विकासन्युज

भिसा कार्डबाट दराजमा सामान खरिद गर्दा ५ सय छुट

काठमाडाैं ।  नेपालमा अनलाइन कार्ड भुक्तानलाई अगाडि बढाउन दराज र डिजिटल भुक्तानी टेक्नोलोजी भिसा साझेदारीमा प्रवेश गरेका छन् । २०१८ मा अलिबाबाद्वारा अधिग्रहण भएदेखि, दराजले अलिबाबाको विशाल टेक्नोलोजी र अनुभवको लाभ उठाउँदै आफ्नो ग्राहकहरुको लागि बढी सुविधाजनक, सुरक्षित र सजिलो अनलाइन पूर्वभुक्तानी विधिहरु विस्तार गर्दै आएको छ । यस साझेदारीलाई सुरू गर्दै दराज र भिसाले आफ्नो ग्राहकहरुलाई असोज १४ देखि ३ सयसम्म भिसा कार्ड प्रीपेन्टमा १५५ छुट दिइरहेका छ । दराजमा ५ हजारभन्दा बढी विक्रेताहरू र उनीहरुले बेच्ने इलेक्ट्रोनिक्स, किराना, देखि फेसनसम्मका ४ लाख ५० हजारभन्दा बढी उत्पादनहरू रहेका छन् । ग्राहकहरुले यी मध्ये कुनै पनि छनौट गरी,आफुले दराजमा सेभ गरी राखेको भिसा कार्ड मार्फत पूर्वभुक्तानी गरे ५ सयसम्मको अधिकतम छुट पाउनेछन । यो अफर एक पटक मात्र प्रयोग गर्न सकिन्छ र नेपालमा जारी भिसा क्रेडिट, डेबिट र प्रीपेड कार्डहरुमा लागु हुनेछ । ‘नेपालमा अनलाइन भुक्तान विधिहरूको विकासका लागि सामूहिक प्रयास आवश्यक छ। त्यसैले हामी भिसासँग मिलेर यस कार्यलाई अघि बढाउन एकदमै खुसी छौं । यो प्रारम्भिक प्रस्तावको साथ हामी हाम्रा ग्राहकहरुलाई पहिले देखिनै बढी सुविधाजनक र सुरक्षित अनलाइन पूर्वभुक्तानी विधि प्रयोग गर्दा थप लाभ प्रदान गर्न चाहन्छौं,’ दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले भने । भिसामा मर्चन्ट सेल्स, अक्वेरिंग र साइबरसोर्सका प्रमुख, शैलेश पलले भने, ”सामाजिक दूरीको आवश्यकतालाई ध्यानमा राख्दै डिजिटल भुक्तानी र अनलाइन शपिंग हाल एकदमै महत्वपूर्ण भएको छ । हामी अनलाइन खरीददारहरूलाई अनलाइन भुक्तानी सुविधा मार्फत एक सुरक्षित अनुभव प्रदान गर्न चाहन्छौं र यसको लागी नेपालको अग्रणी अनलाइन बजार दराजसँग साझेदारी गर्न पाउँदा खुसी छौं । दक्षिण एसियाली बजारहरूमा दाराजसँगको हाम्रो सम्बन्धले उपभोक्ताहरूको किनमेलका अनुभवहरुलाई सुधार गर्न स्थापित कम्पनिहरु साझेदारीमा जानुपर्ने र जानसक्ने कुरालाई प्रमाणित पनि गर्दछ ।”  

