यूनिक नेपाल लघुवित्तमा ५० जनालाई रोजगारीको अवसर
काठमाडौं । जागिर खोज्नेहरुका लागि खुसिको खबर छ । यूनिक नेपाल लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले प्रशिक्षार्थी सहायकका लागि १० जना र प्रशिक्षार्थी कनिष्ठ सहायकका लागि ४० जना कर्मचारी गरी कुल ५० जना माग गरेको हो । अधिकृतको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन संकायमा स्नातक तह उर्तिण गरेको र २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने छ भने सहायकका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन संकायमा प्रविणता प्रमाण पत्र तह उर्तिण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले भदौ ३१ गतेभित्र आवेदन दिन सक्नेछन् ।
एनएमबि लघुवित्तमा रोजगारीको सुनौलो अवसर
काठमाडौं । जागिर खोज्नेहरुका लागि खुसिको खबर छ । एनएमबि बैंकको सहायक कम्पनी एनएमबि लघुवित्तले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सुपरभाइजरका लागि केही, कनिष्ठ सहायकका लागि केही र सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनका लागि न्युनतम २ वर्षको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ । इच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
माउन्टेन इनर्जीको सीईओमा दामोदर श्रेष्ठ नियुक्त
काठमाडौं । माउन्टेन इनर्जी नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ईन्जिनियर दामोदर श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै, कम्पनीको सञ्चालक मनोहर दास मुलले दिएको राजीनामा पनि स्वीकृत गरेको छ । साथै भदौ ७ गतेबाट लागू हुने गरी बाँकी अवधिको लागि रिक्त रहेको सञ्चालक पदमा सुनिल प्रसाद राजभण्डारीलाई नियुक्त गरेको कम्पनी सचिव सम बहादुर भट्टले जानकारी दिए ।