कम्तिमा ब्याचलर्स डिग्री नगरेका बैंकको ब्रान्च म्यानेजर हुन नपाउने व्यवस्था हाेस्
राष्ट्र बैंक छ कि छैन भन्ने अवस्थामा अहिले भने राष्ट्र बैंक छ है भन्ने अवस्था आएको छ । गभर्नर महाप्रसाद अधिकारी आएर त्यसको अनुभूति दिलाउनु भएको छ । अब केही सुशासनको पक्षमा काम गर्नुभयो भने राम्रा राम्रा नीतिहरु आएका छन् तिनीहरुले काम गर्ला । उदाहरणका लागि एउटै निर्णय गरिदिएर कम्तिमा ब्याचलर्स डिग्री नगरेका बैंकको ब्रान्च म्यानेजर र त्यो भन्दा माथिको तहमा हुन पाउँदै भन्ने निर्णय महाजी (गभर्नर महाप्रसाद अधिकारी) ले गरिदिनु भयो भने बैंकिङ्ग क्षेत्रको सुशासनको अहिले पुरानो रोग भएर आएको आईए पास भएकाहरु एसिस्टेन्ट म्यानेजरदेखि म्यानेजर भएको जुन समस्या छन्, त्याे सुशासनको एउटा सुरुवात होला भन्ने मलाई लाग्छ । अर्को, हाम्रा तीनवटै पक्षमा ध्यान दिनुपर्ने जरुरी छ । पोलिसी राम्रो आयो । अब इस्टिट्युसनहरुको समस्या हो । यो समस्या फर्केर फेरि १९७७ साल तिरकै कृषि विकास बैंकको परिकल्पनामा गएर सबै तल्लो साना मझौला कृषिमा आधारित ऋणको केन्द्रबिन्दु त्यसैलाई बनाईदिँदै छौं कि। हामीले अहिलेसम्म भएका जति पनि राम्रा पोलिसीहरु आउँदै नआएका होइनन् । त्यसको कार्यान्वयनमा इस्टिट्युसनल एशोसियसनको कुरा आयो । अर्को, कष्ट अफ फण्डको पनि कुरा आएको छ । त्यो कुरालाई सम्बोधन गर्न सकेनौं भने यो ठूलो चुनौती छ । अब धितोपत्र बोर्डमा पनि भिष्मजी भर्खर आउनु भएको छ । अहिलेकाे हाम्रो क्यापिटल मार्केट छ त्यो नेपालको अर्थतन्त्रको ऐना भनेर अन्तर्राष्ट्रिय स्तरमा भनिँदै आएकाे छ । बोर्डलाई एउटै काम जुन कि रियल सेक्टरदेखि सबै क्षेत्रको प्रतिनिधित्व हुने पारदर्शी ढंगले काम गर्ने वातावरण बनाई दिनुभयो भने त्यो सबैभन्दा ठूलो योगदान हुने छ । जहाँसम्म कोभिडको कुरा छ । यसमा बजेटले धेरै नै गर्न सक्ने ठाउँ थियो । त्यहाँ छुट्यो । अब त्यसलाई नेपाल राष्ट्र बैंकले, मौद्रिक नीतिले सम्बोधन गर्न खोज्या छ । के के छुट्यो भन्दा पनि तीन वटा कुरा अहिले पनि गर्न सकिने सम्भावना छ । एउटा यो राज्य संयन्त्र संघीय संरचना हो त्यसमा प्रादेशिक सरकार, स्थानीय सरकारहरुसँगको सहकार्यको । राष्ट्र बैंकले करेन्सी चेस राख्ने लोकेसन आइडिन्टीफिकेसनदेखि अरु के के गर्न सक्छ प्रदेश सरकारहरुले यी नीति कार्यान्वयनमा, नीति अनुगमनमा उपयुक्त ग्राहक छनोटमा के के भूमिका गर्न सक्लान् भन्ने