सुनको मूल्य तोलामा २ लाख ५७ हजार ६०० रुपैयाँमा झर्‍यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ३ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर ३ हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

Share News