विकासन्युज

कर्णाली २६ संक्रमित थपिए, कूल सङ्ख्या १ हजार ४ सय ३३

सुर्खेत । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को संक्रमण कर्णालीका थप २६ जनामा पुष्टि भएको छ । शुक्रबार २६ जना थपिएसँगै कर्णाली प्रदेशमा संक्रमित हुनेको सङ्ख्या १ हजार ४ सय ३३ पुगेको हो । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसिआरमा १२ सुर्खेत, पाँच दैलेख, तीन सल्यान, दुई जाजरकोट र एक मुगु गरी २३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । त्यसमा सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका ११ र बराहताल गाउँपालिकाका एक, दैलेख दुल्लु नगरपालिकाका पाँच, सल्यान शारदा नगरपालिकाका तीन, जाजरकोट शिवालय गाउँपालिकाका दुई र मुगु छायाँनाथ नगरपालिकाका एक जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए । त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआर परीक्षणमा काठमाडौं टोखा नगरपालिकाका एक, सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका एक र जुम्ला सिञ्जा गाउँपालिकाका एक गरी तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको महाशाखा प्रमुख डा तिवारीले बताए । यतिबेलाको पिसिआर परीक्षणमा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी देखिएकाले कोरोना सङ्क्रमण समुदायमा फैलिएको बताइएको छ । कोरोना संक्रमण जितेर घर फर्कनको सङ्ख्या हालसम्म ७ सय २० पुगेको महाशाखाले जनाएको छ । कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या छ पुगेको जनाइएको छ । रासस

संसारभर कोरोना संक्रमितको संख्या १ करोड नजिक, करिब ५ लाखको मृत्यु

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ९८ लाख ९८ हजार ८३ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ९६ हजार ७२ जनाको मृत्यु भइसकेको छ भने ५३ लाख ५० हजार २ सय ५४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख २७ हजार ६ सय ३५ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २५ लाख ५२ हजार ७ सय ८ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ५ लाख ९ हजार ४ सय ४६ पुगेको छ भने अहिलेसम्म १५ हजार ६ सय ८९ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ११ हजार ७ सय ५५ जना संक्रमित भएका छन् भने २७ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी २ हजार ६ सय ९८ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभारः वल्डोमिटर)

फोर्डकाे गाडी किन्दा ग्राहकलाई १० वर्षको फाइनान्स सुविधा

काठमाडौं । फोर्डको नेपालको लागि आधिकारिक विक्रेता जि.ओ. अटोमोवाइल्स् प्रा.लि.ले उपभोक्ताको सन्तुष्टिलाई ध्यानमा राख्दैे पछिल्लो बिएससिक्स कम्प्लेन्ट फोर्ड २०२० विशेष अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकले १० वर्षसम्मको फाइनान्स सुविधा, ३०% डाउन पेमेन्ट , स्थगित भुक्तानी सुविधा, परिवारको लागि कोभिड विमा सुविधा, विशेष नगद छुट, एक वर्षको वीमा, एक्सचेन्जको सुविधा, लोएल्टी वोनसका साथ ३ वर्ष वारेन्टी, ३ वर्षको निशुल्क सर्भिसिङका साथ अन्य सुविधा पाउनेछन् । १० वर्षको फाइनान्स सुविधाले ग्राहकलाई भुक्तानी गर्न पर्याप्त समय दिन्छ साथै मासिक किस्ता कम हुने कम्पनिले बताएको छ । जि.ओ अटोमोवाइल्सले फोर्ड अनलाइन शोरुम पनि संचालन गरिरहेको छ, जहाँ ग्राहकले सो–रुम नआइकनै अनलाइन मार्फत चाहेको सवारी साधनको विशेषताहरु वुझ्न तथा हेर्न सक्नेछन् । ग्राहकले सो–रुममा रहेका प्रतिनिधिसँग अनलाइन मार्फत सबै वुझ्न सक्नुकाे साथै आफ्नो रोजाईको गाडी किन्न गर्न सक्नेछन् ।