त्यो भूमिकाको पहिचान अहिलेसम्म गर्न सकेका छैनौं । गर्ने असल मनसायका साथ काम गरिदिनु पर्ने जरुरत छ । दोश्रो काम, मौद्रिक नीतिले सायद गर्न सक्ने पनि त्यस्तै थियो होला । तर एउटा गर्न सक्ने काम के थियो भने उद्योग धन्दाहरुलाई ५ वा ६ वर्गमा वर्गीकरण गरेर तिनीहरुका समस्याहरु समाधानमा छुट्टा छुट्टै नीति ल्याईदिन सकिन्थ्यो । त्यो कस्तो भने व्याज छुट, निर्यात प्रवद्र्धनमा छुट भन्ने कुरा अहिले बन्द भएका उद्योग खुलेर तिनले उत्पादन गर्न सक्न थाले भने हो । तर त्यो साना मझौला उद्यमहरु जुन तथ्याङ्क विभागको तथ्यांकले पनि ९ लाखमध्ये ४ लाख त दर्ता नै नभई चलेको देखाएको छ । ती जुन अहिले सटर डाउन हुने, ढोका बन्द भएका उद्योगहरु छन् ती खुले भने बैंक तथा मौद्रिक नीतिले दिएका सुविधाहरु उपयोग गर्न सक्ने हुन्छन् । नभए ती बन्द भएको भयै हुने छन् । तिनीहरुले ल्याउने रोजगारी देखि सबै कुरामा समस्या पर्छ । त्यसैले जहाँ जहाँ समस्या छन्, त्यहा वर्गीकरण गरेर हेर्नुपर्ने जरुरी छ । अर्को, बैंकिङ्ग क्षेत्रलाई अब सामान्य मानसिकता राख्नुपर्छ, दपेट्ने मानसिकता राख्नु हुँदैन । करिब ८५ प्रतिशत निजी क्षेत्रको सहभागिता छ उनीहरुको पनि सर्भाइभ गरे भने देखि बैंकिङ्ग प्रणालीले नाफा कमाएर हाम्रा समस्याहरुलाई तरलताको व्यवस्थापन गर्न सक्छ भन्ने हो । तरलता व्यवस्थापनको हिसावले पनि अहिले सर्ट रन नै होला । अहिले अब अधिक तरलताको स्थिति २ खर्ब वा सावा २ खर्ब कति हो अब निकाल्ने बेला त हामी भन्दैनौ तर आँकडामा देखिरहेको छ । त्यसलाई अब उपयुक्त ढंगले कसरी परिचालन गर्न सकिन्छ भन्ने र खास गरी डिप्रेसनको बढ्दो जोखिमको अवस्था छ । मलेसिया लगायत अन्य खाडी मुलुकहरुको पनि खराब समाचारहरु आईरहेका छन् । त्यसैले, त्यो रिक्स म्यानेजमेन्टको साइडमा पनि अलिकति बोल्ड डिपार्चर लिनुपर्ने जरुरी छ । अलिकति इन्स्योरेन्स कम्पनीहरुले पनि ठट्टा गरेका हुन् की जस्तो लागिरहेको छ । हिजो कोरोना बीमाको प्रडक्ट आईहाल्यो भनेर केही प्रडक्टहरु अनाउन्स भयो, त्यसमा अहिले धेरै दत्तचित्त भएर लाग्ने, अगाडि बढ्न सक्ने कोरोना बीमा जस्तो प्रडक्टहरु मैले देखि रहेको छैन । अब स्ट्रेस छ । हामी सबैका लागि ‘दिज आर एक्स्ट्राअर्डिनरी टाइम’ । हामी अफ्ठ्यारोमा छौं । यतिबेला हाम्रो एक्स्प्लोर गर्ने पनि समय हो । निजी क्षेत्र पनि कर तिर्नेदेखि सबै कुरामा उदार भएको छ । त्यो