२० वर्षका विद्यार्थीले सेयर बजारबाट एक महिनामै कमाए पौने ९ अर्ब

काठमाडौं । सेयर बजारबाट लगानीकर्ताले ठूलो नाफा गर्ने गर्छन् । सेयर बजारमा लगानीकर्ताले एक वर्षमा होइन एक महिना र एक दिनमा पनि करोडौं रुपैयाँ कमाउन सक्छन् । त्यसका लागि पैसा भएर मात्रै हुँदैन, लगानीर्तासँग प्राविधिक ज्ञानसँगै बजारको अनुभव र आरोह अवरोहका विषयमा राम्रो जानकारी हुन आवश्यक हुन्छ । नेपाल, भारतसँगै विश्व बजारमा पनि लगानीकर्ता करोडपति बन्दै गएका छन् भने कतिपय नराम्रोसँग फसेका समाचारहरु पनि कहिलेकाहीँ बाहिरिन्छन् । आज हामी तपाईंलाई सेयर बजारमा २१५ करोड रुपैयाँ लगानी गर्ने विद्यार्थीको बारेमा बताउँदैछौं । ती विद्यार्थीले सेयर किनेर महिनापछि मात्र बेच्दा करिब ८७८ करोड रुपैयाँ कमाए अर्थात् ती विद्यार्थीले एक महिनामा ६६४ करोड रुपैयाँ कमाएका छन् । यो घटना अमेरिकाको हो । जेक फ्रीमैन नाम गरेका अमेरिकाका २० वर्षीय ती विद्यार्थीले एक महिनाको अवधिमा सो आम्दानी गरेका हुन् । उनी युनिभर्सिटी अफ साउथ क्यालिफोर्नियाका विद्यार्थी हुन् । यी विद्यार्थीले बेड बाथ एन्ड बियोन्ड कम्पनीको सेयर किनेका थिए, जसबाट उनले करोडौं आम्दानी गरेका हुन् । उनले ५० लाख कित्ता सेयर ४४० रुपैयाँमा किनेका थिए । एक महिनामै सो स्टकको मूल्य २१६० को स्तरमा पुगेपछि उनले सेयर बिक्री गरे । उनले आफ्नो परिवार र साथीभाइबाट ऋण लिएर सेयर बजारमा लगानी गरेको विभिनन सञ्चार माध्यममा बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा

इन्धन आपूर्तिमा अवरूद्धता मर्मतका लागि भएको पुटिनको दावी

काठमाडाैं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले आफ्नो ऊर्जा निर्यातलाई ‘हतियार’का रूपमा प्रयोग गरिरहेको भन्ने आरोपको बुधबार खण्डन गरेका छन् । जाडो याम नजिकिँदै गर्दा युरोपमा ऊर्जा मूल्य सङ्कट उत्पन्न हुने डरलाई थप प्रमाणित गर्दै रूसले मर्मतका लागि नोर्ड स्ट्रिम पाइपलाइन केही दिनका लागि बन्द गरिएको जनाएको छ । रूसी आपूर्तिमा अत्यधिक निर्भर रहेको युरोपले युक्रेनमा रूसको सैन्य अभियानलाई लिएर लगाइएको प्रतिबन्धको जवाफमा मस्कोले ऊर्जालाई आपूर्तिलाई ब्ल्याकमेलिङको रूपमा प्रयोग गरेको आरोप लगाउँदै आएको छ । पुटिनले प्रशान्त महासागरीय बन्दरगाह शहर भ्लादिभोस्तोकमा आयोजित इस्टर्न इकोनोमिक फोरममा भने, “रूसले ऊर्जालाई हतियारको रुपमा प्रयोग गर्छ भन्ने उनीहरूको भनाइ छ, यो निकै गलत छ,  आयातकर्ताको अनुरोध र आवश्यकताअनुसार आफ्नो क्षमतामा इन्धन आपूर्ति गर्छौं ।” रूसी ग्याँस कम्पनी गजप्रोमले शुक्रबार एक टर्बाइनमा तेल चुहावट भेटिएपछि नोर्ड स्ट्रिम मर्मतका लागि बन्द गर्ने जनाएको छ । क्रेमलिनको प्रतिबन्धले रूसी ग्याँस पूर्वाधारको उचित मर्मतसम्भारमा बाधा पु¥याएको र विशेष गरी क्यानाडामा मर्मत भइरहेको सिमेन्स टर्बाइनको फिर्तीमा अवरोध पु¥याएको बताएको छ । भ्लादिभोस्तोक फोरममा पुटिनले भने, “हामीलाई टर्बाइन दिनुहोस्, हामी भोलि नोर्ड स्ट्रिम घुमाउनेछौं।” “हामी भोलि यो गर्न तयार छौं, केवल एक बटन थिच्न आवश्यक छ तर हामीले नै प्रतिबन्ध लगाएका होइनौं,” पुटिनले भने ।

