काठमाडौं । सरकारले दुई सिमेन्ट र एक ग्यास कम्पनीको अनुमति पत्र रद्द गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले एक विज्ञप्ती जारी गर्दै दुई सिमेन्ट कम्पनी र एक गयस कम्पनीको इजाजत अनुमति पत्र रद्द गरेको बताएकोे छ ।
विभागले सिमेन्ट कम्पनी रिलायन्स, ओम र एभरेष्ट ग्यासको इजाजत अनुमति पत्र रद्द गरेको हो । दुवै सिमेन्ट कम्पनीले गुणस्तरहीन सिमेन्ट उतपदन गरेको भन्दै आज इजाजत अनुमति पत्र नै रद्द गरेको बताएको छ ।
ती तीन कम्पनीको इजाजत पत्र नै रद्द नै गरेपनि अग्नी सिमेन्ट र सर्वोत्तम सिमेन्ट र कमला रोलिङ मिल्सलाई स्पष्टिकरण मागेको छ ।
विज्ञप्तीको उल्लेख गरे अनुसार ओम सिमेन्टको ब्राण्डमा उत्पादन गर्ने इन्टरनेशनल सिमेन्ट उद्योगले पनि इजाजत प्राप्त नभएको बेला बिक्री गरेपछि यसको उत्पादन रोक्का गरेको र अग्नी सिमेन्टको कन्प्रेसिभ स्ट्रेन्थ गुणस्तर विभागले तोकेको भन्दा कम भएपछि अग्नी सिमेन्टसँग समेत स्पष्टिकरण मागेको हो ।