सँगसँगै अर्थतन्त्रलाई अगाडि बढाएर लैजाने कुरामा फ्याक्ट, एभिडेन्स बेसड भन्छन् नि । पोलिसीलाई सर्पोट गर्न के गर्न सकिन्छ भनेर ठूला संस्थाहरु जस्तै चेम्बर, उद्योग वाणिज्य महासंघ लगायत अन्य अम्ब्रेला अर्गनाइजेसनहरु छन् तिनीहरुलाई वेस बनाएर लैजाने हो भने अहिले के कुराले काम गर्यो ? के व्यवसायले काम गर्यो ? अहिले के के प्रविधि तथा कुरामा समस्या रहेछन् भन्ने कुराहरुलाई पोलिसी नै गाइडेन्स हुने हिसावले सम फम अफ एक्सरसाइज गर्न जरुरी छ । (विकासन्युजले वार्षिकउत्सवकाे अवसरमा आयोजना गरेको भर्चुअल अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अर्थशास्त्री डा. अच्युत वाग्लेले व्यक्त गरेका विचार)
कैलाली बाढीमा मृत्यु भएका व्यक्तिकाे परिवारलाई २-२ लाख प्रदान
कैलाली । कैलालीको भजनीमा बाढीमा बगेर ज्यान गुमाएका तीन मृतकका परिवारलाई संघीय सरकारले राहत उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत मृतकका परिवारलाई जनही दुई/दुई लाख राहत रकम उपलब्ध गराइएको हो । भजनी नगरपालिकामा गत साउन १४ गते आएको बाढीमा परी ज्यान गुमाएका भजनी–८ काढाँढिकका ईश्वर शाह, चक्रबहादुर विक र जनकपुरका एजिकल चौधरीका परिवारलाई प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बोहराले दुई/दुई लाखको चेक हस्तान्तरण गरेका हुन् । उहाँले शाहकी श्रीमती शोभा शाह, विककी श्रीमती सावित्री विक र चौधरीका बुवा रमेश चौधरीलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् । भजनीका बाढीपीडितले रकम पाएपछि राहत महसुस गरेको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले बताए । “बाढीले भजनीमा त्रास सिर्जना भएको छ । बाढीमा बगेका परिवारमा थप पीडा छ”,उनले भने, “पीडामा राहत पाउँदा सरकार भएको अनुभूति पीडितले गरेका छन् ।” भजनीमा बाढीका कारण एक हजार ६७१ परिवार विस्थापित भएका छन् । ती मध्ये केही घर फर्किए पनि अझै सयौँ परिवार हुलाकी राजमार्ग र सामुदायिक वनमा टहरा बनाएर बसिरहेका छन् । पीडितले अझै बासस्थानमा फर्कन सक्ने अवस्था नभएकाले सरकारले उचित बासस्थानको व्यवस्था गरिदिनुपर्ने माग गर्न थालेका छन् । भजनी नगरपालिका र विभिन्न सङ्घसंस्थाले प्रभावितलाई खाद्यान्न, लत्ताकपडालगायतका अत्यावश्यक राहत वितरण कार्य गरिरहेका स्थानीय जयप्रसाद ढुङ्गानाले जानकारी दिए ।
आज साँझ सीसीएमसीको बैठक बस्दै, लकडाउनबारे के गर्ला निर्णय ?