महोत्तरीमा भदौ १० सम्म निषेधाज्ञा

महोत्तरी । कोभिड–१९ सङ्क्रमण ह्वात्तै बढेपछि महोत्तरीमा १० दिनसम्मलाई कफ्र्यू (निषेधाज्ञा) आदेश जारी भएको छ । सोमबार (भदौ १) मध्यरातदेखि लागू हुने गरि जिल्ला प्रशासन कार्यालय महोत्तरीले यस्तो आदेश जारी गरेको हो । यसअघि जिल्ला प्रशासन कार्यालयले जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाकोे मुख्य बजारक्षेत्र र छिमेकको महोत्तरी गाउँपालिकाका वडा नं ३ र ५ मा मात्र गत साउन २१ गतेदेखि पटकपटक गरी निषेधाज्ञा जारी गर्दै आएको थियो । पछिल्ला केही दिनयता जिल्लाका सबैजसो भेगमा सङ्क्रमण निकै बढेको हुँदा यसलाई रोकथामका लागि आवागमन रोक्न जिल्लाभरि नै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सोमबार साँझ जारी गर्नुभएको आदेशमा उल्लेख छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण व्यवस्थापन समितिको बैठकको निर्णयानुसार जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो । अत्यावश्यक काम र निर्माणकार्यलाई अवरोध नपुग्ने गरी भदौ १० मध्यरातसम्मलाई निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिए । यसक्रममा हिँडडुल, सवारीसाधन, हाटबजार र मेलाजात्रा सबै बन्द गरिएको आदेशमा उल्लेख छ । औषधि पसल र अस्पतालबाहेक अन्य सबै पसल बन्द रहनेछन् । निषेधाज्ञाको उल्लङ्घन गर्नेलाई तत्काल कारवाही गरिने प्रजिअ कटुवालको भनाइ छ । यसअघि स्थानीय प्रशासन (जिल्ला प्रशासन) ले सीमित क्षेत्रमा निषेधाज्ञा जारी गरेको भए पनि जिल्लाका स्थानीय तह र उद्योग वाणिज्य सङ्घको समन्वयमा बर्दिवास, भङ्गाहा, गौशाला, औरही, लोहारपट्टी र बलवासहितका नगरपालिका क्षेत्रमा साप्ताहिक हाटबजार साउन २१ यता बन्द गराउँदै आएका थिए । ती प्रयत्न प्रभावकारी नभएपछि जिल्लाभरि नै निषेधाज्ञा लागू गर्न स्थानीय प्रशासनलाई दबाब बढेको थियो । महोत्तरीमा कोभिड–१९ सङ्क्रमणबाट हालसम्म दुई जनाको मृत्यु भइसकेको छ । जिल्लामा सोमबार साँझसम्म एक हजार ८८ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यसमध्ये १२ जनामा सोमबार सङ्क्रमण पुष्टि भएको कार्यालयका कोभिड–१९ रोकथाम अभियानका स्रोत व्यक्तिसमेत रहेका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले जानकारी दिए । जिल्लाका सङ्क्रमितमध्ये ३७० जना उपचारपछि निको भएर घर फर्केका कार्यालयले जनाएको छ ।

चितवनका सशस्त्र प्रहरीका ४२ जनामा कोरोना सङ्क्रमण

चितवन । राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ । यसअघि सोही बाहिनीका आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गरिएको बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले जानकारी दिए । साठ्ठी जनाको नमूना सङ्कलन गरी पठाइएकामा ४२ जनामा सङ्क्रमण देखिएको जानकारी आफूले प्राप्त गरेको उनले बताए । नौ जनालाई ज्वरो आएकामा निको हुँदै गएर सोमबार साँझ एक जनालाई मात्र ज्वरो बाँकी रहेको उनले जानकारी दिए । बाहिनीमा ३०० भन्दा बढी सशस्त्र प्रहरी रहेका छन् । यो बाहिनीले वाग्मती प्रदेशको राजधानीका तीन जिल्लाबाहेकका जिल्ला हेर्ने गर्दछ । दुई दिनअघि पूर्वी चितवनका नगरप्रमुखहरुको बैठकले सो बाहिनी उच्च जोखिममा रहेको भन्दै त्यहीँ आइसोलेसन निर्माण गर्न वाग्मती प्रदेशलाई अनुरोध गर्ने निर्णय गरेको थियो । राप्ती नगरप्रमुख प्रभा बरालले सङ्क्रमण देखिएपछि सशस्त्र प्रहरी सबै बाहिनीभित्रै रहेकाले बाहिर सङ्क्रमण फैलन नपाएको अनुमान गरिएको बताए । सङ्क्रमण देखिएका प्रहरीलाई त्यहीँभित्र आइसोलेसन तयार गरी उपचार गरिने उनले जानकारी दिए । सोमबार राति अबेर कोभिड–१९ प्रयोगशालामा आएको नतिजाअनुसार ५० सङ्क्रमितमध्ये ४६ चितवनका हुन् ।

