नेपोभिटले सार्वजनिक गर्‍यो अल्ट्रा प्रिमियम ‘हिमालय’ टायल्स कलेक्सन

काठमाडौं । नेपोभिट टायल्सले अल्ट्रा प्रिमियम टायल्स कलेक्सन ‘नेपोभिट हिमालय’ सार्वजनिक गरेको छ । आधुनिक वास्तुकला र इन्टेरियर डिजाइनलाई लक्षित गरी ल्याइएको यस कलेक्सनमा १८ वटा फरक डिजाइनका टायल्स छन् ।

कम्पनीका अनुसार हिमालय पर्वत शृङ्खलाको प्राकृतिक सौन्दर्य र भव्यताबाट प्रेरित भएर नयाँ कलेक्सन तयार गरिएको हो । ‘द आर्ट अफ द मोनुमेन्टल’ अवधारणामा आधारित यस कलेक्सनले प्रकृति र आधुनिक वास्तुकलाको संयोजन प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।

६०० × १२०० मिलिमिटर आकारमा उपलब्ध टायल्समा सुनौलो तथा एम्बर रङका रेखा, ग्रे प्याटर्न, मार्बलबाट प्रेरित डिजाइन र सेतो टेक्स्चर छन् । ग्लसी फिनिसमा उपलब्ध यी टायल्स घर, होटल, अपार्टमेन्ट तथा व्यावसायिक भवनको भित्री सजावटमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

कलेक्सनमा मार्मो गोल्ड, लिक्विड गोल्ड, ल्यापिस गोल्ड, अरबेस्काटो गोल्ड, ग्यारी ह्वाइट, सेन्चुरी नेचुरल, स्ट्याचुरियो आर्क र रोजर नेचुरललगायतका डिजाइन समावेश छन् ।

ठूलो आकारका टायल्स प्रयोग गर्दा जोडाइका रेखा कम देखिने भएकाले कोठा खुला र एकरूप देखाउन सहयोग पुग्छ । आवासीय तथा व्यावसायिक भवनमा ठूलो आकारका टायल्सको प्रयोग बढ्दै गएको अवस्थामा नयाँ कलेक्सनले वास्तुविद्, इन्टेरियर डिजाइनर तथा घर निर्माण गर्ने ग्राहकलाई थप विकल्प दिने कम्पनीको अपेक्षा छ ।

नेपोभिटले उपभोक्ताको बदलिँदो रुचि र निर्माण क्षेत्रमा विकसित डिजाइन प्रवृत्तिलाई ध्यानमा राखेर आफ्नो उत्पादन विस्तार गर्दै आएको जनाएको छ । कम्पनीले गुणस्तर, डिजाइन र आधुनिक प्रविधिलाई प्राथमिकता दिँदै नेपाली बजारमा उत्पादनलाई थप प्रतिस्पर्धी बनाउने लक्ष्य राखेको छ ।

‘हिमालय’ कलेक्सनमार्फत नेपाली प्राकृतिक पहिचानलाई आधुनिक इन्टेरियर डिजाइनसँग जोड्ने प्रयास गरिएको कम्पनीले जनाएको छ । 

Share News