काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले ब्रह्माण्डका रहस्यमय पक्षहरू–डार्क म्याटर, डार्क इनर्जी र सौर्यमण्डल बाहिरका ग्रहहरूको विस्तृत अध्ययनका लागि आइतवार ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट स्थानीय समयअनुसार आइतबार बिहान ७ः२६ बजे स्पेसएक्सको ‘फाल्कन हेभी’ रकेटमार्फत यो महत्वाकांक्षी टेलिस्कोप प्रक्षेपण गरिएको हो ।
प्रक्षेपण भएको सात मिनेटपछि म्यारिल्यान्डस्थित नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरले टेलिस्कोपबाट सञ्चार सम्पर्क स्थापित गरी ‘टेलिमेट्री’ तथ्याङ्कहरू प्राप्त गर्न सुरु गरेको थियो ।