काठमाडौं । कोभिड–१९ संकट व्यस्थापन केन्द्र (सिसिएमसी) को आज लबैठक बस्ने भएको छ । समतिको बैठक आज सिँह दरवारमा ५ बजे बस्ने बताइएको छ । समितिले संक्रमण देखिएको ठाउँमा लकडाउन, सिल गर्नका लागि योजना बनाउनेबारे छलफल हुने बताइएको छ । यस्तै, समितिले आज कोरोना भाइरस सम्बन्धि केही महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।
क्यानडाका अर्थमन्त्रीद्वारा राजीनामा
काठमाडाैं । क्यानडाका अर्थमन्त्री बिल मोर्नीले आफू निकट सम्बन्ध रहेको एक सामाजिक संस्थालाई सरकारी कार्यक्रम दिलाउन भूमिका खेलेको आरोपमा छानबिन हुन थालेपछि राजीनामा दिएका छन् । प्रधानमन्त्री जस्टिन ट्रुडोको छविमै आँच आउने अवस्था सिर्जना भएपछि उनले मन्त्री सहित साँसद पदबाट पनि राजीनामा दिएकाे समाचारमा जनाइएको छ । अहिले मन्त्री मोर्नीका परिवारका सदस्यहरुसँग डब्लुई च्यारिटी नामको संस्थाको सम्बन्धमा अनुसन्धान शुरु भएको छ, र प्रारम्भिक विवरणमा च्यारिटीसँग सम्बन्ध रहेका प्रमाणहरु सार्वजनिक भएका छन् । सरकारी अनुदानप्राप्त विद्यार्थी स्वयंसेवी कार्यक्रमका लागि डब्लुई च्यारिटीलाई ६७ करोड अमेरिकी डलरको एउटा कार्यक्रम संचालनको जिम्मेवारी दिइएको थियो । मन्त्री मोर्नीले आफूले विभिन्न भ्रमणका क्रममा डब्लुई च्यारिटीबाट यातायात खर्च बुझेको स्वीकार गरेका छन् । उनले संवाददाताहरुलाई भने, “म क्यानडाको अर्थमन्त्री र सांसद पद दुबैबाट राजीनामा दिँदैछु ।”
सिंगापुरद्धारा अर्थतन्त्रमा सुधार ल्याउन ५ अर्ब डलरभन्दा बढीको राहात प्याकेज घोषणा
काठमाडाैं । सिंगापुरले कारोना भाइरसका कारण ह्रास भएको अर्थतन्त्रमा सुधार ल्याउनका लागि भन्दै ५ अर्ब ८० करोड अमेरिकी डलर बराबरको राहात प्याकेजको घोषणा गरेको छ । सिंगापुरका प्रधानमन्त्रीले गत मार्च महिनाबाट नै सुरु गरेको सो प्याकेजबारेमा मंगलबार जानकारी दिइएको समाचारमा जनाइएको छ । साउथ चाइना मर्निङ पोष्टले जनाएअनुसार सिंगापुरमा ह्रास भएको अर्थतन्त्रको सुधारका लागि भन्दै यहाँको सरकारले घोषणा गरेको यो आर्थिक प्याकेजको कार्यक्रम आगामी मार्च महिनासम्मका लागि भएको बताएको छ । सिंगापुरका उपप्रधानमन्त्री तथा अर्थमन्त्री हङ स्वी कायतले यो आर्थिक प्याकेजले यहाँका कम्पनीहरुलाई आफ्ना आर्थिक क्रियाकलापकहरु गर्न तथा रोजगारमा असर परेका नागरिकलाई पुनः काममा बोलाउन पनि सहयोग पुग्न सक्ने अपेक्षा गरिएको बताए । साउथ चाइना मर्निङ पोष्टले दिएको जानकारी अनुसार यहाँको पछिल्लो समयको बेरोजगार दरमा पनि बृद्धि भएको देखिएको छ । यहाँ पछिल्लो महिना २।९ प्रतिशतमा बेरोजगार दर पुगेको छ । यो दर यसै वर्षको जनवरी देखि मार्चसम्मको भन्दा धेरै हो । त्यस अवधिमा यहाँको बेरोजगार दर २.४ प्रतिशत मात्र थियो । उपप्रधानमन्त्री कायतले सिंगापुर सरकारले यो राहातको कार्यक्रम मार्च महिनादेखि शुरु भएर आगामी वर्षको मार्च सम्मका लागि गरेको हो । यस अवधिमा यहाँ आर्थिक क्रियाकलापकरुलाई चलायमान बनाउन र उद्योग तथा कारखानाहरुमा गुमेका रोजगारीहरु पनि पुनस्र्थापना गर्न देशका उद्योग सञ्चालकहरुले पनि यो कोषको उपयोग गर्न सक्नेछन् । यो रकम यहाँको हवाई उड्डयनका साथै पर्यटन क्षेत्र र मजदुरहरुको ज्याला आदिका लागि पनि उपलब्ध गराइने उनले बताए । विश्वको अर्थतन्त्रमा कोरोना भाइरसको महामारीले असर गरेसँगै यसको प्रभाव सिंगापुरमा पनि परेको छ । यहाँको अर्थतन्त्रलाई ध्वस्त हुन नदिन सरकारले यो प्रस्ताव गरेको बताइएको छ ।
