काठमाडौं । नर्भिक अस्पतालमा १६८ केजीकी महिलाले स्वस्थ बच्चा जन्माएकी छिन् । सम्भवत यस्तो असाधारण तौल भएकी महिलाको शल्यक्रियात्मक प्रसूति नेपालमै पहिलो भएको अस्पतालले जनाएकाे छ ।
बिहिबार बिहान ११ः०० बजे नर्भिककी बरिष्ठ प्रसूति तथा विशेषज्ञ सर्जन डा. नुतन शर्माले शल्यक्रिया गरेपछि उनले स्वस्थ शिशु जन्माएकी थिइन् । उनले २.९५ के.जी. तौल भएकी स्वस्थ छोरी पाएकी छिन् ।
सामान्यतया यति ठूलो तौल र शारिरीक बनोट भएका महिलाको शल्यक्रियात्मक प्रसूति गराउनु आफंमा कठिन मानिन्छ ।हाल नवजात शिशु र आमा दुवै सामान्य अवस्थामा रहेको अस्पतालले जनाएको छ ।
डा. नुतन शर्मा जटिल र जोखिमयुक्त प्रसूति सेवाका अतिरिक्त बाँझोपन तथा टेष्टट्युब बेबीका लागि राम्रो ख्याति प्राप्त गरिसकेकी विशेषज्ञ हुन् ।