काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिंकले पाँच नयाँ स्वाद बजारमा ल्याएको छ । उपभोक्ताको बदलिँदो रुचिलाई ध्यानमा राख्दै कम्पनीले नयाँ स्वाद थप गरेको हो ।
अब एक्स्ट्रिम इनर्जी ड्रिंकका पारखीले एउटै ब्रान्डमा पाँच नयाँ स्वादसहित थप विकल्प रोज्न पाउने भएका छन् ।
कम्पनीले ग्रिन एप्पल स्वादमा ‘ग्रिन म्यानियाक’, मस्कट अंगुर स्वादमा ‘श्रेक अट्याक’ र ग्रेपफ्रुट तथा पाइनएप्पलको मिश्रित स्वादमा ‘ट्रपिकल पञ्च’ बजारमा ल्याएको छ ।
त्यस्तै, रास्पबेरी स्वादमा ‘रास्प एन्ड फ्युरियस’ र अर्को नयाँ विकल्पका रूपमा ‘एक्स्ट्रिम्ली लाइट’ पनि सार्वजनिक गरिएको छ ।
कम्पनीका अनुसार नयाँ स्वादले उपभोक्तालाई आफ्नो रुचिअनुसार पेय पदार्थ छनोट गर्न थप विकल्प दिनेछ । फरक स्वाद र आकर्षक नामका कारण नयाँ उत्पादन उपभोक्तामाझ लोकप्रिय हुने कम्पनीको विश्वास छ ।
पाँचवटै नयाँ स्वादको बिक्री वितरण सुरु भइसकेको कम्पनीले जनाएको छ । उपभोक्ताको माग र रुचिअनुसार भविष्यमा पनि उत्पादनमा विविधता थप्दै जाने कम्पनीको लक्ष्य छ ।