बैंकको एक गल्तिले खातामा ७० लाख अमेरिकी डलर पुगेपछि…

काठमाडौं । थेवामानोगरी मनीवेलको बैंक खातामा जब गल्तीले ७० लाख अमेरिकी डलर जम्मा भयो त्यसबेला उनलाई आफू संसारकै भाग्यमानी महिला रहेको अनुभूति भयो । तर, अहिले उनी र उनका केही साथीहरूले अप्ठेरो परिस्थितिको सामना गरिरहेका छन्। अस्ट्रेलियाको एउटा अदालतले उनीहरूलाई रकम फिर्ता गर्न आदेश दिएको छ । साथै उक्त रकमको ब्याज र कानुनी कारबाहीका क्रममा लागेको खर्च पनि अर्को पक्षलाई तिर्न भनेको छ । सन् २०२१ मा क्रिप्टो डटकमले मनीवेलको खातामा अस्ट्रेलियाली डलरमा कारोबार गरेपछि यो विवाद सुरु भएको थियो। त्यसबेला दक्षिणपूर्वी अस्ट्रेलियाको मेलबर्न सहरमा बस्ने मनीवेलको खातामा जम्मा १०० डलर भुक्तानी हुनुपर्ने थियो। तर उनको खातामा लगभग ७० लाख अमेरिकी डलर जम्मा भयो। अस्ट्रेलियाका सञ्चारमाध्यमका अनुसार मानवीय गल्तीले त्यस्तो भएको थियो। पैसा पठाउँदा रकम राख्नुपर्ने ठाउँमा मनीवेलको खाता नम्बर राखिदिँदा उक्त समस्या उत्पन्न भएको विवरणमा जनाइएको छ। गल्तीको अनुभूति मनीवेल क्षणभरमै करोडपति बनिन्। र उनीसँग उक्त रकमलाई व्यवस्थापन गर्न समयको कुनै अभाव थिएन। त्यसपछिका केही महिना उनले आफ्नो खातामा आएको रकमको ठूलो हिस्सा आफ्ना साथीहरूको संयुक्त खातामा पठाइन्। ती साथीले करिब तीन लाख डलर आफ्नी छोरीको खातामा पठाइन। उनले मेलबर्नको उत्तरमा एउटा घर समेत खरिद गरिन्। मलेशियामा रहेकी आफ्नी बहिनीको नाममा मनीवेलले घर किनेकी थिइन्। चार कोठा, चार बाथरुम, सिनेमा हल, जिम र दुइटा ग्यारेज भएको उक्त भवनको क्षेत्रफल ५०० वर्गमिटर थियो र त्यो साढे १३ लाख डलरमा किनिएको थियो। क्रिप्टोकरेन्सी कम्पनीलाई आफ्नो यो गल्ती थाहा पाउन कैयौँ महिना समय लाग्यो। अस्ट्रेलियाको भिक्टोरिया प्रान्तस्थित सर्वोच्च अदालतका न्यायाधीश जेम्स एलियटले अघिल्लो शुक्रवार भने, “यस्तो लाग्छ कि निवेदकलाई आफ्नो यत्रो ठूलो गल्ती थाहा पाउन नै सात महिना समय लाग्यो।“ अदालतको फैसला अदालतले निवेदकको पक्षमा फैसला सुनाउँदै पूरै रकम मात्र नभएर त्यसको ब्याज र कानुनी खर्च समेत फिर्ता गर्न आदेश दिएको छ। अदालतले मनिवेलको बहिनीको नाममा किनिएको घर बिक्री गर्नुपर्ने निर्णय सुनाउँदै गल्तीले आएको रकमबाट उक्त सम्पत्ति खरिद् गरिएको साबित भएको उल्लेख गरेको छ। क्रिप्टोकरेन्सी कम्पनीले यो वर्षको फेब्रुअरी महिनामा कानुनी कारबाही सुरु गरेको थियो। त्यसक्रममा मनीवेलसँग जोडिएका खाता रोक्का गर्न उक्त कम्पनी सफल भएको थियो। तर ती खाता रोकिँदासम्म अधिकांश रकम अन्य खातामा ट्रान्सफर भइसकेका थिए। मनीवेलको सम्पत्ति फ्रिज भएको दुई हप्तापछि उनकी बहिनी नयाँ घरको मालिक बनेकी थिइन्। उक्त कम्पनीले उनको पनि खाता फ्रिज गर्न माग गरेको थियो। तर अहिले अदालतले उनको घर पनि बेच्न आदेश दिएको छ। बीबीसी