नबिल बैंकका सबै ऋणीले शुन्य दशमलव २५ प्रतिशत व्याज छुट पाउने

काठमाडौं । नबिल बैंक लिमिटेडले आºना ऋणीलाई शुन्य दशकलव २५ प्रतिशत छुट दिएको छ । कोरोना भाइरस (कोभिड १९) महामारीबाट आºना ऋणी गम्भीर समस्यामा परेपछि बैंकले शुन्य दशमलव २५ प्रतिशत छुट दिएको हो । बैंकले साउनमा आºना सबै ऋणी ग्राहकहरूलाई ०.२५ प्रतिशत ब्याज दर घटाएको छ । यस्तो छुट खराब कर्जाका ऋणीले प्राप्त नगर्ने बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नबिल बैंकबाट ऋण लिएका व्यक्ति र संस्थागत ग्राहकहरूले भोग्नुपरेको निरन्तर कठिनाइलाई ध्यानमा राख्दै सबै ऋणीलाई लाग्ने ब्याज दरमा ०.२५ प्रतिशत छुट दिएको बताएका छन् । ‘कुनै व्यक्तिको अटो वा होम लोन छ, वा कम्पनीले लिएको हाइड्रो ऋण छ वा बीचमा अन्य कुनै ऋण लिएको छ भने उसले यो सुविधा पाउने छ । तर, खराब ऋणीको सूचीमा रहेको वा समयमै ऋण चुक्ता नगरेको ऋणीले यो सुविधा पाउदैनन्’ शाहले भने । हालै मात्र कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा निजी क्षेत्रका सबै भन्दा बढी रकम रु. ६ करोड हस्तान्तरण गरेको बैंकले आफ्नो दीर्घकालिन योजनामा सातै प्रदेशमा नबिल सरुवा रोग रोकथाम, नियन्त्रण तथा सहयोग केन्ıका लागि अस्पताल निर्माण तथा उपचारमा सहयोग गर्न अघि बढ्ने योजना समेत बनाएको छ ।

गभर्नर होम क्वारेन्टीनमा, राष्ट्र बैंकका सबै कर्मचारीको पीसीआर टेष्ट हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी होम क्वारेन्टीनमा बसेका छन् । राष्ट्र बैंकको नयाँ भवन निर्माणमा खटिएका एक इन्जिनियरलाई कोभिड–१९ पोजेटिभ देखिएको र ती इन्जिनियरले गभर्नर अधिकारीलाई भेटेको पाइएकोले गभर्नर होम क्वारेन्टीनमा बस्नु परेको राष्ट्र बैंकका उच्च स्रोतले बतायो । स्रोतका अनुसार गत साता इन्जिनियरको एक टोली भैरहवा पुगेर त्यहाँको भवनको अवस्था अध्ययन गरी फर्किएको थियो । भैरहवाबाट फर्किएपछि उनीहरुको पीसीआर परीक्षण गराइएको थियो । त्यस मध्ये एक जनामा कोभिड–१९ पोजेटिभ रिजल्ट आएको थियो । अस्पतालले कन्ट्रयाक टेसिङ गर्ने क्रममा ती इन्जिनियरले गभर्नर अधिकारीलाई भेटेको बताएका थिए । त्यसपछि अस्पतालले तत्काल गभर्नरलाई जानकारी दिदै ६ दिन होम क्वारिन्टनमा बस्न र त्यसपछि पीसीआर परीक्षण गराउन सुझाव दिएको थियो । ‘शुक्रबार अस्पतालले जानकारी दियो, त्यसपछि उहाँ घरमै क्वारिन्टीनमा बस्नु भएको छ’ राष्ट्र बैंकका उच्च अधिकारीले बताए । ‘३ गते पीसीआर परीक्षण गराउनुहुन्छ । नतिजा नेगेटिभ आयो भने ४/५ गतेबाट अफिस आउनुहुन्छ’ उनले भने । राष्ट्र बैंकले कोभिड संक्रमणबाट बच्च उच्च सर्तकता अपनाएको र आफना सबै कर्मचारीको पीसीआर परीक्षण थालेको जनाएको छ । गत बिहीबारदेखि दैनिक ७०/८० जना कर्मचारीको पीसीआर टेष्ट गराईरहेको छ । यस क्रममा गत साउन २९ गते विहीबार मुद्रा व्यवस्थापन विभागका एक कर्मचारीमा कोभिड संक्रमण भएको रिपोर्ट आएको र भदौ १ गते सोमबारको परीक्षणमा वित्तीय जानकारी इकाइका एक कर्मचारीलाई पनि कोरोना पोजेटिभ देखिएको स्रोतले बतायो । शुक्रबार र आइतबार गरिएकाे परिक्षणमा सबै रिपाेर्ट नेगेटिभ आएकाे छ ।

