अमेरिकाका राष्ट्रपति ट्रम्पले नयाँ पार्टी खोल्ने बारे छलफल गर्दै

एजेन्सी । आजदेखी अमेरिकी राष्ट्रपतिको कार्यकाल सकिन लागेका डोनाल्ड ट्रम्पले नयाँ पार्टी खोल्ने बताएका छन् । त्यसको लागि उनले छलफल चलाईरहेका छन् । ट्रम्पले नयाँ पार्टीको नाम प्याट्रियट पार्टी राख्न चाहेका छन् । जतिसुकै आलोचना भए पनि ट्रम्पले फेरी आफ्नो प्रभाव जमाउन चाहेका छन् । पछिल्ला दिनमा रिपब्लिकन पार्टीका नेताहरुसँग उनको असमझदारी बढ्दै गएको देखिन्छ । जनवरी ६ मा अमेरिकी संसद भवनमा भएको हिंसात्मक घटनापछि ट्रम्पको आलोचना झन् बढ्दै गएको छ । अमेरिक मिडियाका अनुसार ट्रम्पले स्थानीय समयअनुसार बुधबार बिहान ८ बजे ह्वाइट हाउस छाड्ने बताइएको छ । गत नोभेम्बरमा जो बाइडेनसँग ट्रम्पले चुनाव हारेका थिए । तर, उनले आफ्नो हार अस्विकार गरिरहेका छन् । बरु चुनाबमा धाँधली भएको आरोप लगाउँदै आएका छन् । ट्रम्पका विरुद्ध दोस्रो महाअभियोग लागेको छ । यदि माथिल्लो सदन सिनेटबाट महाअभियोग पारित भएमा ट्रम्पले सन् २०२४ को आगामी चुनाबमा भाग लिन पाउने छैनन् ।

ह्वाईट् हाउसमा जो बाइडेनको आज दोस्रो इनिङ हुँदै

एजेन्सी । जो बाइडेन आजबाट अमेरिकाको ४६ औं राष्ट्रपतिका बन्दैछन् । पाका र अनुभवी राजनीतिज्ञ जो बाइडेनको पूरा नाम जोसेफ आर.बाइडेन हो । २० जनवरी, २०२१ देखी अमेरिकाको राष्ट्रपति हैसियतमा उनले कार्यभार सम्हाल्दै छन् । चार वर्षको कार्यकाल सम्हाल्ने गरी ह्वाईट् हाउस प्रवेश गर्न लागेका ७८ वर्षिय बाइडेन अमेरिकाको इतिहासमा सबैभन्दा बढी उमेरमा राष्ट्रपतिमा चुनिने व्यक्ति हुन् । तर, अर्को रोचक कुरा अमेरिकाको इतिहासमा सबैभन्दा कम उमेरमा सेनेटमा निर्वाचित हुने व्यक्ति पनि बाइडेन नै हुन् । २९ वर्षकै उमेरमा बाइडेन अमेरिकाको सेनेटमा निर्वाचित भएका थिए । डेलावेयरमा उनले ६ कार्यकाल सेवा गरेका थिए । दुई पटक उप–राष्ट्रपतिका रुपमा काम गरिसकेका बाइडेन वातावरण सुरक्षा र जलवायु परिवर्तनका मुद्धामा गम्भिरतापुर्वक लागि पर्छन् । २०२० को नोभेम्बरमा चुनावमा बाइडेन डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेका थिए । बहालबाला राष्ट्रपति डोनाल्ड जे. ट्रम्पलाई हराउँदै नोभेम्बर ७ मा निर्वाचित बने । डिसेम्बर १४ मा इलोक्टोरल कलेजले बाइडेनका पक्षमा ३०६ र ट्रम्पका पक्षमा २३२ मत दियो । बहालबाला राष्ट्रपति ट्रम्पले आफ्नो हार अस्विकार गर्दै चुनावमा धाँधली भएको आरोप लगाए । यसअघिका राष्ट्रपति बराक ओबामाको कार्यकालमा उनले उप–राष्ट्रपतिका रुपमा ह्वाइट आउसमा काम गरिसकेका छन् । बाइडेन ३६ पटक सांसद र ८ वर्ष उप–राष्ट्रपतिको भूमिका निभाईसकेका छन् । बाइडेनले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेका छन् । कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि उनले स्वास्थ्य सेवा प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेले । कोरोना महामारीका कारण एकातिर बेरोजगारी समस्या बढ्दै गयो । अर्कोतिर आर्थिक संकट गहिरिदै गयो । यो समस्या समाधानका लागि बाइडेनले विशेष राहत प्याकेजको घोषणा गरे । राष्ट्रपतिका रुपमा ह्वाइट हाउस प्रवेश गरिसकेपछि बाइडेलको परराष्ट्र नीतिमा पनि व्यापक फेरबदल आउने विश्वास गरिएको छ । आप्रवासिका लागि उनले नयाँ भिसा नीति अपनाउने यसअघि उनले चालेका अभियानले देखाईसकेको छ । जीवनको आधा उमेर खुला जीवन बाँचिसकेका बाइडेनले अमेरिकालाई थप नयाँ उचाईमा पर्‍ुयाउने अठोट गरिसकेका छन् । राष्ट्रपतिको चुनावमा जितिसकेपछि उनले चालेका केही कदमले त्यसको छनक दिईसकेका छन् ।

विश्वका ६० देशमा पुग्यो नयाँ स्वरुपको कोरोना भाइरस

जेनेभा । कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यो सङ्क्रमण विश्वका ६० देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो । उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको छ । विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेको छ । यता बेलायतबाट निस्किएको भनिएको कोरोना भाइरसको नयाँ सङ्क्रमण पनि बढ्दो रुपमा विश्वमा बढ्दै गएको बताइएको छ । विश्व स्थास्थ्य संगठनले दिएको जानकारीअनुसार गएको एक हप्ताभित्रमा मात्र करिब ९३ हजार जनाको ज्यान गएको छ । कोरोना भाइरसबाट उनीहरुको ज्यान गएको हो । तर त्यसमा यो नयाँ स्वरुपको भाइरसका कारण के कस्तो क्षति पुगेको छ भन्ने बारेमा भने केही अनुसन्धान भएको छैन । गएको सात दिनभित्रमा विश्वमा कोरोना भाइरसका थप ४७ लाख जति सङ्क्रमितहरु थपिएका छन् । पछिल्लो समयमा युरोपमा भित्रिएको खोपका कारण धेरै नागरिकमा आशा पलाएको छ । युरोपेली युनियनले पछिल्लो तथ्यांकमा भनेको छ कि आगामी अगष्ट महिनाको अन्तिम सम्ममा विभिन्न युरोपेली देशहरुका करिब ७० प्रतिशत नागरिकलाई यो खोप दिइ सकिने भएको छ । रासस/एएफपी