समृद्धि फाइनान्समा आकर्षक रोजगारीको अवसर

काठमाडौं । जागिर खोज्नेहरुको लागी खुसीको खबर छ । समृद्धि फाइनान्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । फाइनान्सले चिफ क्रेडिट अफिसर र चिफ कम्प्लेयन्स एण्ड रिस्क अफिसर पदहरुमा १ जना, ब्रान्च म्यानेजरमा १० जना, एसिस्टेन्ट र जेआर एसिस्टेन्ट पदमा ५ जना कर्मचारी माग गरेको छ । चिफ क्रेडिट अफिसर र चिफ कम्प्लेयन्स एण्ड रिस्क अफिसर पदहरुमा आवेदन दिन मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्नेछ छ । साथै, ब्रान्च म्यानेजरमा १० जना, एसिस्टेन्ट र जेआर एसिस्टेन्ट पदहरुमा आवेदन दिन प्लस टु देखि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने फाइनान्सले जनाएकाे छ ।

लोक सेवाले माग्यो खरिदारका लागि ठुलो संख्यामा कर्मचारी

काठमाडौं । जगिर खोज्नेहरुको लागि खुसिको खबर छ । लोक सेवाले देशभरका लागि २४४ जना खरिदार माग गरेको हाे । लोक सेवा आयोगले देशभरका विभिन्न कार्यालयबाट प्राविधिक तथा स्वास्थ्य सेवा क्षेत्रमा चौथो तह खरिदारमा २४४ जना कर्मचारी माग गरेको छ । आयोगले आज सूचना जारी गर्दै देशभरका लोकसेवा कार्यालयबाट खरिदार पदका लागि कर्मचारी माग गरेको हो । उक्त्त सूचनाअनुसार लोकसेवा आयोग धनकुटा कार्यालयले ३३ जना कर्मचारी माग गरेको छ । त्यसैगरी, इलाम कार्यालयले १२ जना, खोटाङ कार्यालयले १५ जना, जलेश्वर कार्यालयले १२ जना, काठमाडौं कार्यालयले ५४ जना, हेटौंडा कार्यालयले १५ जना, पोखारा कार्यालयले १० जना र बाग्लुङ कार्यालयले ८ जना कर्मचारी माग गरेका छन् । त्यसैगरी, लोक सेवा आयोग बुटवल कार्यालयले १८ जना, दाङ कार्यालयले १८ जना, सुर्खेत कार्यालयले १० जना, जुम्ला कार्यालयले ७ जना, दिपायल कार्यालयले १० जना र महेन्द्रनगर कार्यालयले २२ जना कर्मचारी माग गरेका छन् । आयोगअनुसार परिक्षा लिखित, प्रयोगात्मक र अन्तवार्ता हुनेछ । आवेदनका लागि आयोगले ५ सय रुपैयाँ दस्तुर तोकेको छ । त्यसका समावेशी समूहतर्फक थप आवेदन बुझाउने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि १५० रुपैयाँ लाग्नेछ । इच्छुक व्यक्तिले वैशाख १९ गतेसम्ममा दिन सक्नेछन् । त्यसमा दोब्बर दस्तुर तिरेर भने वैशाख २५ गतेसम्ममा आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रेस सल्लाहकारमा वरिष्ठ पत्रकार गोविन्द आचार्य नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका प्रेस संयोजक नरेन्द्र केसीले जानकारी दिए । विसं २०५० देखि पत्रकारितामा क्रियाशील आचार्य नेपाल पत्रकार महासङ्घको पूर्वअध्यक्ष तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष थिए । उनी तत्कालीन जनादेश साप्ताहिकको सम्पादक, जनदिशा राष्ट्रिय दैनिकको प्रधानसम्पादक थिए। क्रान्तिकारी पत्रकारको नेतृत्व गर्दै आएका आचार्य प्रेस सेन्टर नेपालको संस्थापक सदस्य हुन् । माण्डवी गाउँपलिका प्यूठानमा जन्मनुभएका आचार्य क्रान्तिकारी पत्रकार सङ्घको पूर्वसंयोजक थिए । उनले कानुनमा स्नातक गरेका छन् ।