काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बुधबार प्रतितोला ११० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ३ हजार ३८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।