साधना लघुवित्तले माग्यो धेरै संख्यामा कर्मचारी

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । साधना लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना जारी गर्दै प्रबन्धक र अधिकृत पदमा १ जनाका दरले कर्मचारी माग गरेको हो भने अधिकृत सहायक र सहायक प्रशिक्षार्थि पदमा केहि संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । सो पदहरुमा आवेदन दिनको लागि प्लस टु पास देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले संस्थाको वेवसाईट मार्फत सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

सिभिल लघुवित्तमा काम गर्ने अवसर, यी ७ पदका लागि माग्यो कर्मचारी

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । सिभिल लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले एक सुचना जारी गर्दै विभिन्न विभागमा कर्मचारी, सूचना प्रविधि वित्त आन्तरिक लेखा परीक्षण, अनुगमन अधिकृत, अनुगमन अधिकृत कलस्टर प्रमुख/शाखा कार्यालय प्रमुख, शाखा कार्यालय प्रमुख फिल्ड सहायक कनिष्ठ सहायक केही संख्यामा कर्मचारीको माग गरेको छ । त्यसैगरी संस्थाले कार्यालय सहायकका लागि एक जना माग गरेको हो । उक्त पदका लागि संस्थाले सामान्य लेखपढदेखि स्नाकोत्तर तहसम्म उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले फागुन १७ गतेभित्र संस्थाको वेबसाइटमार्फत दरखास्त दिन सक्नेछन् ।

नेपाल इन्भेष्टमेन्ट मेगाको सीईओमा दोहोरिए पाण्डे, आजैदेखि लागू हुने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्योति प्रकाश पाण्डे दोहोरिएका छन् । बैंकले पाण्डेलाई फागुन ३ गतेदेखि लागु हुने गरी अर्को कार्यकालको लागि सीईओ पदमा नियुक्त गरेको हो । यससँगै सीईओ पाण्डेले आगामी चार वर्षसम्म बैंकको सीईओ पदको जिम्मेवारी सम्हाल्ने छन् । फागुन ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओ पाण्डेलाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।