो । यहिका स्टाफहरुले काम गर्न पनि सकिने अवस्था थियो । त्यहि माथि बाहिरका स्टाफहरु पनि मार्केट खुल्न लाग्यो भनेर सबै आईसके । तर, मार्केट खुलेको छैन ।’ पछिल्लो एक सातादेखि सबै ब्रोकर कार्यालयहरु खुलिसकेको जानकारी दिँदै उनले ब्रोकरको साइडबाट कुनै पनि काम रोकिएको छैन र कुनै पनि हालतमा नरोकिने उनले जनाए । ‘हाम्रो मान्छे बाहिरबाट आउन तथा ल्याउन नसकेर कुनै पनि सेवा सुविधा दिन समस्या छैन । यहिका स्टाफले जति पनि सेवा सुविधा दिन सक्छौं । लकडाउनको बीचमा पनि दुई दिन कारोबार खुलेकै हो । यहिका स्टाफले सेवा सुविधा दिएकै थियौं । दोश्रो, बाहिरबाट पनि आईसके । त्यसैले ब्रोकरको कारण देखाएर मार्केट बन्द गर्न पाइदैन ।’- रानाभाटले विकासन्युजसँग भने । सबै ब्रोकरहरु बजार खोल्नलाई एकदिन पनि ढिला गर्नु हुन्न भन्ने पक्षमा रहेको बताउँदै उनले भने- ‘बिहीबारसम्म केहि तयारीको लागि बन्द गराैं भनेर बन्द गरिएकाे हो । अब फेरि अरु बहाना बनाएर मार्केट बन्द पाइदैन ।’