काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला ३ हजार १४५ रुपैयाँ पुगेको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो ।