नेपाल वित्तीय संस्था संघको अध्यक्षमा पन्त, को–को बने पदाधिकारी ?

काठमाडौं । नेपाल वित्तीय संस्था संघको अध्यक्षमा पन्त चयन भएका छन् । शुक्रबार सम्पन्न भएको साधारण सभाबाट आईसिएफसि फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पन्त अध्यक्षमा चयन भएका हुन् । नवनियुक्त अध्यक्ष पन्त यसअघि प्रथम उपाध्यक्ष थिए भने गुडविल फाइनान्सका सीईओ सरोज काजी तुलाधर संघको अध्यक्ष थिए । यस्तै, संघको प्रथम उपाध्यक्षमा पोखरा फाइनान्सका सीईओ रबि चन्द्र गुरुङ, द्वित्तीय उपाध्यक्षमा सेन्ट्रल फाइनान्सका सीईओ राजोज मान श्रेष्ठ चयन भएका छन् । यस्तै, संघको महासचिवमा नेपाल फाइनान्सका सीईओ उद्धवराज थपलिया र कोषाध्यक्षमा मन्जुश्री फाइनान्सका सीईओ नारायण सुवेदी चयन भएका छन् । यस्तै, संघको सदस्यमा प्रोग्रेशिभ फाइनान्सका सीईओ अनिल श्रेष्ठ, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सका सीईओ लिलामणि न्यौपाने, गोर्खाज फाइनान्सका सीईओ सन्तोष कुमार घिमिरे, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सका सीईओ राजेश कुमार श्रेष्ठ, मल्टीपर्पस फाइनान्सका सीईओ रजनीश कुमार सिंह र जानकी फाइनान्सका सीईओ दिनेश कुमार शर्मा चयन भएका छन् ।

नेपाल क्लियरिङ्ग हाउसको सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक पदमा अमित श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीले भदौ १७ गते बसेको संचालक समितिको बैंठकले फाइनान्स कम्पनीहरुका तर्फबाट आइसिएफसी फाइनान्स लिमिटेडका डेपुटी प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई सञ्चालनकमा नियुक्त गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि संचालक रहेका रिलायन्स फाइनान्सका समाज प्रकाश श्रेष्ठको प्रमुख कार्यकारी अधिकृतमा पद्दोनती भए पश्चात् नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक पद रिक्त थिए । अमित श्रेष्ठको वाणिज्य बैंक तथा फाइनान्स कम्पनीको क्षेत्रमा २१ वर्ष भन्दा बढी काम गरेको अनुभव छ । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरु मार्फत प्रवद्र्धित यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंक तर्फबाट तीन जना, विकास बैंक र फाइनान्स कम्पनीबाट एक–एक जना तथा स्वतन्त्र सञ्चालकबाट एक जना गरी जम्मा सात जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ ।

वाइवाइ इन्डियाको ब्राण्ड एम्बेस्डरमा बलिउड अभिनेता आयुष्मान नियुक्त

काठमाडौं । वाइवाइ इन्डियाको ब्राण्ड एम्बेस्डरमा बलिउड सुपरस्टार आयुष्मान खुराना नियुक्त भएका छन् । चौधरी समूहको सिजी कर्प ग्लोबल अन्तर्गतको वाइवाइ इन्डियाले बलिउड स्टार आयुष्मान खुरानालाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको गरेको हो । वाइवाइ चाउचाउ २५ वर्षदेखि लोकप्रिय छ । आयुष्मान खुरानासँगको सहकार्य प्रमुख प्राथमिकतामा राखेको र छोटो समयमा सहकार्यलाई मूर्तरुप दिन सकेका सिजी फुड्स र सिजी कर्प ग्लोबल इन्डियाका प्रबन्ध निर्देशक वरुण चौधरीले बताए । वाइवाइ जस्तो ब्रान्डसँग जोडिन पाउँदा आफूले भाग्यमानी महसुस गरेको खुरानाले बताएका छन् । यसका उत्पादनले जीवन्त र विविध दायरा समेटेको उनको भनाइ छ । हरेक स्वाद, क्षेत्र र प्राथमिकता अनुसारको विदेशी चाउचाउहरूको सजावटबाट, ब्रान्ड आफ्नो नाममा रहने उनले बताए । वाइवाइले कोरियन स्पाइसी कुजिनको रुपमा डाइनामाइट ब्राण्डको चाउचाउ पनि बिक्री गरिरहेको छ ।