बैंकर्स संघले भन्योः साधारण कामका लागि पनि बैंक नआउनु, डिजिटल माध्यम बढी प्रयोग गर्नु

काठमाडाैं । नेपाल बैंकर्स संघले साधारण कामका लागि पनि बैंक नआउन सर्वसधारणलाई आग्रह गरेको छ । सोमबार संघले सार्वजनिक अपिल गर्दै यस्ताे आग्रह गरेकाे हाे । संघले डिटिजल माध्यम अपनाउन समेत अनुरोध गरेको हाे । बैंकिङ काराेबार गर्नका लागि डिजिटल बैंकिङ्गको माध्यमवाट प्रायस् जसो सबै प्रकारका दैनिक कारोवार गर्न सकिने हुनाले डिजिटल बैंकिङ्गसेवाको अझ बढी प्रयोग गर्नुपर्ने संघले बताएको छ । यस्तै, डिजिटल बैंकिङ्ग प्रयोग गर्न कुनै पनि प्राबिधिक समस्या भएमा, पासवर्ड विर्सिएमा वा अन्य कुनै अफ्ठ्यारो परेको खण्डमासम्बन्धित बैंकको शखामा फोन मार्फत् सम्पर्क गर्न अनुराेध गरेकाे छ ।

मन्त्रिपरिषद् बैठक शुरु, के हाेला निर्णय ?

काठमाडाैं । आज मन्त्रिपरिषद्को नियमति बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेर अघि मन्त्रिपरिषद्को नियमित बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् । कोरोना जोखिम नेपालमा बढिरहेको अवस्थामा जोखिम न्यूनिकरणको लागि केहि महत्वपुर्ण निर्णय हुन सक्ने बुझिएको छ । यद्यपी कोरोनासँग र प्रशासनिक कामसँग सम्बन्धित केही महत्वपूर्ण निर्णय हुनसक्ने समेत स्रोतले जानकारी दिएको छ ।

सरकारी कोषमा वोमी लघुवित्तको ३ लाख ३४ हजार सहयोग

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा ३ लाख ३४ हजार १ सय ६९ रुपैयाँ जम्मा गरेको छ ।  बैंकले राष्ट्रिय बाणिज्य बैंकमा रहेको खातामा ३ लाख ३४ हजार १ सय ६९ रुपैया जम्मा गरेको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा २०७७ असार मसान्त सम्ममा कायम रकम योगदान गरेको हो । संस्थाले योगदान गरेको रकमले कोभिड-१९ फैलिने क्रमले पुर्याएको विषम परिस्थितिमा केही राहत पुग्ने विश्वास लिइएको छ ।