नर्भिकमा १६८ केजीकाे महिलाले शल्यक्रियाबाट जन्माइन स्वस्थ शिशु

काठमाडौं । नर्भिक अस्पतालमा १६८ केजीकी महिलाले स्वस्थ बच्चा जन्माएकी छिन् । सम्भवत यस्तो असाधारण तौल भएकी महिलाको शल्यक्रियात्मक प्रसूति नेपालमै पहिलो भएको अस्पतालले जनाएकाे छ । बिहिबार बिहान ११ः०० बजे नर्भिककी बरिष्ठ प्रसूति तथा विशेषज्ञ सर्जन डा. नुतन शर्माले शल्यक्रिया गरेपछि उनले स्वस्थ शिशु जन्माएकी थिइन् । उनले २.९५ के.जी. तौल भएकी स्वस्थ छोरी पाएकी छिन् । सामान्यतया यति ठूलो तौल र शारिरीक बनोट भएका महिलाको शल्यक्रियात्मक प्रसूति गराउनु आफंमा कठिन मानिन्छ ।हाल नवजात शिशु र आमा दुवै सामान्य अवस्थामा रहेको अस्पतालले जनाएको छ । डा. नुतन शर्मा जटिल र जोखिमयुक्त प्रसूति सेवाका अतिरिक्त बाँझोपन तथा टेष्टट्युब बेबीका लागि राम्रो ख्याति प्राप्त गरिसकेकी विशेषज्ञ हुन् ।

डोटीकाे एक विद्यालयमा आगलागी हुँदा १५ लाख बराबर क्षति

डोटी । केआईसिंह गाउँपालिका–६ मा रहेको भूमिराज माध्यमिक विद्यालय देवस्थलमा गएराति आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार आगलागीबाट उक्त विद्यालयको कम्तीमा रु १५ लाख बराबरको क्षति भएको छ । विद्युत चुहावत भएर आगलागी हुँदा उक्त क्षति भएको प्रहरीको अनुमान रहेको छ । भारतबाट रोजगारी गरी फर्किएका नागरिकलाई उक्त विद्यालयमा बनाइएको क्वारेन्टिनमा राखिएको छ । क्वारेन्टिनमा बसेकाहरुको सुरक्षाका लागि ड्युटीमा रहेका प्रहरीले आगलागी भएको देखेपछि सबैलाई खबर गरेको सो विद्यालयका शिक्षक यज्ञराज भट्टले जानकारी दिए । स्थानीयवासी, क्वारेन्टिन बसेका नागरिक तथा प्रहरीसहितको टोलीले झण्डै डेढ घण्टामा आगो नियन्त्रणमा लिएको शिक्षक भट्टले जानकारी दिए । आगलागीबाट विद्यालयको कार्यालय कोठामा रहेको डेस्कटप कम्प्युटर पाँच थान, ल्यापटप एक, फोटोकपि मेशिन दुई, प्रिन्टर एक, ई–हाजिरी मेशिनलगायत मेशिनरी सामान जलेर नष्ट भएका विद्यालयका लेखापाल गणेश भट्टले बताए । त्यसैगरी आगलागीबाट विद्यालयका काठका बेन्ज, टेबुल, ह्वाइट बोर्ड १०, प्लाष्टिकका कुर्सी ३०, बुक कर्नर (¥याक) एक, रु ५० हजार बराबरका खेलकुदका सामग्री, विद्युत्को मिटर तथा तार, डिजे एक वटा जलेर खरानी भएको छ । लाइब्रेरीका झण्डै रु दई लाख ५० हजार बराबरका पुस्तक, आगलागी भएको कोठाको झ्याल ढोका पनि जलेर काम नलाग्ने भएका छन् । रासस

उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपालको संविधानअनुसार उपसभामुखको अविलम्ब व्यवस्थाका निम्ति परमादेशको आदेशको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालाय, सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा तथा सभामुखको कार्यालय, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, सङ्घीय संसद् सचिवालय र नेपाल कानून आयोगलाई विपक्षी बनाएर अधिवक्ता तुलसी सिम्खडाले रिट निवेदन दायर गरेका हुन् । संविधानअनुसार उपसभामुखको पद एक महिनाभन्दा बढी रिक्त राख्न नहुने बाध्यात्मक व्यवस्था रहेको उल्लेख गर्दै निवेदनमा उक्त पदको निर्वाचनका निम्ति सम्बन्धित निकायका नाममा परमादेशको आदेश जारी गर्न आग्रह गरिएको छ । यही असार ९ गते दायर भएको उक्त रिटमा असार ११ गते प्रथम सुनावाई गर्दै न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले निवेदनमाथि अग्राधिकारको आदेश दिएको अधिवक्ता सिम्खडाले राससलाई जानकारी दिए । रासस

दुई सिमेन्ट र एक ग्यास कम्पनीको अनुमति पत्र रद्द, तीन कम्पनीलाई स्पष्टिकरण मागियो

