
काठमाडौं । नेपाल ट्रष्टले कमलादीस्थित काठमाडौं प्लाजा खाली गर्न निर्देशन दिएसँगै प्लाजामा व्यवसाय गर्दै आएका व्यवसायीहरु त्रसित बनेका छन् । लामो समयदेखि प्लाजामै करिब ८० वटा सेवा तथा व्यवसाय सञ्चालन गर्दै आएका उनीहरु ट्रष्टको अप्रत्यासित निर्देशनले अहिले त्रसित बनेका हुन् । नेपाल ट्रष्टको कार्यालयले असार २ गते नै सम्झौता सकिएकाले काठमाडौं प्लाजा खाली निर्देशन दिएको थियो । ट्रष्टले कन्सेप्ट डेभलपर्सलाई २०५० असार ३ गते २७ वर्षका लागि उक्त ठाउँ भाडामा दिइएको थियो ।
अहिले सो अवधि सकिएकोले प्लाजा खाली गर्न निर्देशन दिएको हो । तर, सो प्लाजामा विगत १०/२० वर्षदेखि व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुलाई एक्कासी आएको निर्देशनले धेरै चिन्तित बनाएको छ । अहिले प्लाजामा विभिन्न व्यवसाय सञ्चालन गर्दै आएमा करिब ८० व्यवसायी सदस्य रहने गरी ९ जना मुल कमिटी गठन गरेका छन् ।
काठमाडौ प्लाजा व्यवसायी समितिका संयोजक शम्भु थापाले आफूहरुले मासिक रुपमा भाडा तिर्दै आएपनि नियतवस् अप्रत्याशित ढंगले हटाउन खोजिएको बताए । उनले ट्रष्टको यो निर्णयले आफूहरुलाई धेरै समस्यामा परेको गुनासो गरे । ‘यो नेपाल ट्रष्ट र कन्सेप्ट डेभ्लपरर्सबीचको कुरा हो, हामी लामो समयदेखि व्यवसाय गर्दै आएका व्यवसायीलाई समस्यामा पार्नु हुँदैन, जुनसुकै कन्ट्याक्टर आएपनि हामीले नेपाल सरकारलाई ट्याक्स तिरेर व्यवसाय गर्दै आएका छौं, एक्कासी जाउ भनेर जान्न सकिनँ,’ उनले भने ।
सरकारको गरिमामय संस्था र सरकारले नै ह्याण्डिल गरेको संस्थाले हामीलाई संरक्षण गर्नुको सट्टा त्रसित बनाएको उनको भनाई छ । धेरै किसिमका व्यापार व्यवसाय अहिले प्लाजामा रहेकोले यो निर्देशनले सबैलाई तनावको विषय खडा गरेको उनले बताए । ‘हामीमाथि कसैले जवरजस्ती नगरनेस् भन्ने हो, व्यापार व्यवसाय गर्दै आएका व्यवसायीलाई एक्कासी आएर त उठ् भन्यो भने त्यसले सबैलाई समस्या नै पार्छ, हामीलाई छोड्नका लागि समय पनि दिइएन्,’ यसको विरुद्द उत्रिनका लागि हामीले समिति पनि गठन गरेका छौं,’ उनले भने ।
काठमाडाैं प्लाजामा राष्ट्रिय स्तरकाे विकास बैंकहरू मुक्तिनाथ विकास बैंक, ज्याेति विकास बैंककाे मुख्य कार्यालय छन् । त्यस्तै, सगरमाथा इन्स्याेरेन्स, सिद्धार्थ इन्स्याेरेन्सकाे शाखा कार्यालय रहेका छन् । काठमाडाैंकाे केन्द्रविन्दुमा रहेकाे रहेकाे याे प्लाजामा मर्चेन्ट बैंकर्स, सेयर ब्राेकर, सीजी फिन्काे, नेपाल रेमिट, विभिन्न व्यवसायिक शाे रूमहरू, रेष्टुरेन्टहरू सञ्चालनमा रहेका छन् ।
उनीहरुले यसको बारेमा नेपाल ट्रष्टसँग बुझ्दा आफूहरुले त्यहाँको व्यवसायी हटाउनका लागि सूचना प्रकाशित नगरेको प्रतिक्रिया दिएको बताएका छन् ।
हाम्रो लेटर कन्सेप्ट डेभलपर्सले नलिएको हुनाले आफ्नो जागिर जोगाउनै भएपनि औपचारिक रुपमा सूचना प्रकाशित गरेको ट्रष्टका कर्मचारीहरुको भनाई छ ।
लिज सकिएपछि कार्यालयले काठमाडौं महानगरपालिकालाई भाडामा दिएको छ। मासिक करिब ६० लाख ५० हजार रुपैयाँ भाडा दिने गरि ट्रष्टको बैठकले महानगरलाई लिजमा दिएको हो। यसअघि कन्सेप्टले वार्षिक ७५ लाख रुपैयाँ भाडा कार्यालयलाई बुझाउँथ्यो।