सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ४५ रुपैयाँले बढेको छ । महासंघले सोमबारका लागि चाँदीको मूल्य प्रतितोला ३ हजार ११० रुपैयाँ निर्धारण गरेको छ ।

आइतबार चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो । 

Share News