काठमाडौं । सरकारले दुई सिमेन्ट र एक ग्यास कम्पनीको अनुमति पत्र रद्द गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले एक विज्ञप्ती जारी गर्दै दुई सिमेन्ट कम्पनी र एक गयस कम्पनीको इजाजत अनुमति पत्र रद्द गरेको बताएकोे छ । विभागले सिमेन्ट कम्पनी रिलायन्स, ओम र एभरेष्ट ग्यासको इजाजत अनुमति पत्र रद्द गरेको हो । दुवै सिमेन्ट कम्पनीले गुणस्तरहीन सिमेन्ट उतपदन गरेको भन्दै आज इजाजत अनुमति पत्र नै रद्द गरेको बताएको छ । ती तीन कम्पनीको इजाजत पत्र नै रद्द नै गरेपनि अग्नी सिमेन्ट र सर्वोत्तम सिमेन्ट र कमला रोलिङ मिल्सलाई स्पष्टिकरण मागेको छ । विज्ञप्तीको उल्लेख गरे अनुसार ओम सिमेन्टको ब्राण्डमा उत्पादन गर्ने इन्टरनेशनल सिमेन्ट उद्योगले पनि इजाजत प्राप्त नभएको बेला बिक्री गरेपछि यसको उत्पादन रोक्का गरेको र अग्नी सिमेन्टको कन्प्रेसिभ स्ट्रेन्थ गुणस्तर विभागले तोकेको भन्दा कम भएपछि अग्नी सिमेन्टसँग समेत स्पष्टिकरण मागेको हो ।

प्रदेश नं. १ ले विदेशबाट आउने युवालाई कृषिमा समाहित गर्न ऋण दिने

विराटनगर । प्रदेश नं. १ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले विदेशबाट आउने युवालाई कृषिमा समाहित हुन चाहेमा सरकारले ऋण उपलब्ध गराउने बताएका छन् । प्रदेशसभाको आज बसेको बैठकमा मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफलका क्रममा सदनमा उठेका प्रश्नको जवाफ दिँदै उनले कृषिमा समाहित हुन चाहने त्यस्ता युवालाई सरकारले रु पाँच लाख ऋण दिने र सो ऋणको तीन वर्ष ब्याज पनि मिनाहा हुने जानकारी दिए । उनले ग्रामीण क्षेत्रमा कृषिमा आधारित सहकारीलाई मात्र सरकारले सहुलियत दिने भन्दै मन्त्रालयले ७० प्रतिशत तालीमको रकम कटौती गरेको बताए । राज्यमन्त्री मगरले सहकारीमा नजोडिएका किसानलाई पनि रासायनिक मल उपलब्ध हुने व्यवस्था मिलाइएको बताउँदै किसानलाई बीउविजन सकेसम्म निःशुल्क नभए अर्धशुल्क हुने व्यवस्थातर्फ सरकार छलफल गरिरहेको चर्चा गरे । मन्त्रालय सिँचाइमा केन्द्रित रहेको, रासायनिक मलको सट्टा अर्गानिक र प्रारङ्गारिक मलतर्फ सरकारले आवश्यक कदम चाल्ने भन्दै राज्यमन्त्री मगरले मध्यपहाडी र तराईमा मकैखेतीका लागि प्रति हेक्टर रु १५ हजार अनुदानको व्यवस्था गरेको जानकारी गराए । उनले किसानको समस्यालाई तत्काल समाधान गर्न किसान सूचना केन्द्र स्थापना हुने र कृषि अनुदान कार्यक्रममुखी रहेको बताए । उनले मुलुकमा फलफूलको आत्मनिर्भरता बढाउन सरकारले यसवर्षदेखि फलफूल दशक घोषणा गरेकाले यस कार्यकमबाट फलफूलको उत्पादन बढ्दै जानै उल्लेख गरे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भौत्तिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमा छलफल शुरु भएको छ । छलफलका क्रममा प्रदेशसभा सदस्य राजकुमार ओझा, धीरेन्द्र शर्मा, राजकुमार ओझा, राधा थापा, रामकुमार राई, श्रीप्रसाद मैनाली र सूयर्माराज राईले मन्त्रालयले विनियोजन गरेको बजेट समयमै खर्च हुने व्यवस्था हुनुपर्नेमा जोड दिए । उनीहरुले गौरवका आयोजना, बहुवर्षीय र प्राथमिकताका योजनामा विनियोजन भएको बजेटको रकम कम भएको चर्चा गर्दै मन्त्रालयले सिँचाइ, खानेपानी, सडक, पुल निर्माणका कार्यमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए । बजेटको सन्देश जनतामा जान मन्त्रालय गम्भीर हुनुपर्ने भन्दै सदस्यहरुले रातो किताबलाई कालो किताब बन्न नदिन र आम जनताको भावनालाई कदर गर्न मन्त्रालय बढी जिम्मेवार हुनुपर्ने बताए । प्रदेशसभाको अर्को बैठक यही असार १४ गते दिउँसो १२ः०० बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए । रासस