पोखरामा दुई कोरोना सङ्क्रमितको मृत्यु
पाेखरा । पोखरामा उपचारका क्रममा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की र तनहुँका एकएक जना छन् । पोखरा महानगरपालिका–१६ का ८७ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान १०ः४० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए । उनका अनुसार गत साउन ३२ गते उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या आई उनी अस्पतालको इमर्जेन्सी विभागमा उपचारका लागि आएका थिए । कोरोना पुष्टि भएपछि उनलाई सोमबार अस्पतालको कोभिड उपचार केन्द्रमा राखी उपचार भइरहेकामा मृत्यु भएको अस्पतालले जनाएको छ । ती पुुरुषमा कोरोनासहित मधुमेह, रक्तचापलगायत रोगको समस्या रहेको बताइन्छ । हालसम्म पश्चिमाञ्चल अस्पतालमा चार सङ्क्रमितको मृत्यु भएको छ । त्यसैगरी तनहुँको व्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको पोखरास्थित कास्की सेवा हस्पिटलमा उपचारका क्रममा गए राति ११ः३५ बजे मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । हेपाटाइटिस, निमोनिया, सुगर, प्रेसर तथा मुटुको समस्याले गत साउन ३१ गते अस्पताल भर्ना भएकी उनको सोमबार बिहान पिसिआर परीक्षणका लागि नमूना सङ्कलन गरिएकामा राति ९ बजे नतिजा पोजिटिभ आएको थियो । त्यसअघि दमौलीमा सामान्य उपचारपछि उनलाई पोखरा रेफर गरिएकामा आइसियुमा राखेर उपचार भइरहेको थियो । यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । रासस
प्रभुु क्यापिटलकाे ३ वर्षे निःशुल्क डिम्याट योजना भाद्र मसान्तसम्म
काठमाडौं । प्रभु क्यापिटलले संचालन गरिरहेकाे ३ वर्षे निशुल्क डिम्याट याेजना भाद्र मसान्त सम्मकाे लागि थप गरेको छ । कम्पनिले श्रावण महिनाभरी डिम्याट खाता खोल्ने ग्राहकहरुको लागि ३ वर्षे निःशुल्क डिम्याट खाता र मेरो शेयर योजना सञ्चालन गरिरहेकाेमा भाद्र मसान्त सम्म समय थप गरेको हाे । नेपाल सरकार र नेपाल धितोपत्र बार्डबाट समेत विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न अनुरोध भए अनुसार यस क्यापिटलले यस लिंकबाट अनलाईन खाता खोल्ने सुविधा सञ्चालन गरेको छ । साथै यस योजनामा प्रभु क्यापिटलको केन्द्रिय कार्यालय, कमलादी तथा प्रभु बैंकको नेपाल भरी रहेका २१० वटै शाखाबाट छिटो, छरितो रुपमा तथा डिम्याट र मेरो शेयरको खाता खोल्न सकिने सुविधा समेत सञ्चालन गरेको कम्पनिले जनाएकाे छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब ब्रुनईबाट पनि
काठमाडाैं । ब्रुनईको ख्यातिप्राप्त सियाममेल रेमिट्यान्स र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सम्झौता भएको छ । यससँगै ब्रुनईमा रहेका नेपालीहरुले सियाममेल रेमिट्यान्स सेवा प्रयोग गरी अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । उक्त रकम नेपालमा सिटी एक्सप्रेससँग आवद्ध ८ हजार ५ सयभन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिनेछ । ब्रुनईमा रहेका नेपालीहरुले साथसाथै नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सक्नेछन् । उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सियाममेल रेमिट्यान्सको तर्फबाट निर्देशकले हस्ताक्षर गरेका छन्।