कम्तिमा ब्याचलर्स डिग्री नगरेका बैंकको ब्रान्च म्यानेजर हुन नपाउने व्यवस्था हाेस्

<p>राष्ट्र बैंक छ कि छैन भन्ने अवस्थामा अहिले भने राष्ट्र बैंक छ है भन्ने अवस्था आएको छ । गभर्नर महाप्रसाद अधिकारी आएर त्यसको अनुभूति दिलाउनु भएको छ । अब केही सुशासनको पक्षमा काम गर्नुभयो भने राम्रा राम्रा नीतिहरु आएका छन् तिनीहरुले काम गर्ला । उदाहरणका लागि एउटै निर्णय गरिदिएर कम्तिमा ब्याचलर्स डिग्री नगरेका बैंकको ब्रान्च [&hellip;]</p>

राष्ट्र बैंक छ कि छैन भन्ने अवस्थामा अहिले भने राष्ट्र बैंक छ है भन्ने अवस्था आएको छ । गभर्नर महाप्रसाद अधिकारी आएर त्यसको अनुभूति दिलाउनु भएको छ । अब केही सुशासनको पक्षमा काम गर्नुभयो भने राम्रा राम्रा नीतिहरु आएका छन् तिनीहरुले काम गर्ला ।

उदाहरणका लागि एउटै निर्णय गरिदिएर कम्तिमा ब्याचलर्स डिग्री नगरेका बैंकको ब्रान्च म्यानेजर र त्यो भन्दा माथिको तहमा हुन पाउँदै भन्ने निर्णय महाजी (गभर्नर महाप्रसाद अधिकारी) ले गरिदिनु भयो भने बैंकिङ्ग क्षेत्रको सुशासनको अहिले पुरानो रोग भएर आएको आईए पास भएकाहरु एसिस्टेन्ट म्यानेजरदेखि म्यानेजर भएको जुन समस्या छन्, त्याे सुशासनको एउटा सुरुवात होला भन्ने मलाई लाग्छ ।

अर्को, हाम्रा तीनवटै पक्षमा ध्यान दिनुपर्ने जरुरी छ । पोलिसी राम्रो आयो । अब इस्टिट्युसनहरुको समस्या हो । यो समस्या फर्केर फेरि १९७७ साल तिरकै कृषि विकास बैंकको परिकल्पनामा गएर सबै तल्लो साना मझौला कृषिमा आधारित ऋणको केन्द्रबिन्दु त्यसैलाई बनाईदिँदै छौं कि। हामीले अहिलेसम्म भएका जति पनि राम्रा पोलिसीहरु आउँदै नआएका होइनन् । त्यसको कार्यान्वयनमा इस्टिट्युसनल एशोसियसनको कुरा आयो । अर्को, कष्ट अफ फण्डको पनि कुरा आएको छ । त्यो कुरालाई सम्बोधन गर्न सकेनौं भने यो ठूलो चुनौती छ ।

अब धितोपत्र बोर्डमा पनि भिष्मजी भर्खर आउनु भएको छ । अहिलेकाे हाम्रो क्यापिटल मार्केट छ त्यो नेपालको अर्थतन्त्रको ऐना भनेर अन्तर्राष्ट्रिय स्तरमा भनिँदै आएकाे छ । बोर्डलाई एउटै काम जुन कि रियल सेक्टरदेखि सबै क्षेत्रको प्रतिनिधित्व हुने पारदर्शी ढंगले काम गर्ने वातावरण बनाई दिनुभयो भने त्यो सबैभन्दा ठूलो योगदान हुने छ ।

जहाँसम्म कोभिडको कुरा छ । यसमा बजेटले धेरै नै गर्न सक्ने ठाउँ थियो । त्यहाँ छुट्यो । अब त्यसलाई नेपाल राष्ट्र बैंकले, मौद्रिक नीतिले सम्बोधन गर्न खोज्या छ । के के छुट्यो भन्दा पनि तीन वटा कुरा अहिले पनि गर्न सकिने सम्भावना छ । एउटा यो राज्य संयन्त्र संघीय संरचना हो त्यसमा प्रादेशिक सरकार, स्थानीय सरकारहरुसँगको सहकार्यको । राष्ट्र बैंकले करेन्सी चेस राख्ने लोकेसन आइडिन्टीफिकेसनदेखि अरु के के गर्न सक्छ प्रदेश सरकारहरुले यी नीति कार्यान्वयनमा, नीति अनुगमनमा उपयुक्त ग्राहक छनोटमा के के भूमिका गर्न सक्लान् भन्ने त्यो भूमिकाको पहिचान अहिलेसम्म गर्न सकेका छैनौं । गर्ने असल मनसायका साथ काम गरिदिनु पर्ने जरुरत छ ।

