काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ६ हजार ५०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोला १०५ रुपैयाँ घटेर ३ हजार ४० रुपैयाँमा झरेको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार १४५ रुपैयाँ थियो ।