दोश्रो काम, मौद्रिक नीतिले सायद गर्न सक्ने पनि त्यस्तै थियो होला । तर एउटा गर्न सक्ने काम के थियो भने उद्योग धन्दाहरुलाई ५ वा ६ वर्गमा वर्गीकरण गरेर तिनीहरुका समस्याहरु समाधानमा छुट्टा छुट्टै नीति ल्याईदिन सकिन्थ्यो । त्यो कस्तो भने व्याज छुट, निर्यात प्रवद्र्धनमा छुट भन्ने कुरा अहिले बन्द भएका उद्योग खुलेर तिनले उत्पादन गर्न सक्न थाले भने हो । तर त्यो साना मझौला उद्यमहरु जुन तथ्याङ्क विभागको तथ्यांकले पनि ९ लाखमध्ये ४ लाख त दर्ता नै नभई चलेको देखाएको छ । ती जुन अहिले सटर डाउन हुने, ढोका बन्द भएका उद्योगहरु छन् ती खुले भने बैंक तथा मौद्रिक नीतिले दिएका सुविधाहरु उपयोग गर्न सक्ने हुन्छन् । नभए ती बन्द भएको भयै हुने छन् । तिनीहरुले ल्याउने रोजगारी देखि सबै कुरामा समस्या पर्छ । त्यसैले जहाँ जहाँ समस्या छन्, त्यहा वर्गीकरण गरेर हेर्नुपर्ने जरुरी छ ।

अर्को, बैंकिङ्ग क्षेत्रलाई अब सामान्य मानसिकता राख्नुपर्छ, दपेट्ने मानसिकता राख्नु हुँदैन । करिब ८५ प्रतिशत निजी क्षेत्रको सहभागिता छ उनीहरुको पनि सर्भाइभ गरे भने देखि बैंकिङ्ग प्रणालीले नाफा कमाएर हाम्रा समस्याहरुलाई तरलताको व्यवस्थापन गर्न सक्छ भन्ने हो । तरलता व्यवस्थापनको हिसावले पनि अहिले सर्ट रन नै होला । अहिले अब अधिक तरलताको स्थिति २ खर्ब वा सावा २ खर्ब कति हो अब निकाल्ने बेला त हामी भन्दैनौ तर आँकडामा देखिरहेको छ । त्यसलाई अब उपयुक्त ढंगले कसरी परिचालन गर्न सकिन्छ भन्ने र खास गरी डिप्रेसनको बढ्दो जोखिमको अवस्था छ । मलेसिया लगायत अन्य खाडी मुलुकहरुको पनि खराब समाचारहरु आईरहेका छन् ।

त्यसैले, त्यो रिक्स म्यानेजमेन्टको साइडमा पनि अलिकति बोल्ड डिपार्चर लिनुपर्ने जरुरी छ । अलिकति इन्स्योरेन्स कम्पनीहरुले पनि ठट्टा गरेका हुन् की जस्तो लागिरहेको छ । हिजो कोरोना बीमाको प्रडक्ट आईहाल्यो भनेर केही प्रडक्टहरु अनाउन्स भयो, त्यसमा अहिले धेरै दत्तचित्त भएर लाग्ने, अगाडि बढ्न सक्ने कोरोना बीमा जस्तो प्रडक्टहरु मैले देखि रहेको छैन ।

अब स्ट्रेस छ । हामी सबैका लागि ‘दिज आर एक्स्ट्राअर्डिनरी टाइम’ । हामी अफ्ठ्यारोमा छौं । यतिबेला हाम्रो एक्स्प्लोर गर्ने पनि समय हो । निजी क्षेत्र पनि कर तिर्नेदेखि सबै कुरामा उदार भएको छ । त्यो सँगसँगै अर्थतन्त्रलाई अगाडि बढाएर लैजाने कुरामा फ्याक्ट, एभिडेन्स बेसड भन्छन् नि । पोलिसीलाई सर्पोट गर्न के गर्न सकिन्छ भनेर ठूला संस्थाहरु जस्तै चेम्बर, उद्योग वाणिज्य महासंघ लगायत अन्य अम्ब्रेला अर्गनाइजेसनहरु छन् तिनीहरुलाई वेस बनाएर लैजाने हो भने अहिले के कुराले काम गर्यो ? के व्यवसायले काम गर्यो ? अहिले के के प्रविधि तथा कुरामा समस्या रहेछन् भन्ने कुराहरुलाई पोलिसी नै गाइडेन्स हुने हिसावले सम फम अफ एक्सरसाइज गर्न जरुरी छ ।

(विकासन्युजले वार्षिकउत्सवकाे अवसरमा आयोजना गरेको भर्चुअल अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अर्थशास्त्री डा. अच्युत वाग्लेले व्यक्त गरेका विचार)

Share News